2024 April 25/ 11:39: 47pm

    भनिन्छ प्रेम आशा राखिएको कुराको दृढ भरोसा हो । मैले त भरोसा गरेको नै थिएँ तर सोचेको बिश्वास गरेको जस्तो कहिले पनि नहुने रहेछ पाल्पाको तानसेन बस्ने सुशिला गैरेसँग फेसबुक मार्फत चिनजान भयो । जतिसुकै क्रान्तिकारी भनिए पनि समाजमा अझै जातभातको कुरा छ । समुदायको बीच असन्तोष छ । माथिल्लो जात भनिएकाहरुले तल्लो जात भनिएकाहरुलाई हेप्ने चलन छ । तल्लो जात भनिएकाहरुले पनि आफुलाई माथिल्लो जातसँग पु¥याउने अनौठो होडबाजी छ । 
    केहि समय फेसबुकमा हामी साथी मात्रै थियौ । मैले उनलाई हेल्लो हाई मात्र के भनेको थिएँ । उनी म सँग धेरै रुची राख्दै बोल्न खोज्नु भयो फोन नम्बर उनलै नै मागिन् । कुरा चल्दै गयो । बोल्दै गयौ बोल्दै जाँदा घन्टौ समय–समय सम्म कुरा हुने गथ्र्याे । रातिको समयमा रात गएको थाहा नै हुँदैन थियो उसैले फोन गरिरहन्थिन् सुत्नसम्म दिदैन थिइन् मैले मायालाई रातको तीन बज्यो अब फोन राखौ सुत्न पर्छ भनि रहँदा पनि फोन नराख्नु भन्दै रुन थाल्थिन् । मलाई बोल्न बाध्य गराउँथिन् । म बिप्लब निकट नेकपाको काभ्रे काठमाडौं जनगणतान्त्रिक सम्पर्क मंचको सचिव थिएँ । त्यतिबेला म  न्युज रिपोर्टिङ पनि गर्थे पछि पछि मैले उसलाई सबै कुरा भनेको थिएँ । मैले धार्मिक कुरा पनि गरेको थिएँ । उनि क्रिश्चियन धर्म प्रति आस्था राख्थिन् म हिन्दु । भन्थिन् मायामा कुनै जात भात हुदैन, धर्म हुँदैन, सुन्दरता हुदैन । मायामा बिश्वास हुन्छ । उफ् आज त्यहि विश्वासमा बज्रपात पारेर खै के पायौ ?? न धर्म, न जात । मैले कुनै पर्वाह गरिनँ । उनलाई मैले स्विकारेको थिएँ । मैले भनेको थिएँ सच्चा प्रेम गर्छौ भने तिम्रो जातसँग कुनै गुनासो छैन जात भात भनेको मान्छेले कामको आधारमा छुट्याएको हो । हामी सृष्टिको शुरुवातमा नै दुई जात छ त्यो हो नर र नारी भन्दै थिएँ । प्रेममा परे पछि हामी दुबैले घर परिवार, आफन्त र समुदायको जिम्मेवारी लिएका थियौं । त्यहि प्रेमका कारण मैले सबै त्याग्ने साहस पनि गरेको थिएँ । 
    फोन सम्पर्कमा रोमान्टिक कुरा हुन्थ्यो । फोन भएको केही दिनमा नै उनको र मेरो भेट काठमाडौंको  नयाँ बसपार्कमा भयो । धेरै टाढाबाट आउनु पर्ने भएकाले उनी नाइट गाडी चढेर काठमाडौ आईन् । बिहान चार बजेको थियो होला । जाडोको समय थियो । काठमाडौं न आइन्जेल फोन सम्पर्क भै रहन्थ्यो नयाँ मान्छे भनेर रात भरी चिन्ता लाग्थ्यो अनि चार बजे काठमाडौंको बिजी महल अगाडि बस्थे बाटो हेरेर । केटीसँग पहिलो भेट भएका कारण धेरै डर लागिरहेको थियो । भेट्ने बितिकै अंगालो हालिन् मैले नि प्रेम दर्साएँ हुँदा हुँदा धेरै भेट यसरी नै हुन थाल्यो । रुम पनि सिंगल थियो । म एक्लै बस्थे । बसपार्कबाट हाम्रो यात्रा रुम तर्फको थियो । बसबाट झरेर करिब पाँच मिनेटको बाटो हिडेर कोठातर्फ पुग्न लाज लागि रहेको थियो कारण यो पहिलो प्रेम भएर होला मनमा अनेक डर थियो कसैले देख्ने हो कि केही भन्ने हो कि भन्ने लाग्थ्यो तर उनको मनमा कुनै डर थिएन । डरको बाबजुद पनि रुम सम्म पुगियो । रुम भित्र प्रबेश ग¥र्यौ । रुम भित्र उ र म मात्रै थियौ उनले आफ्नो बोकेको ब्याग बिस्तारमा राखेर मेरो अँगालोमा बेरिईन् । पहिलो भेटमा नै हामी मायाको अन्तिम विन्दुमा पुग्यौं । धेरै पटक भेट भए जस्तो गरी उनि र म एक अर्का प्रति हरायौं । 
