2019 November 13/ 05:12: 33am

    काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारी भौगोलिक हिसाबले पछि परेको गाउँपालिका हो । यहाँका नागरिकहरुको जीवनस्तर अत्यन्त कष्टकर त छँदैछ त्यसमाथी पनि बालबालिका, महिला माथी हुने अन्याय र अत्याचारका बारेमा कसरी भनुँ र खै ? निरक्षर, गरिबी र विकटताको फाईदा उठाउँदै आपूmलाई समाजका अगुवा भन्नेहरुले पैसामै न्याय खरिद गर्ने गरेका छन् । सामान्य घटना त कति हो कति ? जघन्य अपराध हुँदा पनि घर भित्रै, आफु भित्रै लुकाएर राख्नुपर्ने बाध्यता छ । भनांै कसलाई ? जसलाई भन्यो उसले न्याय पैसाको मोलमोलाईबाट शुरु गर्छ । आँखै अगाडी हुने पैसाको मोलमोलाईले कुनैबेला सम्झन पुग्छु महिलाहरु विक्रीका लागि राखिएका साधन हुन् ? बस्तु हुन् । उसको मूल्य कति ? उसलाई जे गर्दा पनि हुन्छ ? अन्याय र अत्याचारको सीमा कति हो ? कति पैसा दिँदा त्यसले उन्मुक्ति पाउँछ ? २१ औं शताब्दीमा पनि महिला दास झै पैसामै खरिद विक्री हुनु पर्ने हो ? 
    मुलुकको कानुन, प्रशासन, ऐन सबै पैसाबाटै कार्यान्वयन हुन्छन् हो ? कसले दिन्छ यसको जवाफ । न्याय दिने निकाय पैसामा कुरा गर्छ । अनुसन्धान गर्ने निकाय प्रमाणको कुरा गर्छ । अपराध गर्ने पैसाले नै सबै थोक हुन्छ भन्ठान्छ । धम्कि दिन्छ । माया गरेको नाटक गर्छ । उसलाई समाजबाट बच्नु छ । कारवाहीबाट बच्नु छ । अपराध गर्नेहरुले नै तोक्छन् मूल्य । शुरु हुन्छ बार्गेनिङ्ग । टुलुटुलु हेर्नु बाहेक अरु केहि उपाय हुन सक्दैन । त्यति नै बेला कहाँबाट भगवान आए जस्तै ठानें । हप्तौ देखी पैसामा जोखिएको मेरो इज्जतलाई केहि हदसम्म बचाउने प्रयास भयो । पूर्ण रुपमा न्याय त अझै पाउन सकेको छैन कम्तिमा मेरो आवाज सुन्ने ठाउँमा म आईपुगें । यहाँ पनि आशा र भरोसा त छैन किनकी केहि दिन अघिकै घटनामा मेरै साथीहरु माथी भएको अन्याय पैसामै टुङ्गिएको छ । संसार पैसा रहेछ । कानुन जतिसुकै कडा बनाउ त्यसको कार्यान्वयन गर्ने निकाय सक्रिय भएन, त्यसले ध्यान दिन सकेन भने त्यो खोस्टा जस्तै हो । न्याय दिने निकाय नै प्रभावमा पर्छन भने पीडित, असाहय, गरिबहरुको पक्षमा को हुन्छ ? गाह्रो छ हजुर गाह्रो छ । बोल्दा पनि गाह्रो । चुप लागेर बसांै भने पनि गाह्रो । सुख छैन । शान्ति छैन । अमनचयन सबै लग्यो । जीवनका कहालीलाग्दा क्षणहरु अझैे कति हुन् पार गर्नुपर्ने ? बुझ्नै कठिन छ । 
