2024 March 29/ 10:45: 03am

    उमेर, प्रेम अनि सम्वन्ध । सामाजिक संस्कार, कानुन र ब्यवहार । मुलुक, विश्व परिवेश, सूचना प्रविधिको प्रयोग । मान्छेका सोच, लोकतन्त्रका उपलब्धी र प्रयोग । स्थानीय, प्रदेश र केन्द्र सरकारको योजना मुलुकुको सम्वृद्धी । आरोप, प्रत्यारोप र प्रमाण । कर्मचारी, नेता, पत्रकार, समाजका महत्वपूर्ण अंगहरुको भूमिका फरक फरक छ । सबैको चाहना र स्वार्थ अलग अलग हुने रहेछ । यस्ता थुप्रै योजनाहरुमा मान्छे कहाँ हुन्छ ? मान्छे भित्रको मान्छे समाजमा भेटिन्छ कि ? हराउँछ ? गर्छ धेरै भन्दैन केहि । गर्दैन केहि बोल्छ धेरै । गराई र भनाईमा आकाश जमिनको अन्तर हुन्छ । साँचो कुरा एकातिर हुन्छ । यथार्थ एउटा देखिने अर्काे । पैसा, पैसा, पैसा । मान्छे पैसाको दास भईसकेको छ । पैसाले सम्वन्ध सकिएका छन् । प्रेम अपराधमा परिणत हुन थालेका छन् । प्रेममा राखिएका जायज सम्वन्ध जर्बजस्तिमा परिणत हुन थालेका छन् । हो सम्वन्ध र समाज कता जाँदै छ ? 
    साविक शारदाबतासे गा.वि.स. वडा नं.८ घर भई हाल धुलिखेल नगरपालिका वडा नम्वर ११ फस्कोटमा मेरो जन्म भएको थियो । उमेर भर्खर २५ लाग्दै थियो । सामान्य परिवारमा जन्मिएको तामाङ समुदायको ब्यक्ति हुँ म । समाज, सोचाई र परिवेश त्यस्तै थियो । अध्ययन गर्ने र गराउने महत्व थिएन । गत वर्षको तिहार आसपासको कुरा हो । भर्खरै तिहार सकिएको छ । त्यो घटना र त्यति बेलाका समय सम्झिन पुग्छु । भोगाई र ब्यवहार विल्कुल फरक थियो । त्यो तिहार र यो तिहार । थोरै अध्ययन गरेका कारण समाजमा अन्य काम पाउने सम्भावना थिएन । मैले केहि समय गाडीमा काम गरें । गाडीमा काम गर्दा गर्दै मैले गाडी चलाउन सिकें । त्यो बीचमा थुप्रै घटना परिघटना भए । जीवनमा धेरै उतार चडाव आए । उतार चढावका बाबजुत संर्घष निरन्तर जारी राखें । गाडीमा काम गर्दा गर्दै मैले गाडी चलाउन सिकें । गाडी चलाउन थाले पछि केहि समय रमाईलै भयो । चालक र चालकहरुलाई हेर्ने दृष्टिकोण समाजमा राम्रो छैन । राम्रो भएको अवस्थामा चालकहरुको ब्यवहार राम्रो छैन । राम्रो ब्यवहार बनाउन नसक्नुमा हामी चालकहरुकै दोष हुन सक्छ । 
    पनौती खोपासी, पनौती शखु, पनौती काठमाडौ तथा पनौतीबाट छुट्ने रुटहरुमा मैले सवारी साधन चलाउने गरेको थिएँ । २÷३ वर्ष अघि देखि पनौती नगरपालिका वडा नम्वर ६ दुधमिल नजिकै कर उठाउने काम गर्दै आएको थिएँ । कर उठाउने क्रममा बाटोमा हिडिरहेकी एक युवतीसँग मेरो नजर गाडियो । त्यो क्रमले निरन्तरता पाउँदै गयो । सामान्य चिनजानको हाम्रो सम्वन्धले गति लिएको थियो । सामान्य चिनजान पछि भेटघाट हुन थाल्यो । एक अर्का बीच बोलचाल हुन थाल्यो । हामी दुबैले मोवाईल नम्वर साटासाट ग¥यौं । मोवाईलमा कुराकानी हुन थाल्यो । एकले अर्काेलाई मन पराउने मात्र होईन एक अर्का बीच आत्मियता बढ्दै गयो । मोवाईलमा कुराकानी मात्रै हुँदैन थियो । एसएमएस मार्फत मनको भन्न नसकेका कुराहरु समेत साटासाट हुन्थे । हामी भित्रको माया छछल्कि रहेका थियो । आधा गाग्रो पानी छछल्किए जस्तै हाम्रो मायाको गतिले त्यस्तै रफ्तार लिईरहेको थियो । नियमित भेटघाट, भेटघाट भएन भने फोन र फोन पनि भएन भने एसएमएस हाम्रो आधार थियो । 
    प्रेमको रुप झाँगिदै गयो । हामी टाढा जान पनि सक्दैन थियौं । हाम्रो जाने स्थान पनि थिएन । उमेर पनि त्यस्तै थियो । उमेरले विपरित लिङ्गसँगको सम्वन्ध खोज्नु स्वभाविक थियो । स्वभाविकतालाई बास्तविकतामा परिणत गर्ने गरी हामीले भेटघाटको समय मिलायौं । २०७४ साल कार्तिक २६ गते दिउसोको कुरा हो । धेरै दिन देखि हामी त्यसकै तयारीमा थियौं । हामी दुबैले आवश्यकता महसु्स गरेका थियौं । हामी एक अर्का प्रति लिन हुने समयको पर्खाइमा थियौं । उनको स्विकृती मात्रै होईन आवश्यकता पनि थियो । हाम्रो सच्चा प्रेम थियो । सच्चा प्रेमले हामीलाई केहि बाधा गरेको थिएन । उनी घरबाट पनौती आई रहन्थिन । मैले कर उठाउने काम छाडेर केहि महिना देखि गाडी चलाउन थालीसकेको थिएँ । गाडी चलाउन थाले पछि मलाई अझै सहज भएको थियो । आम्दानीको हिसाबले पनि सहज थियो । आम्दानीको केहि प्रतिशत मेरी उनीलाई खर्च गर्ने गरेको थिएँ । उनी र म केहि समय पार्कमै रह्यौं । त्यो दिन हाम्रा लागि महत्वपूर्ण थियो । महत्वपूर्ण बन्यो । अविश्वमरणीय दिनले जेलको चिसो छिंडीसम्मको यात्रामा पु¥यायो । 
    कुरा गर्दा गर्दै उनी र म बसपार्कबाट केहि पर पुग्यौं । रात पर्दै थियो । साँझ भएकाले उनलाई घरसम्म पु¥याउन जाने मेरो बचन थियो । त्यो भन्दा अघि हामीले हाम्रो मायालाई पोख्ने योजना बनायौं । मायामा अझै डुब्ने योजना बनायौं । यो उनकै योजना थियो । मलाई पनि त्यहि चाहना थियो । विगत २÷३ वर्ष देखिको प्रेमलाई साकार बनाउने योजनामा हामी सँगै अगाडी बढ्दै गयौं । पनौती न.पा.वडा नं.४ बसपार्कमा रहेको युग अटो वर्कशपमा विग्रीएको बस रहेछ । हामी केहि बेर त्यहि बस भित्र बस्यौं । उनका आवश्यकताका कुरा पनि भए । उनलाई तिहारका लागि चाहिने केहि सामाग्रीहरु पनि मैले किनिदिने बताएको थिएँ । तिहार नजिकै भएकाले उनका केहि आवश्यकताहरु थिए । प्रेममा सबै चिज जायज हुँदा रहेछन् । उनले भनिन् मैले हुन्छ भनें । त्यो न जर्बजस्ति थियो न ललाई फकाई थियो । दुबैका आवश्यकता र चाहना पुरा गर्ने माध्यम मात्रै थियो । दुबैले प्रेमको गाँठो बलियो बनाउने उदेश्यले विग्रिएर राखेका बस भित्रै सम्वन्ध राख्यौं । सम्वन्धमा दुबै सन्तुष्ट थियौं । त्यस पछि हामी आफ्नो आफ्नो बाटो लाग्यौं । उनको र मेरो सम्वन्ध नियमित हुन थालेको थियो । पहिलो पटक भएकाले होला उनी र म दुबै रातो पिरो भएका थियौं । हामीले सम्वन्धलाई कसिलो बनाउन केहि कसुर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गरेका थियौं । 
