2019 January 19/ 08:18: 40pm

    बेरोजगारहरुको संख्या धेरै छ । बेरोजगारहरुको कथा पनि लामै छ । युवाहरु विदेशिने क्रम रोकिएको छैन । सररकाले युवा लक्षित कार्यक्रमहरु ल्याईरहेको छ । सहुलियत ऋण प्रवाह गरिरहेको छ । खेतियोग्य जमिनमा खेति गर्न पनि सहयोग गरेको छ । विना धितो ऋणका लागि पनि प्रकृया अगाडी बढाएको छ । समस्या एउटै छ युवाहरु नेपालमा बसेर काम गर्नै रुचाउँदैनन । प्रविधि, फेसन र आडम्बरी अहिलेका युवाहरुको प्रमुख समस्या हो । विदेशमा गएर सरसफाईका हरेक काम गर्न तयार नेपाली युवा स्वदेशमै बसेर स्वाभिमानको काम गर्न तयार छैन । एक पटक विदेश गएर फर्किएको युवाले चाँहि नेपाल र नेपालीका बारेमा केहि ज्ञान राख्ला अन्य युवाहरुलाई त त्यसको मतलब पनि छैन । नेपाली श्रम, उत्पादन, स्वाभिमानले नेपालीहरुलाई विश्व स्तरमा चिनाएको छ । नेतालाई गाली गर्ने, कर्मचारीलाई सराप्ने अनि आफ्नो जिम्मेवारीबाट पन्छने । घर  अगाडी फोहोर आफै फाल्ने, खाडल आफै बनाउने तर सरकारले गरिदिनु पर्ने । करोड रुपैया महल बनाउने महल जाने बाटो सरकारले पिच गरिदिनु पर्ने । सरकारले गरिदिएको सहयोगमा आफ्नो २ रुपैया खर्च हुन नहुने बरु सडकमै ल्याईएका निर्माण सामाग्रीले महलको कम्पाउण्ड समेत लगाउन भ्याउने । सभ्य समाजको उदाहरण हो यो । 
    बेरोजगार युवा युवतीहरुलाई रोजगार दिँदा फसेका ब्यक्तिहरुको पीडा हो यो । होला पीडितले आफुलाई पीडा परेको महसुस गरी उजुरी दिएपछि कानुन अनुसार कारवाही गर्नै पर्छ । तर न्यायालयले सत्यतथ्य के हो ? प्रहरी अनुसन्धानमा के भएको छ ? प्रहरी अनुसन्धान पनि कतैबाट प्रभावित पो छ कि ? यस्ता विषयमा ख्याल नपु¥याउँदा निर्दाेष ब्यत्तिहरु जेल गईरहेका छन् । सय अपराधी छुटुन एक निर्दाेष जेल नपरोस भन्ने उखान अहिले मेल खाँदैन । सय अपराधी बाहिर हुन्छन निर्दाेष धेरै जेल हुन्छन् । समाजमा भईरहेको राजनीतिक उतारचढाव, ब्यक्तिगत स्वार्थ, अनियमितता तथा भ्रष्टाचार र चाँडै धनी बन्ने सपनाले सबैलाई भ्रष्ट बनाएको छ । कसैलाई समयको भ्रष्टाचारी बनाएको होला कसैलाई पैसाको । सबै खाले अपराधलाई एउटै बास्केटमा राखेर हेर्नु हुँदैन । नियत र भूमिका खोजिनु पर्छ । कहिलेकाँहि मान्छेले असल नियतले गर्दा गर्दै गलत हुन पुग्छ । उसले त्यसमा क्षमा पाउन सक्ने दिनु पर्छ । त्यहि अनुसारको सजायँ उसले पाउनु पर्छ । नियत नै खराव छ भने त्यसलाई त्यहि अनुसारको ब्यवहार गरिनु पर्छ । कानुनले दिएको अधिकार प्रयोग गर्दा दुबै पक्षको भोगाई र भनाई दुबै हेरिनु पर्छ । 
    २०७५ साल असार २२ गते मध्य राती एउटा घटना बनाईएको रहेछ । अन्दाजी साढे ११ बजेको समयमा काभ्रेपलाचेक जिल्ला धुशेनी शिवालय गाविस वडा नम्वर ७ हालको चौरी देउराली गाउँपालिका वडा नम्बर ४ गुम्पाटी भञ्ज्याङ्गमा घर भई हामी काठमाडौमा बस्दै आएका थियौं । हाम्रो डेरासँगै गोर्खा जिल्ला फुजेल गा.बि.स.