2019 May 23/ 06:23: 56am

“सकिन  समयलाई बदल्न 
प्रेमको प्रतिक मेरो नजिकिै थियो
उनको कोखमा त्यो रगतको डल्लो
राजकुमारको स्वरुप, धर्तीमा जन्मन लाग्दै थियो
साय आज त्यहि समयले नै कोल्टे फेरेर  होला
हुन्छु म उनकै यदमा दिन अनि रातमा छटपटि
सक्दिन थिए उनीबाट टाढा भागेर जान
त्यसैले  प्रेममा युद्ध, कानुनले हत्कडी”
    २०५१ साल असोज २१ गते शुक्रबारका दिन स्वयम्भु स्थित देवीजस्ती आमा भुलकुमारीको कोखबाट तेस्रो सन्तानको रुपमा मेरो जन्म भयो । मेरो बालापन त कसरी बित्यो मलाई थाहा भएन । जब म बुझ्ने भएँ म भन्दा अगाडि मेरा दुई दिदीहरु हुनुहुँदो रहेछ । मेरी ठूली दिदीको नाम सिता र कान्छी दिदीको नाम गिता । मलाई मेरो बुबा र ममीले दिदीहरुसँगै त्यहि नजिकैको सरकारी स्कुलमा भर्ना गरि दिनु भयो । मेरो बुबा सिकर्मीको काम गर्नु हुँदो रहेछ । मेरो आमा बाहिर अर्काको घरमा काम गर्नुहुन्थ्यो । बुबाले आफ्नो कामबाट जति पैसा कमाए पनि त्यो पैसा घरमा काम लाग्दैनथ्यो बुबाले कमाएको पैसा केवल भट्टी पसलमा नै ठिक्क हुने गथ्र्याे । घरको ख्याल गर्नु हुदैनथ्यो । तर मेरो आमा छोरीछोरीहरुलाई आफू नखाएरै भए पनि भोको पेटलाई भरि दिनु हुन्थ्यो । 
    विगतहरुलाई सम्झँदा मेरा नयनहरु भरिएर आउँछन् । समय वित्दै जाने क्रममा २०५४ सालमा ममीले भाई पाउनु भयो । हामी सबै खुशी भयौं । सायद मेरो भाई शिवरात्रीको दिनमा जन्मेर होला पण्डितले पनि भाईको नाम शिव नै राखिदिनुभयो । यसै सिलसिलामा बुबाले कोठा बल्खुमा सार्नुभयो । बल्खुमा ममीले हामीलाई एउटा सरकारी स्कूलमा भर्ना गरिदिनुभयो । स्कूलमा हाम्रो पढाई राम्र्रै चलिरहेको थियो । यस्तै सिलसिलामा २०५८ सालमा कान्छो भाई मनोजको जन्म भयो । घरमा खुशीको रौनकता बढ्यो । ममीले हामीलाई दुःख कष्टका साथ हुर्काउनु भयो । समय वित्ने क्रममा मेरो ठूली दिदी १४–१५ वर्षको हुनुहुन्थ्यो । बुबा र ममीले ठूली दिदीको विवाह गरि दिनु भयो । त्यो बेला मेरी आमा निकै रुनु भयो । किनकी ममीले हामी सबैलाई असाध्यै माया गर्नु हुन्थ्यो । 
    समय वितिरहेको थियो १ वर्षपछि बुबा आमाले कान्छी दिदी र माइलो भाईलाई पुरानो गाउँ सिन्धुली भिमानमा हजुर बुबा र हजुरआमा भएको ठाउँमा पु¥याइदिनुभयो भने २ वर्ष पछि कान्छी दिदीसँगसँगै हाम्रो बसाई पूरै परिवारको काभ्रे भन्ज्याङमा भयो । कान्छी दिदी त गाउँबाट आइन् तर माइलो भाई भने गाउँमै बस्यो । पछि बुबाले कान्छी दिदीको पनि विवाह गरि दिनु भयो । र उहाँहरु हामीसँगै बस्ने निर्णय गर्नुभयो । केहि समय पछि