2019 December 09/ 06:19: 00am

    पुरुषहरु आफुलाई के सम्झन्छन् ? संसार उनिहरुले मात्रै धानेका हुन्छन् ? संसारमा भोगेका भोगाईहरु सबै पुरुषहरुका मात्रै अनुभव र अनुभति हुन् ? एउटा महिलासँग नराम्रो गर्ने वा धोका दिने पुरुषल अर्काे महिलालाई राम्रो ब्यवहार गर्छ र धोका दिदैन भन्ने आधार केहि हुन सक्छ ? बालबच्चा जन्माउने, स्याहार सुसार गर्ने अनि त्यहि बाहनामा श्रीमतीलाई घरमा छाडेर हिड्ने पुरुषले जिम्मेवारी बहन गर्नु त कता हो कता घरमा भएकी श्रीमतीलाई धोका दिदै अर्कै युवतीसँग रमाईलो गर्न पुग्छ भने त्यस्ता पुरुषलाई के भन्ने ? अझै उनका ठुला र चर्का स्वर हुँदा रहेछन् । म जस्ता थुप्रै महिलाहरु श्रीमान्कै कारण पीडामा होलान् । केहिले प्रहरी समक्ष उजुरी दिने साहस गरेका होलान् केहिले श्रीमानले गरेका सबै कृयाकलाप राम्रो हो भनेर बसेका होलान् । महिलाहरु हेपिने, महिलाहरु पीडामा पर्ने भनेको आफ्नै कारण पनि रहेछ । श्रीमानलाई खुट्टा ढोगेर त्यहि खुट्टाको पानी समेत खाएर भोकै बस्ने महिलाहरुको पेटमा लात हान्दै रमाउने पुरुषहरु समाजका धमिरा हुन् । सबै पुरुष खराव छैनन । सबै महिला पनि खराव छैनन । एउटा ब्यक्तिले गरेको खराव ब्यवहार र आचरणले मलाई सबै पुरुषहरु एकै हुन् कि भन्ने सोच्न बाध्य बनाउँछ । यसो भनिरहँदा त्यहि पुरुषलाई कारवाहीको दायरामा ल्याउन अन्य थुप्रै ब्यक्तिहरुले मलाई साथ दिई रहनु भएको छ । त्यसले आम ब्यक्तिहरु सबै उस्तै र एकै खालका हुन सक्दैनन । 
    प्रेम त अविश्वासको खाडल रहेछ । प्रेम सबै नाटक रहेछ । प्रेमका हरेक पाटाहरु विश्वास भन्दा अविश्वास हुँदा रहेछन् । अहिलेको प्रेम शारिरिक रुपमा मात्रै हुने रहेछ । भावनात्मक सम्वन्ध, परिवारको सफलतामा प्रेम हुने छाडिसकेको रहेछ । परिवारको असहमति र अरु थुप्रै ब्यक्तिहरुको भावना विपरित मैले प्रेम गरें । प्रेमलाई सफल बनाउनु पर्छ भन्ने उदेश्यले मैले प्रेम विवाह गर्ने निधो गरें । प्रेमी खिलबहादुर राना मगरसँग २०६१ सालमा विवाह गरेको थिएँ । मसँग प्रेम गरेर विवाह गरेका प्रेमी अथार्त मेरा श्रीमानले मलाई जीवनमा कहिल्यै धोका दिनु होला भन्ने कल्पना समेत गरेको थिईन । मागि विवाह गरेको भए पनि हो उहाँलाई म मन परेन होेला वा मेरा बानीहरु मन परेनन होला अर्काे विवाह गर्नु भयो होला । त्यस्तो पनि थिएन । उहाँले मन पराएकै कारण हामी दुबै बीच प्रेम बस्यो । मैले त धेरै पटक मानेको थिईन् । उहाँको करकापका कारण म पनि प्रेम गर्न बाध्य भएँ । विहानै देखि उहाँको हैरानी मेरा लागि अप्रिय पनि हुन सकेन । चिनेको ब्यक्तिसँग गरिने प्रेम दिगो र सफल हुन सक्छ भन्ने मेरो ठम्याई थियो । त्यहि ठम्याई मेरा