2019 June 27/ 03:46: 54pm

   मलाई जानकारी पनि थिएन । एक्कासी मेरो घरमा गाउँकै दाजुभाईहरु आउनु भयो । मेरो घरलाई केन्द्रित गरेर भोज गरौं भन्नुभयो । शुरुमा म अक्क न बक्क भएँ । पछि कुरो बुझ्दै जाँदा उहाँहरुसँग मरेको बँदेल रहेछ । त्यसको मासु खाउँ रात पनि प¥यो भन्नु भयो । उहाँहरुसँग रहेका केहि सामाग्रीका बारेमा मैले सोधखोज पनि गरिनँ । मेरो घरको भित्र लगेर राखिदिनु भएको रहेछ । हामी बाहिरै थियौं । रातको समय भएकाले त्यसका बारेमा चासो पनि भएन । छिमेकी प्रकाश दाहालको घरमा झगडा परेपछि उहाँहरु मेरो घरमा आउनु भएको रहेछ । बेकारमा म फसें । बुझ्दै नबुझी मैले त्यो कुरामा सहमति जनाएँ । अञ्जानमा भएको गल्तिले जीवनमा ठुलो पाठ सिकायो । प्रहरी कस्टडीमा पु¥यायो । 
    काभ्रेपलाञ्चोक जिल्ला देवीटार गा.वि.स.वडा नं. ५ साविक घर भई हाल बनेपा नगरपालिका वडा नम्बर ३ काफलबोट बस्ने ६९ बर्षीय चन्द्र बहादुर गुरुङ, सोहि ठेगानाका ३९ बर्षिय गणेशबहादुर गुरुङ, ३४ बर्षीय रामजी भन्ने सानुकान्छा गुरुङ, २५ बर्षिय प्रकाश दाहाल, धुलिखेल नगरपालिका वडा नम्वर ३ बस्ने ५० वर्षीय विरबहादुर तामाङ, बनेपा नगरपालिका वडा नम्वर ३ बस्ने २९ बर्षीय सिताराम दाहाल लगायत छन् । पक्राउ भएका र तत्कालिन समयमा फरार भएकाहरु विरुद्ध इलाका प्रहरी कार्यालय बनेपाले हातहतियार तथा खरखजना मुद्दा दर्ता गरेको थियो । २०७४ चैत्र २० गते रातीको समयमा देवीटार गा.वि.स.वडा नं. ५ साविक हाल बनेपा न.पा.वडा नं. ३ काफलबोट वस्ने चन्द्र बहादुर गुरुङ समेतले घरमा आगो बाली पानी तताई अबैध रुपमा जंगली जनावर बंँदेल मारी खुईल्याई रहेको अवस्थामा गाउँलेहरुले प्रहरीलाई दिएको सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेको थियो । प्रहरीलाई सूचना दिएको कसैलाई जानकारी भएन । प्रहरी पुग्दा समेत चन्द्र बहादुर गुरुङ, रामजी भन्ने सानुकान्छा गुरुङ, गणेश बहादुर गुरुङ र प्रकाश दाहाल एकै स्थानमा थियौं । प्रहरीले हामी सबैलाई तत्कालै नियन्त्रणमा लियो । हामीप्रति शंका लागेकै आधारमा म चन्द्रबहादुर गुरुङको घर खानतलासी ग¥यो । एक वर्ष अघिको घटना हो । प्रहरीलाई चन्द्रबहादुर गुरुङको घर कोठामा अबैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा २ नाले १२ बोरको बन्दुक थान १, टोटा गोली थान ३३ र खाली टोटा प्रयोग गरेको थान १ समेत छ भन्ने सूचना रहेछ । खानतलासी गर्दा उक्त चिजहरु मेरै घरबाट फेला पा¥यो । प्रहरीले तत्काल पक्राउ ग¥यो र हातहतियार खरखजाना सम्बन्धि ऐन अन्तर्गतको कसुर अपराध गरेको पुष्टि भएको भन्दै अदालतमा पेश ग¥यो । 
    चैत्र २० गते दिनभरी म र मेरो छोराहरु सानुकान्छा र गणेश बहादुर गुरुङ दिनभर गाँउकै काठ चिर्ने काम गरी घरमा आएका थियौं । साँझको समय थियो । खाना पकाउँदा खाँदा केहि ढिलो भयो । राति १० बजे तिर खाना खाँदै थियौं । त्यहि बेला घरमा एक हुल प्रहरी आयो । प्रहरी घरमा आईपुग्दा हाम्रो घर अगाडी मृत अबस्थाको जंगली बँदेल थियो । त्यो प्रहरीले शंका गरी हाम्रो घर भित्र प्रवेश ग¥यो । हाम्रो घरको भुई तलाको मुल ढोकाको छेउको खाट मुनी रहेको निलो रङको झोला भित्रबाट २ नाले १२ बोरको बन्दुक थान १, सोही खाटको माथी सिरानी छेउबाट खैरो रङको झोला भित्रबाट टोटा थान ३३, खाली टोटा