कान्छो भिनाजुले मलाई काभ्रे भन्ज्याङको पानीट्यांकीस्थित बाल विकास इ. बो. स्कूलमा कक्षा ३ मा र कान्छो भाई मनोजलाई नर्सरीमा भर्ना गरिदिनुभयो । म कक्षामा कमजोर विद्यार्थी थिएँ । ३–४ महिना पश्चात पढाईमा सुधार आयो । कक्षा ३ को अन्तिम परीक्षा दिएँ । केहि समय पछि नतिजा आयो । म ३० जना मध्ये ५ औं नम्बरमा आएको रहेछु । त्यस पछि प्रिन्सिपल सरले मलाई ३ बाट ५ मा राख्ने निर्णय गर्नुभयो । पछि मलाई भिनाजुले होस्टेलमा राख्ने निर्णय गर्नु भयो । म होस्टेलमा बसेर पढ्न थालें । शुक्रबार र शनिवार भने घर जाने गर्थे । एक दिन शुक्रबारको दिन आफ्नो घरमा आएँ । त्यसदिन घरमा एकजना केटा र एकजना केटी पाहुना आउनु भयो । मैले आमालाई बोलाएर सोधें उहाँहरु को हो ? आमाले उहाँ तेरो कान्छो मामा हो पुलिसको जागिर खान्छ । उहाँ तेरो माईजु हो भन्नुभयो । आमाले आफ्नो कथा व्यथा सुनाउनु भयो । विहे भए पछि आफू कहिल्यै माईत जान नपाएको गुनासो पोख्नुभयो । र यहि कान्छो भाई बेलाबेला आउँछ । यसैले मन बुझाएर बसेकी छु भन्नुभयो । यत्तिकैमा मामा मसँग आउनु भयो र भन्नुभयो भान्जा पढेर के बन्ने विचार छ मैले मामालाई मेरी आमा जस्तै बन्ने सोच र विचार छ भने । मेरो प्रत्युत्तरले मामाको आँखामा आशुँ भरिए । आइतबार म विदावारी गरि होस्टेल फर्कें । एक दिन खुर्काेटमा रहनुभएको मेरो हजुरआमाले मेरो आमालाई फोन गरेर गाउँमै घर बनाएर बस्नको लागि आग्रह गर्नुभयो । आमा पनि खुशी हुनुभयो । बुबा आमा खुर्काेटमा घर बनाउन जानुभयो । यता मेरो पढाई विग्रदै थियो । म कुलतमा फस्दै गएँ । मेरो ५ कक्षाको फाइनल परीक्षा आउँदै थियो । परीक्षा पनि सकियो । १० दिनको छुट्टिमा दिदी भिनाजु भएको ठाउँमा गएँ र अब स्कूल नजाने निधो गरें । काम गर्ने निर्णय गरें । १०–१२ दिन बित्यो काम पाईएन । पछि एकजना दाईले चारदोबाटोको कामधेनु मिठाई होटलमा काम गर्नको निम्ति राखिदिनुभयो । म होटलभित्र नै बसि काम गर्न थालें । पछि काम गरेको ठाउँ भिनाजुले पत्ता लगाएर सिन्धुलीको खाल्टेमा लिएर जानुभयो । केहिदिनपछि आमाले पढ्नको लागि होस्टेलमा जाउ भन्नुभयो । मैले आमालाई म केही काम गरेर पैसा कमाउन चाहन्छु भनें । आमाले मेरो प्रश्नको जवाफ दिनु भएन । हाम्रो नयाँ घर पनि तयार भयो । पछि मैले हाम्रै गाउँमा चल्ने गाडीमा काम गर्न थाले । केहि समयपछि हामी स्वयंभुमा बसाई स¥यौं । स्वयंभुमा आएको ५–६ महिनापछि एकजना दाईले मलाई बसन्तपुरमा रहेको रेक्स सेक्युरिटी कम्पनीमा जागिर लगाइदिनुभयो । 
