म जन्मजात अपाङ्ग थिए । उमेरले भर्खर १६ वर्षकी थिएँ । जवानी हुर्कदै थियो । अपाङ्गता भए पनि ममा आउने शारिरीक परिवर्तन र मानसिक चेतना फरक हुनु स्वभाविक नै भयो । परिवारमा म बोझ नै लाग्छ होला । आजसम्म कसैले त्यस्तो ब्यवहार देखाउनु भएको छैन । मलाई कुनै कुनै बेला लाग्छ म परिवारका लागि भन्दा यो धर्तीका लागि पो बोझ भएको हुँ कि ? मनमनै लाग्छ त्यस्तो सोच्न पनि हुँदैन । अपाङ्ग हुनु न मेरो दोष हो न मेरो पूर्व जन्मको ? अभिभावकको त झनै के दोष ? यो सृष्टिकर्ता जसले मलाई जन्म दियो, जन्मँदै भएको अपाङ्गतामा कसले के नै पो गर्न सक्थ्यो र ? धेरै अपाङ्गता भएका ब्यक्तिहरु छन् । अपाङ्गता भएका महिलाका लागि नेपाल सरकारले अपाङ्गता भएका महिलाको अधिकारको संरक्षण गर्न तथा उनीहरुको ज्ञान, सीप तथा क्षमताको उच्चतम् उपयोगका लागि उपयुक्त वातावरण निर्माण गर्न तोकिए बमोजिम आवश्यक व्यवस्था गर्नुपर्ने भनिए पनि त्यस्तो हुन सकेको छैन । अपाङ्गता भएका महिलाको विशेष अवस्थालाई ध्यानमा राखी उनीहरुको स्वास्थ्य तथा प्रजनन् अधिकारको संरक्षणको लागि आवश्यक व्यवस्था गर्नु पर्नेमा पनि हुन सकेको छैन ।
मान, प्रतिष्ठा सुनिश्चित गर्ने, आत्मनिर्भरता प्रबद्र्धन गर्ने, समाजमा सक्रिय रुपले सहभागी हुने तथा सम्मानजनक तवरले जीवन व्यतित गर्ने अधिकार, समाजमा घुलमिल हुन तथा आफ्नो व्यक्तिगत विकासको लागि शिक्षा, तालिम, स्वास्थ्य, स्याहार सेवा, पुनस्र्थापना सेवा, रोजगारीको तयारी तथा मनोरञ्जनका अवसर प्राप्त गर्ने अधिकार, अपाङ्गता भएका बालबालिकालाई अन्य बालबालिका सरह समान आधारमा निजलाई प्रभाव पर्ने विषयमा आफ्नो धारणा व्यक्त गर्ने अधिकार र उनीहरुका धारणालाई उमेर र परिपक्वताको आधारमा उचित सम्मान दिईने भनिए पनि त्यस्तो भएको छैन । स्थानीय तहमा जब जनप्रतिनिधिहरु हावी हुन थाले त्यति नै हरेक क्षेत्रमा राजनीतिकरण हुन थाल्यो । दलीयकरण हुन थाल्यो । वास्तविक भन्दा फरक मान्छेहरुले अवसर पाउन थाले । वास्तविक ब्यक्तिहरु पछि पर्न थाले । उनिहरुका गुनासा नै गुनासा सुनिन थालेका छन् । परिचयपत्रका नाममा राजनीतिकरण हुन थालेको छ । अपाङ्गता भएका बालबालिकालाई निजको सर्वाेत्तम हितका लागि अदालतबाट आदेश भएको अवस्थामा बाहेक अपाङ्गता भएका कारणबाट निजको घर परिवारबाट अलग गरिने छैन भनिए पनि त्यस्तो हुन सकेको छैन ।
सरकारले बौद्धिक अपाङ्गता, मानसिक अपाङ्गता, अटिज्म, मस्तिष्क पक्षघात वा श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका लागि सिकाई आवश्यकतालाई सम्बोधन गर्न पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाई लगायतका विषयमा उपयुक्त व्यवस्था गर्नेछ । त्यस्तो ब्यवस्था गर्न सरकारका निकायहरु तयार भएका छैनन् । अपाङ्गता भएका बालबालिकालाई तोकिए बमोजिमको विशेष