2021 October 19/ 06:44: 35pm

भर्खरै सकियो आत्महत्या दिवस । विश्वभर आत्महत्या गर्नेहरुको संख्या बढिरहेको छ । काभ्रेको तथ्याङ्कले पनि त्यहि भन्छ । बालक देखि बृद्धसम्मले आत्महत्या किन गरिरहेका छन् ? किन मान्छे आफैं मर्न बाध्य हुन्छ ? मान्छेले कस्ता कस्ता घटनाको सामना गर्नुपर्ने रहेछ ? आत्महत्या न्युनीकरणका लागि पटक–पटक मृत्युको मुखमा पुगेर फर्किएको मेरा दुखान्त सुनाउँछु । जसका कारण मर्न खोज्नेहरुका लागि प्रेरणा बन्न सकोस् ।  
भन्नै लाज लाग्ने कुरा के गर्ने ? तर के गर्ने सबैलाई थाहा छ मेरो कुरा । कुरा ग¥यो कुरैको दुःख । गाउँलेहरुले समेत अभागी भन्छन् । समाजले हेयको दृष्टिले हेरे पनि समाजमा बाँच्ने उत्कट चाहना राखेको छु । चाहनामा कुठाराघात हुन नदिन म रात दिन दुःख कष्टको जीवन जिउन बाध्य भएको छु । मेरो मात्रै होईन बच्चाको भविष्य पनि म सँग जोडिएकाले मलाई झनै ठुलो समस्या छ । नगर्नु गल्ती गरेपछि अहिले पछुताएर कसको के लाग्छ र ? भन्न त सबैले तैले दुःख पाउँछेस् भनेर सानो छँदै भन्ने गरेका गरेका थिए । कसलाई के धन्दा घर ज्वाईलाई खानको धन्दा भने जस्तै मलाई त्यस्तो कुराको कहिल्यै चासो भएन । चासो गरेर पनि हुदैनथ्यो । बैंसको कुरा उत्ताउलो बानी कसैका कुरा सुन्ने र हेक्का राख्ने साहस ममा थिएन । त्यसकै नियति आज भोगिरहेको छु ।
आफैंलाई आत्मग्लानी भएको दुखद् घटना बताईरहेको छु । रुपमा चमक भरिएको । देख्दै अनुहार धपक्कै बलेको । रुपसी भन्दा केही कम थिईन म । मलाई देख्ने जो कोहिले समेत भन्ने गरेका थिए छोरी जन्माउनु यस्ती पो । अझ केटाहरुले त भन्ने गरेका थिए रुपसी जस्तो केटी भए पो । उमेरका सबै कुराहरु बताईरहेकी थिईन् रुपसी । विहानको १० बज्दै थियो । विद्यार्थीहरु विद्यालय जाँदै थिए । बाटोभरी हिँडेका विद्यार्थीहरुको लर्काेले उनलाई तानिरहेको थियो । कतै त्यो लर्काेमा आफू भेटिन्छु की । विगतका धेरै यादहरुको सम्झना भईरहेको थियो । कति सम्झने या होस् । उनको दिक्दारीसँगै लुकेका घटनाहरुले साथ दिईरहेको थियो । त्यही त हो दिन विताउने बाटो उनी सम्बन्धित विषयमा फर्केने प्रयास गरिरहेकी थिईन् । तैपनि समयले उनलाई ढिलो गराईरहेको थियो । त्यही समाज हो हिजो उनलाई बहिस्कार गर्ने, आज त्यही समाजमा उनी रमिरहेकी छन् । कसैलाई केही आवश्यकता प¥यो भने उनै रुपसीकोमा आउने गरेका छन् । कस्तो आवश्यकता ? कौतुहलताको प्रश्न खस्न नपाउँदै उनको वक्के वस्न लाग्यो । भावुक भईन् । किन र ? भन्दै थिईन् स्वार्थी समाजका बारेमा धेरै कुरा नगर्ने । के ग¥यो समाजले ? के गरेन । समाजबाट लखेट्यो । पिट्यो । कुट्यो । के–के हो के–के । तर अहिले रुपसीलाई सम्झँदै गाउँमा हुने गरेका साहे गहुँ्रगो काम लगाई रहन्छन् । रुपसी नै सबैको आँखाको नानी भएकी छन् । कसैका घरमा हुने विवाह व्रतवन्ध वा अन्य कुनै चाडपर्वहरुमा घरमा हुने सबै काम उनै रुपसीले गर्छिन् । रुपसी बिनाको चाड खल्लो हुन्छ । गाउँ रित्तिन थालेको छ । कोभिडका कारण केहि मान्छेहरु शहरबाट गाउँ फर्किएका भए पनि गाउँ बस्ति उजाड बन्न थालिसकेको छ । 
