2019 April 22/ 12:31: 27am

    खै कसरी भनौ ? सबैका पीडा सुन्दा सुन्दै आफ्ना मनका भावहरु पोख्न मन लाग्यो । साँच्चै भन्दा धेरैले यसलाई नाटक पनि भन्लान् । नाटक भने पनि बास्तविक कुरै त्यहि हो । कसरी आँउदो रहेछ मान्छेको गलत सोच र योजना । जन्मँदै मान्छेले त्यस्तो के चिज लिएर आएको हुँदो रहेछ जसले जीवनभर गलत बाटोमा पु¥याउँदो रहेछ । कोहि मान्छे असल संगतमा हुन्छन् कोहि खराब । कसैलाई जन्मँदा देखि नै त्यस्तै प्यार हुन्छ । कोहि गाली र तनावमा हुन्छन् । त्यसरी नै हुर्किएकाहरु खराब हुँदै जेलको चिसो छिँडीमा पुग्दा रहेछन् । कुन जन्मको पाप हो ? मान्छे अनुसार फरक फरक भाग्य । कसले लेख्छ मान्छेको भाग्य ? भाग्य लेख्नेले आफ्नो बारेमा चाँहि के लेख्या होला ? यस्ता थुप्रै प्रश्नहरु उब्जन्छन् मनमा । उत्तर दिने कोहि हुँदैन । कसलाई भनौ । कसलाई सुनाऊँ । अपराध नै अपराधको सोच भएकाहरुबाट कस्तो होला समाज ? जतिपटक जेलमा राखे पनि आखिर बुद्धि फिर्दाे रहेनछ । कुकुरको पुच्छर ढुंग्रामा राखेर कहिल्यै सिधा हुन्छ र ?
    त्यस्ता धेरै दिन छन् । पछिल्लो समय हो २०७२ चैत्र २ गते । सिन्धुपाल्चोक जिल्ला लागार्चे गाविस १ मा मेरो घर छ । केहि दिन अघि म मेरो घरमा पुगेको थिएँ । राजधानीबाट सुरक्षित हुन र केहि नयाँ योजना बनाउने मेरो सोच थियो । सिन्धुपाल्चोकै भोटे नाम्लाङ्ग गाविस १ का मनोज लामा मेरा साथी हुन् । उनी र म काठमाडौमा नै चिनजान गरेका हौं । उनि जस्ता थुप्रै साथीहरु छन् मेरा । सानोमा पनि हामी यस्तै थियौं । साथीहरु बनाउने, सधै अरुलाई दुःख मात्रै दिने । गाउँमा हुने चाडपर्वमा हाम्रो नाम सुन्ने वितिक्कै गाउँ थर्कन्थ्यो । चोरी गर्ने, मान्छे थर्काउने हाम्रो बानी नै भएको थियो । शान्ति प्रकृया शुरु भए पछि गाउँ शान्त थियो तर त्यहि मौकामा हामी अशान्त मच्चाउँदै आएका थियौं । मेरो चोर्ने बानी घरबाटै शुरु भयो । बुबा आमाको गोप्य स्थानमा राखेको पैसा चोर्दा चोर्दै बानी लाग्यो । बुबाले कहिल्यै गाली गर्नु भएन । सम्झाउनु पनि भएन । आमाले उल्टै दिएर पठाउनु हुन्थ्यो । एक्लो छोरो थिएँ । त्यसमा मलाई घमण्ड थियो । बाबु आमालाई एक्लो छोरालाई गाली गरौ भने कतै गईदेला भन्ने थियो । त्यस्तै कारण मेरो संगत खराब हुँदै गयो । जसको प्रायश्चित अहिले जति गरे पनि पुग्दैन । मान्छेहरु भन्छन् अभिभावककै कारण सन्तान खराब हुन्छन् । हो रहेछ । तपाईहरु पनि आफ्ना सन्तानको आनीबानी हेर्नुस् । उसका गलत कृयाकलापलाई अहिले देखि आँखा चिम्लिदिन थाल्नुभयो भने, उसलाई गाली गरेर पिटेर सम्झाउने भन्दा त्यसको असरहरुका बारेमा बताईदिनु भयो भने त्यसले कहिल्यै गल्ति गर्दैन । ग¥यो भने पनि त्यसले सबैलाई भन्छ र क्षमा माग्छ । त्यो असल बच्चा हुँदै जान्छ र उसको सोच पनि असल हुन्छ ।
