
लोभले लाभ, लाभले विलाप भन्ने उखान मेरो जीवनमा प्रयोग भयो । मोबाईल फोन चलाउँदा चलाउँदै चिनेकै ब्यक्तिका कारण म फस्न पुगें । गलत कार्यमा संलग्न हुन पुगें । धन्न म त्यो अपराधबाट जोगिन सकें । प्रहरी, आफन्त र संचारमाध्यमका कारण उनिहरु प्रहरी हिरासतमा पुगे । म समान्य परिवारको ब्यक्ति हुँ । उमेरको चञ्चलता स्वविभाक नै हो । आय आर्जन पनि खासै छैन । त्यो माथी पनि हामी सिमान्तकृत समुदायको परिवार । खान लगाउन कठिन नै छ । आफ्नै नामको जग्गा जमिन कम नै छ । म विदेश जाने तयारीमा थिएँ । अहिले पनि विदेश जाने पर्खाईमा बसिरहेको छु । एक दिन मैले सानै देखि चिनेको साथीसँग भेट भयो । उ टिपरमा सहयोगी थियो । सहयोगीका रुपमा काम गर्ने क्रममा उ गलत मान्छेको सम्पर्कमा पुगेको रहेछ । बनेपाको गोसाईस्थान नजिकै १६ सय सिंढमा घुम्न जाने बाहनामा उसलाई लुट्ने प्रयास गरिएको रहेछ । माया चलाउने त्यो समुहको नाईके रहिछन् । विभिन्न स्थानमा जाने, युवकहरुलाई फोन गर्ने र शारिरीक सम्बन्धका लागि बोलाउने, रकम माग्ने, शारिरीक सम्पर्क पनि राख्न नदिने उल्टै पैसा नदिए मारिदिने धम्की दिने मुख्य योजनाकार उनै रहिछन् । मेरो साथीले मायासँग फोन गरिरहँदो रहेछ । उसलाई दुुई तिन पटक बोलाईएको रहेछ । एकपटक धुलिखेल माथीको जंगलमा पु¥याएर केहि पैसाा लिएर लखेटिएको पनि रहेछ ।
प्रविधिको विकाससँगै विनाश पनि भएको छ । प्रविधिले मान्छेलाई सहज मात्रै बनाएको छैन । असहज, असफलता र आवेग निम्त्याएको छ । प्रविधिकै दुरुपयोगका कारण ब्यक्तिले ज्यान गुमाउनु परेको छ । समाज, घर परिवार र आफन्तका बीच ब्यक्तिगत कुरा सार्वजनिक हुने डरका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको प्रविधिकै कारण हो । सुख, सन्तुष्टी र समृद्धि पनि भएको होला । यसको प्रयोग भन्दा पनि दुरुपयोग भईरहेको छ । प्रविधिको दुरुपयोग गरी दुःख पाउने थुप्रै ब्यक्तिहरु मध्ये म एक हुँ । मेरो पनि लोभ, लाभ र त्यसपछिको विलाप धेरै भयो । त्यसरी जान नहुने, गर्न नहुने र विश्वासमा पर्न नहुने मेरो ब्यक्तिगत स्वभावकै कारण संकटमा परेको मेरो निश्कर्ष छ । घरमा छोराले गाडीमा काम गरेर केहि रकम ल्याउँछ भन्ने आशमा बसेका अभिभावकहरु चिल्लै पर्ने भए । छोराहरुको ध्यान र लगानी अन्यत्र भईरहेको थियो । अहिले पनि धेरै युवाहरुको लगानी त्यस्तै भईरहेको छ । मेरो पनि त्यो साथीकै कारण गलत मान्छेसँग सम्पर्क हुन पुग्यो । मायाको नम्वर उसैले दियो । मैले पनि जिस्किँदा जिस्किदै लिएँ । कुरा पनि गरें । २०८० असार २१ गतेको कुरा थियो । २१ गते मायालाई मैले फोन गरेको थिए । चार दिन फोन र म्यासेजमा कुरा हुँदा हामी संसारमा कोहि नजिक हुन्छ भने हामी भएको थियौं ।
