2019 August 19/ 12:28: 06pm

    मान्छेको रहर केहि गरी पूरा हुँदैन । एउटा चाहनालाई पूरा ग¥यो अर्काे, अर्काे पूरा ग¥यो अर्काे । हुन त एउटै चाहनामा अल्झिरह्यो भने मान्छेले प्रगति पनि गर्न सक्दैन । सपना देखेन भने पनि उसले प्रगति गर्दैन । सपना पूरा गर्न सकेन भने मान्छेमा आउने नैराश्यता, मान्छे भित्र उम्लिएका अनेक इच्छाहरु दवाउन उसले गर्ने कृयाकलापले उसलाई भ्रष्ट बनाउँछ । अपराधी बनाउँछ । त्यसले पनि चित्त बुझेन पनि उ आफै आत्महत्या गर्न पुग्ने रहेछ । थुप्रै घटनाहरु त्यस्ता भए जसले आफुलाई नै सिध्याए । कारण त्यहि हो उसका सपनाहरु समाजमा पूरा हुन सकेनन् । सपना पूरा गर्ने वातावरण अनुकूल भएन । कता कता सुन्छु कानुन पनि बन्दैछ, कानुनमा स्व–मृत्युवरणको बुँदा समेट्नु पर्छ । जीवनमा नैराश्यता हुँदा आफै मर्न किन नपाउने ? सास रहुञ्जेल आश पक्कै हुन्छ आफन्तहरुलाई । केहि मात्रै त्यस्ता आफन्त हुन्छन् जसले काल निम्त्याउन खोज्यो जाओस् भनेर शुभकामना दिने । नत्र अधिकांश आफन्तहरुले श्वास हुञ्जेल बचाउनै प्रयास गरिरहेका हुन्छन् । 
    पछिल्ला दिनहरुमा मान्छेहरु आत्महत्या गर्ने क्रम बढ्दो छ । ११ वर्षको उमेरमा त्यसका के चाहना हुन्छन होला र आत्महत्या गर्छन् ? परिवारले नै आत्महत्या गरेका छन् । प्रेमी प्रेमिका आत्महत्या गरेका छन् । दाजुभाई, श्रीमान श्रीमती आत्महत्या गरेका छन् । कतिपय घटना हत्या पछि आत्महत्या बनाएका छन् । कति मान्छेहरु मर्छु भन्दा पाईरहेका छन् । उमेरले आत्महत्यालाई छेक्दो रहेनछ । आत्महत्या ९० वर्षका बृद्धले पनि गरेका छन् । १० वर्षको बालकले पनि गरेका छन् । जीवनले जा जा भन्नेबेला पनि बाँच्नु पर्दा दिक्क लागेर आत्महत्या गर्नेहरुको संख्या पनि बढ्न थालेको छ । राज्यले भरणपोषणका लागि भत्ता उपलब्ध गराएको छ । छोराछोरीहरु उच्च ओहदामा कार्यरत छन् । तर पनि घरमा भएका बृद्ध बाबु आमा सन्तुष्ट छैनन् । बुहारी, नाति नातिनाको बोझ बन्न नचाहने बृद्धहरुले घर भित्रै आत्महत्या गरेका छन् । कोहि श्रीमानका कारण आत्महत्या गर्न पुगेका छन् भने कोहि श्रीमतीका कारण आत्महत्या गर्न पुगेका छन् । समाजसँग जुध्न नसक्नेहरु पनि समाजबाट विदा भएका छन् । पछिल्लो समय सबै सँग हार खाने तर मृत्युसँग हार नखाने ब्यक्तिहरुको जमात बढ्दै गईरहेको छ । कतिपय घटनामा टेलिभिजनका पर्दामा देखिने टेलिसिरियलले पनि काम गरेको छ । सिरियलमा देखिएका घटनाले आत्महत्या गर्नेहरुको संख्या पनि नेपालमा बढ्दै गईरहेको छ । केहि समय पूर्व न्यायाधीशले आत्महत्या गर्न पुगे । हामी साना साना ब्यक्तिहरुको त के चर्चा ? कोहि सम्वन्धका कारण आत्महत्यामा पुगेका छन् । समाजका अगाडी अनुहार देखाउन लाज हुँदा मर्नु नै निको भन्नेहरु पनि छन् । तर पनि यस्ता घटनाहरु रोक्नु आजको चुनौती भएको छ । अधिकारका लागि लड्नेहरुले पनि बुझ्न जरुरी छ । राज्यले उपलब्ध गराउने सुविधाहरु प्राप्ती नहुँदा पनि आत्महत्या बढेको छ । 
