2021 October 19/ 07:01: 35pm

एकवर्ष अघि लकडाउनको केहिदिन अघि बनेपा नगरपालिका वडा नम्वर ४ स्थायी भएका युवाले आफ्नै बहिनीलाई ९ वर्षको उमेर देखि जर्बजस्ति करणी गरेको खुलासा भएको थियो । बालिका विरामी भएर विद्यालयमै ढल्ने, घरमा काम्ने तथा अन्य समस्या देखिए पछि दाजुले जर्बजस्ति करणी गरेको खुलासा भएको थियो । काकाको छोरा दाजु पर्नेले घरमा नियमित जर्बजस्ति करणी गरिरहँदा पनि बालिकाले आफ्नो परिवारका सदस्यलाई केहि हुने डरमा भन्न सकेकी थिईनन् । विद्यालयमा अध्ययन गर्दै गरेका युवालाई बचाउन जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, विद्यालय प्रशासन, कारागार तथा अन्य क्षेत्रको सक्रियता रह्यो । मुद्दा पर पर पु¥याउँदै चलखेल गर्ने र घटना ढाकछोप गर्न गलत तथ्य प्रस्तुत गर्न गराउन स्वंय जनप्रतिनिधिको भूमिकाले नागरिकहरुले चयनको श्वास फेर्न सकेका छैनन् । भन्न थालेका छन् जनताले चुनेका जनप्रतिनिधिको भूमिका अपराधी लुकाउने कि ? पीडितलाई न्याय दिने ? 
    जिल्लामा बालयौन दुरुपयोगमा तीनजना बालिका एक वर्षको अवधिमा पीडित भएका छन् । जर्बजस्ति करणीका घटनामा बालबालिकाहरु २० जना पीडित भएका छन् । विभिन्न कारणबाट २ बालिका र ८ बालक झुण्डिएर आत्महत्या गरेका छन् । तीनजना बालिकाले विषादी सेवन गरेका छन् । परिवारबाट हुने अपहेलना, साथीभाईको ब्यवहार र पछिल्लो समय प्रविधिको गलत प्रयोगबाट बालबालिकाहरु गलत बाटोमा पुग्न थालेका छन् । बालविवाह, कर्तब्य ज्यानमा समेत बालबालिका सहभागी हुन थालेका घटनाले भविष्यका कर्णधारका बारेमा चिन्ता कसले लिने चासो ब्यक्त हुन थालेको छ । जिम्मेवार निकायबाट भएका कर्तुतहरुका बाबजुत बालबालिकाहरुले आफ्नो सुरक्षित भविश्य साकार पार्न समुदायको जिम्मेवारी र उत्तरदायित्व आवश्यक छ । भर्खरै बालदिवस मनाईएको छ । बालदिवसका अवसरमा समग्र बालबालिकाहरुलाई बचाउन, बालबालिकाहरुको समस्याका बारेमा बृहत्त छलफल पनि भएको छ । छलफल मात्रै हुने कानुनी रुपमा पीडित भन्दा पीडकको पक्षमा हुने कानुनी विषयलाई सबैका सामु छर्लङ्ग पारिनु पर्छ । कसकसले कुन कुन निकायले बालिकाहरु पीडित हुँदा अपराधीको पक्षमा वकालत गर्छन ? पैसा प्राप्त गरेको भन्दैमा मानवियता समेत विर्सिएर अपराधीलाई जोगाउन लाग्ने सबै क्षेत्रका ब्यक्तिहरुको निगरानी र पर्दाफास हुनु जरुरी छ । जिल्लामा मात्रै नभई हरेक स्थानमा हुने यस्ता आततायी घटना र घटनामा संलग्न दोषि जोगाउने विषयले न्याय र समतामूलक समाज स्थापनाको परिकल्पना गर्न सकिदैन । 
    अरनिको राजमार्गको बनेपा नगरपालिका वडा नम्वर १२ स्थित साझा पेट्रोलपम्प अगाडि भक्तपुरबाट बनेपा आउँदै गरेको ट्रकमा श्रृजनानगरबाट बालिकालाई गन्तब्य पु¥याई दिने बाहनामा सोहि ट्रकका चालक र सह चालकले जर्बजस्तिकरणी गरे । १३ बर्षिया बालिका राति १२.