गोली थान १ बरामद ग¥यो । सोही ठाँउबाट प्रकाश दाहाललाई पक्राउ गरेको थियो । अर्का प्रतिवादी बीर बहादुर तामाङ, निजको साथी कँुबेर भन्ने सीताराम दाहाल उक्त स्थानबाट भागेको प्रकाश दाहालले बताएका थिए । प्रतिवादीहरुले हाम्रो घरमा सिकार गरी मारेको बँदेल र उक्त दुई नाले बन्दुक र टोटा गोली के कति कारणले ल्याई लुकाई राखेको हो मलाई थाहा थिएन । प्रहरीले त्यहि विषयमा शंका गरी इलाका प्रहरी कार्यालय बनेपामा ल्याईयो । उक्त हतियार र गोली हाम्रो होईन । उक्त गोली र हतियार तथा जंगली मृत बँदेल प्रतिवादीहरु बीर बहादुर तामाङ, निजको साथी कुबेर र प्रकाश दाहाल, सीताराम दाहाल मिली मारी ल्याएको भन्ने कुरा मलाई पछि थाहा भयो । प्रतिवादीहरु चन्द्र बहादुर गुरुङ, रामजी भन्ने सानुकान्छा गुरुङ र गणेश बहादुर गुरुङले समेत त्यहि कुरा प्रहरीकोमा बयान दिएका रहेछन् । 
    प्रहरीले पक्राउ गरेका प्रकाश दाहालले प्रहरीलाई यस्तो भनेका रहेछन् । ‘२०७५ चैत्र २० गते  बनेपा नगरपालिका वडा नं.४ माझगाँउ स्थित सुन्तली गिरी भन्ने व्यक्तिको बारीमा गोरु जोत्न गएका थियौं । घरबाट ३÷४ दिन अघि हामी त्यहाँ गएका थियौं । घरबाट निस्किएर हामी उनकै घरमा गएर बसेका थियौं । उनकै बारीमा हलो जोत्न गएको अवस्थामा दिउँसो साँढे ४ बजेको समयमा हलो जोत्दै गरेको अवस्थामा हलो भाँच्चियो । त्यसपछि सोही ठाँउमा बसी खाजा खाई एकछिन आराम गरी साँढे ५ बजेको समयमा सुन्तली गिरीको घरमा म एक्लै बसिरहेको थिएँ । काम पनि नभए पछि थकाई पनि लागेकाले हुस्की नामको रक्सी सेवन गरें । साँझको ६ बजेको समयमा गोरु लिई घरतर्फ जाँदै गरेको अबस्थामा तिनघरे भन्ने स्थानमा आईपुग्दा मेरो मितबुबा नाता पर्ने बिर बहादुर लामाले मेरो मोवाईलमा फोन गर्नुभयो । उहाँले २ माना लोकल रक्सी र एक क्वाटर भर्जिन नामक रक्सी किनेर ल्याउनु बँदेल मारेर ल्याएका छौं भन्नुभयो । गाउँकै पसलबाट भने बमोजिमको रक्सी किनी गोरु सँगै आफ्नो घरमा सोही दिन राती साँढे ८ बजे पुग्दा मेरो घरमा मेरो मित बुबा बीर बहादुर तामाङ, निजको साथी कुबेर, सानुकान्छा गुरुङ मेरो घर अगाडी आँगनमा बसिरहेका रहेछन् । घरमा आईपुगी गोरु बाँध्न गोठमा जाँदा मेरो गोठ भित्र जँगली बँदेल लुकाईराखेका रहेछन् । घरमा मैले रक्सी ल्याएको देखी मेरो श्रीमती सँग मेरो रक्सी ल्याएको विषयमा झै–झगडा प¥यो । सोही क्रममा मेरो ठुलोबुबाको छोरा सिताराम दाहालले किन श्रीमतीसँग झगडा गरेको भन्दै मलाई केहि मुड्की हाने । त्यहि क्रममा मलाई हानेको मुक्काको चोट सहन नसकी प्रहरीलाई खबर गरें । प्रहरीलाई आफुले कुटाई खाएको मात्रै बताईन त्यहाँ भएको सम्पूर्ण घटनाको बारेमा जानकारी गराएँ । त्यसलगत्तै उनिहरु उक्त स्थानमा भेला जम्मा भएका मानिसहरु बँदेल बोकी मेरो घरबाट माथी गाँउतिर लागे । पछी सोही दिन राती प्रहरी टोली मेरो घरमा आई पुग्यो । प्रहरीलाई मैले निजहरु बसेको ठाँउ देखाउन प्रहरी सँगै माथी गाउँमा जाँदा चन्द्र बहादुर गुरुङको घर अगाडी आँगनमा पुग्दा पानी तताई रहेका रहेछन । उक्त स्थान नजिकै मृत बँदेल समेत रहेछ । प्रहरी आई पुगेको बीरबहादुर तामाङ र निजको साथी कुबेर भन्नेले पहिल्यै थाहा पाई उक्त स्थानबाट भागी सकेका रहेछन् । प्रहरी टोलीले चन्द्रबहादुर गुरुङको घर भित्र प्रवेश गरी खाट मुनीबाट निलो रङको झोला भित्रबाट दुई नाले बन्दुक थान १ तथा सोही पलङ माथीको सिरानी नजिक राखेको खैरो रङको झोला बाट टोटा गोली थान ३३, खाली टोटा थान १ बरामद गरी मलाई समेत पक्राउ गरेर ल्याएको हो ।’ 