कोभिड चुनौती मात्रै होइन अवसर पनि बनेको छ । गाउँ विर्सिएका ब्यक्तिहरुले पनि गाउँ सम्झिएका छन् । आफन्त विर्सनेहरुले सम्झन थालेका छन् । तर पनि ब्यक्ति भित्रको घमण्ड र स्वार्थ मेटिएको छैन । जति सम्पति उति धेरै लोभ । मान्छे न हो के न के गरिरहेको छ । त्यसैले आजकाल लाग्छ मान्छे भनेको अजिवको जात हो । जति ठुला विपद पनि उसले क्षणभरमै भुल्न सक्छ । यो दोलालघाटको एउटा बस्तीको कुरा हो । बस्तीमा धेरै थरी मान्छेहरु बस्छन । केही वर्ष अघि मात्रै धेरैवटा गाविसहरु मिलाएर गाउँपालिका घोषणा भएको उक्त क्षेत्रमा सबै प्रकारका सुविधाहरु छन् । घर अलिक टाढा भए पनि डेरा लिएर मान्छेहरु दोलालघाटमा नै घरजम गरेर बस्न लागेका छन् । कतिसम्म कि घरमा एउटा परिवार र डेरामा अर्काे परिवार । कसै कसैले घरमा समझदारी गर्न भ्याएका हुँदा रहेछन् कसै कसैले कता समझदारी कुरो थाहा हुने वितिक्कै अगुल्टो लिएर आउँछन् । सबै प्रकारका मान्छेहरुको बसाईमा रुपसी पनि बसिरहेकी थिईन् । रुपसी एक जवान थिईन् । जवानीमा स्याल पनि घोर्ले हुन्छ भने जस्तै उनको जवानीले सबैलाई लठ्ठै पार्दथ्यो । विवाह अघि सबै भन्दा ईमान्दार छोरी मध्ये उनै पर्दथिन् । परिवारको एक्लो छोरी मायाले पनि टाउकैमा टेकेकी थिईन् । तर कुल र परिवारको ईज्जत उनको कपाल भन्दा माथि हुने गरेको थियो । जसले धेरै ईज्जतको ख्याल गर्छ उनै एक दिन ईज्जत फाल्नमा लाग्छ । उनको जीवनमा लागु भएको घटना हो यो । परिवारमा तीन दाजुभाई सबै काठमाडौंमा ब्यापार गरेर बस्ने गरेका छन् । बा आमा अनेकोटमा भएको १० रोपनी वारी र ५ रोपनी खेतमा तरकारी लगाएर जिविका चलाईरहेका छन् । दाजुहरुले पटक पटक काठमाडौंमा लैजाने निधो गरे पनि वा आमा जान मानिरहेका छैनन् । उनीहरुको अन्तिम ईच्छा भनेको जहाँ जन्म्यो त्यही मर्ने हो । तर अन्य सदस्यहरुले कर गरिरहेका कारण उनीहरुको त्यो ढिपी केही समयमा टुङ्गो लाग्नेछ । बाबु आमा काठमाडौं गए भने दोलालघाट भन्ने विरानो स्थानमा उनी एक्लै हुनेछिन् । हुनत अहिले पनि एक्लै नै हो तर नबोल्ने भए पनि कहिलेकाहीं गाउँलेहरुलाई भए पनि आफ्नो खबर सोधेको रुपसीले सुन्ने गरेकी छन् । मनमनै कुनै दिन बाबु आमाको मन फर्केला भन्दै चुप लागेर बसेकी छन् । 
खान लाउन राम्रै पुग्नै रुपसीको परिवारमा केही कुराको कमी थिएन । २०६० सालमा प्रवेशिका परिक्षा समेत पास गर्न सफल भईन् उनी । गाउँमा केटीहरुले प्रवेशिका पास गरेको त्यो समयसम्म अनौठौ नै थियो । धेरै छोरी मान्छेहरु पढ्न जादैनथे । पढ्न गएका छोरीहरुले विचमै छाड्दथे । तर उनले त्यो सौभाग्य समेत पाईन् दोलालघाटको दुलालेश्वर माविमा । कक्षा ११ पनि २०६१ सालमा कटाएपछि २०६३ सालको साउन देखि क्याम्पस भर्ना हुने उनको योजना पुरा हुन पाएन । दोलालघाटमै डेरा थियो । डेरामा साथीहरु आउने जाने क्रम भईरहन्थ्यो । कोठामा आउने एउटा