संरक्षणको अधिकार हुनेछ । अपाङ्गता भएका व्यक्तिलाई कृषि र स्वरोजगारमूलक व्यवसाय वा उद्यमशीलताका लागि अनुदान वा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नेछ । सवारी साधनको धनी वा सञ्चालकले तोकिए बमोजिमका अपाङ्गता भएका व्यक्तिलाई बस, रेल, हवाईजहाज जस्ता सार्वजनिक सवारी साधनबाट यात्रा गर्दा भाडामा पचास प्रतिशत छुट उपलब्ध गराउनु पर्नेछ । अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सहायक साधन, उपकरण वा औजार, अपाङ्गमैत्री सवारी साधन तथा अपाङ्गता भएका व्यक्तिको शिक्षा, तालिम वा स्वरोजगारका लागि प्रयोग हुने मालसामान, यन्त्र, पाटपूर्जा तथा कच्चा पदार्थमा प्रचलित कानून बमोजिम भन्सार, अन्तःशुल्क, स्थानीय कर वा अन्य दस्तुर सम्पूर्ण वा आंशिक रूपमा छुट दिन सक्नेछ । अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने उद्देश्य राखी स्थापना भएका प्रतिष्ठानमा जडित यन्त्रलाई अपाङ्गमैत्री बनाउन विशेष रुपमा फेरबदल वा पार्टपूर्जा जडान गर्दा भएको खर्चमा तोकिए बमोजिम कर छुट दिने, निःशुल्क शिक्षा दिने संस्थागत विद्यालयलाई सो वापतको रकम करमा छुट दिने, अपाङ्गता भएका व्यक्तिका छोराछोरीहरुलाई तोकिए बमोजिम निःशुल्क शिक्षाको व्यवस्था, तालिम वा रोजगारी दिने वा रोजगारीको व्यवस्था गरिदिने सामाजिक संस्था, व्यापारिक वा औद्योगिक प्रतिष्ठानलाई बैङ्क तथा वित्तीय संस्थाबाट सहुलियत ब्याजदरमा ऋण दिलाउने व्यवस्था गर्न सक्ने ब्यवस्था गरिएको छ ।
अपाङ्गता भएका ब्यक्तिहरुले पाउने सुविधा मैले पाउन सकेको छैन । आफन्तैबाट पीडत भएकी मैले बाँकी जीवनको योजना बनाउन सकेकै छैन । जन्मेदेखी नै शारिरीक अपाङ्गता रहेको र हिडडुल समेत गर्न नसक्ने भएको हुँदा घरमा नै बसी रहेको थिएँ । विगत एक महिना अगाडी उनले मलाई मेरो घर नजिकै उनकै छाप्रो भित्र जाँउ भनी फकाई फुलाई पु¥याउनु भयो । दाईले बोलाएको स्थानमा म किन नजाने ? कुनै शंका नमानी म उनको घर छाप्रो भित्र गएँ । शारिरीक अपाङ्गता रहेकोले मलाई खाटमा लगी बसाई मेरो संवेदनशील अंगहरु समाती सुम्सुम्याई खाटमा लडाई कपडा खोली जबरजस्ती करणी गर्न सफल भयो । म शारिरीक अपाङ्गता रहेकोले प्रतिकार गर्न नसकी सहनुको विकल्प थिएन । गाउँघरमा बेईज्जत हुने डरले कोही कसैलाई नबताई लामो समय चुपचाप बसिरहें । उक्त समयमा मेरो भाई, बहिनी तथा बुबा आमा समेत नेपालीहरुको महान चाड दिपावली भएकोले देउसी भैलो खेल्न जानु भएको थियो । मलाई खाना खुवाएर सुताएर उहाँहरु चाडपर्व मनाउन जानु भएको थियो । घरमा म एक्लै भएको उनलाई जानकारी थियो । सुतेको कोठाको आएर उसले ढोका खोल भन्यो । मध्यरातमा मैले ढोका खोल्न मानिनँ । उसले हामी सुत्ने ट्रष्ट कोठाको गाह्रोबाट भित्र प्रवेश गरेर नाई भन्दा भन्दै जबरजस्ती ग¥यो । म र मेरो परिवार समेतलाई मार्ने धाकधम्की दियो ।