    नेपाल सरकारको अर्थात नेपाल प्रहरीको पनि शून्य सहिष्णुता नीति छ । जसले खास प्रकारका कानुनी प्रावधान उल्लंघन गर्नेलाई छोड्दैन, दोषीप्रति सहानुभूति राख्दैन । नेपालको कानुनले यौन हिंसा जस्ता फौजदारी घटनामा शून्य सहिष्णुताको नीति लिएको छ । यस्ता घटनामा मिलापत्र गर्न र गराउन निषेध गरेको छ । तर समाजमा बलात्कार तथा बलात्कारको दुष्प्रयास जस्ता घटनालाई पनि प्रहरीसमक्ष लानुको साटो आर्थिक सौदाबाजीमा मिलाउने गरिएको छ । बालिकामाथि यौन दुव्र्यवहार गर्नेलाई मिलापत्र गरेर उन्मुक्ति दिइएको तर यस्तो कार्य गर्ने÷गराउनेहरूलाई प्रहरीले पक्राउ गरेको छैन । शून्य सहिष्णुताको अवधारणा विश्वमा पहिलोपटक अमेरिकामा लागू भएको थियो । सन् ६० को दशकमा राजनीतिक सन्दर्भमा प्रयोग गरिएको यो नीति पछि लागूपदार्थको ओसार–पसारलगायतका अपराधहरूमा लागू गरियो । अहिले विश्वका धेरै मुलुकमा विभिन्न मुद्दामा शून्य सहिष्णुताको नीति अवलम्बन गर्ने गरिएको छ । महिलाका सन्दर्भमा एउटा निश्चित विषय वा मुद्दालाई लिएर संयुक्त राष्ट्रसंघले प्रस्ताव पारित गर्ने गरेको छ । सन् २०१२ मा अफ्रिकी मुलुकहरूमा हुने योनी छेदनलाई लिएर संयुक्त राष्ट्रसंघको महासभाले उक्त मुद्दामा सम्बन्धित मुलुकले शून्य सहिष्णुता लागू गरोस् भनेर प्रस्ताव पारित ग¥यो । सशस्त्र युद्धका समयमा हुने यौन हिंसालाई लिएर सदस्य राष्ट्रहरूले यौन हिंसामा शून्य सहिष्णुताको नीति लिने भनी सन् २००८ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले १८२० नम्बरको प्रस्ताव पारित ग¥यो । उक्त प्रस्तावलाई लिएर नेपालमा सन् २०११ मा राष्ट्रिय कार्य योजना नै बनेको छ ।
    सार्वजनिक सवारीसाधनमा एक यौन पिपासुले यौनाङ्ग मर्दन ग¥यो । शारीरिक तथा मानसिकरूपमा तड्पायो । तर, यौन दुव्र्यवहार गर्ने अभियुक्तलाई स्थानीय शिक्षक र सामुदायिक मेलमिलापकर्ता आफैंले मिलापत्र गराए । केही रकम तिर्ने कागज गरेर छाडिदिए । पहिला, पीडकले पीडितलाई १ लाख रुपियाँ दिने र पीडितले कतै मुद्दा नदिने सर्तमा कागज गराएर ‘सहमति’ गरियो । घटना भएको १२ दिनपछि बनेपामा मिलापत्रको थप तयारी गर्दैगर्दा प्रहरीले सूचना पायो र आफन्तलाई नियन्त्रणमा लियो । मुलकी अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर १८ वर्षभन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालबालिकालाई करणी गरेको मानिनेछ भनेको छ । बाल यौन दुराचारका मुद्दामा तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । साथै, बलात्कार के हो भन्ने कुराको व्याख्या गर्दै पुरुष जननेन्द्रिय योनीमा प्रवेश नगरेको अवस्थामा पनि महिलाको बलात्कार हुन सक्छ भन्ने प्रावधान राखेको छ । लुगाभित्र हात छिराएर वक्ष र यौनाङ्गमा चोट पुग्ने गरी मर्दन गर्ने व्यक्तिलाई बलात्कारको अभियोगमा कारबाही चलाउन सकिन्छ । तर, स्थानीय प्रहरी प्रशासन कारबाहीको सोचमा छैन । बयानमा मैले सबै कुरा खुलस्त भनेको छु । 