लागि गलत सावित हुन पुग्यो । उनले मलाई जसरी फकाएर प्रेम गरे त्यसरी नै धोका दिए । सम्वन्ध नराम्रो पनि होईन । हामीबाट एक सन्तानको जन्म पनि भएकै थियो । उसको लालनपालनमा ध्यान दिनु पर्ने बेला थियो । भविश्यका लागि सोच्ने र योजना बनाउने समय थियो । तर उनले त्यो समय भएको श्रीमती र बच्चालाई समेत छाडेर अर्काे युवतीसँग विवाह नै गरेको कुराले मन खिन्न बनायो । धर्ति फाटे झै बनायो । साउनको बाढी र पहिरोको भेलले बगाए झै भयो । पृथ्वी भासिए झै भयो । आफुले आफैलाई सम्हाल्ने बाहेक अर्काे विकल्प थिएन । त्यसले मलाई कमजोर बनाउँदा बनाउँदै न्यायका लागि बलियो बनायो । प्रहरीकोमा उपस्थित गराएर धोका दिनेलाई सवक सिकाउन मन लाग्यो । 
    उनका केहि ब्यवहारहरु संकास्पद थिए । तर पनि मैले विश्वास गरेको थिईन । २०७६ असार २ गते विहान साढे ११ बजेको समयमा उनको र मेरो भेट भयो । कामको सिलसिलामा उनी काठमाडौ बस्दै आएका थिए । मलाई घरमा बच्चा र घरको रेखदेख गर्न छाडेको श्रीमानले काठमाडौमा सम्पतिका रुपमा युवती जोडेको घटनाले म तरगिंत भईरहेको थिएँ । अरु स्थानको केटी भए पनि हो उसले ढाँट्यो भन्नु आफ्नै गाउँको केटीसँग विवाह गरिसकेको रहेछ । जसलाई मेरो र उसको सम्वन्ध मात्रै होईन पारिवारीक अवस्थाका बारेमा पनि जानकारी छ । घरमा छोरोे छ । श्रीमती श्रीमानकै पखाईमा बसिरहेकी छ । तर त्यहि युवतीलाई श्रीमती बनाउँदै आफ्नै कोठामा राखिरहेको भन्ने खवरले मलाई आहात भएको थियो । कति बेला भेटौ र त्यो विषयमा प्रष्ट हौ भन्ने भएको थियो । उसले गाउँकै युवती टिका कुँवरलाई कान्छि श्रीमतीका रुपमा काठमाडौमा डेरा लिई राखेको कुरा उसकै मुखबाट प्रस्ट भयो । उसले विवाह गरेको स्विका¥यो । अविवाहित हुँदा हुँदै कोठामा राखेर अबैद्य सम्वन्ध राखेको स्विका¥यो । त्यहि अबैद्य सम्वन्धको रुप श्रीमतीसम्म पुग्यो । घरमा भएकी श्रीमतीको याद र सम्झना कुनै बेला पनि भएन । अझ प्रेम गरेर ल्याएकी श्रीमती त्यहि कोखबाट जन्ज्मिएको अनुहारको पनि याद आएन । आयो त केवल शारिरिक प्यासको । त्यो पनि तत्कालको क्षणीक आनन्दका लागि । कमाउन गएका श्रीमानको गतिले कति तड्पनु ? बास्तविकता बुझ्न खोज्दै थिएँ उनले मलाई झम्टिए । श्रीमतीको ब्यवहार गरेनन् । अपराधीको जस्तै ब्यवहार गरे । तैले सकेको गर भन्दै आक्रमणको समेत प्रयास गरे । त्यसले मलाई असह्य भयो । तत्कालै प्रहरीकोमा उजुरी दिने योजना बनाएँ र दिएँ पनि । अहिले उनले कानुनी प्रकृयाको कारवाही भोगिरहेका छन् । आफ्नै प्रेमीलाई प्रहरीको कस्टडीमा राख्नु पर्दा मलाई दुख लागेको छ । 