केटा साथीले रुपसीलाई मन पराउने रहेछ । मन त क्याम्पसमा धेरैले पराउँथे तर रुपसीलाई राम्रो पढेर केही गर्ने सोच थियो । त्यो योजनाले उनि त्यस्तो कुरामा लागिनन् । फागुनको ६ गते भ्यालेन्टाईन डे थियो । त्यो कुराको पत्तो थिएन । कोठामा आएको केटा साथीले कापीको पानामा एउटा लभ लेटर र पोष्टकार्ड छाडेर गएको रहेछ । त्यो रातिसम्म देखिन । सुत्ने बेलामा मात्रै । पढ्दा पढ्दै उनी त्यो पत्रको भावनामा डुबिन् र उनले पनि कोरिन् पत्र । पत्रमा जीवनमा कहिल्यै प्रेम कसैलाई नगरेको र गरे पनि जीवन बिताउने भएकाले सबै कुरा खुलाएर पत्र लेख्न आग्रह गरिन् । जीवनका योजना, भविश्यको बारेमा के सोचेको छ ? यस्तै प्रश्नहरुले उनलाई पत्रको अन्त्य गरायो । पत्र केटाको हातमा पनि प¥यो रुपसीको विवाहको पनि टुङ्गो लाग्यो । काठमाडौंबाट दाई सहित केटाहरुको परिवार रुपसीलाई हेर्न कोठामै आएका थिए । रुपसीले परिवारको कुरा काट्न सकिनन् । किनकी परिवारको ईज्जतलाई मात्रै उनले ख्याल गर्दथिन् । काठमाडौंमा डेरा लिएर सरकारी गाडीको ड्राईभर भएका केटा रुपसीका श्रीमान् थिए । केही दिनमै विवाहको तयारी गर्र्दै थिए । केटाको खानदानी भएकाले सबैले विवाहको कर गरेका रहेछन् । रुपसीले पत्रको उत्तर पर्खन चाहिनन् । विवाहको निधो गर्न परिवारको योजनामा राजी भईन् ।
खानदानी परिवारको केटा भएकाले परिवारले उनलाई धेरै प्रेसर गरेको थियो । कामको सिलसिलामा केटा घर वाहिर जानुपर्ने हुन्थ्यो । कहिले महिनौं घर आउन नपाउने उनको अप्ठ्याराहरुलाई रुपसीले बुझिरहेकै थिईन् । विवाह पनि धुमधामसँग भयो । विवाहका बारेमा कसैले केही खोट लाउन सक्दैनथे । क्याम्पस पढ्ने गरी विवाह गरेकी रुपसीले क्याम्पस भर्ना भएको केही समय राम्रै अध्ययन गरिरहेकी थिईन् । तर पारिवारीक समस्याका कारण क्याम्पसलाई निरन्तरता दिन सकिनन् । विवाहको केही समय उनी गाउँको घर सोलुखुम्बु गईन् । घरमा भएका सासु, ससुरा र अन्य सदस्यहरुको आग्रहमा एक महिना गाउँमै बसिन् । यता श्रीमान्ले फोन गरेर काठमाडौ पठाईदिनु भनेपछि उनी पुन काठमाडौं नै फर्किईन् । काठमाडौंमा श्रीमान्सँगको बसाई उनका लागि अबिस्मरणीय भएको थियो । अविस्मरणीय सधैका लागि कायम राख्न श्रीमान् श्रीमती दुवैजना मरिहत्ते गर्दथे । उमेर पनि एउटै दुवै जनाको एउटै चाहना भएकाले सबै कुराहरु शेयरिङ्ग हुने गरेका थिए । मान्छे विग्रन कति समय लाग्दोरहेछ र श्रीमान् घर वाहिर काममा गएका थिए । करिब एक महिनाको लामो यात्रा थियो । कोठामा उनी एक्लै वस्ने गरेकी थिईन् । विवाहको शुरु शुरुमा सबैलाई नयाँ अनुभव हुँदो रहेछ । रुपसी पनि त्यसवाट अक्षुतो भईनन् । काठमाडौैमा डेरा गरेर बसेको घरमा अर्काे एउटा परिवार पनि बस्ने गरेको थियो । दिउँसको समय थियो । क्याम्पसबाट आएर खाना पकाउन लागेको समयमा कोठामा एक जना मान्छे टुप्लुक्क देखा परे । उनी दिउँसको काम सकेर खाना खान आएका रहेछन् । कोठामा कोही नभएको अवसरमा रुपसीकोमा पसेर जान लाग्दा रुपसीले बस्ने ईशारा गरिन् । लक्का जवान पुरुष कोठा भित्र छिरे पछि रुपसीले टिभीमा हिन्दी फिल्मका गितहरु लगाउन थालिन् । मनको चाहना तर सहमति बेगर उक्त पुरुषसँग रुपसीको सम्बन्ध रहन पुग्यो । एउटै घर भएकाले केहि समय देखिको चिनजान त्यहाँ गएर पोखियो । 
