2019 July 22/ 11:08: 28pm

    दुःख, सुख सबै भाग्यको खेल हो । एउटै प्याकेटमा छरेको विउबाट उम्रने अन्नबाली एकै नासका हुँदैनन् । मल त्यहि हो, विउ त्यहि हो, गोडमेल त्यहि हो । तर पनि फरक किन हुन्छ ? एकै आमाबाट जन्मेका सन्तान पनि त्यस्तै रहेछन् । बाबु त्यहि हुन्, आमा तिनै हुन् । कुनै सन्तानको भाग्य कस्तो हुने कसैको कस्तो ? हुन त त्यसै उखान भनिएको होईन हातका औला पनि बराबर छैनन् र हुँदैनन पनि । घरमा बाबु आमा, दिदी, बहिनी, भाई सबै छन् तर पनि लाग्छ दुःख मैले मात्रै पाएँ किन ? मेरो दुःखमा अरु झनै दुःखी भए कि ? मेरै कारण हो वा त्यो वातावरण बनाउनमा आफन्तहरुको पनि भूमिका छ ? बुझ्नै सकिएको छैन । +२ पास गरेको छु हातमा प्रमाणपत्र छैन । नेपालको नागरिकता प्राप्त गरेको छु तर मसँग प्रमाण छैन । श्रीमान हुनुहुन्छ उहाँलाई चयन दिन सकेको छैन । कहिलेकाँहि लाग्छ बाँचेर के गरुँ ? जसले मलाई दुःख र यातना दिएको छ उसलाई त्यसै किन छाड्ने ? राज्यले मलाई सहयोग गर्छ भन्ने विश्वास छ । 
    मेरो श्रीमान इमान्दार र असाध्यै सोझो हुनुहुन्छ । उहाँले मेरा लागि ज्यान प्राण दिनु भएको छ । उहाँकै सहारामा मैले संघर्ष गर्न सिकेको छु । अन्याय विरुद्ध लड्न सक्ने भएको छु । अन्याय विरुद्ध लड्ने साहस भरिएको छ । सबै श्रीमान यस्ता हुन्छन् ? मनमनै प्रश्न गर्छु त्यो सम्भव छैन । त्यहि ब्यक्ति मैले त अपराधी मानेको छु उ पनि कसैको लोग्ने हो ? शक्तिको आडमा त्यसो गर्न सक्ने ब्यक्तिले नागरिकलाई कसरी दिन सक्ला न्याय ? आफन्त र घर भित्रकै ब्यक्तिलाई गरेको अन्यायका विरुद्ध न्याय माग्दा पैसा र शक्तिकै धम्कि दिने ब्यक्तिले कानुन हातमा लिदै न्याय खरिद गर्ने यो समयमा कोहि न कोहि भगवान बनेर आउँदा रहेछन् । हाम्रा लागि केहि ब्यक्तिले सहयोग गर्नु भएको छ म धन्यवाद दिन चाहन्छु । उहाँहरुले आफ्नो दायित्व मात्रै सम्झँदा पनि न्यायको महसुस हुँदो रहेछ । बाल्यकालका धेरै यादहरु छन् । विद्यालय जाँदाका सपनाहरु पनि थिए । ठुलो परिवार थियो । ६ दिदी बहिनी पछि पनि भाईहरु जन्मेका थिए । भाई खेलाउने रहर पनि थियो । छोरीहरुलाई पनि विद्यालय पठाउनु पर्छ भन्ने मान्यता मेरो परिवारमा थियो । तर मध्यम खालको परिवार भएकाले अरु ईच्छा चाहना पुरा गर्न धौ–धौ थियो । बुबा आमाले सन्तानहरुको खुशीका लागि गर्नु भएको दुःखको बयान गरी साध्य छैन । 