वडा नं. ८ मा घर भई काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नम्वर २६ मा एउटा परिवार डेरा लिएर बस्दै आएको थियो । त्यो परिवारमा बाबु आमा र केहि केटाकेटी थिए । नियमित भेटघाट हुने भएकाले हामीसँग चिनजान हुँदै गयो । बोलचाल समेत हुन थालेपछि आवतजावत हुन थाल्यो । त्यो दिन उनकी १३ बर्षिया छोरी हराएको भन्ने घटना बनाईएछ । उनको परिवारले २०७५ साल बैशाख १९ गतेबाट आफ्नै डेरामा बसिरहेको अवस्थामा हराएकी थिईन् । त्यहि दिन महानगरीय प्रहरी परिसर टेकुमा  निवदन दिई खोजतलास समेत गरिएको रहेछ । हराएकी छोरी खोजतलासका क्रममा असार २५ गते राति आफै डेरामा फर्किईन । उनले शशी पौडेल र अनुराज नेपालीले ललाई फकाई काभ्रे जिल्लाको धुशेनी शिवालय घर भई काठमाडौमा डेरा लिएर बस्ने एकजना ब्यक्तिको  कोठामा लगी धाक धम्की देखाई ललाई फकाई प्रलोभनमा पारी १५ बर्षिय एक पुरुष डेरावालाले मध्यरातमा जर्बजस्ति करणी गरेको बयान दिईएको रहेछ । बालिकाको बाबुले प्रहरीलाई त्यहि ब्यहोराको उजुरी र बयान दिएका रहेछन् । पछि १३ बर्षिया बालिकाले पनि त्यहि बयान दिईन् । १५ बर्षिय बालक र उनको केहि वर्ष अघि देखि प्रेम सम्वन्ध रहेछ । 
    गोर्खा जिल्ला फुजेल गा.बि.स.वडा नं. ८ मा घर भई काठमाडौमा डेरा गरी बस्ने ५० बर्षिय बाबुले १३ बर्षिय छोरीलाई अपहरण गरी शरिर बन्धक समेत बनाई ललाई फकाई डेरामा पु¥याई जर्बजस्ति करणी समेत गरेको ब्यहोराको उजुरी काभ्रेपलाञ्चोक धुसेनी शिवालय गा.बि.स.वडा नं.७ हाल चौरी देउराली गाउपालिका वडा नं.४ गुम्पाटी भञ्जयाङ गाँउ बस्ने १५ बर्षिय बालक, सोहि स्थानका ३० बर्षिय काले भन्ने अनुराज नेपाली र बाजुरा जिल्ला वाई गा.बि.स.वडा नं.४ मा घर भई काठमाडौ शेषमतिमा डेरा बस्दै आएका  १८ बर्षिया शशी पौडेल भन्ने जुना महतारा विरुद्ध उजुरी दर्ता गराएछन् । उजुरी दर्ता गरे लगत्तै प्रहरीले हामीलाई डेराबाटै पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । महानगरीय प्रहरी बृत्त बालाजुले पक्राउ गरी कारवाही तथा तथ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाई दियो । हामी मध्ये १५ बर्षिय बालक गाउँमै भएकाले चौबास प्रहरी चौकीले पक्राउ गरेर जिल्लामा ल्याएको थियो । हामी दुई जनालाई काठमाडौबाट पक्राउ गरी जिल्ला पठाएको थियो । 
    प्रहरीले पक्राउ गरी अनुसन्धानका क्रममा बयान लिएको थियो । बयानका क्रममा मैले जे भएको हो त्यहि भनेको थिएँ । भएको पनि यस्तो हो । २०७५ बैशाख २३ गतेका दिन बिहानको समयमा म अनुराग र शशी पौडेल एउटा मोटरसाईकलमा चढी दुबै घर गएका थियौं । धुशेनी शिवालयबाट बसमा चढी सोही दिन बेलुकाको समयमा १५ बर्षिय घर आई पुगेकोले हामी सबै घर परिवारको सहमतिमा हामी दुबै जना श्रीमान श्रीमति भई एउटा कोठामा बसेका थियौं । भाई पनि श्रीमान श्रीमति भई अर्को कोठामा बसेको हो । म गाउमा करीब ३ महिना ३ दिन सम्म बसी एक्लै मोटरसाईकलमा कामको लागी काठमाण्डौ आई डान्स बारमा काम गर्न लागेको अवस्थामा करीब ३÷४ दिन पछि गाउबाट शशी र भाई काठमाडौ आए । शशी आफनो कोठामा गएको र भाई पनि आफनो कोठामा गएको थियोे । भाईले