रुपसीले पटक पटक उनीसँग सम्र्पक बढाईन् । त्यो कुराको सूचना तिनै पुरुषको श्रीमतीले पाईन् । रुपसीको श्रीमान् आउने वितिक्कै उनले सबै कुराहरु भन्दिए पछि रुपसीको त्यही रात श्रीमान् र घरसँग अन्तिम सम्वन्ध भएको थियो । श्रीमान्ले केही नभनी रुपसीलाई त्यही केटासँग रात विताउन र जीवन बिताउन भने । तर उनले मानिनन् । शुरुमा श्रीमान्सँगको रात आनन्दैले वितिसकेको थियो । भोलिपल्ट हुने वितिक्कै तिनै पुरुषको श्रीमतीको सुराकीका आधारमा रुपसी सधैंका लागि श्रीमान् छाड्ने वाध्यतामा परिन् । न त उनले त्यो केटा पाईन् न त श्रीमान् नै । घरवाट निकालिदिएपछि धेरै दिन अन्योलमा परिन् । विवाहको तीन महिना नपुग्दै भएको अकल्पनीय घटनाले उनी मर्ने योजनामा पुगिन् । तर अनेक कारणले मर्न पाईनन् । काठमाडौंका गल्लि गल्लि चाहरिन् । मेडिकल जाँदा पेटमा बच्चा भएको चाल पाईन् तर बावु कुन चाँहि हो ? छुट्याउन सकिनन् । मजदुरी गर्दै एकान्तमा डेरा लिएर केहि रातहरु विताईन् । न घर न माईती सबैको आँखाको कसिंगर भईन् । श्रीमान्ले छाडेपछि उनले अर्काे विवाह गर्ने चाहना नै राखेकी थिईनन् तर पुरुष विना सधै काम गर्न र बाँच्न नसकिने महसुस गरिन् । छोरा जन्मिएको केही समयसम्म एक जना पुरुषले साथ दिएको थियो तर उनले त्यसलाई दाईको रुपमा सहयोगको अपेक्षा गरिन् । यही समाज हो, त्यही टोलबाट निकल्नु पर्दाको लज्जावोधले आत्मा पोलेको छ । आफ्नै मनसँग प्रश्नै प्रश्न सोधेर पनि जवाफ पाउँदिनन् । आखिर सबै पुरुषहरु महिला बिना एक मिनेट पनि वाँच्न सक्दा रहेनछन् । मेरो श्रीमान््ले मलाई घरमा राखेर अन्य परस्त्रीसँग सम्बन्ध राखेको भए मैले स्विकार्नु पर्दथ्यो तर महिला भएकै कारण म घरवाटै निक्लनु पर्दाको त्यो घटना अन्य महिलाहरुले भोग्नु नपरोस् । महिला भए पछि समाजमा दुःख मात्रै होइन अनेक खालका लाञ्छनाहरु पनि सहनु पर्ने रहेछ । 
दोलालघाट छाडेर बनेपा आएर बसेको पनि दशक नाघेको छ । बनेपामा सानो पसलबाट शुरु गरेको जीवन अहिले सटरमा पुगेको छ । बाबु हुर्किएको छ । अर्काे विवाह पनि गरेको छु । अर्काे श्रीमान्को माया ममतामा कमि छैन । उहाँले सबै जानकारी पाएर पनि मलाई बच्चा सहित स्विकार्नु भयो । उहाँबाट अर्काे सन्तान पनि जन्मिसकेको छ । सुखी छु । खुशी छु । दुःख पर्दा हरेश नखाई संर्घषमा उत्रिन सकियो भने जीवन सुखी हुन्छ । औंशीको रात थोरै समय मात्रै अडिँदो रहेछ । त्यसपछि फेरी सुर्य झुल्किए जस्तै मान्छेका जीवनमा आउने अनेक घटना परिघटना पार लगाउन धैर्य र आत्मविश्वासको जरुरी छ । जुन मैले मेरो जीवनमा प्रयोग गरे । अहिले धेरैले आत्महत्या गर्नु आत्मविश्वासको कमीले हो । 

रुपसी केसी
दोलालघाट, काभ्रे