    २०४३ साल कार्तिक ३ गते परिवारको कान्छो सन्तानको रुपमा मेरो जन्म हुँदा अभिभावकहरुमा खुशीको सिमा थिएन । तीन छोरी पछिको छोरा थिएँ म । बुबा आमाले छोरी छोरी जन्मँदा समाजले दिएको आरोपबाट मुक्त हुन पनि उहाँहरुले कुनै पनि हालतमा छोरा जन्माउनु आवश्यक थियो । आमाले त बुबालाई अर्काे विवाहका लागि पनि अनुमति दिनु भएको रहेछ । कतिपय ठाउँमा महिलाहरुका कारण छोरा जन्मिएन भन्ने लागेपछि घर नबिग्रियोस् भनेर श्रीमानहरुलाई श्रीमतीहरु आफैले आफ्नै बहिनी वा अरु कोहि आफुले भनेको मान्ने महिलाहरु सौताको रुपमा भित्र्याउने चलन रहेछ । बुबा मान्दै नमान्ने, आमा अीन्तम सन्तान हो, यो छोरा जन्मिएन भने कुनै पनि हालतमा अर्काे विवाह गर्ने भन्दै झगडा गर्नुहुनथ्यो रे । मेरो जन्मले बुबा आमा बीचको अर्काे सम्वन्ध तोडिदियो । माया र ममतामा मलाई कुनै कमि भएन । स्वतन्त्रताको कुरै नगरौं । छोरो जन्मियो भन्ने खुशीले उहाँहरुले मलाई कहिल्यै गाली गर्नु भएन । अभिभावकको त्यो गल्तिले पनि बालबालिकाहरु विग्रँदा रहेनछन् । आज म त्यहि भोगिरहेछु । उहाँहरुको पनि कुनै दोष थिएन । उहाँहरुमा चेतना पनि थिएन । जति चेतना त्यति नै शिक्षा । तीन दिदीहरु विद्यालय गए । अध्ययन पुरा गर्न पाएनन् । अझ छोरीहरुलाई विद्यालय पठाउनै हुँदैन भन्ने समाज थियो । दिदीहरु काममा जाँदा मलाई विद्यालयको गेटसम्म पु¥याउन जानुहुन्थ्यो । छुट्टि हुँदा भाई हराउला भन्ने डरले स्कुलमै लिन पुग्नु हुन्थ्यो । दिदीहरुले क ख सम्म चिन्नुभयो । थप अध्ययन प्रौढ शिक्षा भन्ने कक्षा चल्दथ्यो त्यसमा लिनुभयो । विवाह गरेर गएपछि उहाँहरु घरायसी बन्नुभयो । खासै अध्ययनले उहाँहरुमा स्थान पाउन सकेन । 
    कक्षा ५ पढ्दा म धेरै विरामी भएँ । सायद बुबा आमाको प्यारो सुनको टुक्रा । मर्ला भन्ने डरले उहाँहरु म भन्दा धेरै विरामी पर्नुभयो । २ महिना सम्म लगातार विरामी हुँदा मेरो पढाई छुट्यो । दिदीहरु सबैको विवाह भैसकेकाले भिनाजुहरु काठमाडौमा बस्नुहुन्थ्यो । मजदुरी उहाँहरुको पेशा थियो । बुबा आमाले भएको छोरा पनि मर्ने भयो जे जे भए पनि छोरीहरुकै आसपासमा भाईलाई राख्ने र आफु पनि त्यतै केहि गर्ने योजनाका साथ काठमाडौ जाने निधो भएछ । उतिबेला मेरो परीक्षा छुटेका कारण कक्षा ५ मा अनुत्तिर्ण भएँ । कक्षा ५ पास नुहँदा ६ मा भर्ना हुन पाईदैन थियो । त्यसैले मैले काठमाडौमा पुनः कक्षा ५ मै भर्ना भएँ । बुबा आमाले छोराको सपना भन्दा पनि आफ्नो चाहना पूरा गर्न मेरा लागि काठमाडौमा मजदुरी गर्न थाल्नुभयो । मजदुरी गरेको पैसाले डेरा भाडा तिर्न समेत उहाँलाई धौ–धौ थियो । त्यसमाथी म निरन्तर विरामी हुने भएकाले औषधीमुलो गर्न समेत धौ–धौ थियो । दिदीहरुले भरथेग गरेकैले उहाँहरुलाई सजिलो भएको थियो । केहि वर्ष पछि म ठिक हुँदै गएँ तर मेरो पढाई राम्रो भएन । कक्षा ६ मा पनि फेल, दोश्रो पटक पढें, कक्षा ७ मा पनि