    प्रहरीले उक्त घटनाका बारेमा थुप्रै ब्यक्तिहरुलाई सोधपुछ गरेको थियो । तिमध्ये विष्णुबहादुर गुरुङले पनि प्रहरीलाई बयान दिएका थिए । उनले पनि प्रकाश दाहालको जस्तै बयान दिए । बास्तविक घटना त्यहि थियो । उनिहरुले जिउँदो बदेँल मारे वा मरेको बँदेल भेट्टाए ? प्रकाश र उनको श्रीमतीको झगडा नपरेको भए पनि यस्तो अवस्था आउँदैन थियो । श्रीमतीसँग झगडा गरेको भन्दै उनलाई मुक्का नहानेको भए पनि त्यो अवस्था सिर्जना हुँदैन थियो । अरु बेला के हुन्थ्यो पनि मलाई थाहा छैेन । बँदेल आउँथ्यो वा आँउँदैन थियो ? मार्थे वा मार्थेन थिए थाहा हुँदैन थियो । त्यो दिन भएको घटना त्यस्तो थियो । एउटाले गरेको गल्तिले अरुलाई समेत दुःख थियो । रमाईलो र मोजमस्ती केहिले गर्न खोजेका थिए । पछि विवाद भयो । विवादका कारण सबै गाउँलेहरुले दुःख पाए । काम गरेर खाने ब्यक्तिहरुले पनि प्रहरीको कस्टडी ब्यहोर्नु प¥यो । विष्णुबहादुरले पनि जंगलबाट चोरी शिकारी गरी मारी ल्याएको मृत जंगली बँदेल भुत्ल्याई रहेको देखेको भनेका थिए । उक्त समुहले हतियार किन बोक्यो ? हतियार कहिले देखि थियो ? त्यहि विषयले प्रहरीले हामी माथि धेरै निगरानी बढायो । 
प्रहरीले बनेपा नगरपालिका वडा नम्बर ३ काफलबोट बस्ने चन्द्रबहादुर गुरुङको घर आँगनमा आगो बाली पानी तताई अवैध रुपमा जंगली जनावर बँदेल मारी खुईल्याई रहेको अवस्थामा प्रतिवादीहरु चन्द्रबहादुर गुरुङ, रामजी भन्ने सानुकान्छा गुरुङ, गणेश बहादुर गुरुङ र प्रकाश दाहाल समेतलाई तत्कालै नियन्त्रणमा लिई प्रतिवादीहरु मध्येको चन्द्रबहादुर गुरुङको घर खानतलासी गरी घर कोठा भित्रबाट अबैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा २ नाले १२ बोरको बन्दुक थान १, टोटा गोली थान ३३ र खाली टोटा प्रयोग गरेको थान १ समेत फेला पारी बरामद गरी प्रतिवादी चन्द्र बहादुर गुरुङ समेत जना ४ लाई पक्राउ गरी ल्याएको मुचुल्का गरेको थियो । प्रतिवादीहरु चन्द्र बहादुर गुरुङ समेत जना ४ ले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान, घटना देख्ने सुन्ने मानिसहरु विष्णु बहादुर गुरुङ, नेत्रप्रसाद दाहाल र डण्डपानी दाहाल समेतले दिएको घटना विवरणलाई समेतलाई अध्ययन गरी प्रहरीले उक्त दिन भएको घटनामा प्रतिवादीहरुको उल्लेखित कार्य हातहतियार खरखजना ऐन २०१९ को दफा ४ को उपदफा २ र दफा ५ को उपदफा १ नम्बरको कसुर गरेको देखिँदा सोही ऐनको दफा २० को उपदफा २ को (ख), (ग) अनुसार सजायको मागदावी गरेको थियो । साथै फरार प्रतिवादीहरु वीर बहादुर तामाङ, सीताराम दाहाल, कुँवेर भन्ने व्यक्तिको कानुन बमोजिम वारेन्ट तथा म्याद पूर्जी जारी हुन र बरामद गरिएको सामानका बारेमा अवगत गराईएको थियो । प्रहरीले २०७५ साल बैशाख २५ गते मुद्दा बुझाएको थियो । कहिलेकाँहि सम्झन्छु खाँदै नखाएको विषले जिउँदै मा¥यो । यो काम गलत थियो पछि थाहा भयो । मलाई लाग्यो मरेको जनावर भेट्दा किन खान नहुने ? लोभमा फसियो । जंगली जनावरको संरक्षणका बारेमा पछि बुझियो । 


चन्द्रबहादुर गुरुङ 
बनेपा ३, काभ्रे