2019 March 22/ 02:00: 16am

    थाहा छैन मलाई मान्छेको जीन्दगी कता गएर टुङ्गिन्छ ? धेरै मान्छेहरुको जीवन छट्पटाहटमा वितेको छ । कोहि खान नपाएर । कोहि एकसरो कपडा लगाउन नपाएर मरिरहेका छन् । मान्छेका अनेकथरी अभाव छन् । मान्छे न हो अनेक खालका समस्याहरुबाट गुज्रिरहेका हुने रहेछन् । मान्छेलाई एक छाक खान नदेउ, एक सरो कपडा लगाउन नदेउ तर प्रेम देउ । माया देउ । स्वार्थ रहितको मायाले मात्रै मान्छेलाई मान्छे बनाउन सिकाउँदो रहेछ ।    नेपालको विकट जिल्लामा मेरो जन्म भयो । राजनीतिक रुपले चेतना भरिएको जिल्लामा पर्छ उक्त क्षेत्र । राजनीति नहुने जिल्ला त कुन होला र ? हामी सानै हुँदा देखि थाहा भएर होला सायद हामीलाई त्यस स्थानमा धेरै जस्तो लाग्थ्यो ।
    बाल्यकाल राजधानीमा बित्यो । बाल्यकाल हुर्कदै गए पछि जिल्ला जिल्लामा बसाई सराई हुन थाल्यो । कहिले कुन जिल्ला कहिले कुन जिल्ला । धेरै जिल्ला र जिल्ला बासीहरुसँगको सम्बन्ध रह्यो । अभिभावकहरुको बसाई सरे पनि हामीले सन्तानलाई एकै स्थानमा राखिदिने वातावरण बनाउन अनुरोध ग¥यौं । उहाँहरुलाई पनि त्यो कुराले छोयो होला सायद । हामी सन्तानहरुको भविष्यका लागि पनि अभिभावकहरु पनि चिन्तित छन् । राजधानीको एउटै विद्यालयमा कक्षा १० सम्म अध्ययन गरे पछि मेरो मन र मस्तिष्कमा धेरै कुरा भरियो । एसएलसी उत्तीर्ण गरेँ । कलेज जान थालें । बाल्यकालका धेरै तिता मिठा र रोचक प्रसङ्गहरु त मैले भनि रहनु पर्दैन । बाल्यकाल सबैका लागि अविश्मरणीय हुने रहेछ । सायद मान्छे सधै त्यहि अवस्थामा रहिरहने भए वा फेरी बालक हुने भए ? कसले छाड्थ्यो होला त्यो अवसर ? अझ मान्छेले जवानी सम्झ्यो भने ? जवानीको भोगाईलाई कसैले पनि बिर्सन सक्दैन । विद्यालय जीवनका धेरै कुराहरुले त मलाई तड्पाएन । सोहि ठाउँमा बसेर कक्षा ११ को परीक्षा पनि पास गरें । मलाई केटाकेटी सबै बराबर लाग्दथ्यो । सबैसँग बोल्ने, खेल्ने, खाजा खाने मेरो बानी थियो । त्यसैले कसैले मलाई यस्तो उस्तो भन्ने आँट गर्न सक्दैन थियो । कक्षा १२ पढ्दाको कुरा हो मेरा धेरै साथीहरु थिए । तिमध्ये एकजना साथीले मलाई मन पराउँदो रहेछ । मलाई थाहा थिएन उसले मलाई मन पराउँदो रहेछ ।
    उसको नाम थियो सरोज । कक्षा १२ सकिए पछि हामीले घुम्न जाने सोच पनि बनाएका थियौं । मैले नै उसलाई प्रस्ताव गरेको थिएँ । सरोज तिमी घुम्न जाने हो र ? विद्यालयको अध्ययन सकेर छुट्टिदा मैले भनेको त्यति मात्रै थिएँ । बेलुकाको समय थियो सरोजले मेरो घरमा फोन ग¥यो । फोन आमाले उठाउनु भयो । उसले सिधै भन्यो सबुलाई दिनु न । उसले धेरै कुराहरु भन्यो । सबु म बाहिर जान लागेको । मैले एउटा साथीको नाताले सोधें किन जान लागेको बाहिर ? पढ्ने समयमा सम्झाएँ । अहिले होइन अब एक वर्षपछि जान्छु उसको उत्तर थियो । त्यहि सँगै उसले मलाई भन्यो तिमीलाई एकदमै माया गर्छु । एकछिन म अचम्ममा परें । मैले फोन राखिदिएँ । उसलाई एउटा साथी मात्र ठानेको थिएँ । धेरै फोन ग¥यो । मैले उठाइनँ । केहि दिन पछि म जाजरकोट गएँ । जाजरकोटमा मेरो दिदी बुबा सानीमाहरु सबै हुनुहुन्थ्यो । उहाँहरु पोखरामा पनि बस्न थाल्नु भएको थियो । केहि समय जाजरकोट बसेर म उहाँहरुसँग पोखरा झरें । पोखरामा सानो होटल पनि छ । म पोखरा