    भर्भराउँदो थियो उमेर । अध्ययन गर्दै थिएँ । १८ वर्षको उमेरमा रामविनोद राय यादवले मलाई घरमै आएको बखत फकाई फकाई एप्पल जुसमा निन्द्रा लाग्ने औषधी राखेर लजमा पु¥याई जर्बजस्ति गरेछ, भिडियो खिचेर फिल्म बनाएछ, पटक पटक त्यहि देखाएर यौन हिंसा गरिरह्यो । उसले जर्बजस्ति गरेको कुरा मैले कसैलाई भन्न सकिनँ । नाताले उ भिनाजु पर्दथ्र्यो । घरमा आउन जान उसलाई सहजै थियो । त्यसको मौका छोपेर उसले मलाई गरेको त्यो पहिलो घटना म कहिल्यै विर्सन सक्दिनँ । त्यसको केहि समय पछि उसैले मेरा लागि केटा खोजेर विवाह गरिदिने प्रस्ताव राख्यो । परिवारमा विवाहको कुरा उसैले चलायो । मनमनै मलाई लाग्यो यो अपराधीको कुकृत्यबाट बच्न पनि मैले विवाह नगरी सुख छैन । उसले खोजिदिएको केटा पनि राम्रो छ भने के भो त ? हरांै न भन्ने लाग्यो । जनकपुरमा भाई र म गएर केटा भेट्यौ । केटासँग भेटेर कुरा गरे पछि म उप्रति र उ म प्रति प्रभावित भयौं । तर त्यहि कुरा रामविनोद राय यादवलाई पचेन । उसले विवाह गर्ने कुरामा भाँड्न खोज्यो । कुरा गरिसके पछि हामी विवाहका लागि तयार भयौं तर त्यहि सई रामविनोद राय यादवले रोक्न खोज्यो । भाड्न खोज्यो । धम्क्यायो । विवाह गर्न नदिने षड्यन्त्र रच्यो उ सफल भएन र विवाह पछि पनि हामीलाई अलग गराउन पटक पटक जर्बजस्ति ग¥यो । शैक्षिक प्रमाणपत्र र नागरिकता समेत कब्जामा लिएको छ, मुद्दा फिर्ता नलिँदासम्म नदिने बताएको छ । श्रीमानलाई त्यागे जनकपुरमा तीन तल्ले घर किनेर पार्लर समेत राखि दिन्छु भनेको थियो, म बरु मर्न तयार छु श्रीमानलाई छाड्दिन भने पछि उसले श्रीमान र मलाई अनेक ढंगबाट फसाउने प्रपन्च ग¥यो । विवाह पछि कोठाबाटै उठाएर दुई रात तीन दिन बेहोस बनाएर जर्बजस्ति ग¥यो, मलाई सडकमा छाडेर प्लेन चढेर जनकपुर पुगेर फोटो फेसबुकमा पोस्ट गरेर साँचिलो बन्यो, यता मेरो श्रीमान मलाई खोजेको खोज्यै हुनुभयो । सबै कुरा भनेपछि प्रहरीकोमा उजुरी दिन पुग्यौं ।
    अर्काेपटक रक्षाबन्धनको दिनमा कोठामै आई कञ्चटमा पेस्तोल राखेर जर्बजस्ति गरेर भाग्यो । यस्ता थुप्रै हर्कतहरु सहें तर श्रीमान छाड्न सकिनँ । श्रीमानले पनि मलाई छाड्ने कुरा कहिल्यै गर्नु भएन । अहिले पनि सबै कुरा सविस्तार भन्नु साथ दिन्छु भन्नु भएको छ । ६ दिदी बहिनी मध्ये ५ जना छौं । दुईवटा भाई छन् । माईली दिदी अनिता यादवको सई रामविनोद राय यादवको कान्छो भाई अमोद यादवसँग गौरमा विवाह भएको थियो । ७÷८ वर्ष अघि घर भित्रै जलाएर उसैले मा¥यो । पेटमा बच्चा थियो । दाईजो नल्याएको निहुँमा उसैले घर भित्रै आगो लगाएर जलायो । उपचार गर्न ल्याउने भन्दै काठमाडौंको पशुपतिमा जलायो । कसैलाई उजुरी गर्न दिएन । पुनः दवावमा मेरो साईली दिदीको उसैसँग विवाह गरिदियो । नाताले भिनाजु पर्ने सई रामविनोद यादवले मलाई पनि त्यसै गर्छु भनेर धम्क्याउँछ । तेरो दिदी मारेको कसैले केहि