पशु झै भएकी थिएँ । अपाङ्गता भएको फाईदा उसले उठाएको थियो । एकोहोरो उसले गिद्धले मासु लुछेझै लुछिरह्यो । सायद मन मिलेको र त्यो खालको सम्बन्ध भएको भए मलाई पनि खास समस्या हुँदैन थियो । जसले मलाई संरक्षण गर्नु पर्ने थियो उसले नै मलाई गरेको न्यो नरपशुको ब्यवहारले म रोईरहेको थिएँ । परिवार कतिखेर आयो मलाई जानकारी थिएन । आए सुते । म निदाउन सकिनँ । बोलाएर भन्न पनि सकिनँ । त्यो दिनको उसको हर्कतले मेरो मन रोई मात्रै रह्यो । केहि दिन पछि उक्त कुरा बहिनीलाई भनें । बहिनी मार्फत प्रहरीमा खबर भयो । उसलाई तत्काल पक्राउ गरियो । प्रहरीले तत्काल अनुसन्धान शुरु गरी मलाई न्याय दिन अग्रसर भयो । मुलुकी अपराध संहिता, २०७४ को करणी सम्बन्धी कसुर अन्तरगत हुँदैसम्मको सजाँय गरी क्षतिपूर्ति समेत दिलाई भराउन प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । जन्मजात अपाङ्गता र मेरो स्वभावका बारेमा पनि देख्ने र जान्नेहरुले प्रहरीलाई बयान दिएका थिए । तर उसको बयान फरक थियो । उसले त मेरो समेत सहमतिमा त्यस दिन मात्रै होईन अन्य दिनमा पनि पटक पटक दुबैको सहमतिमा शारिरीक सम्बन्ध राख्दै आएको बताए । श्रीमतीले छाडेर गए पछि उसलाई छाडि दिएका कारण अर्काे केटीसँग विवाह गर्ने योजना बनाएको रहेछ । उसले पनि धोका दिए पछि रथन्निएका उनले मलाई जर्बजस्ति गरेको बयान दिएका रहेछन । बहिनी हजुरआमा सँगै बसिरहेकी थिईन् । हजुरआमाको घरमा बाहिर खाट हाली सुत्ने र बस्ने गरेको थिए । २०७६ सालको दशैको पूर्णिमा पछि हजुरआमाको छोरी मेरो फुपुहरु तिहारमा बुबा काकाहरुलाई टिका लगाउन नआउने भए पछि म काठमाण्डौ तिर आउछु भनि हजुरआमा काठमाडौ छोरीको घर तिर गई बस्नु भयो । हजुरआमाको घर बाहिर खाट हाली सुत्न थालें । बहिनी हजुरआमा सुत्ने घर भित्र सुत्दै आएकी थिईन् । घर भित्र एक्लै भएको मौका छोपी सानैमा उनीसँग गरेको ब्यवहार सम्झन पुगें । अनि पुनः एक पटक शारिरीक सम्पर्क राख्ने योजनाका साथ जबरजस्ती गरें । गाउँमा गई मादक पदार्थ सेवन गरी सुत्ने तयारीमा थिएँ । मैले नजान्दा र मलाई थाहा नहुँदा पनि उसले मलाई जर्बजस्ति करणी गरेको रहेछ । उसलाई हदैसम्मको कारवाही हुनु पर्छ । यस्ता अपराधीलाई कडा कारवाही गरी मलाई न्याय दिनुपर्छ । राज्यबाट मैले अपाङ्गता बापत प्राप्त गर्नुपर्ने सेवा र सुविधा पनि उपलब्ध गराउनु पर्छ । अहिले मुद्दा उच्चमा छ । जिल्लाले केहि हदसम्मको न्याय त दिएको छ तर अपूर्ण । अपूर्ण न्याय भए पनि उ जेलमा छ म सन्तुष्ट छु । तर मेरो रेखदेख, मेरो लालपालन, मेरो बाँकी भविष्यका बारेमा कानूनले दिएको अधिकार पनि अदालतले बोलि दिएन । त्यसका लागि पनि कानून र सरकारले बोल्नु आवश्यक छ । हेरौं हामी जस्ता ब्यक्तिहरुका लागि सरकार छ कि ?
उमा शर्मा
ललितपुर