    खराब भाँडोमा राखिएका सबै चिजहरु खराब हुन पुग्छन् । राम्रा बस्तुहरु पनि त्यसमा परेपछि खराब नै हुन्छ । हुन त केहिले मलाई दहिको उदाहरण दिन्थे । दहि भित्र किरा हुन्छन् । जति किरा प¥यो उति राम्रो । मान्छेको जीवन दहि जस्तै हो त ? त्यो त शुभसाईतमा अत्यावश्यक छ । तर मान्छे दहि जस्तै खराब भयो भने जेलमा हुन्छ । कहिँ प्रयोग हुँदैन । सबैले छि छि र दुर दुर गर्छन् । त्यो हुनबाट बच्न मान्छेको संगत राम्रो हुनुपर्छ । मान्छेलाई असल बाटोमा हिडाउँने अभिभावक पनि त्यस्तै हुनुपर्छ । हामी विग्रिएको पनि त्यहि कारण हो । भविष्यमा पुर्पुरोमा हात लगाएर बस्नु भन्दा सानै देखि आफ्ना सन्तानलाई सहि बाटोमा हिडाउन प्रयास गर्नु अभिभावकको बुद्धिमता हो । कुरो त्यहि थियो । घर गएको बेला मैले एउटा योजना बनाएँ । किन त्यसै राजधानी फर्कनु ? केहि दिन अघि घर जाँदा मैले बनेपामा कस–कसको घरमा चोरी गर्दा के–के लुट्न सकिन्छ भन्ने योजना बनाएको थिएँ । उसको आनीबानी पनि हेरेको थिएँ । सहजै चोर्न सकिने ठाउँमा किन नआँट्ने ? आखिर मान्छेहरु त एकछिनको रमाईलोमा भुलिन्छन् । त्यहिबेला उनिहरु होस् गुमाउन पुग्छन् । हामीले त्यहिबेला आफ्नो बुद्धि लगाउँदा हामी पनि सफल हुन्छौ उनिहरु खुशी हुँदा हुँदै दुःखमा पुग्छन् । जसरी फलाम तातैमा पिट्यो भने जे सामाग्री पनि बनाउन सकिन्छ । मान्छेको खुशीको उन्मादमा पनि त्यहि हो । खुशी हुँदा पनि सम्हालिनु पर्छ । जो सम्हालिदैन त्यो मान्छेले केहि क्षणमै दुखद खबर वा घटनामा पुग्छ । हाँस्दा स्वास्थ्यलाई राम्रो हो तर धेरै हाँस्दा रुनु पर्छ भन्ने उखान बुढापाकाले त्यसै भनेका होईनन् ।
    म र मनोज धेरै पहिला देखिका साथी हौ । म काठमाडौमा बस्दै आएको थिएँ । मैले मनोजलाई फोन गरें । मनोज गाउँ गएका थिए । म सिन्धुपाल्चोबाट काठमाडौ गईसकेको थिएँ । मनोजलाई सिन्धुपाल्चोकबाट मैले फकाएरै बोलाएँ । छिटो, छरितो ढंगबाट चोर्ने र भाग्नका लागि पनि सजिलो हुने भएकाले मैले केहि समयका लागि मोटरसाईकल भाडामा लिएँ । २०७२ भदौ २१ गते काठमाडौं बौद्धका निप्पु लामाले खरिद गरेको २२० सिसिको पल्सर बा ७० प ६१०८ नम्वरको मोटरसाईल मैले दैनिक ६ सय रुपैयाँ भाडा तिर्ने गरी २०७२ चैत्र १ गते लिएको थिएँ । उनी चिनजानका थिए । उनले हामीले भनेपछि विश्वास माने । घरमा थन्क्याएर