2019 April 22/ 12:13: 31am

सुन्दै अचम्म । पत्याउन पनि मुस्किल पर्छ । विश्वासै नभएको घटना भएपछि पत्याउन करै लाग्छ । यस्तै घटनाले जीवनभर मानसिक तनावमा बाँच्नुपर्ने बाध्यतासँगै पुरुष भन्ने शब्द सँगै मन भरि घृणा जागेको छ । तर, पनि हरेस नखाई मैले निरन्तर कारवाहीका लागि प्रयास गरिरहें । प्रहरी, अदालत, प्रशासनमा धाउँदा धाउँदै मेरो एक जोर जुत्ता फाटिसकेको छ । न्यायका लागि लड्दा पाएको दुःखलाई मैले ठुलो रुपमा लिएको पनि छैन । नक्कली प्रेमी बनेर लुट्ने लुटेरा र उनकै सहयोगमा बलात्कार गर्ने अर्का युवालाई कारबाही गराउन मैले प्रहरीमा धाएको पीडा कसरी ब्यक्त गर्न सक्छु र ?
    जन्म दिने बाबु आमा भन्दा प्यारो हुन्छ उमेरमा कोही अरू पनि । विश्वास र मायामा परेका धेरै जोडी मध्येका हामी अहिले पछुतोमा छौं । शहरमा चारवटी श्रीमती विवाह गर्ने ब्यक्तिको चर्चा छ । नेपालको कानुनले त्यस्तो गर्न छुट दिएको छैन । कानुन भन्दा पनि ब्यक्तिको सबैभन्दा ठुलो कुरा नैतिकता हो । जसले नैतिकता गुमाएको हुन्छ उसले अरुलाई नैतिकताको पाठ सिकाउन मुस्किल पर्छ । आफुले जे गर्दा पनि हुने अनि अरुले मात्रै उसका लागि नैतिकता मानिदिनु पर्ने ? समाजमा अनेक खालका पात्रहरु छन् । अझै पछिल्लो समय बनेको संहिता कानूनले नेपालमा बलात्कारका घटना बढ्दै गएका छन् । बलात्कार नभए पनि महिलाहरुलाई गर्ने दुब्र्यवहारको कानुन कडा भएको छ । केहिले सहमति पछि बलात्कार भन्दै उजुरी दर्ता गराउन थालेका छन् । केहिले उमेर नपुगेकै कारण अभिभावक विनाको प्रेम र विवाह गर्दा बन्धक हुनु परेको छ । मनलाई न्याय गर्दा पनि कानूनलाई अन्याय गरेको ठहरिएको छ । सत्य र असत्य छुट्टयाउने न्यायालय पनि दंग होला । दैनिक यस्ता घटनामा दोषि हुँ र हैन भन्दै दिएको बयान मात्रै सुनेर दिने निर्णयले कसलाई न्याय र अन्याय होला ?
    मेरो घटना पनि त्यस्तै छ । मेरो प्रेमी प्रहरी कस्टडीमा प्रायश्चित गर्दै छन् । म उमेर नपुगी गरेको प्रेमका कारण पछुतोमा छु । अझ प्रेम भन्ने शब्द, विगतमा सार्वजनिक भएका फिल्म शैलीका घटनाबाट विरक्त छु । मेरो जीवनमा जे भयो भयो, अरू प्रेमी प्रेमिकाले यस्तो जीवन भोग्नु नपरोस् । यतिखेर मलाई आफ्नै बाबासँग हिँड्दा पनि १० पटक सोच्नुपर्ने भएको छ । त्यतिखेर म भर्खर १८ वर्षकी मात्रै भएको थिएँ । स्टाफ नर्सको दोस्रो वर्षमा अध्ययन गर्दै थिएँ । काठमाडौं बाहिर घर हो । बुबा आमा काठमाडौंमा बस्ने भएकाले जन्म पनि यतै भयो । त्यतिबेला हामी भर्खरै आफ्नो परिवारसँग बस्दै आएका थियौं । नौ महिना अघि दोलखा घर भई भक्तपुर बस्दै आएका रमेश उप्रेतीसँग मेरो भेट भएको थियो । उनी प्रिमियर कलेज काठमाडांैमा बिबिएसमा अध्ययन गर्दै आएका थिए ।