    भर्खर १३ वर्षको भएँ । अध्ययन पनि गर्दैछु । २०७६ जेष्ठ १२ गते दिउँसो सार्वजनिक सवारी साधनमा यात्रा गर्ने क्रममा म माथी भएको जघन्य अपराधको खुलेर विरोध समेत गर्न नसक्ने अवस्थामा पुगें । महाभारत गाउँपालिका वडा नम्वर १ घर भई गोकुले स्वास्थ्य चौकीमा कार्यरत अहेव बुद्धिदास श्रेष्ठ मेरै गाउँका हुन् । उनले त्यसअघि मलाई देखे पनि चिनेका थिएनन् । ३४ बर्षिय बुद्धिदास श्रेष्ठ अहेव चौथो तहका स्थायी कर्मचारी हुन् । गोकुलेबाट बनेपा आउँदै गरेको बोलेरो गाडीमा म चढेको थिएँ । म कामको सिलसिलामा गाउँपालिको वडा कार्यालयमा जाने क्रममा त्यो गाडीमा चढेको थिएँ । गाडी भित्रै उनले माथी जर्बजस्तिको प्रयास गरेका थिए । गाडीमा नाताले भाउजु पर्ने भित्र हुनुहुन्थ्यो । गाडी गुडिरहेको थियो । महाभारत गाउँपालिकाको सोलाभञ्ज्याङ्ग भन्ने स्थानमा आईपुग्दै गर्दा बुद्धिदासले मेरो छाति बाहिरबाट चलाउँदा चलाउँदै भित्र हात पु¥याए । मैले पटक पटक उनको हात हटाउने प्रयास गरें । तर उनले मानेनन् । उनको जर्बजस्तिका अगाडी मेरो केहि चलेन । निरन्तर उनको प्रयास जारी रह्यो । छाती भित्र पु¥याएको हात सुरुवाल तान्दै भित्र पु¥याई अनैतिक कार्य गरे । उनको हर्कतबाट भएको पिडाले रुन समेत सकिन । तत्काल  गाडीबाट झरे लगत्तै स्थानीयहरु र भाउजुसँग भनें । गाडी साहु पनि आफै रहेका बुद्धिदासले बोलेरोको अगाडी अरु मान्छेहरुलाई राखेर आफु पछाडी चढेका थिए । त्यो सबै घटनाको साक्षी त्यहि गाडीमा कार्यरत उनकै सहयोगी थिए । साहुका अगाडी उनले केहि भन्न सकेनन् । मैले सबैलाई घटनाका बारेमा बताए पछि गाउँभरी हल्लाखल्ला भयो । उनी गाडीमै बनेपा आएका थिए । भोलिपल्ट उनी गाउँमा फर्किए । जेष्ठ १४ गते मंगलबार आईन्दा गल्ति नगर्ने भन्दै मिलापत्र गर्न बाध्य पारियो । बुद्धिदासले माफि मागे । कान समाएर उठबस गरे र कागजमा लेख्न लगाए सामान्य धकेलिएको, हलचल भएको र छोएकोले गल्ति भएको स्विकार्दै हामीलाई कुनै उजुर बाजुर नगर्ने गरी मिलापत्र गराईयो । अभिभावकको अगाडी मैले बोल्न सक्ने कुरै थिएन । फेरी अर्काे कागज गरियो जेष्ठ २५ गते भित्र १ लाख रुपैयाँ भुक्तानी गर्ने र थप कसैलाई केहि नभन्ने ।  म त बोल्न सक्ने कुरा नै भएन । मेरो अभिभावकहरुलाई पनि गुमराहमा राखियो । १ लाख रुपैयाँ जेष्ठ २५ गते भित्र तिर्ने सहमति भएको थियो । फेरी बुद्धिदाससँग ५ लाख माग्ने कुरा भएछ । हामीलाई बनेपा बोलाईयो । पैसाको लेनदेनको दलाली गरिरहेका थिए प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल अन्र्तगत रहेका सामुदायिक मेलमिलापकर्ता सन्देश वाईवा । बनेपामा ५ लाख रुपैयाँको बार्गेनिङ्ग ३ दिनसम्म चल्यो । जब प्रहरीकोमा यो घटनाका बारेमा जानकारी भयो तब बनेपा र जिल्ला प्रहरी कार्यालयको योजनामा हामीलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा पु¥याईयो । मेरो बुबालाई जाहेरी दिन लगाईयो । जाहेरी र बयान कागजमा एउटै गरियो तर मैले भन्दा फरक भएछ । 