    समय वित्न धेरै लागेन । हाम्रो सम्वन्ध नियमित भईरहेको थियो । एक्कासी २०७५ बैशाख १२ गते मेरो जीवनमा ठुलो बज्रपात हुन पुग्यो । ७ महिनाका बीचमा हामी बीचको सम्वन्ध र गतिले कहिलेकाँहि सुस्तता वा कहिलेकाँहि तिब्रता दिएको थियो । त्यसै दिनको दिउसो १२ बजे तिरको कुरा होला । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले मलाई पक्राउ ग¥यो । ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलान्चोकवाट जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा जर्बजस्ति करणाी सम्बन्धी ऐन, २०४९ को दफा १७(१) बमोजिम मुद्दा दर्ता गरिएको रहेछ । प्रहरीकोमा  पनौती बसपार्कमा रहेको युग अटो वर्कशप भित्र खुल्ला अवस्थाको जस्ताले छाएको टहराको वरपर विग्रिएको गाडीहरु यत्रतत्र राखेको र सो टहरा वरपर बाहिरबाट नदेखिने अवस्थामा रहेको अवस्थामा शारदाबतासे घर भई हाल धुलिखेल ११ बस्ने बर्ष २५ का विकाश तामाङले बालिकालाई ललाई फकाई धाक धम्की दिई जबरजस्ती करणी गरी फरार रहेको भन्ने व्यहोरा उल्लेख गरिएको रहेछ । जसलाई मैले सर्वस्व सुम्पिएर माया गरें । उसको तर्फबाट उनको आमाले निवेदन दिएको रहेछ । पनौती नगरपालिका वडा नम्वर ४ स्थित बाल उद्धार माविको कक्षा ८ मा अध्ययनरत छोरीलाई पनौति बसपार्क आउने जाने बसको पैसा उठाउनको लागी बसेको थियो । निजसँग मेरो बिहान बेलुका तरकारी किन्न जाने बेलामा दैनिकजसो देख्ने भएको हुँदा निजसँग मेरो सामान्य बोलचाल हुँदै हामी दुईका बिच चिनजान समेत भयो । हामी दुईका बिच मेरो मोबाईल नम्बर ९८१३१०........र निजको मोबाईल नम्बर ९८२३..........मा दिनको एक दुई चोटी मोबाईलमा हामी दुईका बिच कुराकानी हुने गर्दथ्यो । हामी दुईका बिच चिनजान भएको २÷३ हप्ता पछी निजले मलाई फोन सम्पर्क गरी पनौति बसपार्क नजिकैको युग अटो वर्कशपमा जरुरी काम छ एकछिन आउनु भनि २०७४÷७÷२६ गते साँझको समयमा वर्कशपको दक्षिण पश्चिम तर्फ रहेको टहरो मुनि लगि विभिन्न किसिमको प्रलोभनमा पारी सुन, कपडा किनीदिन्छु ललाईफकाई कोही नभएको मौका पारी कुनै साधनको प्रयोग नगरी जबरजस्ती करणी गरी त्यँहाबाट भागेको थियो । त्यहाँबाट म आफ्नो घर गई बसें  । २०७४ साल चैत्र महिनाको दोश्रो हप्ता मेरो पेट बढेको आमाले थाहा पाउनु भयो । मलाई पनि पेट किन बढ्यो थाहा भएन । उसले त्यहि जर्बजस्ति गरेका कारण पेट बढ्यो भन्ने मलाई लागेको थिएन । नियमित भई रहने मिन्स पनि रोकिएको थियो । किन रोकियो पनि मलाई जानकारी थिएन । सबै कुरा आमालाई भन्न पनि सकेको थिईन । आमालाई केहि दिन ढाँटे । जब आमाले मलाई पेट दुखेको कुरा सुनाएँ । तब अस्पताल लैजानु भयो । अस्पतालमा मेरो पेटमा बच्चा रहेको कुरा जानकारी पाए पछि सबै जना छाँगाबाट खसेझै हुनु भएको रहेछ । 