    हाम्रो समूह २४ सैं घण्टा डिउटीमा खटियौं । हामीले काम गरेको १ वर्ष बित्दा समेत तलब बढेको थिएन । मैले तलब बढाउनको निम्ति सम्बन्धित निकायमा कुरा राखें तापनि उहाँहरुले केहि दिन पर्खनुस् भने । तर ६ महिना वितिसक्दा पनि केही जवाफ आएन । एकदिन म आफै डिउटी छोडेर त्यस भवनको अध्यक्षको मिटिङ हलमा रिसको आवगेमा पुगे । त्यत्तिकैमा त्यहाँ बसिरहेको मेनेजरले तपाई कसलाई सोधेर मिटिङ हल भित्र प्रवेश गर्नु भयो भन्नु भयो । मैले यो मामिलामा एक शब्द पनि नबोल्नु भने उनलाई । यत्तिकैमा अध्यक्षले मलाई के भयो राजकुमारजी भन्नु भयो । मैले आफ्नो गार्डहरुको कुरा अध्यक्ष सामु आफूहरु २४ सै घण्टा काम गर्ने तर तलब २ वर्ष देखि नबढेको कुरा राखे । यसै बीचमा एक सदस्यले हामीहरुले यसको विषयमा सोच्दै छौं भने । यो कुरा सुनेर मेरो प्रेसर हाई भयो र सिधै औला ठड्याएर भने तपाईले सोच्ने कहिले ? जब ति गरिबको गाँस, बास, कपास खोसिन्छ त्यतिखेर सोच्ने ? के तपाईहरुले गरिबहरुलाई जे गर्दा नि हुन्छ ? यदि तपाईहरुमा त्यस्तो सोच छ भने निकालि दिनुहोस् । यत्तिकैमा म अध्यक्ष पट्टि फर्किएर भने के गर्नुहुन्छ त अब अध्यक्ष, अध्यक्षले भोलि र पर्सिसम्म रिजन दिन्छु भन्नु भयो । म त्यहाँबाट पुनः डिउटीमा फर्के । पछि मलाई त्यो भवनबाट निकालिएको कुरा एकजना सरले भन्नु भयो । रिसको आवेगमा मैले त्यति खेर नै मैले जागिरबाट रिजाइन दिएँ । र घरतर्फ लागें । जागिर छोडेको पनि लगभग १ महिना जति भइसकेको थियो । मसँग मिल्ने साथी विशाल भन्ने थियो । त्यहि साथीसँग तनावमा रक्सी पिउन भट्टीमा जाने गथ्र्याैं । त्यस दिन पनि त्यो साथीसँग बढि नै रक्सी पिएँ । केहि समय पछि मलाई त्यहि भट्टीमा आई रहने एकजना दाईले मेरो तनावको विषयमा सोध्नु भयो । मैले आफ्नो तनावको कुरा सुनाएँ । त्यस पछि त्यो दाईले के तिमी मसँग काम गर्छाै ? भने । कस्तो काम मैले सोधें । दाईले छोटकरीमा कामको विषयमा भन्नुभयो । काम २ नम्बरी को रहेछ । मैले सोचे यदि मेरो तनाव केहि दिनमा हट्छ भने म जस्तोसुकै कदम चाल्न पनि तयार छु । त्यसपछि मैले त्यो दाईलाई हुन्छ म काम गर्न तयार छु भने । भोलिपल्ट म खाना खाएर त्यो दाईलाई भेट्न गएँ । त्यो दाईले ३० हजार दिनुभयो र काम पनि दिनुभयो । त्यो काम मैले ५ मिनेट भित्रमा सकाइदिएँ । त्यस दिन देखि मेरो अपराधको बाटो सुरु भयो । मैले पैसा पनि उत्तिकै कमाउँदै गएँ । 