    घटना भएको २२ दिनमा प्रहरी कार्यालयमा बुद्धीदास आफै हाजिर भएको खबर प्राप्त  गरें । स्थायी जागिरे अहेवले जवर्जस्ति गर्ने प्रयास असफल भए पछि तत्काल १ लाख रुपैयाँ दिने भन्दै कागज गरेका थिए भने ५ लाख दिने शर्तमा कुरा नमिलेपछि प्रहरीले सूचना पाए लगत्तै उजुरी दर्ता भएको थियो । फौजदारी अभियोगका कुनै पनि घटनामा मिलापत्र गर्न मिल्दो रहेनछ ।  म माथी भएको गम्भिर अपराध रहेछ । तर गाउँकै अगुवा ब्यक्तिहरु घटनालाई पैसामा मिलापत्र गर्न दबाब दिन्छन् । यो घटनामा पनि त्यहि भएको अवस्था छ । शिक्षक, सामुदायिक मेलमिलापकर्ता आफैले घटना मिलापत्र गराएका छन् । महाभारत गाउँपालिकामा गोकुले मावि छ । त्यहाँ कार्यरत छन् शिक्षक मोहनदास श्रेष्ठ । नाताले उनी बुद्धिदासका आफन्त हुन् । उनले बुद्धिदासलाई जोगाउन अनेक हर्कत गरे । अहेव श्रेष्ठ मिलापत्र पछि प्रहरी कारवाहीमा परिदैन भन्ने कुरामा ढुक्क थिए ।  

   जेष्ठ १४ गते १ लाख रुपैयाँ दिने र कतै मुद्दा नगर्ने कागज तिनै मोहनदास श्रेष्ठले तयार गरे । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल अन्र्तगतका सामुदायिक मेलमिलापकर्ताद्वय दिलदास श्रेष्ठ र सन्देश वाईवाले मिलापत्र गराए । स्थानीय पसलका साईलामान थिङ्ग लगायत ७ जनालाई साक्षी राखे । प्रथम पक्ष भन्दै मेरा बाबु आमालाई सहि गराए भने दोश्रो पक्षमा बुद्धिदास श्रेष्ठलाई हस्ताक्षर गराए । अहिले उनी प्रहरी हिरासतमा छन् । कानुनका स–साना छिद्रा देखाएर उम्कन डिजाईनका साथ उनी विरुद्ध बाल यौन दुरुपयोगमा मुद्दा दर्ता भएको छ । करणी मुद्दालाई यौन दुरुपयोगमा दर्ता गरेपछि सजायँ मात्रै कम हुँदैन न्यायाधीशको तजविजमा धरौटीमा छाड्ने आदेश हुन्छ । त्यहि अभियानमा लाग्न र पीडितलाई थप पीडा दिन गरिएको प्रपञ्च भोलि उनिहरुकै सन्तानलाई पनि नहोस् । 
    समाजका अगुवा वर्गबाट बालिकाहरु माथी भएको यस्तो खालको विभेदपूर्ण र अपराधजन्य कार्यको जति आलोचना गरे पनि पुग्दैन । गोकुलमै भएको शिक्षकले छात्राहरुलाई गरेको घटनामा पनि एक लाख रुपैयाँमा शिक्षक छुटिसकेका छन् । यस्ता अपराधमा संलग्नहरुको मनोबल बढाउँदै जाँदा समाजमा बालिकाहरु सुरक्षित हुने कोबाट ? गम्भीर प्रश्न उब्जाएको छ । निष्पक्ष छानविन होस् । मिलाउन लागेका झनै ठूला अपराधी हुन् । 

बुद्धिदास श्रेष्ठ, अहेवबाट पीडित बालिका
गोकुले, महाभारत गाउँपालिका, काभ्रे