    मेरो र रमेशको नजानिँदो तरिकाले प्रेम सुरु भयो । गोदावरीमा जाँदा उसको र मेरो देखादेख भएको रहेछ । म साथीको घरमा गएका बेला नेट चलाउँदा उसको र मेरो लामो कुराकानी भएको थियो । कलेजको नाम मात्र भने पछि मलाई भेट्न उप्रेती कलेजमै आएका थिए । साथीको अफिसमा गएर कुरा गराँै भन्दै उसले बाइकमा बस्न अनुरोध ग¥यो । त्यहाँ पुगे पछि उसले शरीरमा हात हाल्यो । पहिलो भेटमै जबर्जस्तीमा परेकी उनीसँग भएका सबै क्रियाकलाप क्यामेरामा कैद भएको रहेछ । केटाहरु किन केटि देख्ने वितिक्कै उनिहरुको बोली बन्द हुन्छ ? आँखा संवेदनशील अंगहरुमा फैलन थाल्छन् । मुखबाट ¥याल बग्न थाल्छ । केटा र केटी प्रतिको आर्कषण र विकर्षणले धेरै घटनाहरुलाई उजागर गरेको छ । त्यहि कुरा सहमतिमा हुँदा राम्रो हुने अनि एक जनाको चाहना विपरीत हुँदा जर्बजस्ति हुने रहेछ । उमेर पनि सानै थियो । आफ्नो चाहना पनि त्यस्तो होईन । उसलाई मैले मन पराएको मात्रै हुँ तर शरीर नै उसलाई जिम्मेवारी दिने गरी सहमति भई सकेको थिएन । केटाहरुलाई मन थोरै दिँदा शरीर नै दिएको भन्ने सोच हुँदो रहेछ । त्यो सोच सबै केटाहरुमा हुँदैन । भर्खरका केटाहरु केटीहरुसँगको प्रेम भन्दा पनि शारिरीक आशक्त मात्रै रहेछ ।
    त्यो क्रम धेरै पटक चल्यो । उसले मलाई मायाको नाममा शरीरमा प्रेम गरिरहेको रहेछ । एक पटक दुई पटक गर्दा गर्दै मैले आफ्नो शरीरलाई जोगाउन सकिनँ । त्यसको फाईदा उसले धेरै पटक उठायो । फाईदा त उठायो तर मलाई मानसिक यातना पनि दियो ।     त्यहि फाईदा उठाए पछि उसले मलाई पटक पटक मानसिक तनाब दिन थाल्यो । सेक्स क्लिप छ भन्दै फोन गर्न थाल्यो । सेक्स क्लिप बाबु आमालाई पठाई दिन्छु भन्दै धेरै पटक तर्साउन थाल्यो । भनेको नमाने बाबु आमालाई गुन्डा लगाएर अपहरण गर्ने र मारि दिने धम्की दियो । सेक्स क्लिप सार्वजनिक भए बेइज्जत हुने डरले उसले भनेको मैले सबै मान्दै गएँ । क्लिपका आधारमा उसले म सँग धेरै पटक शरीरसँग खेल्यो । कलेज ड्रेसमै उसले जता लैजान्छ उतै गएर उसको इच्छा पूरा गर्न थालेँ । बुबा आमा छोरी कलेज गएको छ भन्ने सोच्नु हुन्थ्यो म उसको बासना मेटाउन नगरकोटका सबै होटलहरुका बेडहरु चाहर्थे । शुरुमा उसलाई मैले आत्मै देखि प्रेम गरेकै थिएँ । जब उसले मलाई भन्दा शरीरलाई प्रेम गर्न थाल्यो त्यो बेला देखि मैले उसलाई प्रेम हैन घृणा गरिरहेको थिएँ । तर पनि उसको पासामो फसिसकेको थिएँ । निस्कन पनि सक्दिन थिएँ । सहन पनि सक्दिन थिएँ । उसकै जीवनमा खेल्न पनि सक्दिन थिएँ । मर्नु वा मार्नु ? बाँच्नु वा बहुलाउनु ? अध्ययन विगँ्रदै गएको थियो । कक्षामा साथीहरु र क्याम्पसमा शिक्षकहरुले मेरो गतिविधिका बारेमा चासो ब्यक्त गरेका थिए । सोझा बाबुआमाको चोखो माया र विश्वासलाई मैले घात गरिरहेको थिएँ ।
    उनका लागि मैले धेरै पटक आफुलाई मारिसकेको थिएँ । तर उनै प्रेमीले अरू साथी लगाएर बलात्कार गर्न लगाउने र आमाबाबुलाई फोन र एसएमएस गर्ला भन्ने मैले सोचेकी पनि थिइनँ । किनभने यही डरले त म उनको प्रेमिका अघि यौनदासी नै बनेकी थिएँ । तर, धोकेबाज प्रेमीले मलाई कहाँ यति मै छाड्यो र ? २०७३ पुसको पहिलो साता रमेशले मनलाई भक्तपुरको एचटुओ क्याफेमा बोलाएका थिए । त्यहाँ पुग्दा उप्रेतीसँगै साथी आकाश श्रेष्ठ र अर्की केटी स्मिता राई पनि थिए । रमेशले उनलाई आकाशसँग चिनायो र केटी साथीलाई मलाई घरमा पु¥याउन पठायो । आकाशले रमेश गुन्डा हो भनेर तिम्रो सेक्स क्लिप उम्काएर लिनुपर्छ भन्दै फकायो । म विश्वासमा परें । आकाशले भने अनुसार म मान्दै गएँ । २७ पुसमा आकाशको फोन आयो । उसले क्याफेमा लगेर चप्सी खुवायो । चप्सीमा केही मिसाएर खुवाइएकाले होला म बेहोस जस्तै भएछु । मलाई धेरै भोक पनि लागेको थियो । त्यसकारण मैले नियमित त्यो खाई रहें । आकाशले मलाई घर पु¥याउँछु भनेर बाइकमा राखेको पनि मलाई याद छ । कोठा भित्र लगेर कपडा सबै खोलेर नराम्रो गर्दै छ भन्ने पनि मलाई याद छ तर प्रतिकार गर्न सक्ने आँट छैन ।