२१ गते देखि २४ गतेसम्म हामी एक अर्काे विना बाँच्नै नसक्ने अवस्थामा पुग्यौ । जब म लुटिएँ तब मात्रै थाहा भयो । उनिहरुको अपराधको नाटक । योजना । म जस्ता कयौं युवाहरु त्यसरी नै लुटिएका रहेछन् । गल्ति त हाम्रो नै थियो । तर उमेरलाई नियन्त्रणमा राख्न नसक्दा मैले त्यो समस्या झेल्न पुगें । उमाका श्रीमान् र भाई अझै फरार छन् । कोशिपारी घर भएका आकाश परियारले मलाई चिनेकै भएर होला सहज रुपमा आफ्नो श्रीमती मायालाई म विरुद्ध प्रयोग गरेर रकम माग्ने योजनामा सहभागी गराएका थिए । ब्यवसाय जब मन्दि हुँदै गयो । मान्छेहरु पैसाका लागि जे पनि गर्दा रहेछन । उनिहरुको ब्यवसाय नै त्यस्तो हुन थालेको रहेछ । मलाई लाग्यो माया सरल छिन् । सोझि छिन् । उनि असल नियत भएकी युवती हुन् । उमेरमा केटा र केटीबीच भेट हुनु, मन मिल्दा थप अन्य गतिविधिमा सहभागी हुनु सामान्य हो जस्तो लाग्दथ्यो । त्यो सबै भ्रम रहेछ । पति व्रत श्रीमती । श्रीमानको आयु बढाउन धर्मकर्म गर्ने देखि धार्मिक संस्कार अनुसारका रिती पु¥याउने स्त्रीहरु । समाजलाई सभ्य र निरन्तरता दिने महिलाहरु । परापूर्वकालदेखि महिलाहरु देवीका रुपमा चिनिदै आएका छन् । महिलाहरुलाई त्यो स्थानमा राखिएन भने उनिहरुले देखाउने रुप र रंगले उत्पन्न हुने परिस्थितिको कसैले पनि आंकलन गर्न सकिरहेको हुँदैन । त्यस्तै घटना समाजमा देखिन थालेका छन् । आफ्नै श्रीमतीलाई प्रयोग गरेर पैसा कमाउने श्रोत बनाउने श्रीमानहरु कस्ता होलान् ?
अनि पैसाकै लागि श्रीमान्ले अरु केटाहरुसँग जे जे गर्नु भनेको छ त्यहि त्यहि गर्ने कस्ता श्रीमती ? त्यो घटनाले यस्ता विषयमा सोच्न बाध्य बनाएको छ । राति ९ बजेको समयमा मलाई धुलिखेल नगरपालिका ४ स्थित २८ किलोमा डेरा लिएर बस्ने ३÷४ जना युवाहरुको समुहले अपहरण गरेको सूचना प्रहरीले प्राप्त ग¥यो । प्रहरी अपहरणकारी पक्राउ गर्न र अपहरणमा परेको ब्यक्ति मलाई उद्दारका लागि खटियो । ५० हजार रुपैयाँ माग गर्ने उक्त समूह राति फरार भयो तर अपरहणमा परेको म सकुशल रिहा भएँ । त्यसपछि म प्रहरीको नियन्त्रणमा रहें । प्रहरीले मलाई घटनाका बारेमा विस्तृत विवरण माग्यो । केरकार ग¥यो । अपहरण गरेको बारेमा जानकारी माग्यो । भोलिपल्ट मैले प्रहरीमा जाहेरी नै दिएँ । श्रीमान्को योजनामा उमा र मायाले यस्तै काम गर्न थालेको केहि महिना भई सकेको रहेछ । मेरो र मायाको मोबाईलबाट चिनजान भएको थियो । मोबाईलमा च्याट गर्दा गर्दै र फोनमा कुरा गर्दा शारिरीक सम्बन्ध राख्ने प्रस्ताव गरिन् । म तयार भएँ । दिउँसो म घरबाट बनेपा आएँ । उनीहरुले अरनिको राजमार्गको २८ किलोमा बोलाए । माया र म बीच शुरुमै पैसाको बार्गेनिङ्ग भयो । मैले १० हजार साथमा भएको र काम सकिए पछि त्यहि दिने बताएँ । अरनिको राजमार्गको २८ किलोबाट उमा र माया म सँगै बुडोल माथी रहेको जंगलमा पुग्यौं । जंगलमा पुगेपछि उमालाई कुर्न लगाईयो । त्यो सबै योजनामै भईरहेको रहेछ । शुरुमै मैले मायालाई लिएर जाँदा अड मानेको थिएँ । दुईजना घुम्न जाँदै छौ त तीन जना किन ? मायाले केहि हुँदैन उमा अन्यत्र बस्छिन् हामी अलग बसौला भन्दै मलाई माथी पु¥याईन् । म र माया अलग बस्ने गरी कसैले नदेख्ने गरी झ्याङ्गमा जाँदै थियौं । शारिरीक सम्बन्धका लागि वातावरण बन्दै थियो । माया र उमाका श्रीमान्ले मलाई च्याप्प समाते । मेरो श्रीमतीलाई ललाई फकाई जर्बजस्ती गर्ने ? म