2019 December 09/ 05:34: 27am

    २०७४ साल मध्यराती काभ्रेको नमोबुद्ध न.पा. वडा नं. ६ डाँडापारी जाने बाटो स्थित नेपाली कांग्रेसका नेता कुन्साङ्ग लामाको क्रसरमा भएको आगजनी मुद्दा जिल्लाका लागि बाहाना बनेको छ । घटनामा संलग्न ब्यक्तिहरुको अझै पहिचान भएकोे छैन । तर पनि त्यहि घटनामा संलग्न भएको भन्दै पटक पटक मुद्दा दर्ता गरिएको छ । हुँदै नभएका ब्यक्तिहरुलाई त्यहि मुद्दामा संलग्न गराईएको छ । गणतन्त्र प्राप्त भए पनि जनताको अधिकार अझै संस्थागत नभएको भन्दै हामी सशक्त आन्दोलनमा छौं । आन्दोलन दबाउन भएका सरकारी हर्कतहरुको खुलेर विरोध पनि गरेका छौं । ब्यक्तिका आफ्ना आफ्ना स्वार्थ होलान् । तर हामीले सधै जनताको हक र अधिकारको रक्षाका लागि वकालत गरेका छौं । त्यहि वकालतका कारण नेताहरु धमाधम एउटा घटनामा अनेक बाहाना बनाएर हिरासत राखिएका छन् । 
    प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोक मार्फत जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिम संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । २०७५ साल बैशाख ११ गते नेत्र बिक्रम चन्द (बिप्लव), खड्ग बहादुर बिश्वकर्म (प्रकाण्ड), धर्मेन्द्र बास्तोला (कन्चन), सन्तोष बुढामगर (बिषम), हेमन्त प्रकाश वली (सुर्दशन), उमा भुजेल (शिलु), अनिल शर्मा (बिरही), भरत बम (रणबिर), चन्द्रबहादुर चन्द (बिरजंग), मोहन कार्की (जिवन्त), कृष्ण धमला (गम्भिर), बाबुराम गजमेर (जगत), उदय बहादुर चलाउने (दिपक), बिजय भन्ने बसन्त श्रेष्ठ (प्रज्वलन), नारायण महर्जन (नारायण), टेक बहादुर के.सी. (आजाद), शरद रसाईली (प्रेरक), दिनेश सारु मगर, हुद्धबहादुर वाईवा (आकाश), रमेश प्रसाद बोलखे भन्ने गुणनाथ बोलखे, प्रताप तामाङ र रमेश नेपाली समेत २२ जनाको संलग्नतामा नमोबुद्ध न.पा. वडा नं. ६ डाँडापारी जाने बाटो स्थित कुन्साङ लामाले संचालन गर्दै आएको व्लुसाईन रोडा ढुंगा क्रसर उद्योगको आउने बाटोमा प्रेशर कुकर बम राखी आवागमनमा अवरोध पु¥याई उद्योगमा पेट्रोल छर्की आगो लगाई जेनेरेटर १, स्काभेटर २, जे.सी.बी.१, टिपर ५ समेत जलाई तोडफोड गरी क्षति पु¥याएको भन्दै मृुद्दा दर्ता गरिएको रहेछ । नाम उल्लेख नभएका ब्यक्तिहरु मध्ये जसलाई भेट्यो उसैलाई पक्राउ री मुद्दा चलाउने शुरु गरेको छ । 