    मुलुकी फौजदारी कार्याविधिी (संहिता) ऐन २०७४ को दफा ३१ को उपदफा (१) वमोजिम बिबाह सम्बन्धी कसुर (बहुबिबाह मुद्दा) को मुद्दा असार २ गते दर्ता गरें । घर्तीछाप गा.बि.स. वडा नम्वर ९ हाल माहाभारत गाँउपालिका वडा न.८ को माहास्थानमा हाम्रो घर छ । उनी घरमै आएको बखत उक्त कुराको सोधखोज गरें । उनले त्यसको प्रतिवाद गर्नु भन्दा पनि सहज रुपमा स्विकार गरी दोश्रो श्रीमतीका रुपमा भित्र्याएको र आगामी दिनमा सधै उ श्रीमतीका रुपमा रहने बताए पछि मैले सहन सकिन । श्रीमान परिवारलाई सुखी बनाउन मजदुरी गर्न काठमाडौ गएका थिए । घर परिवारको सल्लाहमा नै उनी काठमाडौ बसेका थिए । काठमाण्डौ जिल्ला बानेश्वरमा डेरा कोठा लिई ईलेक्ट्रिसियनको काम गर्दै आई रहेका थिए । बेला बखत आफ्नो घर आउँने जाने गरेका थिए उनी । हाम्रै घर नजिकै काभ्रेपलाञ्चोक जिल्ला साबिक घर्तीछाप गा.बि.स.वडा नं. ८ हाल माहाभारत गाउँपालिका वडा नं. ८ स्थित बर्ष २७ कि टिका कुवँर राना मगर  संग मेलापात, घाँसदाउरा गर्दा समेत संग जाने गरेका थिए । सिलाईको काम गर्थिन टिका । टिका कुवँरको श्रीमान् बैदेशिक रोजगारीको सिलसिलामा बिदेश मलेसिया गएका थिए । ७ बर्ष अगाडी गएका उनका श्रीमान विदेशबाट फर्किएका थिएनन् । श्रीमान विदेशेबाट नफर्किएको, सम्पर्क पनि नगरेका कारण उनको परिवारमा आर्थिक रुपले केहि असहज भएको थियो । उनले आफ्नै घरमा सिलाई मेसिन राखेर काम पनि गरिरहेकी थिईन् । श्रीमान भएर पनि सँगै नरहेकी टिकासँग मेरो श्रीमानको हिमचिम नियमित बढ्दै गएको रहेछ । ४÷५ महिना अगाडि श्रीमानले आफ्नो नामको नेपाली नागरिकता प्रमाण पत्रबाट दूईवट सिम निकालेर टिकालाई दिएका रहेछन् । एउटा एनसेल र एउटा नेपाल टेलिकमको । प्रेमको अर्काे पाटो त्यहाँबाट शुरु गरेका रहेछन् उनले । श्रीमान नभएको महिलालाई दया र माया देखाएर उसँगाको शारिरिक फाईदा लिने गलत मनसाय देखियो मेरा श्रीमान्को । अझ घरसँगै भएकाले पनि उसलाई सहज भयो । सानै देखिका साथी पनि भए । मेलापात जाँदा आउँदा पनि सँगै हुने नै भए । मसँग भएको प्रेम उमेरको थियो । जसले विवाह गरायो । बच्चा समेत जन्मिएपछि उसले अर्काे प्रेमका लागि टिकालाई खोज्यो । 
    उनलै निकालिदिएको फोनमा उनिहरुको कुरा हुन थालेछ । उनको श्रीमान पनि बिदेशबाट नआएको हुँंदा उनीहरु धेरै नजिक भई संगै बस्ने खाने समेत गर्दै आउन थालेका रहेछ । २०७६ साल बैशाख महिनाको दोश्रो हप्ता उनी घर आएका थिए । त्यतिबेला देखि गाउँमा भएकी टिका पनि बेपत्ता भईन् । श्रीमान समेत नेपालमा नभएकी महिला गाउँमै काम गरेर बसिरहेको अवस्थामा एकाएक उनी हराए पछि गाउँका सबै मान्छेले खोजविन गरे । गाउँबाट कहिलेकाँहि काठमाडौ जाँदा पनि उनी मेरै श्रीमानको कोठामा बस्दि रहिछन् । मलाई कोठामा राख्न नसक्ने अथार्त घरमा काम छ भनेर काठमाडौ नबोलाउने श्रीमान मेरै घर सँगैकी अर्काकोे श्रीमतीलाई लगेर डेरामा राख्दा रहेछन् । धेरै तिर उनको खोजविन गरियो । पत्ता लाग्न सकेन । गाउँकै ब्यक्तिहरुको सहयोगमा उनको खोजी गर्दा उनिहरु डेरामा सँगै बसिरहेको अवस्थामा फेला पारियो । प्रहरीकोकोमा टिकाले यस्तो बयान दिएकी रहिछन् । 