फेल अर्काे स्कुलमा पढें, कक्षा ८ मा पनि फेल विद्यालय नै छाडिदिएँ । संगत पनि खराब केटाहरुको हुन थाल्यो । बुबा आमा जहिल्यै माया मात्र गर्ने, गाली कहिल्यै नगर्ने । बुबा आमाको पैसा चोर्दा पनि गाली नगर्ने, बुबा आमाले खाने चुरोट खाँदा पनि गाली नगर्ने । हुँदा हुँदा म त गाँजा खान थालें । ड्रग्स खान थालें । कहिलेकाँहि त हामीलाई त्यसको ओसार पसारमा समेत लगाउँथे । खाने बानी लागेपछि बरु खाना खान समय हुँदैन थियो । हामी त्यो एक डोज भए पनि खान्थ्यौं । विद्यालय जान पूर्णतः बन्द भएको थियो । बुबा आमा बृद्ध उमेरमा घरको ढलान गर्ने कठिन काममा हुनुहुन्थ्यो । गएको दिनको पैसा आउने, जान नसकेको दिन भोक्कै । 
    भिनाजुहरुले मलाई गाली गर्नुभयो । केहि दिन घरमै गइन । बुबा आमा धेरै रुनुभयो । भिनाजुहरुलाई समेत उहाँहरुले गाली गर्नुभएछ । असल मनसायले भाई विग्रियो भनेर सल्लाह दिँदा मलाई गाली लाग्यो । भिनाजु र बुबाआमाको सम्वन्धमा मेरो कारण चिसोपना आयो । भिनाजुहरु दुबै जना केहि समय पछि मलेसिया जानुभयो । मेरो त्यो अवस्था उहाँहरुलाई चित्त बुझेको थिएन । मलेसियाबाट एक दिन फोन गरेर भिसा पठाईदिन्छु भन्नुभयो । के भनौ भनौ हुँदै थियो सँगैको साथीले हुन्छ भन भन्यो । भिनाजुले एक महिना भित्र मलेसियाका लागि भिसा पठाईदिनु भयो । पैसा पनि पठाईदिनु भयो । बुबा आमाको सपनामा मैले पहिलो पटक आफै निर्णय गरेको थिएँ । केहि दिन पछि काठमाडौका सारा सुखभोगहरु त्याग गर्दै म मलेसिया जाने निर्णयमा पुगें । काम नै नगरेको ब्यक्तिले कसरी काम गर्छ ? बुबा आमाको चिन्ता थियो । दिदीहरुको पनि चिन्ता थपियो । भिनाजु भएपछि आत्तिनु पर्दैन भन्ने निश्कर्षमा उहाँहरु हुनुहुन्थ्यो । मलेसिया बास्तवमै नेपालीहरुको प्राण रहेछ । मैले अथक मेहनत गरें । पैसा पनि राम्रै थियो । केहि दिन मलाई साह्रै औडा भएको थियो । विस्तारै सम्हालिदै गएँ । तीन वर्ष मलेसियामा टिक्न सफल भएँ । पछि त केहि समय पछि फेरी जाने कुरा भयो । त्यसले मलाई जीवनमा नपढेको अनुभूूति दिलायो । बुबा आमाको कमाईमा बाँचेकोमा धिक्कार लाग्यो । छोरा भएर गर्नु पर्ने कर्तव्य पुरा गर्न नसकेकोमा आफै प्रति खेद लाग्यो । नेपाल फर्किए लगत्तै मैले आमाबुबासँग क्षमा मागें । म कमाएर खुवाउन सक्छु भन्ने प्रण गरें । 
    मलेसिया हुँदा खेरी कहिलेकाँहि फोनमा नेपालमा कुरा हुन थाल्यो । एक दिन कुरा हुँदा हुँदै सुनसरी  घर बताउने एक जना महिलासँग कुरा भयो । उनले मिस कल गरेपछि मैले फर्काउँथे । उनी काठमाडौमा बसेर कुनै अफिसमा काम गर्दि रहिछन् । हुँदा हुँदा मलेसिया र काठमाडौ बस्ने ब्यक्तिसँग प्रेम हुन थाल्यो । भिनाजुसँग लुकाई लुकाई मैले उनका नाममा केहि पैसा पनि पठाएँ । उनकै प्रेरणा पनि रह्यो मलेसियामा तीन वर्षसम्म रहनुमा । इन्टरनेटमा फोनमा लामो कुरा हुँदा उनी मेरै लागि जन्मिएको अनुभुति हुन्थ्यो । विदेशमा बसेर काम गरेको अनुभव कहिल्यै