गएको दुई महिनापछि सरोजको फोन आयो । दिदी म एकै ठाउँमा बसिरहेको बेलामा सरोजको फोन दिदीको मोबाइलमा आयो । उहाँले भन्नुभयो – कसको फोन हो नयाँ नम्बर छ । मैले दिदीलाई भनें– खै म उठाउँछु, मैले हेलो भने । उसले सबु तिमी कहिले आउने ? म झसङ्ग भएँ । उसलाई फोनमै गाली गरें । मलाई धेरै रिस उठ्यो । मैले धेरै नै कराएर उसलाई फोन राखिदिन भने । तर पनि उसले फोन गर्न छाडेन । यतिसम्मकी उ केही दिनमा म बसिरहकै होटल पोखरामा आयो र भेट्यो । किन यो मान्छे मेरो पछि लागिरहेको छ ? सरोजलाई भेटेर राम्रोसँग सम्झाएँ । हाम्रो अहिले पढ्ने बेला हो । यो माया भन्ने कुरा त धेरै टाढा छ । त्यसैले म यो मायामा पर्दिनँ । मैले सबै कुराहरु उसलार्ई भनें । उ पनि मान्छे हो । सबै कुरा बुझिहाल्छ नि त । ऊ एकोहोरो मलाई माया गर्छाैं कि गर्दैनौं भनेर सोधि नै रह्यो । मैले गर्दिनँ भने । सायद माया गर्ने मान्छेलाई माया दिन नसकेर होला आज म एक्लै छु, एक्लै बस्छु, एक्लै हाँस्छु सरोजले मलाई माया गरे पनि मैले अरु कसैलाई माया गरेको थिएँ । त्यो कुरा म उसलाई भन्न सक्दिनथें । गल्ती मेरो थियो ।  
    म पोखराबाट फर्किएँ । +२ को रिजल्ट पनि आयो पास भएँ । मलाई यहाँ पढ्न मन लागेको थिएन त्यसैले मैले काठमाडौं बाहिर गएर पढ्ने विचार गरें । म बनेपाको काभ्रे बहुमुखी क्याम्पसमा भर्ना भएँ । ब्याचलर त्यहीबाट सकियो । साथीहरु बीच कहिलेकाँहि भेट हुँदा हामी साह्रै खुशी हुन्छौं । मान्छेहरुले प्राप्त गर्ने अनेक खुशीहरु मध्ये साथीहरुसँगको भेटघाट पनि महत्वपूर्ण हो । मैले सरोजलाई माया दिन सकिनँ । मेरो आफ्नै मान्छे थियो । उ मेरा लागि संसार नै त्याग्न पनि पछि पर्दैन थियो । हरेक पल, हरेक सेकेण्ड उसको सामिप्यता मेरा लागि आवश्यक थियो जुन उसले पुरा गरिरहेको थियो । त्यसकै खुशीमा म कहिले जाजरकोट, कहिले कता जता गए पनि उ मेरै आत्मामा रमाइरहेको हुन्थ्यो । उ पनि सँगै पढ्थ्यो । विस्तारै उसले एउटा अफिसमा काम गर्न शुरु गरेको थियो । एकदिन उसको अफिसमा जाँदा अर्काे मान्छेसँग मेरो भेट भयो । सायद मेरो असफलता वा जीवनको धोका त्यहि थियो । मेरो प्रेमी केहि समयका लागि बाहिर गयो । उता सरोजलाई पनि मैले छाडिसकेको थिएँ । मेरै प्रेमीको साथीसँग मेरो हिम चिम हुन थाल्यो । काम नभएपनि पनि म उसको अफिसमा गएर उसको साथीलाई भेट्न थालेँ । उसको अफिस धुलिखेलमा थियो । मलाई ऊ एकै नजरमा मन परेको थियो । एकचोटी देखेको मान्छे आँखाभरी आउन थाल्यो । मनमा धेरै कुराहरु खेल्थ्यो म उसको अफिसमा गइनै रहन्थे । मैले उसको नम्बर पाएँ पनि । उसले पनि मेरो नम्बर लिएको थियो तर मलाई उसको अफिसको नम्बर थाहा थियो र म उसलाई दिन दिनै फोन गर्थें । फोनमा हाम्रा धेरै कुराहरु हुन्थे । म उसँग कुरा गर्दा धेरै खुशी हुन थालें । मेरो प्रेमीसँग नभएको खुशी उसले दिन थाल्यो । मैले एकदिन भेट्ने कुरा गरें । उसले पनि हुन्छ भन्यो । हामी धुलिखेल नजिकैको एउटा डाँडामा गयौं । हामीबीच धेरै कुराहरु भयो । मैले सबै कुरा खुलेर भनेको थिएँ र उसले पनि मलाई उसको बारेमा र उसको परिवारको बारेमा भनेको थियो । तर मलाई थाहा थिएन उसले भनेका कुराहरु सहि थियो या गलत । तर म उसको कुरामा सहमत थिएँ । हुन त मैले नै उसलाई पहिले मायाको प्रस्ताव राखेकी थिएँ । तर पनि उसको सहमत थियो । उसले पनि मेरो मायालाई सहर्ष स्वीकार ग¥यो र म धेरै खुशी भएँ । हामी त्यहाँबाट फर्कियौं । मलाई लाग्थ्यो कि उसले मलाई धेरै नै माया गर्छ तर त्यही मेरो भुल रहेछ । कसैलाई यति धेरै विश्वास गर्नु नै मेरो भुल थियो । 