गर्न सक्यो, तँ र तेरो लोग्ने दुवैलाई मारिदिन्छु भन्छ । मेरो श्रीमानलाई पनि हुँदै नभएको घटनामा फसाउने र जागिरबाट निकाल्ने योजना बनाउँदै पटक पटक दुःख दिएको छ । तर उहाँको अफिसबाट सहयोग भएकाले गलत फाईदा उठाउन पाएन । अदालतमा पुग्ने मुद्दा मिलापत्र गर्न मलाई दवाव दिएको थियो । शिर कट्छ मेरो तर म मिल्न सक्दिनँ । मेरो आँशु जति बगेको छ त्यसलाई कारवाही हुनुपर्छ । श्रीमान्ले अदालतमा पनि नढाँट्नु भन्नु भएको छ । बाईक चोरीमा समेत श्रीमानलाई फसाउन खोज्यो । तर सकेन । प्रहरी सुुरेन्द्र ठाकुरलाई सई यादवले यस्तै काममा प्रयोग गर्ने गरेको छ । बाबु आमा नभएकाले मामाहरुको सहारामा बस्दा समेत उसले मुख नै देखाउन नहुने गरी बदनाम गरायो । महिला भएर बाँच्न कठिन छ । तर श्रीमान बुझ्ने हुँदा मलाई समस्या छैन । समस्या त्यहि छ यसको दबाब र अन्याय कति सहनु ? श्रीमान्लाई प्रहरी भित्रैबाट हामीहरुलाई मिल्न दवाव दिँदै मलाई नै खराब बनाउने योजना बनाईएको रहेछ । न्याय कहाँ मिल्छ, शान्ति कसरी पाईन्छ ? 
    समाजमा यस्ता श्रीमान् पनि हुन्छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । श्रीमान् भन्छन् श्रीमतीको खुशीका लागि जे गर्न पनि तयार छु । श्रीमानले जे भयो भयो अब त्यसो नगर्नुस् मेरो घर परिवार सबै बिग्रन्छ भन्नुभयो उल्टै धम्की दिँदै श्रीमती छाड्न र श्रीमानलाई फसाउने प्रपन्च रच्यो । कतिसम्म भने भाटभटेनी सुपरमार्केटमा काम गर्ने एकजना महिलालाई हुँदै नभएको घटना बनाएर वानेश्वर प्रहरी चौकीमा जर्बजस्ती करणीको उजुरी गराएछ । महिला आफैले प्रहरीका सई रामविनोद रायले फसाउने नियतका साथ उजुरी गर्न लगायको बताए पछि उल्टै प्रहरीले हप्काएर पठायो । त्यसको कागज अझै सुरक्षित छ । उनी मानव बेचविखनमा पटक–पटक जेल परेर निस्किएकी रहिछन् । त्यस्ति केटी प्रयोग गरेर उसले फसाउन खोज्यो । प्रहरी प्रधान कार्यालय नक्सालमा समेत पटक पटक माफी माग्दै लिखित कागज गरेका सई रामविनोद राय यादवले पेस्तोल देखाउँदै म र मेरो श्रीमान्लाई अलग गराउने षड्यन्त्र गरे । हामी दुवैले त्यो षड्यन्त्र पूरा हुन नदिन प्रहरी कार्यालयमा उजुरी दियांै । श्रीमानले नेपाली सेनाको पोशाक लगाएर खिचेको तस्वीर मेरो मोबाईलबाट लिएर उसले सामाजिक सञ्जाल, अनलाईन, आफू निकटका पत्रिकामा पैसा दिएर गलत आरोपमा समाचार लेख्न लगायो । अन्य कारणले मान्छे मरेको पुष्टि हुँदा समेत बेईज्जत गर्न मेरो श्रीमान्को तस्वीर सँगै राखेर प्रचार ग¥यो । गाउँमा जाँदा समेत गुण्डा लगाएर कुटपिट ग¥यो । साथमा भएको नगद सहितका कागजातहरु लुट्न लगायो । कति ग¥यो । यस्तो अन्याय त भगवान जस्तोसुकै अपराधीले पनि नगरोस् । 