    मैले आफ्नो पेशासँगै नाम पनि बदलिदिएँ “भैरव” । भैरवको नाममा एकपछि अर्काे काम डिलिङ बढ्दै गयो । म बनेपामा बसेर काम गर्न थालें । १०–१२ वर्ष वितिसकेको थियो बनेपामा बसेर काम गर्न थालेको । एकदिन साउने संक्रान्ति मान्न घर गएँ । घरमा विशाललाई पनि बोलाएँ । आमाले खाजा हालिदिनुभयो । हामीले खान थाल्यौं । त्यतिकैमा ढोकाबाट नमस्कार दिदी भिनाजुलाई भन्दै पाहुना दाई र केटी भित्र छिर्नुभयो । त्यो केटीको नाम मनिता रहेछ । म मनिताको बोली र मुहारमा लिप्त भएर बसें । केहिसमयपछि नाचगान हेर्न दुईजना पाहुना र म नाचगान हेर्न तल स्वयम्भुमा पुग्यौं । त्यहाँ पुग्नासाथ मनिता नाच्न थालिन् । त्यो दिन पहिलोपटक ४–५ घण्टा सम्म आफ्नो शरीरलाई थकाएर हेरियो । सायद यो मनमा मनिताको कहि कतै आभाष भैरहेको थियो ।     भोलिपल्ट १० बजे खाना खाएर पाहुनाहरु विदा हुन लागे । मनिता चावहिलको कुमारीगालमा टेलर खोलेर बस्दिरहिछिन् । उनले जाने बेलामा हाम्रो कोठातिर पनि आउने गर्नुन भनिन् । मैले पनि हुन्छ भने । त्यहि दिन देखि मेरो सोचमा केवल मनिता थिइन् । मनिता त्यहाँबाट गएको १०–१५ दिनपछि म आफ्नो कामको लागि बनेपा जानेक्रममा घरमै मनितालाई भेटें । मनिताले कहाँ जान लाग्नुभएको भनेर सोधिन् मैले कहिँ हैन भनेर जवाफ दिएँ । म त्यो दिन निकै खुशी थिएँ । कारण मनिता थिइन् । त्यस दिन मैले मनितासँगै बिताएँ । भोलिपल्ट मनिता जानु पर्ने थियो । तर मलाई छुटिनु पर्दा गाह्रो महसुस भइरहेको थियो । उनी चावहिन फर्केर गइन् । मलाई त्यो बेलामा बल्ल महसुस भयो कि प्रेमले जस्तोसुकै मानिसलाई पनि बदल्न सक्दोरहेछ । दुई मुटुको एकै धड्कन कस्तो हुँदो रहेछ भन्ने थाहा पाएँ । त्यस पछि मैले सारा नराम्रो काम त्याग्ने निर्णय गरें । १०–१५ दिन पछि साथीहरुलाई पनि कुरा राखे उनीहरुले हुन्छ भने । त्यसदिन बेलुकीको समय म र दुईजना साथी मःमः खानको लागि गाडामा जाँदै थियौं । एक्कासी १० जना केटाहरुले मलाई चारैतिरबाट घेरे र धम्क्याउन थाले । तिमध्ये १ जनाको हातमा धारिलो खुकुरी थियो । मैले उनीहरुलाई सम्झाउने कोसिस गरें तर उनीहरुले मानेनन् । र मैले त्यहि खुकुरी खोसेर एकजनालाई छातीमा प्रहार गरें । त्यो भुइँमा ढल्न पुग्यो । त्यहि खुकुरी खोसेर केटाहरुले मेरो टाउकोमा प्रहार गरे । म र तिनीहरु बीच लडाइँ भैरहँदा पुलिस आइपुगे । अरु सबै भागेछन् । पुलिसले म र छातीमा खुकुरी लागेको व्यक्तिलाई भ्यानमा राखेर शिरमेमोरियल हस्पिटलमा लगे । मेरो टाउकोमा ५ टाँका लगाइयो । अर्काे केटालाई थप उपचारको लागि त्यहि हस्पिटलमा राखियो । त्यो केटाको कलेजो २ इन्च प्वाल परेको रहेछ । त्यसपछि मलाई केश चलाइयो । १४ दिनपछि विरामीको खर्च ७० हजार बेहोर्नुपर्ने भयो । पछि मलाई सिडियो कार्यालयमा ल्याईयो र ७० हजार विरामी खर्च सहित कैद र १० हजार जरिवाना तिर्नुपर्ने बतायो । जेलमा आमा भेट्न आइरहनुहुन्थ्यो । 