    शुरुमा पक्राउ परेका पार्टीका नेता मोहनबहादुर कार्कीले घटनामा संलग्नताको बारेमा अस्विकार गर्नु भएको थियो । २०७४ चैत्र ९ गते देखि २०७५ बैशाख ११ गते सम्म उहाँ अमेरिकाको क्यालिर्फोनीयामा हुनुहुन्थ्यो । २०७५बैशाख १ गतेको घटना बारे सामान्य रुपमा समेत उहाँलाई थिएन । पार्टीको सातौ केन्द्रिय  बैठक कपिलबस्तुमा २०७५ साउन महिना ६ गते देखि ८ गते सम्म सम्पन्न भएको बैठकमा २०७५ बैशाख १ गतेको घटना बारे सामान्य रुपमा जानकारी गराईएको थियो । व्यक्तिगत जिम्मेवारीको हिसाबले पार्टीले उहाँलाई पेशागत संगठनहरु कर्मचारी, प्रधापक, शिक्षक, ईन्जिनियर, डाक्टर, बुद्धिजीवी र अन्य व्यवसायिक संगठनको जिम्मेवारी दिएको थियो । करीब १८ बर्ष अगाडी देखि उहाँ त्यहि जिम्मेवारीमा हुनहुन्छ । त्यसकारण यस किसिमका प्राबिधिक काम कारवाही तथा घटना बारे जिम्मेवारी पनि नभएको र यस्ता किसिमका घटना बारे जानकारी नहुने गरेको पछि केन्द्रीय स्तरमा छलफल हुँदाको अवस्थामा सामान्य जानकारी हुने गरेको उहाँले बताउनु भएको थियो । व्लुसाईन रोडा ढूंगा क्रसर उद्योग प्रालिमा आगो लगाई जलाएको होईन छैन होईन । २०७५ साउन महिना ६–८ गते सम्म भएको बैठकमा काभ्रेपलाञ्चोक घर भएका पूर्वी ताम्सालिङ्ग व्यूरोका ईन्चार्ज केन्द्रिय सदस्य बाबुराम गजमेर भन्ने जगतले गरेको रिर्पोट जस्ताको तस्तै डायरीमा नोट गरेको जिवन्त भन्ने मोहन बहादुर कार्कीले बताउनु भएको थियो । 
    घटना भएका दिन स्कुलीङ बिभागको कामले पार्टीको निर्देशन बमोजिम ताप्लेजुङको हेल्लोक भन्ने स्थानमा बसेको हुँदा घटना बारे केही जानकारी नभएको र आफ्नो संलग्नता समेत अस्विकार गरेका थिए गम्भीर भन्ने कृष्ण धमलाले । प्रहरीले पक्राउ गरेर आगो लगाएको संगठित अपराधको मुद्दामा बयान दिन  प्रकाण्ड भन्ने खड्ग बहादुर बिश्वकर्माले कागज गरिदिनु भएको थियो । कुन्साङ्ग लामाको क्रसर जलाएको विषयमा केही थाहा नभएको र पार्टी मार्फत पनि जानकारी नभएको शिलु भन्ने उमा भुजेलले बताउनु भएको थियो । पार्टी मार्फत पनि जानकारी नभएको र त्यो समयमा कोठामै रहेको व्यहोराको आजाद भन्ने टेक बहादुर के.सीले बयान दिनु भएको थियो । प्रहरीले एउटै मुद्दामा पक्राउ गरेका ब्यक्तिहरुको बयान एकै प्रकारको छ । 
    पछिल्लो समय जिल्ला अदालत काभ्रेपलाञ्चोकले २५ हजार धरौटीमा छाड्ने आदेश दिएको विजय भन्ने बसन्त श्रेष्ठले समेत त्यहि कुरा बताउनु भएको छ । उहाँलाई पनि त्यहि मुद्दामा प्रमाण नपुगे पछि प्रहरीले रुपन्देहि पठाएको छ । प्रज्वलले २०७५ बैशाख १ गतेको घटना बारे केही थाहा नभएको बताउँदै त्यो समयमा आफ्नै डेरा कोठामा रहेको बताउनु भएको थियो । २०४९ साल देखी बिद्यार्थी राजनितिमा आवद्ध भई पछी तत्कालिन ने.क.पा.