जसको छोरी विवाह गरेर ल्याएको थियो उसका आमा बुबालाई भेटी कुराकानी गरी म लगायत शशी पौडेल र भाईलाई बिपक्षी बनाई जबरजस्ती करणी मुद्दाको जाहेरी दरखास्त दिने धम्की दिए । हामीले जे नहुनु भई सक्यो मिलाएर जाउँ भन्यौं । तीन महिनासम्म भाई र बुहारी एउटै डेरामा बसे । गाउँमा गएर पनि बसे । उनिहरु श्रीमान श्रीमतीका रुपमा बस्न तयार भएर नै विवाह गरेर गएका थिए । हामीले उनिहरुको ब्यवस्थापनमा सहयोग पु¥याएका मात्रै थियौं । घरमा आउने ब्यत्तिलाई  निक्लिएर जान मिल्दैन थियो । 
    तीन महिनासम्म सँगै बसेका जोडीलाई कसरी फुटाउने ? मैले बालकै छौ विवाह गर्ने कुरा राम्रो हुँदैन भनें । शुरुमा धेरै गाली पनि ग¥यौं । तर उनिहरु दुबैले एक अर्का विना बाँच्न नसक्ने ब्यहोरा बताए । मर्न दिनु भन्दा त बहुलाउन दिनु राम्रो भन्ने लाग्यो । ल मरिजाउन त उमेर विस्तारै पुग्दै जाला भन्ने सोचेर मैले वास्ता पनि गरिन । खासमा कुरा रहेछ भने उनको र भाईको जात मिल्दो रहेनछ । तीन महिनासम्म एउटै कोठामा बसेर सम्वन्ध राख्दा कुनै जातको कुरा भएन । तीन महिना पछि जातलाई देखाउँदै उमेर नपुगेको, अपहरण गरेको र जर्बजस्ति करणी गरेको अभियोग बनाई उनका बाबु आमाले प्रहरीकोमा उजुरी दिए । तीन महिनासम्म उनिहरुलाई उजुरी पनि दिनु परेन । तीन महिना पछि सहमतिमा भएको प्रेम र विवाहलाई जर्बजस्ति करणी बनाउँदै हामी समेतलाई विपक्षी बनाएर उनका बाबुले दिएको उजुरीमा हामी समेत पक्राउ प¥यौं । केटी पनि उनकै घरमा गईन् । सहमतिमा प्रेम अनि विवाह गर्ने, त्यहि केटा नभए झुण्डिएर आत्महत्या गर्छु भन्दै धम्क्याउने अनि स्वार्थ पुरा भएपछि जर्बजस्ति करणी र अपहरणको मुद्दा दर्ता गरेर निर्दाेषलाई जेल पठाउने ? 
    बैशाख २३ गते म र शशी पौडेल एउटा मोटरसाईकलमा चढी दुबै जना गाउँ गएका थियौं । भाई बुहारी पनि दुबै जना बस चढेर गाउँ फर्किएका थिए । घर परिवारको सहमतिमा दुबै जना श्रीमान श्रीमति भई एउटा कोठामा बसेका थिए । मेरो श्रीमती शशी र म एउटा कोठमा उनिहरु दुबै जना एउटै कोठामा बस्न थालेका थियौ । म काठमाडौ आई सकेको थिएँ । भाईको श्रीमतीका बुबा आमाले गरेको ब्यवहार मलाई मन परेन । मैले सहमतिमा गरेकाले यस्तो नगर्न अनुरोध गरें । तर पनि उनिहरुले मानेनन । भएका सबै ब्यहोरा बताउँदा पनि उहाँहरुलाई जातले साथ दिएन र उजुरी गर्नु भयो । जात नमिल्दा जर्बजस्ति भयो । त्यहि उजुरीका आधारमा हामीलाई पक्राउ गरिएको छ । मुलुकी ऐन जबरजस्ती करणीको महल १ र ३ को २ नं. अनुसारको कसुर अपराधमा सोही ऐनको महलको ३ को २ नं. बमोजिम सजाय भाईलाई हुनु पर्ने माग गरिएको छ । सोहि ऐनको १० नं. बमोजिम उचित क्षतिपुर्ति माग गरिएको छ । घटनालाई सहयोग गरेको भन्दै श्रीमती शशी पौडेल भन्ने जुना महतारा र मलाई समेत मुलुकी ऐन जबरजस्ती करणीको महलको ४ नं. अनुसारको कसुर अपराधमा सजायँको माग गरिएको रहेछ । प्रेम गर्ने उनिहरु, विवाह गर्ने उनिहरु अनि दुख चाँहि हामीलाई ? यो कस्तो न्याय ?

अनुराज नेपाली
धुलिखेल, काभ्रे