राख्ने मोटरसाईकलको तेल राखिदिएर दैनिक पैसा आउने भए किन नदिने ? उनी सजिलै पट्टिए । मैले त्यो मोटरसाईकल लिएर बनेपा आएँ । मनोज सिन्धुपाल्चोकबाट बनेपा आए । मैले उनलाई धेरैबेर बनेपामा कुरें । बनेपामा हाम्रो भेट भयो । भेट भएपछि हामी सिधै बनेपा १० जनागालमा जाने योजना बनायौं । केहि दिन अघि देखि नै हामीले त्यो ठाउँलाई रेकी गरेका थियौं । मैले बाईक चलाउने र घरको रेकी गर्ने जिम्मा लिएँ । घर बाहिरको वातावरण बुझ्ने र मोटरसाईकल स्टार्टमै राख्ने, मनोज घर भित्र पस्ने र केहि मिनेटमै सबै सामान लुटेर आउने योजना बन्यो । त्यहि योजना अनुसार मनोज कोठामा बस्ने मान्छेको डेरा चोरी गर्न भित्र छिरे । त्यहि बेला स्थानीयले देखेछन् । मनोजलाई मैले बेलाउँदै थिएँ । उनि निस्किएर भाग्दै थिए तुरुन्तै मान्छेहरु जम्मा भए । मनोज मोटरसाईकलमा बस्न नभ्याउँदै गाउँलेहरुले घेरा हालेर कुटे । साथमै रहेको म भाग्न खोज्दै थिए मलाई पनि नियन्त्रणमा लिएर गाउँलेहरुले कुटपिट गरे । मलाई आपत् प¥यो । चाहेको भए मनोजलाई एक्लै छाडेर म भाग्न पनि सक्थें । मसँग बाईक थियो । मनोजलाई कुर्दाकुर्दै हामीलाई स्थानीयहरुले कुट्न थाले । बाईक नै लडाए । मरणासन्न हुने गरी हामीले कुटाई खायौं मलाई त बाँचिन्छ जस्तो लाग्या थिएन । प्रहरीको कुटाई यसअघि खाएको भए पनि स्थानीयको कुटाई खानु परेको थिएन । चलाख हुँदा हुँदै पाप धुरीबाट कराएछ । हामी बच्न सकेनौं । त्यो महिलाको डेरामा पसेका मनोज के गर्ने के नगर्ने भन्दै थिए । मनोजले त्यो डेराबाट नगद खोजे थोरै थियो तर पनि लिए । सुन कपडामा बेरेर राखेको फेला पारेछन् । त्यो पनि लिएर निस्कँदै थिए । निस्कँदै गर्दा छिमेकी बुढा मान्छेले देखेर कराए । ईलाका प्रहरी कार्यालय बनेपाबाट गएको टोलीले हाम्रो साथबाट सुन, मोटरसाईकल, नगद बरामद ग¥यो र दुवैलाई पक्राउ गरी हिरासतमा राख्यो ।
    हामीले त्यसअघि बनेपाकै अन्य घरहरुमा पनि चोरी गरेका थियौं । त्यहि चोरीका कारण हाम्रो मनोबल बढेको थियो । मनोजका चारवटा नाम थिए । सुवास, सुकमान, काईला र मनोज । उनले फरक फरक ठाउँमा फरक फरक नाम भनेर जोगिदै आएका थिए । हाम्रो ब्यवसाय पनि प्रविधिसँगै विकसित रुपमा छिटो र छरितो ढंगले हुन थालेको थियो । म पहिलो पटक चोरीमा संलग्न भएको थिईन । प्रहरी अनुसन्धानले मेरो फेहरिस्त तयार गर्दा धेरै स्थानमा चोरी गरी अदालतबाट धरौटीमा छुट्दै फैसला हुँदा जरिवाना तोकिएकाले पटक–पटक संलग्न भएको फेला पारेको थियो । मैले त प्रहरीलाई झुट बोल्दै आएको थिएँ । दुई वर्ष अगाडी मलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । प्रशासनले धरौटीमा छाडिदियो । त्यस्तै अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाले सुन चोरी गरेको अभियोगमा मलाई २०७२ साउनमा पक्राउ ग¥यो । त्यो अभियोगमा ६० हजार धरौटीमा छुटेको थिएँ । पुनः अदालतले १३ हजार जरिवानाको मात्रै फैसला ग¥यो । म सँगै सिन्धुपाल्चोककै भुले भन्ने टुकु लामा सहभागी थिए । उनलाई भने अदालतले २ लाख २० हजार धरौटी र ६ महिना कैदको फैसला सुनाएको थियो । मैले सकेसम्म आफुलाई जोगाएर योजना बनाउने गरेको थिएँ । त्यसमा साथीहरुले मलाई सहयोग र सल्लाह पनि दिएका थिए । मैले बौद्धमा चोरी गरे र पक्राउ परेँ । ६ महिना सार्वजनिक अपराध मुद्दामा जेल पनि बसे । अन्य चार जना धरौटीमा छुटे । मुद्दा फैसला हुँदा मलाई २ हजार जरिवाना भयो । त्यसबाट मलाई थप हौसला मिल्यो । ४ महिना अघि भक्तपुरको जगातिमा घर चोर्दै गर्दा पक्राउ परें । मलाई चोरी अभियोगमा मुद्दा दर्ता भयो । ५ लाख ४० हजार धरौटी माग भयो । धरौटी बुझाउन नसकेर ३ महिना कारागार बसें र पछि निस्किएँ । त्यसपछि म मोटरसाईकल भाडामै लिएर चोरी गर्न थाले । पटक पटक चोरी गरेर जेलबाट निस्किए पछि मलाई अदालतको फैसलाले उत्प्रेरणा मिल्यो । जस्तोसुकै चोरे पनि सजायँ त थोरै हुने रहेछ नि ?
    अर्का सुकमान तामाङ भन्ने मनोज पनि धेरै स्थानको चोरीमा संलग्न भएका छन् । मेरो र मनोजका नाममा भक्तपुरको जगाते प्रहरी चौकीमा ६ वटा चोरीका मुद्दा दर्ता भएका छन् । जिल्ला अदालदत काभ्रेपलाञ्चाकमा पनि धेरै मुद्दा छन् । जब भदौ १ गतेबाट नयाँ संहिता कानुन जारी भयो । त्यसबाट हामीलाई डर लागेको छ । चोरीको सामान्य कानुन हेरफेर भएको छ । चोरी गर्नेलाई धेरै वर्ष कैद तोकिएको छ । त्यसकारण हामीले चोरीको पेशा परिवर्तन गर्ने योजना बनाएका छौं । अदालतमा अझै केहि पुराना मुद्दा विचाराधीन छन् । सबै मुद्दाको छिनोफानो भए पछि समाजमा पुर्नस्थापना कसरी हुने सोच बनाईरहेका छौं । चिन्नेहरुका अगाडी त हामी राम्रै मान्छेका रुपमा पनि परिचित छौं । चोरी गरेर कमाएको रकम सामाजिक क्षेत्रमा लगाउने र विगतका कमजोरीहरु सच्याउने सोच बनाएका छौं । तर वातावरण राम्रो छ्रैन । मेरा केहि साथीहरु अझै जेलमा छन् । चोरीमा पटक पटक छुट्नु नै हामीहरुको उत्प्रेरणाको श्रोत बन्दै गयो । यति कडा कानुन पहिल्यै आएको थियो भने सायद हामीले पहिल्यै यो पेशा छाडिसकेका हुन्थ्यौं । धेरैलाई दुःख दिएर हामी पनि दुःख पाईरहेका छौं । अब सुख र मन शान्तिका लागि पनि सुध्रने कोसिसमा छौं ।

मनोज खत्री
भक्तपुर