    उनको र मेरो दोश्रो भेट पोखरामा भयो । म उनलाई भेटिन्छ भनेर गएको थिइनँ । मेरो भाइ होटेल ब्यवस्थापन पढ्न थालेको थियो । धेरै खर्च लाग्ने भएर छात्रबृत्तिका लागि सिटि क्याम्पस जाने क्रममा उनी सँग भेट भएको थियो । उनको डेरा त्यहि रहेछ । क्याम्पसमा पनि सहज भएन । उनको र मेरो भेट भए पछि अलग हुनै कठिन भयो । प्राविधिक कठिनाई पनि थिए । साथमा धेरै पैसा थिएन । म काठमाडौ जाने भनेर चितवन तर्फ लागें । उनी म सँग छिटो विवाह गर्न चाहन्थिन् । म भने विवाह गर्न हतार गर्न नहुने बरु भाषा सिकेर बिदेश गएर अनि मात्रै विवाह गर्ने शर्त राखें । उनले घरमा थाहा नदिएरै जापानी भाषा पढेकी रहिछन् । मलाई विश्वास गरेर सबै कुरा भनिन् । मैले पढ्न उर्जा थपिदिएँ । भाषा पास गरिन् राम्रो भयो । हामी दुवै राम्रो काम गरेर पैसा कमाउनु पर्छ भन्ने उद्देश्यमा थियौं । तर त्यस्तो भएन । सोचे जस्तो हुन्न जीवन जस्तै भने जस्तै भयो मेरो जीवन कहानी । 
    मेरो प्यारो मान्छे धोकेवाजको यात्रा अब सुरु भयो । जापान जाने बेला सम्म घरमा भन्दा नि मेरो अँगालोमा धेरै बित्यो । उनको भाई बिनोद पनि मेरो कोठामा आएको थियो । कोठामा दुईवटा खाट थियो भाईलाई एउटा खाटमा सुताएर हामी अर्काे खाटमा श्रीमान् श्रीमती झै गरेर सुत्यौं । जापान जानु केहि अघिको कुरा थियो त्यो । मैले उनको मोबाईल हेर्न खोजें । उनले मोवाईल हेर्न समेत होईन छुन समेत दिईनन् । उनी म सँग मात्रै होईन अरु केटासँग पनि गफ गरेर बसेकी रहिछन् । सामान्य झगडा प¥यो । उनी रुईन् । मैले ट्याक्सी बोलाएँ । उनको भाई सँगै थियो । एयरपोर्ट पुगेर उनलाई विदाई ग¥यौं । जहाज उडेको देखुन्जेल हामी हेरि मात्रै रह्यौं । एयरपोर्टमा फोटो पनि खिचायौं । प्रिय मान्छे आज सम्झदाँ नि आँशु झर्छ के मैले मायामा कुनै कमी गरेको थिए ?? तिम्रो शरीरको रगतमा मेरो शरीरको रगत बगि सकेको थियो यसरी घात गर्नै पर्ने थिएन । 
    उनी जापान गएको केही समय राम्रो सँग कुरा भयो । राम्रो नै बोलियो । आवश्यक सामान म काठमाडौंबाट दुःख सुख गरेर जति नै खर्च लागे पनि कुरियर गरेर पठाउँथे । घरमा ममी बाबालाई नि हाम्रो सम्बन्ध थाहा थियो । उनी दलित समुदायकी थिईन् । दलित समुदायकी छोरी भएकीले मेरो परिवारमा स्विकार्न गाह्रो थियो । बाबा पूर्व वडा अध्यक्ष भएका कारण मेरो कुरा बुझ्नु हुन्थ्यो । अहिलेको समयमा जात भातको कुरा नगर्नुहोस् भन्थे, सम्झाउँथे जातले केही गर्दैन बा बनेर कन्भिन्स गर्थे । सबै कुरा मिलिसकेको थियो मेरो घरमा समस्या थिएन । जब मैले उताको केटाको र उसको बारेमा थाहा पाएँ त्यस पछि झन झन् शंका लाग्यो । मैले फेसबुक आइडी देउ भनेर अनुरोध गरें । उनले दिन मानिनन् । झन् पीडा हुन थाल्यो धेरै विवाद भयो । उनका आफन्तसँग पनि कुरा भयो । उनले मलाई विस्तारै धोका दिन थालेको महसुस हुन थाल्यो । एक दिन त्यहि कुरै कुरामा म त बेहोस भएछु । 