    ‘१२ बर्ष अगाडी काभ्रेपलाञ्चोक जिल्ला साबिक घर्तिछाँप गा.बि.स.वडा नं. ८ हाल माहाभारत गाउँपालिका वडा नं. ८ मा बस्ने कुमार कुँवर संग बिबाह गरी हामीहरुको दाम्पत्य जिबनबाट २ छोरीको जाय जन्म भएको थियो । ७ बर्ष अगाडी श्रीमान् बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया जानु भएकोमा बिदेश गएको केही बर्ष सम्म फोन सम्पर्क भएको थियो । बिदेश गए पछी हाल सम्म पनि घर फर्की नआउने पैसा समेत नपठाउने गरेकोमा आँफैले आफ्नै घरमा टेलर खोली छोरीहरुलाई पालन पोषण गर्दै आई रहेको थिएँ । मेरै गाउँको हालको श्रीमान् खिल बहादुर रानामगर मेलापात जाँदा समेत भेटघाट हुने र निज मेरो टेलरमा समेत आउने र बेलाबखत फोनमा समेत कुराकानी गर्ने गरेका थिए । ४÷५ महिना अगाडि खिल बहादुर राना मगरले मलाई सिम समेत आफै किनि दिएर पटक पटक फोनमा कुराकानी गर्ने गरेका थिए ।  हामी संगै बस्ने खाने समेत गर्दै आई रहेकोमा २०७६ साल बैशाख महिनाको दोश्रो हप्तातिर घर आई खिल राजले मलाई फोन गरी म तिमिलाई लिन आको गाउँ घरमा तिमी र मेरो बिषयमा हल्ला खल्ला भएछ अब बिबाह गरौ भनी फोनमा कुराकानी गरे पछी मैले पनि ल हुन्छ भने पछि आफ्नो घरबाट खिल बहादुर रानामगर संग भागी काठमाडौ बानेश्वरमा गई निजले डेराकोठा खोजी हामीहरु दुबै जना संगै बस्दै आएका थियौं । सोहि क्रममा मलाई उनले सगरमाथा गार्भेन्टमा टेलरको काम गर्दै  हामीहरु संगै बस्दै आई रहेका थियौं । सोहि क्रममा खिलबहादुरको श्रीमती रञ्जना रानाले दिएको निवेदनका आधारमा असार २० गते खिल बहादुर रानामगर र म दुबै जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पक्राउ गरेर ल्याएको थियो ।  हामीहरु दुबै जनालाई बहुबिबाह  मुद्धा  शिर्षकमा जाहेरी दरखास्त दिई मुद्धा हालेको कारण म र मेरो श्रीमान खिल बहादुर राना मगरलाई प्रहरीले असार २० गते प्रहरी टोलीले पक्राउ गरी ल्याएको हो । जे नहुनु भए पछि म खिलबहादुरलाई छाड्न सक्दिन । मेरा दुई छोरीहरुको पनि संरक्षण गर्छु  ।’ 
    घरमा भएकी श्रीमतीलाई माया दिन नसक्ने श्रीमानले अरुको श्रीमतीको दया बुझ्छ ? यस्तै छ हजुर यहाँको चलन । ७ वर्ष श्रीमानसँग सम्पर्क हुन नसक्दा परपुरुषसँग तामाको मुना जस्ता छोरीहरुको भविश्य अन्धकार बनाउँदै लहसिने कस्ता हुन् नारी ? 

रन्जना राना मगर
महाभारत, काभ्रे