    केहि वर्षपछि मैले आफ्नो कैद काटे र निस्किएर सिधै घरमा गए । अनि आमालाई मनिता कहाँ छिन् ? हिजोआज हाम्रो घरमा आउँछिन् कि आउँदिनन् भनेर सोधे । आमाले अस्तिमात्र ४–५ दिन बसेर गएकी हुन् भन्नुभयो । उनी अहिले ख्रीष्टियन धर्म लिएकी छिन् भन्नुभयो । आमाको मुखबाट यस्तो जवाफ सुन्न पाउँदा निकै खुशी भएँ । तिन दिन पछि बेलुकी पख मनितालाई मेरो घरमा खाना खाइरहेको देखें । तर मनिता पहिलाको भन्दा अलि फरक भएको पाएँ । उनी मोटाइछिन् । धेरै कुराको परिवर्तन भैसकेछ । त्यसदिन खासै कुराकानी भएन । मनिता हाम्रोमा ३–४ दिन सम्म बसिन् । त्यसअवधिमा धेरै कुराहरु भए । विस्तारै म पनि मनिताकोमा जान थालें । विस्तारै हाम्रो प्रेम प्रेम विवाह झै बदलियो । मात्र सिँन्दुर हाल्न बाँकी थियो । मेरी आमाले मनितालाई मैले आफ्नो पत्नी बनाएको कुरा थाहा पाएर होला हामीलाई आफ्नो घरबाट बन्चित गरिनिुभयो । आमाले जुन नि तैले मनितालाई छोड्छस त्यो दिन म तँलाई छोरा भन्छु भन्नुभयो । मनिताले मलाई दुःखमात्र मात्र नभएर व्यवहारिक समस्यालाई पनि पन्छाएर साथ दिएकी थिइन् । हामी परिवारसँग छुटिएर चावहिल कुमारीगालमै बस्यौं । मनिता टेलरमै काम गर्थिन् । मनिताले धेरै माया गर्थिन् मलाई । म उनको मायालाई बुझ्दथे । तर मायाले मात्र त कसरी घर खर्च चल्न सक्थ्यो र ? हाम्रो जोडी देखेर धेरै जनाले डाहा र रिस गर्दथे । अकस्मात मेरो दिमागमा एउटा सोच आयो । र मनितासँग छलफल गरे । भोलिपल्ट म बनेपा गएँ । मैले मेरी पत्नीलाई ढाँटेको थिएँ कि म बनेपामा पैसा लिन जान्छु भनेर तर म आफ्नै अपराधि दुनियाँकै पुरानो काम गर्नको निम्ति बनेपामा आएको थिएँ । त्यो दिन काम गरेर २० हजार पैसा लिएर गएँ । मसँग पैसा हुँदा मेरी मनितालाई साथमा राख्थें र उनको इच्छाहरुलाई सकेसम्म पूरा गर्थे । कहिलेकाहिँ हाम्रो तराईसम्म को यात्रा हुन्थ्यो ।  ति सबै यात्राहरु स्मरणीय नै रह्यो । हामी काठमाडौं फर्किएलगत्तै फेरी कामको सिलसिलामा म चाहिँ बनेपा पुगे । उनको साथबाट छुटेदेखि बनेपा पुगुन्जेलसम्म सयचोटी जति फोन आइसक्थ्यो । म प्रायः रक्सी पिउँथे । यहि कारण मनितासँग पनि कहिलेकाहिँ झगडा हुन्थ्यो । समय वित्दै थियो  । एकदिन मनिताको माइतीबाट फोन आयो । उता बहिनीको बच्चा जन्मदै छ रे यता हेर्ने मान्छे कोही छैन त्यसैले आउनु भन्ने खबर आयो । केहिदिनमा मनिताको बहिनी अनिताले छोरी जन्माइन् । 