३० बजे भक्तपुरको श्रृजनानगर स्थित सडकखण्डमा पूर्वतर्फ जाने गाडी कुरिरहेकी थिईन् । उनलाई पु¥याई दिने भन्दै ट्रक चढाएका चालक र सह–चालकले राजमार्गको एकान्त स्थानमा मध्यराती पालैपालो जर्बजस्तिकरणी गरेका हुन् । चालक र सह–चालक जर्बजस्तिकरणी गरेसँगै बालिकालाई गन्तब्यसम्म नपु¥याई गाडी लिई भागेका थिए । २०७८ भदौ २६ गतेको उक्त घटनाको जानकारी प्रहरीले पाए लगत्तै ट्रक, ट्रकका चालक र सह चालकको खोजि गर्ने क्रममा २९ गते पक्राउ परेका हुन् । पीडित बालिकाले आफूलाई जबरजस्ती करणी भए पश्चात गन्तव्यतर्फ नगई पून भक्तपुरतर्फ साँझको समयमा एक्लै विक्षिप्त रुपमा हिडिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारी सोधपुछ गरेको थियो । आफुलाई नम्बर नखुलेको ट्रक चालकले भक्तपुर नगरपालिका वडा नम्वर १ श्रृजनानगरबाट आफ्नो गन्तव्यसम्म सम्म पु¥र्याइ दिन्छु भनि ट्रकमा राखी लगेकोमा काभ्रेपलाञ्चोक जिल्ला अरनिको राजमार्ग स्थित जनागालमा रहेको साझा पेट्रोल पम्प अगाडी गाडी रोकी सोही गाडी भित्र चालक र सह–चालक दुवै जना मिलि पालै पालो जबरजस्ती करणी गरेको बताएकी थिईन् । प्रहरीलाई उक्त जानकारी दिए लगत्तै प्रहरीले तत्काल पीडितलाई आफन्तको जिम्मा लगाई अनुसन्धान शुरु गरेको थियो । 
    प्रहरीले तत्काल वारदात भएको भनिएको स्थानमा प्रहरी टोली पुगेर अनुसन्धान शुरु गर्दा सोही स्थानमा पीडितको कपडाहरु सहितको झोला र चप्पल फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको विशेष अनुसन्धान टोलीले ईलाका प्रहरी कार्यालय बनेपाको सहयोगमा अनुसन्धान कार्य प्रारम्भ गरेको थियो । घटना घटाई वारदात स्थलबाट गाडी लिई चालक र सह–चालक सिन्धुली हुँदै झापा सम्म पुगेका थिए । नम्बर नखुलेको सवारी साधन पत्ता लगाउने उद्देश्यले प्रविधिक विश्लेषण गर्ने क्रममा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक साँगाबाट बनेपा चोक आईपुग्न अत्याधिक समय लागेको देखिएकाले सो ट्रक उपर शंका लागि उक्त ट्रकलाई निगरानीमा राखिएको थियो । भदौ २८ गते प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक मोरङ्गबाट वि.पि. राजमार्गको बाटो हुँदै काठमाण्डौ तर्फ आउँदै छ भन्ने सूचनाको आधारमा २९ गते साँझ ७ः १५ बजेको समयमा धलिखेल नगरपालिका वडा नम्वर ७ धुलिखेल चोक बाट ट्रक सहित जिल्ला झापा हल्दीबारी गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ३२ को चालक हर्कबहादुर बिश्वकर्मा र सह–चालक जिल्ला मोरङ्ग उर्लाबारी नगरपालिका वडा नं. ०१ बस्ने वर्ष १८ को निदिप धिमाललाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेकाहरुले घटना स्विकारेका छन् । बालिका मध्यरातमा किन सडकमा निस्किईन् ? गाडीमा दुबै जनाले पालैपालो जर्बजस्तिकरणी गरिरहँदा किन चुपचाप बसिन् र भक्तपुर पुगे पछि मात्रै प्रहरीको सोधपुछका क्रममा मात्रै भनिन ? प्रहरीले अनुसन्धान गरिरहेको छ । जनागालबाट भत्तपुर पुग्दा काभ्रेकै साँगामा प्रहरी चेकपोस्ट छ । जगातेमा चेकपोस्ट छ । प्रहरीको आँखा छलेर वा प्रहरीलाई जानकारी नै नदिई उनि भक्तपुर पुग्नुको कारण के थियो ? प्रहरीको अनुसन्धानमा सबै कुरा खुल्छन तर पनि बालिकालाई गरेको अमानवीय अपराधका दोषिलाई हदैसम्मको कारवाही हुनु पर्छ । 