    उमेरले १४ वर्ष हुँदै गरेकी बच्चिको पेटमा बच्चा भए पछि मैले उनलाई विवाहको प्रस्ताव पनि राखें । बालकै उमेरमा विवाह गर्ने कुरा सम्भव रहेनछ । उनी पनि म सँग विवाह गर्न चाहन्थिन् । नेपालको कानुनले सानो उमेरमा विवाह गर्न बन्दे गरेको छ । उमेर नपुगी सहमतिमै सम्वन्ध राख्दा पनि जर्बजस्ति हुने रहेछ । त्यो कुरा मलाई थाहा थिएन । उजुरी गर्न आउँदा जे जे ब्यहोरा लेखिएको र बयान दिएको भए पनि उनको र मेरो प्रेम थियो । होला उमेर, जात, स्थान र अन्य कुराको हामी बीच भिन्नता थिए । तर उनको र मेरो निश्वार्थ प्रेम थियो । उनको बालपनमा मैले खेल्न खोजेको थिईन । तर उनको प्रेममा लागेको अंकुस र अलपत्र । उनका जीवन र भविश्य साँच्चै अन्धकार तर्फ धकेलिएला कि भन्ने मेरो चिन्ता हो । उनको जिम्मेवारी लिन म तयार थिएँ । तर मलाई त्यो खालको कानुनले सहजता दिन सक्दो रहेनछ । प्रहरीले पनि स्थानीय ब्यक्तिहरुलाई घटनाको बारेमा सोधपुक्ष गरेको रहेछ । उनिहरुले पनि उनले जे भन्यो त्यहि कुरा बताएकी रहेछन् । उनलाई र मलाई मात्रै सत्य के हो थाहा छ । सत्य तितो हुन्छ । साँचो कुरा पचाउन पनि सबैलाई कठिन हुन्छ ।  उनका भावना र बाल्यपनमा मैले खेल्न खोजेका थिईन् । तर पनि म दोषि हुँ । म अपराधी हुँ । मैले बालबालिकाहरुलाई फकाउन र माया त्यो हिसावले वा त्यो सोचले गर्नु हुँदैन थियो । उनको सहमति भए पनि मैले गर्न हुने काम गरेको होईन भन्ने कुरा मलाई लागिरहेको छ । प्रहरीले युग अटो वर्कशपमा रहेको विग्रीएको बस भित्र लगि लगाई फकाई सुन तथा कपडा किनि दिन्छु भन्दै जबरजस्ती करणी गरी पेट समेत बोकाएका विकाश तामाङलाई जबरजस्ती करणी महल अन्तर्गत कारबाहीको माग गरेको थियो । मुलुकी ऐन जबरजस्ती करणी महलको १, २ र ३ न  महल देहाय २ ले परिभाषित कसुर अपराध गरेको हुदाँ सोही ऐनको दफा ३ को उपदफा २ नं. बमोजिमहदै सम्मको कारवाही र सजाँयको मागदाबी लिनुको साथै जबर्जस्ती करणी महलको दफा १०(ग) न.बमोजिम प्रतिबादीबाट पिडीतलाई क्षतिपुर्ती भराई दिन माग गरिएको थियो । प्रहरीको बैशाख २३ गतेको उक्त मुद्दाका आधारमा मैले जीवन, जगत, कानुन र ब्यवहार सिकिरहेको छु । कर्तुत, प्रेम अनि जर्बजस्ति सम्वन्धका बारेमा सम्झिरहेको छु । थोत्रो बस, बस भित्रको गतिविधिहरुलाई झलझल सम्झिरहेको छु । जीवन जेल भित्रै खोजीरहेको छु । 
विकास तामाङ
शारदाबतासे, काभ्रे