    म काम गर्न बनेपा जान्थे तर मेरी पत्नीसँग अरु दिन बस्ने गर्थे । कहिलेकाहिँ घुमाउन लिएर जान्थे । उनले मेरो मोबाइलमा फेसबुक खोलेर हेर्ने गर्थिन् । अरु केटीहरुसँग कुरा गरेको म्याजेस हेरेर रिसाउँथिन् उनी । केहि छिन डिस्कस हुन्थ्यो । पछि मैले मेरो फेसबुक चलाउनै बन्द गरिदिएँ । मनिताको अटल विश्वासको निम्ति मैले मेरी पत्नीलाई कुमारीगालको मन्दिरमा गएर भगवानलाई साक्षी राखेर सिन्दुर हालिदिएँ । यस्तै सिलसिलामा मनिताको पेटमा मेरो प्रतिक हुर्कदै थियो । मेरो पहिलाको छोरी महिमा जन्मँदा अप्रेसन गरेको हुदा यो पटक पनि अप्रेसन गर्नुपर्ने भयो । मनिताले यो बच्चालाई माइतीमा लगेर जन्म दिने बताइन् तर मलाई रिस उठ्यो । उनले हामीसँग अप्रेसन गर्न पैसा छैन त्यहि कारण माइतीमा लगेर बच्चा जन्माउने कुरा गरेको भनिन् । तर मैले उनलाई यदि यो बच्चालाई उतै लगेर जन्म दिने हो भने मलाई विर्सनुपर्छ भने । दिनप्रतिदिन मनितालाई गाह्रो हुँदै आइरहेको थियो । कतैबाट पनि पैसाको व्यवस्था हुन सकेन । मेरो दिमागले केही सोच्नै सकेन । मसँग एउटै विकल्प थियो अपराधको बाटो रोज्ने । मैले मनितालाई ५–६ दिनको लागि बनेपामा गएर काम गर्ने बताएँ तर मनिताले मानिनन् । त्यसपछि म केही नबोली रिसको आवेगमा रक्सी पिउन गएँ । केही दिन मनितासँग झगडा गरेर बसे प्रेमको युद्ध गरें । र बनेपामा आएँ । मोबाइल पनि स्विच अफ गरें । बनेपा पुगेको ३ दिनपछि मोबाइल अन गरें । बेलुकीतिर मेरो मोबाइलमा साथीको फोन आयो । मलाई साथीले आत्तिदै भन्यो भैरव तिमी बनेपामा आएको कुरा सिआईडीलाई थाहा भैसकेछ । त्यहाँको इन्सपेक्टरले भेट्यो भने हिरासतमा ल्याउनको निम्ति आदेश दिइसकेको छ । त्यसैले भागेर काठमाडौं फर्केर जा भन्नुभयो । म दोधारमा परें । यदि मैले काम नगरी पछि हटे भने मनितालाई गाह्रो नहटौं यता आदेश आइसकेको छ । एक्कासी काठमाडौंबाट मनिताले फोन गरिन् । मनिताले रुँदै भन्न थालिन् राजकुमार तिमी कहाँ छौ छिट्टै यहाँ आउ न मैले खाना नखाएको ३–४ दिन भैसक्यो भन्न थालिन् । मैले मनितालाई खान मन लागे खाउ मन नलागे नखाउ भनेर मोबाइल स्विच अफ गरें । भोलिपल्ट म कामको लागि तयार भएँ । मैले त्यो कामको दिन मनितालाई पनि फोन गरेर भोलि कोठामा आउँछु भनेको थिएँ । 