    त्यस्तै काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले लगाएको निषेधाज्ञामा स्कर्पियो गाडीमा घर लगिदिने भन्दै जंगलमा पु¥याई १५ बर्षिया बालिकालाई बलात्कारको प्रयास गरिएको छ । बालिका बलात्कार गर्न खोज्ने युवक र उनले प्रयोग गरेको गाडी स्थानीयको सहयोगमा प्रहरीले युवकलाई पक्राउ गरी गाडी नियन्त्रणमा लिईै अदालत बुझाई सकेको थियो । पक्राउ पर्नेमा चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ घर भई बनेपा डेरा गरी बस्ने वर्ष २५ का विराज कार्की थिए । उनले प्रयोग गरेको बा २० च ५४८३ नम्वरको स्र्कपियो गाडी समेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । त्यहि गाडी जंगलमा पु¥याई गाडी भित्र बालिकालाई जर्बजस्ति करणीको प्रयास गरिएको थियो । बनेपाबाट पनौती पु¥याईदिन्छु भन्दै काठमाडौ जाने सडक हुँदै बनेपा ११ सिनागाल स्थित शारदादेवी सामुदायिक वनमा पु¥याई चालकले बलात्कारको प्रयास गरेका थिए । पनौती नगरपालिका ५ सुब्बागाउँबाट बनेपामा मजदुरी गरेको पैसा लिन आएर फर्कदैँ थिएँ, बनेपाबाट घर पु¥याईदिन्छु भन्दै मलाई गाडी चढ्न कर गरे बालिकाले प्रहरीलाई भनेकी थिईन् । मैले हिडेरै जान्छु भनें तर उनले पु¥याई दिन्छु भन्दै कर गरे । होला नि त भन्ने विश्वासमा गाडी चढें । पनौती जाने मान्छे गाडी जनागाल तर्फ मोडे । मैले किन यता भन्दै थिएँ सानो काम छ फर्किहाल्ने भन्दै उता लगे । अपाङ्ग अस्पताल हुँदै माथी जंगलमा पु¥याए । गाडी भित्रै मलाई जर्बजस्तिको प्रयास गरे । शरीरका संवेदनशिल अंगहरुमा जर्बजस्ति गरे । मैले तपाईले के गर्न खोज्या हो म सहमत छु तर मलाई एक पटक पिसाव गर्न दिनुस् भनें । उनले शुरुमा मान्दै मानेनन् । म रुन थालें उनले गाडीकै मुनी पिसाब गर्ने शर्तमा आफैले लक गरेर राखेको ढोका खोलिदिए । त्यहि बेला पिसाब गरे जस्तो गरी म भागें । ईलाका प्रहरी कार्यालय बनेपामा आमासँग उजुरी दिन आएकी बालिकाले भनेकी थिईन् । रुदै रुदै भाग्न थालें । उ पछि पछि आएको थियो । म भाग्दै आएको देखेर उ फर्किएर गाडी लिएर भाग्यो । म गाउँमा आई पुगेपछि स्थानीयहरुले देख्नु भयो । वडा अध्यक्ष सहितको टोलीले मलाई प्रहरी बोलाएर सुरक्षा उपलब्ध गरायो । केहि स्थानीयहरु मोटरसाईकल लिएर उसको खोजीमा लागेछन् । उ जंगलै जंगलको बाटो भागेर प्रहरीको बाटो छल्ने प्रयास गरेको रहेछ । वडा अध्यक्ष सहितको प्रयासले उ पक्राउ प¥यो ।
     बालिका रुँदै आए पछि उनको उद्दार गरी गाडी सहित युवकको खोजी गरी प्रहरीको सहयोगमा पक्राउ गरिएको वडा अध्यक्षले प्रहरीलाई बताएका थिए । बालिकाहरु दिनदिनै असुरक्षित हुनुको कारण र सुरक्षाका उपायका बारेमा छलफल गर्न ढिला पो भयो कि ? हरेक वर्ष यस्ता घटनाहरुमा बृद्धि हुनुमा दोषि को ? बालबालिका, समाज वा राज्य ? यि प्रतिनिधिमुलक घटनाले देखाउँछ  मुलुकका भावी कर्णदारहरुको अवस्था कस्तो छ ? हामी चाहन्छौं दिवसका नाममा एकदिन बालबालिकाहरुको पक्षमा बोल्नु मात्रै उनिहरुको सुरक्षा हैन । बालबालिकाहरुको निरन्तर सुरक्षा, उनिहरुको विकास र चाहना अनुसारका नीति निर्माण गरिनु बालमैत्री समाजको परिकल्पना हो । राज्य यसमा जिम्मेवार हुन सक्ला ? 

शतिशकुमार खड्का
बनेपा, काभ्रे