माओबादी पार्टीमा सम्मिलित भई बिभिन राजनितिक जिम्मेवारीमा रहदै आएको प्रज्जवल नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सदस्यको रुपमा कार्यरत छन् । प्रहरीले पटक पटक नेताहरुको डायरीको आधारमा भन्दै बयान लिने, बयानका क्रममा त्यहि विषयमा जर्बजस्ति स्विकार्न लगाउने र नभए त्यहि अनुसार मुद्दा बुझाउने गरेको छ । प्रज्वल पछिल्लो पटक त्यहि मुद्दाको सिकार बनेका छन् । कुन्साङ्गको क्रसरमा भएको घटनामा सिसाहरु समेत तोडफोड हुँदा चार करोड अठ्सठी लाख पचहत्तर हजार बराबरको धनमाल क्षति पु¥याएको प्रहरीको दाबी छ । 
    कुन्साङ्ग सशस्त्र युद्धमा कारवाहीमा परेका ब्यक्ति हुन् । सरकारी सम्पतीलाई नीजिकरण गर्ने र अबैद्य उद्योग संचालन गर्ने ब्यक्ति हुन् । जिल्ला अनुगमन समितिले गरेको अनुमगनमा उनको खानी अबैद्यानीक हो । तर पनि उनलाई कारवाही भएको छैन । जनताले नै उनको उद्योगलाई बैद्यानीकता बनाउन राज्यले गर्न नसकेको कारवाही गरेको हो । जनताले गरेको कारवाहीलाई राज्यले गलत बनाउँदै नेता कार्यकर्ताहरुलाई झुृटो मुद्दामा फसाउने प्रपञ्च गरिरहेको छ । ब्लु साईन ढूङ्गा उधोगका संचालक कुन्साङ लामा सहित  विश्वास कार्की र अध्यक्ष बालमकुन्द अधिकारी पनि हुन । उद्योगका संचालकले मिलोमतो, संलग्नता र योजनामा संगठित रुपमा आगो लगाई जलाई क्षति पु¥याएकाले पक्राउ गरी कानून बमोजिम कारवाही गरी कम्पनीलाई पुग्न गएको क्षतिपुर्ति समेत भराउन संचालक कुन्साङ लामाले जाहेरी दर्ता गराएका थिए । कुन्साङको समर्थन हुने गरी सन्तोष भन्ने सोमबहादुर चेपाङ, राज कुमार न्यौपाने, मुक्तिनाथ न्यौपाने, उत्तरध्वज लामा, जितबहादुर लामा समेतले कागज गरिदिएका छन् । उनिहरुले ध्वसासात्मक, हिसात्मक गतिबिधीलाई निरन्तरता दिई व्यक्ति लक्षित गरी भौतिक कारवाही समेत गर्ने भन्दै शंका ब्यक्त गरेका रहेछन् । संगठन सुदुढीकरण तथा बिस्तार अभियानको नाममा प्रशिक्षण तथा संगठन बिस्तार सम्बन्धी गतिबिधीहरु गर्ने योजना भएको उनिहरुको बुझाई रहेछ । 
    प्रहरीले नेकपा माआवादी समुहले संघर्ष तथा कारवाहीको सम्बन्धमा भारतीय लगानीका कम्पनी तथा व्यवसायिक प्रतिष्ठानहरुलाई लक्षित गरेको विवरण पेश गरेको रहेछ । त्यहि विश्लेषणमा सैन्य फर्मेशन सम्बन्धी निर्णय सातौ बैठकले मुर्त रुप दिएको देखिन्छ । सैन्य जिम्मेवारीहरु पनि निर्दिष्ट गरी आवश्यक बन्दोबस्तीका सामानहरु र प्राबिधिकको नाममा बिस्फोटक पदार्थ तथा हातहतियारको समेत व्यवस्थापन गरेको देखिन्छ । आर्थिक संकलनको सन्दर्भमा बिभिन्न योजना, परियोजना तथा व्यवसायिक प्रतिष्ठानहरुलाई ए वि सि  तिन श्रेणीमा बिभाजन गरी सुची तयार पारेको,  ए  