    मिल्ने साथीको मोबाइल हो भन्दै केटाको कोठामा केटासँगै बसेर राती राती फोन गर्थी । नक्कली माया देखाउन घन्टौ बोल्थी घरको सबै परिवारसँग । मैले एक दिन त्यो को साथी रैछ भनेर फोन गरें । त्यो केटा त उससँगै बस्ने केटा रहेछ । मैले फेरि सम्झाउँदै भनें झुट किन बोलेको ?? कान्छा यो सिम साथीले त्यो केटालाई दिएर गएको छ । अनेक प्रयास पछि उनको फेसबुक आईडी मैले खोल्न सके । मैले थाहा पाएँ उनी अनेक ब्यक्तिसँग ब्यस्त हुन थालिसकिछन् । जापानमा हुँदा उनको पेटमा बच्चाको भ्रुण बसेछ । त्यो भ्रुणको हत्या गर्न पाल्पाबाट औषधी मगाएकी रहिछन् । मैले अन्य औषधी होला भनेर कुरियर गरेर पठाई दिएँ । म्यासेन्जरमा उनले को को सँग कुराकानी गरेको, को को सँग कुन कुन समयमा सम्बन्ध गाँसेको, फाईदा बेफाईदा सबै कुरा गरेकी रहिछन् । म त झण्डै बेहोस भईनँ । मैले उनलाई पटक पटक सोधेको थिएँ । तिम्रो अरु कसैसँग प्रेम छ भने हामी नगरौं । उनले मलाई लाख पटक विश्वास दिलाउने कोसिस गरिन् । म उनको कुरामा विश्वास गरेर अन्धो भएँ । पागल भएँ । जात विर्सिएँ । धर्म विर्सिएँ । परिवार विर्सिएँ । अन्धो प्रेमले मलाई पागल बाहेक केहि बनाएन । भएको सम्पति सिध्याएँ । जे गरे पनि पैसा उनकै लागि खर्च गरें । आफु भोको बसेर उनलाई खुशी बनाउन प्रयास गरें । पार्टीको नीति, विचार र सिद्धान्त कुल्चेर उनको झुटो प्रेममा रमाएँ । बुबालाई धोका दिएँ । आमालाई धोका दिएँ । अन्ततः आफैले धोका पाएँ । 
    उनकै कारण म अष्ट्रेलिया जान पाईनँ तर उनलाई जापान पठाएँ । सबै सपना सिसा फुटेझै चकनाचुर भयो । मलाई त धोका दियौं दियौं अरुलाई धोका नदिनु । जीवन सम्बन्ध मात्रै होईन विश्वास पनि हो । विश्वासमा घात भए पछि फेरी जोडिन कठिन छ । त्यो विश्वास मैले तिमीबाट टुटाएँ । फुटाएँ र सदाका लागि तिमीलाई छुटाउने प्रयत्न गरें । मेरो त पहिलो र चोखो प्रेम थियो । जसका कारण मैले सबै छाडेर तिमीलाई अंगालेको थियौं । आज सम्झन्छु म । म जस्ता कति ब्यक्तिहरु फेसबुकको प्रेमबाट सडकमा पुगेका होलान् ? हामी सबै त्यस्तै त हुन थालेका छैनौं । मेरो परिवार रोएको छ । मेरो जीवन देखेर धेरै छक्क परेका छन् । मध्यरातमा तिम्रा लागि कोरेका यी अक्षरहरु धेरै छन् । शब्दमा ब्यक्त गर्न नसकिने चोटहरु छन् । भगवानसँग एउटै प्रार्थना गरेको छु । तिमीले मान्ने भगवान्ले तिम्रो झुटो बोल्ने बानी र धोका दिने ब्यवहारको बदला लिउन् ।।।। 

नकुल चौलागाईं 
चौरीदेउराली गाउँपालिका वडा नम्बर ४, काभ्रे 
हाल काठमाडौं