गरिएन जतिखेर उनले मलाई माया गर्ने बताइन् । उनी मेरो घरमा गएर बुबा आमालाई समेत बुहारीको भुमिका देखाउन थालिसकेकी थिइन् । कोहि मान्छेका कारण जीवनमा कति फरक पार्दाे रहेछ । बुबा आमालाई आपत विपद पर्दा म छु भनेर सम्झाँथिन् । दिदीहरु पनि बुहारी यतिको हुँदा ठिकै हुन्छ भनेर भाई आउने वितिक्कै विवाह गर्ने निर्णयमा पुगिसकेका रहेछन् । ड्रग्समा लागेको केटो मलेसियामा काम गरेर बसिरहन सक्छ ? लामो समय मैले आफ्नो प्रेमका बारेमा कसैलाई भनेको थिइन । उनी एसएलसी पास गरेर अफिसमा पिएनको काम गरिरहेकी रहिछन् । पारिवारीक कारण उनले पढाईलाई अगाडि बढाउन नसकेको भन्दै थिइन् । उनकै अनुमतिमा म नेपाल फर्किएँ । म आउने दिन उनी एयरपोर्टमा लिन पनि पुगिन् बुबाआमा, दिदी भिनाजुको साथमा । शुरुमै आमा बुबाले आजै बुहारी पनि भित्र्याउँ भनेपछि उनले समय आउँछ भन्दै टारिन् । 
    हामी पशुपति, स्यम्भु, नगरकोट, धुलिखेल, भक्तपुरको सुर्यविनायक, कमलविनायक जस्ता ठाउँहरु घुम्यौं । त्यो बीचमा मैले केहि रकम खर्च गरिसकेको थिएँ । १ लाख ५० हजार जति पहिल्यै उनको नाममा पठाईसकेको थिएँ । मेरो चाहना उनलाई विवाह गरेर पुनः एक पटक विदेश जाने, फर्किएर काठमाडौमा घडेरी किनेर सानो छाप्रो बनाउने । आमा बुबा पनि दुःख गरिरहनु भएको थियो । कुरा त्यसो भएन । केहि दिनपछि उनी मसँग टाढा–टाढा भइन् । बुझ्दै जाँदा त उनको विवाह भैसकेको रहेछ । श्रीमान काठमाडौबाट विराटनगरका लागि काममा गएका रहेछन् । उनीहरु दुबैको सल्लाह बमोजिम मसँग प्रेमको नाटक गरिएको रहेछ । जब उनलाई म भेट्न पुगें उनी कुनै पुरुषसँग अंगालोमा बेरिएकी रहिछन् । विवाह गरेर हनिमुन मनाउने मेरो सपना त्यहि तुहियो । भए भरको सपना बनाएको मैले त्यसै खेर गयो । धर्ती भासियो । मैले आफु बाँचेको सम्झिनँ । मलेसियामा हुने एउटा ड्रक्स खाने ब्यक्तिलाई किन बचाउनु जरुरी थियो । उसले मलाई मायाको नाटक गरेर पैसा धुत्नु एउटै उपाय रहेछ । पैसाका लागि मान्छेको मनमा खेलवाड गर्नु नारीहरुको धर्म हो  ? सबै नारीहरु त्यस्ता हुन्छन् त ? किन उनले त्यसो गरिन् ? घरमा फर्किएँ । गहुँमा राख्ने न्वान किनें र पिएँ । किन मरिनँ थाहा छैन । तत्काल बुबा आमाले अस्पताल पु¥याउनु भएछ । केहि दिनको अस्पताल बसाईपछि म घर फर्किएँ । तर पनि बाँचेकोमा सन्तुष्ट छैन । मर्न नसकेकोमा झनै पछुतो छ । डाक्टरहरुले पनि माया गर्दा रहेनछन् । परिवारमा पनि छि छि दुरदुर हुने रहेछ । मान्छेले आत्महत्या गर्दाे रहेछ भन्ने एउटा उदाहरण मात्रै हो मेरो । जीवनदेखि हार खाएकाले मर्न खोजें सकिन । मैले अरु केटीहरु नपाएर आत्महत्या गरेको थिईन । भावनामा ठेस लागेकाले जीवन देखि हार खाएर आत्महत्या रोजेको थिएँ । सम्झिएँ धेरै । एउटी नारीका लागि वा अरु कुनै कुरा भएन भन्दैमा किन हार खाने ? संघर्ष गर्छु भन्ने साहस पलाएको छ । हेरौ उसकै अगाडी पनि मैले केहि गर्नु छ । 

सन्तोष खत्री
बनेपा, काभ्रे