    फोनमा कुरा भई नै रहन्थ्यो । म उसको मायामा यति डुबेछु कि मायाको त्यो गहिराईबाट आउनै नक्सने गरी अन्धो भएछु । भेट भई नै रहन्थ्यो । धेरै जसो शनिवार भेट्थ्यौं । त्यो समयसम्म मैले मेरो प्रेमीलाई छाडेको थिईन । बिस्तारै छाड्ने योजनामा थिएँ । उसँग त्यस्तै खालको ब्यवहार देखाउँदै गएको थिएँ । मेरै कारण भन्दा पनि उसको कारण मैले छाड्यो भन्ने देखाउन चाहन्थें । मेरो विश्वासमा उसले विश्वासघात गरिरहेको थियो । जसले मलाई मन पराउँथ्यो उसलाई मैले मनपराउन सकिनँ । जो मलाई मन पराउँदैन थियो उसलाई मैले मनपराउन थालेको रहेछु । आखिर प्रेम भनेकै पो यो हो कि ? केटी मान्छेहरु केटाहरुको मायाजालमा फस्छन् भन्ने त थाहा थियो तर मैले उसलाई मेरो माया जालमा पारेँजस्तो लागेको थियो । कुरा गलत रहेछ । केटाहरुलाई केटीहरुले नै प्रेम प्रस्ताव राखेपछि के चाहियो र ? आफुले मनपराएको ब्यक्तिले मायाको कुरा गर्दा कसले विश्वास गर्दैन र ? विश्वासमै म उसँग धेरै नजिकिन पुगें । कक्षा १२ पढ्दा शुरु भएको हाम्रो प्रेम धेरै समय अंकुराउन पाएन । परिवारको आँखा छलेर म धेरै समय उसँगै विताउन थाँले । कतिसम्म कि कहिलेकाँही उसँग बसेर घरमा अर्कै केटी साथीकोमा बसेको छु भनेर खबर पठाउने गरेको थिएँ । जीवन र प्रेम राम्रो हुन्छ भने मैले किन र कसका लागि जवानीको चोखो माया साँचेर राख्नु प¥यो ? त्यति धेरै विश्वास र प्रेमलाई उसले डुबायो । उसले मलाई होइन मेरो शरीरसँग माया गरेको रहेछ । बल्ल मेरो आँखा खुल्यो । उसले धेरै पटक मेरो शरीरसँग खेल्यो केटाहरुलाई आफै खोज्न जाँदा मैले जसरी धोका पाएँ तपाईहरु पनि सजग हुनु होला । अझ केटाहरुको विश्वास त गर्नै नसकिने पो रहेछ । केटाहरुले सधै केटिहरुलाई मात्रै दोष दिने गरेका छन् । यो सत्य होईन । धोकेवाज त केटाहरु हो । केटाहरु केटीहरुको शरीरको वासनालाई मात्रै प्रेम गर्छन् । पछि हामी आ–आफ्नो काममा लाग्यौं । म उसलाई दैनिक फोन गर्थे । तर उसको फोन न आउथ्यो न त एसएमएस । म धेरै नै मिस गर्थे । उसको कुनै जवाफ आउँदैन थियो । तर पनि मैले उसलाई कहिल्यै सोधिन कि किन यस्तो गरेको भनेर । किनभने ऊ आफ्नै अफिसको टेन्सनमा होला जस्तो लाग्दथ्यो मलाई । 
    सायद सरोजको मायालाई मैले बुझेको भए यस्तो हुने थिएन होला । आज पनि मलाई सरोजले फोन गर्छ तर म उसँग बोल्न सक्दिनँ । भन्न सक्दिनँ । म कसैको मायामा रमाउन नसक्ने भएको छु । आजभोलि हाँस्न विर्सिसकेको छु । आँशु नै साथी भएको छ मेरो । जीवनमा माया लगाउँदा यस्तो हुन्छ भन्ने थाहा पाएको भए सायद मायाबाट धेरै नै टाढा हुन्थे म । कसैलाई साँचो माया गरेको थिएँ मैले यही साँचो मायाको बदला आज आँशु पाएको छु । मैले जसलाई विश्वास गरे त्यही माया विश्वासघात भएर निस्कियो । सारा जीवन उही भन्थे तर आज टाढा भएको छ । सायद मायामा यस्तै हुन्छ कि या मैले कसलाई माया गर्न जानिन भनेर आफूलाई सोध्न मन लागिरहेछ ।  
सबु क्षेत्री
जाजरकोट, हाल बनेपा