सहमतिमै आएको भए पनि अर्काको श्रीमती भन्ने कुरा जानकारी थिएन । त्यो बेलासम्म मायाले आफ्नो कुरा लुकाएकी थिईन् । मलाई उनिहरुले मुक्का प्रहार गरे । पैसाको बार्गेनिङ्ग गरे । शुरुमै ५० हजार दिन्छु भने पछि मलाई उम्कन सहज हुन्छ भन्ने लाग्यो । एटिएमबाट निकालेर दिए केहि नगरिदिने बताए । उनिहरुले पैसा नदिए मारिदिने धम्की दिए । प्रहरीकोमा जर्बजस्ति करणीको मुद्दा राखिदिने धम्की दिए । हाम्रो काम नै यस्तै भएकाले पैसा दिए छाडि दिने नत्र मारिदिने धम्की दिए । उनिहरुसँगै एटिएम सम्म आए । एटिएममा पैसा भएर पनि मिलेन भन्दै मैले फर्काए । त्यसपछि मलाई झनै ठुलो धम्की दिईयो । मैले दाजुलाई पैसा लिएर आउन र आफु अपहरणमा परेको खबर गरे ।
पैसा नआउञ्जेल उनिहरुले मलाई पसलमा थुनेर राखेका थिए । ५० हजार पैसा तयार भए पछि दाजुले प्रहरीलाई सूचना दिए । प्रहरी र उनिहरु पैसा बोकेर जंगलमा पुगे । प्रहरी सादा पोशाकमा थियो । तर पनि उनिहरुले धेरै मान्छे भए पछि चाल पाए । झ्याङ्ग नजिकै पैसा राखिदिनु भनेकाले पैसा राखि दिएर फर्कदा उनिहरु फरार भए । प्रहरीले एकजना मान्छेलाई देख्यो तर समाउन सम्भव भएन । त्यति नै बेला मेरो उद्धार भयो । प्रहरीले उनिहरुको पिछा गरि रह्यो । सादा पोशाकमा परिचालन गरिए । उनिहरुको समुह नयाँ घरमा डेरा सरेको खवर प्रहरीले पायो । प्रहरी पुग्दा उनिहरु घर भित्र चुकुल लगाएर खुकुरी सहित तयारी अवस्थामा थिए । प्रहरीले ढोका ढकढक गर्ने वितिक्कै उनिहरु खुकुरी लिएर प्रहार गर्न थाले । प्रहरीलाई उल्टै चोर आयो भनेर गाउँलेहरु भड्काउँदै उनिहरु भाग्ने प्रयास गरे । प्रहरीले हवाई फायर गरेर उनिहरु मध्ये आकाश र उनको श्रीमती मायालाई राति नै पक्राउ ग¥यो । श्रीमतीहरुलाई अरु केटाहरुसँग कुरा गराएर रकम बार्गेनिङ्ग गर्ने र रकम नदिए अपहरण गरी मारिदिने योजनामा संलग्न भएको अभियोगमा प्रहरीले थप अनुसन्धान सहित कारवाही अघि बढायो । पैसाका लागि मान्छेले के सम्म गर्ने रहेछ भन्ने उदाहरण बनेको छ यो घटना । त्यसमा पीडित पात्र बनेको छु म । मेरो लोभका कारण म त फसें फसें अरु युवाहरु यस्तो प्रलोभनमा परेर जीवन र परिवार बर्वाद नबनाउन भन्ने मेरो उद्देश्य हो ।
अहिले मुलुक आर्थिक मन्दिमा छ । सहकारीहरु डुबेका छन् । जग्गा र शेयर कारोवारमा मन्दि छ । बैकिङ्ग कारोवार हुन नसक्दा ब्यक्तिहरुले ब्यवसाय गर्न सकेका छैनन् । ब्यवसाय नहुँदा ब्यक्तिगत जीवन तहसनहस हुन थालेको छ । पैसाका कारण परिवार, समाजबाट बहिस्कृत हुन थालेका छन् । कोहि त आत्महत्यासम्म पुगेका छन् । यस्तो अवस्थामा दिनभर काम नभएर बसिरहँदा सामाजिक सञ्जालको चरम दुरुपयोगले भएका अपराधका घटनाहरु नियन्त्रणमा अरु कोहि नभएर तपाई हामी आफै सक्रिय र सर्तक रहनु आवश्यक रहेछ । जुन मेरो भोगाई हो । यो भोगाईले धेरै कुराको ज्ञान दिएको छ । यस्ता ज्ञान र अनुभवले भोलि तपाईहरु पनि संकटमा पर्दै त हुनुहुन्न ? त्यसकै लागि मैले मोरातीको साहारा लिन पुगें । प्रविधिको प्रयोग गरौ दुरुपयोग नगरौं ।
सन्तविर कुर्मी
बनेपा, काभ्रे