    म उसलाई हटाउन खोजिरहेको छु । तर सक्दिनँ । म चिच्याउन खोजिरहेको छु आवाज आउँदैन । मेरो प्रेमी म सँग छैन । प्रेमीको साथी जसलाई म आदर्श ब्यक्तिका रुपमा लिने गरेको थिएँ उसले मलाई कोठामा पु¥याएर जर्बजस्ती गरिरहेको छ । प्रेमीले खुवाएको चपमा बेहोसी बनाएर उसले अर्काे होटलमा पु¥याएको रहेछ । राति ६–७ पटक थिच्यो । २८ पुसमा ब्युँझिँदा ऊ र म सर्वाङ्ग थियौँ । म आत्तिएँ । उसलाई मैले भनेँ यो के गरेको ? उसले सहजै उत्तर दियो । तिम्रो ब्वाइफ्रेन्ड रमेशले पठाएको जवाफ दिएपछि मेरो ओठ बन्द भयो । त्यसै त्यसै रिंगटा चल्यो । राति घरमा नपुगे पछि आमाले रमेशलाई फोन गर्दा तेरी छोरीलाई आकाश भन्ने केटासँग रातभर सुत्न पठाई दिएको छु भनेर रातभर एसएमएस गरेर तनाव दिएछ । २९ पुसमा हामी प्रहरीमा गयौँ । नगरकोटमा घटना भएको भन्दै प्रहरीले सुरुमा भक्तपुर पठाई दियो । भक्तपुरले होटल काभ्रेको रहेछ भन्दै धुलिखेल पठाई दियो । धुलिखेल प्रहरीले इलाकाको क्षेत्र भन्दै बनेपामा पठाउँदा थप पीडा भयो । २ माघमा बल्ल मेरो उजुरी दर्ता भयो । जिल्ला प्रहरी कार्यालय धुलिखेल मार्फत मुद्दा अगाडि बढिरहेको थियो । मलाई मोबाइलमा म्यासेज पठाएर सेक्स ह्यारेसमेन्ट गरिरह्यो । मान्छे पक्राउ परेको थिएन । केहि दिन पछि प्रहरीले प्रेमी र आकाश दुवैलाई पक्राउ ग¥यो ।
    विश्वास गरेर प्रेम गर्न खोज्दा भोगेको परिणाम र मानसिक तनाव कम गर्न मैले कानुनी कारबाहीको मल्हम लगाउन खोजिरहेको थिएँ । अन्याय भयो न्याय पाईन्छ कि भन्दा पनि अन्याय हुने रहेछ । उसँग अझै मेरो सेक्स क्लिप्स छ, कलेज उमेरमा कसैलाई प्यार गर्दा यस्तो भोगियो, पुरुष भन्ने शब्दसँग पनि घृणा छ, अभिभावकलाई उस्तै तनाव । म त प्रेमीबाटै बलात्कृत मात्र भइनँ, उसले साथीहरूबाट पनि बलात्कार गरायो । अदालतले मलाई केहि न्याय त दियो तर पनि मानसिक रुपमा भोग्नु परेको पीडाले अझै शान्ति मिलेको छैन । त्यो घटनाले अध्ययन रोकियो । समयमा अध्ययन नहुँदा भविश्य अन्धकार भयो भन्दै बुबा आमाले विदेश जान सल्लाह दिनुभयो । ब्याचरल अध्यनका लागि आईएल्स पनि गरें । तर फुटेको भाग्य नाम निकाल्न सकिएन । मानसिक रुपमा भएको तनावले मलाई अध्ययन गर्ने वातावरण बनिरहेको थिएन । कानुनले सजायँ दिए पनि मलाई उनिहरुको छायाँ देखि पनि डर लागिरहेको थियो । केहि समय उपचारमा लागें । विस्तारै बामे सर्दै गए पछि मैले अध्ययन शुरु गरें । अहिले अध्ययन राम्रो छ । देख्छु मेरै पथमा केहि युवा युवतीहरु लागिरहेको देख्दा लाग्छ क्षणिक आवेगमा किन युवायुवतीहरुले जीवन बर्वाद गरिरहेका छन् । अभिभावक र विद्यालयको राम्रो रेखदेख हुन नसके पछिल्लो पुस्ताले सहजता र प्रविधिका नाममा मेरो जस्तै जीवन भोग्नु पर्ने हो कि ?


उमा खत्री
भक्तपुर