    प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाए पछि हिरासत भित्रैबाट सई रामविनोद रायले श्रीमान श्रीमती बीच झगडा गराउने योजना पनि बनाए । २०७६ जेष्ठ २५ गते शनिबार दिउँसो दुवै जनालाई घरबाट आफन्त भेट्न आएका छन् धुलिखेल आउनु भन्दै बोलाए । धुलिखेलमा रामविनोद राय यादवका सबै परिवार र आफन्त बोलाएर राखिएको रहेछ । मुद्दा अदालतमा नबुझाईन्जेल उनिहरु धुलिखेलमै अड्डा जमाएर बसेका थिए ।  शनिबारको दिन श्रीमान् र म दुवैजना श्रीमान्को विदा मिलाएर धुलिखेल गएका थियौं । उहाँले रक्सी पनि खानु भएको थिएन । उहाँलाई उल्टै रक्सी खाएको भन्दै सादा पोशाकका प्रहरी पठाएर कुटपिट गरे । म छुट्टयाउन आउँदा श्रीमतीलाई कुटेको भन्दै उहाँलाई आर्मी ब्यारेकमा पठाई दिए । त्यहाँ पनि राम्रो ब्यवहार पाउन सकिएन । हामीलाई मिल्न दबाब दिएका थिए । जेलबाट २० लाख तिरेर निस्केपछि तिमीहरु दुवैलाई मारिदिन्छु भनेका छन् दाईजो मागेको र बाल विवाह गरेको अभियोगमा उल्टै उजुरी गरेर फसाउँछु भनेर धम्की दिए । सई रामविनोद राय यादव इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत छन् । रौतहट गौर घर भएका यादवका चारवटा छोरी र एक छोरा छन् । छोरा एमबिबिएस् पढ्दै छन् । तीन छोरीको विवाह गरी नाति नातिना भईसकेका यादवले मलाई  पटक–पटक मानसिक, शारिरीक यातना दिएको कुरा प्रहरीकोमा पहिल्यै उजुरी गरिसकेका थियौं । म मरांै कि श्रीमानलाई भन्नु बाहेक अर्काे उपाय नदेखे पछि मैले भनें । मर्दा पर्दा साथ दिने हामी दुई मात्रै भएकाले हामीले प्रहरीकोमा उजुरी गर्ने निर्णय ग¥यौं । मलाई जस्तो अवस्थामा पनि साथ दिन्छु भनेर पटक पटक हामीले कसम खाएका छौं । श्रीमान टुहुरो हो । उहाँलाई सानैदेखि मामाहरुले हुर्काउनु भएको छ । मामाघरबाटै मेरो विवाह भएको थियो । केहि समय मामा घरमै बसेका थियौ । त्यहि सईका कारण हामीले मामाघर पनि त्याग्नु प¥यो । उहाँ नेपाली सेनाको सिपाही पदमा कार्यरत हुनुुहुन्छ । नेपाल प्रहरी र नेपाली सेनाकै सहयोगले अन्याय विरुद्ध लड्न सक्ने क्षमता हामीमा बढेको छ । रामविनोद राय यादव विरुद्ध नक्सालमा जर्बजस्ति करणीमा दिएको उजुरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा सारिएको थियो । गत विहिबार जेष्ठ ३० गते जिल्ला अदालत काभ्रेपलाञ्चोकले सई यादवलाई पुर्पक्षका लागि कारागार पठाएको छ । केहि हदसम्म हामीले न्याय पाएका छौं । धन्य भगवान, धन्यवाद अदालत र अनुसन्धानमा खटिएको प्रहरी टोली । आशा छ हामीले पूर्ण न्याय पाउने छौं । 

प्रहरीका सई रामविनोदय राय यादवबाट 
पीडित दम्पती