    म बेलुकी काम गर्नको लागि बनेपामा मात्र के पुगेको थिएँ ४–५ जना पुलिस लगायत सिआइडिले चारैतिरबाट घेरेर समाए र बनेपा इ.प्र.का.मा लगे । त्यहाँ मसँगै काम गर्ने ज्याक भन्ने श्याम लामा पनि रहेछ । त्यो साथीलाई देख्ने वित्तिकै थाहा भयो कि मलाई किन समातेको भन्ने । त्यसपछि मैले केहि बयान दिनै परेन । सबै बयान पुलिसहरुले नै लेखिसकेका रहेछन् । र भोलिपल्ट नै हामीलाई अदालतमा लगेर एकदिनको म्याद थपेर पुनः हिरासतमा राखे । पलभरमै मेरो सपना अचानक सिसा टुक्रेझै टुक्रँदा म माथि के बित्यो होला त्यो कि भगवानलाई थाहा छ कि त मलाई । मैले फोन गरेर मनितालाई बोलाएँ । उनी तुरुन्तै आइन् । उनको आँखाभरी आँशु थियो । उनी केही बोल्न सकिनन् । सायद उनले भनेको मानेको भए यो हिरासतमा हुने थिइनँ । तर के गर्नु त्यतिखेर समयनै त्यस्तो थियो । भोलिपल्ट हामीलाई धुलिखेल जिल्ला अदालतमा पेश गरियो । साथी र मलाई २÷२ लाख धरौटीमा खोलियो । तर त्यो पैसा मनितासँग थिएन । सायद त्यो दिन त्यति पैसा हुन्थ्यो भने आज म मनिताको साथमै हुन्थे । केहि समयपछि मलाई कारागार भित्र राखे । मनिता भने आँशु बगाउँदै फर्किइन् । 
    कस्तो सपना देखेको थिएँ समयले कस्तो बनाइदियो । मनिता मलाई बेलाबेलामा भेट्न आउँथिन् । जुन अवस्थामा मैले मेरी पत्नीलाई साथ दिन्छु भनेको थिएँ त्यहि अवस्थामा साथ दिन नपाउँदा म मान्छे हुनुमा केही अर्थ रहेन । मैले मेरो कसमलाई पूरा गर्न सकिनँ । मेरो निम्ति तिमीले केहि पनि गर्नु पर्दैन आफ्नो र छोराको ख्याल राखिदिए पुग्छ । छोरालाई हेरी आफ्नो मन बुझाउनु तिमी केवल त्यो मनले सम्झी दिए मात्र पुग्छ । बल्ल आज आएर थाहा भयो कि मनिता पैसाले त केहि क्षणको र केहि पलको लागि मात्र हाँसो र खुशी दिँदो रहेछ । तर वास्तविक अनन्तको खुशी भनेको आफनो परिवारसँग साथमै रहेर आफ्नो परिवारलाई खुशी दिनु रहेछ । अनि तिमी र ममा भएको त्यो बेलाको प्रेम युद्धले पनि धेरै कुराहरु सिकाएको छ । तर तिमीले कहिल्यै नसोच्नु कि मेरो राजकुमार गलत थियो भनेर । म विवश र बाध्यताले हाम्रै खुशीको निम्ति यो सब गर्दै थिए । हाम्रो प्रेमको प्रतिक नजिकिँदै थियो । तिम्रो कोखमा मेरो प्रेमको प्रतिक यस धर्तिमा जन्मन लाग्दै थियो ।  त्यसैले प्रेम युद्धमा प¥यो कानुनको हत्कडी । जति दिन म यहाँ आफ्नो कैद ब्यतित गर्दै गइरहेको छु त्यति नै तिमीलाई पुनः पाउने आशा गर्दैछु । जति तिमीले आजसम्म मेरो निम्ति आँशु बगाएकी छौ त्यो आँशु भन्दा हजार गुणा खुशीको बहार म हाम्रो जीवनमा आएर छाउने छु तर तिमी हुनुपर्छ मेरो साथमा । किनकी तिमी मेरो साथमा भयौ भने म मृत्युलाई पनि जित्न सक्नेछु । बस् तिमी मेरो आउने बाटो हेरी कुरी बस्नु है । 

राजकुमार लामा (भैरव)
काठमाडौं स्वयम्भु
हाल ः जिल्ला कारागार, धुलिखेल