श्रेणी अन्तर्गत कम्पन्नीहरुसंग केन्द्रिय स्तरबाट, वि श्रेणी अन्तर्गतका कम्पन्नीहरुसंग व्यूरो स्तरबाट र  सि श्रेणी अन्तर्गतका कम्पन्नीहरुसंग जिल्ला स्तरबाट आर्थिक संकलन निती योजना बनाएको भन्ने रिपोर्टिङ्ग गरेको रहेछ । २०७२ साल चैत्र महिना देखि  २०७५ असार महिनासम्म ७ करोड ७६ लाख १४ हजार ४ सय ४४ आर्थिक संकलन गरेको तथ्याङ्क राखेको रहेछ । कुल संकलित रकम मध्येबाट ५ करोड ४१ लाख १८ लाख ४ सय ४४ खर्च गरेको तथ्य केन्द्रिय आर्थिक बिभाग ईन्चार्ज प्रकाण्डको प्रतिवेदनबाट देखिएको भन्दै प्रहरीले अदालतमा कागजता बुझाएको रहेछ । २०७३ चैत्र देखि २०७५ असार महिनासम्म प्राबिधिक शिर्षक अन्तर्गत बिस्फोटक पदार्थ तथा हातहतियार खरीद र सो सम्बन्धी तालिमका लागि करीब ७८ लाख २४ हजार र पि एल ए जनसेवा तर्फ करीब ४१ लाख ३९ हजार ६० गरी सैन्य तर्फ कुल १ करोड १९ लाख ६३ हजार ६० रुपैया खर्च भएको तथ्य सोही प्रतिवेदनबाट देखिन आएको आधार प्रमाणबाट नेकपा बिलप्वको निर्देशन बमोजिम भण्डाफोर गर्ने निति अनुरुप संगठित रुपमार योजनाबद्ध रुपमा संगठन बनाई अगाडी बढ्न खोजेको प्रतिवेदन तयार भएको रहेछ । जगत भन्ने बाबुराम गजमेरको नेतृत्वमा २०७५ बैशाख १ गते भएको घटना सोहि आधारमा पुष्टी भएको उसको दाबी छ । 
    मुद्दाका प्रतिवादीहरु मध्ये पक्राउमा परेका प्रतिवादी बसन्त श्रेष्ठ (प्रज्वल) को हकमा ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट बम बिष्फोटन सम्बन्धी मुद्दा चली प्रतिवादी वारदात पश्चात भागी फरार रहेकामा मुद्दाको अनुसन्धान कार्य समपन्न पश्चात मुद्दामा प्रज्वल भन्ने बसन्त श्रेष्ठको नाममा समाब्हान म्याद समेत जारी भएकाले २०७६ असार २९ पत्र मागिएको रहेछ । त्यसकै आधारमा प्रज्ववलाई सोहि मुद्दाबाट धरौटी माग्दा पनि बुटवल पठाईएको रहेछ । कुन्साङ्गको पक्षमा मुक्तिनाथ न्यौपाने, संजय लामा, बेदमान तामाङले कागज गरिदिएका थिए । प्रहरीले नेताहरु डायरी थान २, ल्याप्टप, मोबाईल समेत बरामद गरेको थियो ।  धर्मेन्द्र बास्तोला (कन्चन), सन्तोष बुढा मगर (बिषम), अनिल शर्मा (बिरही), भरत बम (रणबिर), चन्द्र बहादुर चन्द (बिरजंग), उदय बहादुर चलाउने (दिपक), नारायण महर्जन (नारायण), शरद रसाईली (पेरक) र दिनेश सारु मगर समेतको हकमा कानून बमोजिम माग दाबी गरेको छ । सरकारलाई हाम्रो प्रश्न छ ।  राजनीतिक गतिविधिमा प्रतिवन्ध लगाए पनि उनका परिवारलाई किन मानसिक यातना ? घटनामा संलग्न नभएको ब्यक्तिलाई किन पटक पटक पक्राउ र यातना ? 

बसन्त श्रेष्ठ ‘प्रज्वल’
नेकपा नेता
नजिकका आफन्त