2018 November 19/ 08:31: 39am

    जीवन, मृत्य । संयोग पनी हुन सक्छ । मान्छेको भाग्यमा लेखिएको छैटीको कहानी नै जीवनका अनेक मोडहरु हुन् । त्यहि मोडले मान्छेलाई दुख र सुखको अनुभुति गराउँछ । अनुभुति कति हो कति ? भोगाई पनि कति हो कति ? थुप्रै घटनाहरु मध्ये मान्छेले केहि घटनाहरु विर्सनै सक्दैन । त्यो घटनाले मान्छेलाई कहाँ पु¥याउँछ ? मेरो जीवनमा पनि त्यस्तै घटना घट्यो । २०६२ माघ १ गतेको घटना हो । म गाउँकै डेरीमा संकलित दुध बोकेर गाउँ नजिकैको सुकुटे बजार जाँदै थिएँ । करिब विहान ९–१० बजेको थियो होला । बजारमा मसँग अर्काे काम आइलाग्यो । गाउँकै गोदामबाट चामल लोड गर्नुपर्ने र लाउरे देउरालीको चौरसम्म पु¥याएर अपलोड गरेर फर्कने कुरा ट्रक मालिकबाट सुनें । म काम गरेर बनिबुतो गरेर खाने र बालबच्चा पाल्ने मान्छे मैले नाई भन्न सकिनँ । मेरो लागि काम पाउनु खुशीकै खबर थियो । त्यसकारण म चामल लोड गर्न गोदामतिर प्रवेश गरें । चामल लोड भैसकेपछि म चामलको बोरा माथि बसेर त्यसतर्फ लागेको थिएँ । अगाडिको को थियो थाहा भएन । मसँग गाडीको हेल्पर थियो । घरको अवस्था कमजोर भएकै कारण हामीले अरुको काम गरेर खानु त बाध्यता नै थियो । पछि थाहा भयो गाडी हेल्परबाट त्यो चामल माओवादीको भोजमा लगिएको रहेछ ।
     मैले माओवादीको भन्ने सुनेपछि मलाई डर लाग्यो । मेरो जीवन झन् अँध्यारोमा परेको महसुस भयो । नखाउ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार भन्ने उखान सम्झें । एक त श्रम गरे वापत ज्याला पाउने कि नपाउने अनिश्चितता थियो भने अर्काेतिर सेनाले भेट्टायो भने नबचिने डर थियो । त्यतिखेरको वर्तमानलाई सम्झेर म नैराश्य भएको थिएँ । मेरो जीवनमा अप्ठयारोको संकटको घण्ट बज्दै गरेको थियो । जे भए पनि ब्यहोर्न बाध्य र विवश भएँ । चालकसँग तीन जना माओवादी सँगै बसेको सिसाबाट देखें । म झसँग भए । त्रसित भएँ । म भित्र गतिरोधको सृजना भएको थियो । मैले डराएरै भए पनि जिम्मा लिएर आएको काम त पूर्ण गर्नु नै थियो । त्यो संकटकालको अवस्थामा एकातिर राज्यको सेनासँग डर त्रास थियो भने अर्काेतिर माओवादी सेनाको उत्तिकै भय र त्रास थियो । बाध्यकारी, विवश र दुःखद घडीमा जनताहरु उकुसमुकुस थिए । वियोगजन्य दुःखद् एवं त्रासद वातावरणमा समाजको अवस्था संरचित थियो । विवशतै विवसतामा घोरिएर, भरिएर म अगाडि यात्रारत थिएँ । आफ्नो वियोगान्तको गरिबीपनसँग एकखाले सम्झौता गर्नु आज्ञा र निराशा मेरो मन भित्र उत्तिकै थियो । आरोह अवरोहको विवशताजन्य चित्र मेरो अगाडी ताजा थियो । मेरो सोझो पनको फाइदा दुवै पक्षले धोको फेरुन्जेल लिएका थिए । 
    मानव जीवनमा सोझो रेखामा हिँड्दा पनि कहिले काहिँ ठेस लागेर लडेका मरेकाहरु पनि भेटिन्छन । प्रत्येक मनुष्यको जीवनमा आरोह अवरोह आउँछन् जान्छन् । सुखद् –दुखद्, विजय पराजय, सफलता–असफलता सबै भई नै रहन्छ । तर पनि आशा वा निराशा बीच अगाडि बढ्नु गाडि बढिरहेको हुन्छ । सागर जस्तो मानिने मानव जीवनमा समुद्र ज्वारभाटा आई दिन्छ त कहिले रमाइलो लाग्ने ज्वारभाटा प्रलयकारी सुनामीमा परिणत भै दिन्छ । एउटा अत्यन्त वैभवशाली परिवार पनि क्षणभरमा कंगालमा परिणत गराई दिन्छ । अकल्पनीय आनन्दमा बितिरहेको परिवार छिन भरमै सोच्नै नसकिने गरि छिन्न भिन्न पारिदिन्छ । मानव जीवनमा घट्ने यस्ता घटनाहरुलाई ईश्वरको लिला भन्न कसैले रुचाउँछन् त कसैले कर्मको दोष दिन्छन् । यिनै पृष्ठभूमिमा बाँधिएर सेना र राज्यपक्ष अनि घर परिवार भित्र सिमान्कृत भएर २०६१ साल माघ १ गतेको मेरो घटनाक्रमतर्फ चित्रण गर्न गइरहेको छु । बन्दी अवस्थामा सिर्जित सिर्जनाहरु समयको सदुपयोग र एकान्तवासको परिणामबाट पनि जन्मिन सक्छ । मसँग सिमित क्षेत्रमा आफ्नै सोझोपनाको कारण दाल र भातकै खातिर भौतारिँदा भौतारिँदै यस्तो कहाली लाग्दा घटनाक्रम सृजना भएको छ । क्षणभरमै विनाकारण म गरिबी हुनुले नै मेरो शक्ति नहुँदा बुटद्धारा पिटिएको छु, मरेतुल्य भएको छु । ति अविस्मरणीय क्षणप्रति मेरो सपनाहरु चकनाचुर भएको छ । 
     यस्ता यावत कुराहरु सँगै गाडी बेलुकी ६ बजे लाउरे देउराली भन्ने स्थानमा पुग्दै थियो । चौरमा माओवादी कार्यक्रममा पुग्दै गर्दा डेढ दुईसय पुलिस आर्मीहरुले ट्रकलाई घेरा हाल्यो । सेनाको घेरामा परे पछि एकाएक सबैलाई आँखामा कालो पट्टि बाँधेर हामीहरुलाई ओराल्यो । म पनि ओर्लिए । माओवादीहरुसँग हतियार भएकोले सहजै थाहा भयो यी माओवादीहरुलाई कहाँ कता लग्यो त्यो मलाई थाहा भएन । हामीलाई पिट्दै धकेल्दै डोे¥याउँदै चौरसम्म लग्यो । हामी भएको ठाउँसम्म गाडी पनि सेनाले चलाएर पु¥यायो ।  मैले जीवनको कति भिख मागे म माओवादी होइन । म दुध बोकेर पु¥याउन आउँदा बजारबाट माओवादीले जर्बजस्ती चामल लोड अनलोड गर्न कामदारको रुपमा ल्याएको हो भन्दा पनि पत्याएनन । कहिले बन्दुकको कुन्दाले, कहिले हातले त कहिले बुट सहितको जुत्तेलातमा मरणासन्न हुने गरी पिटाइ खाइरहें । त्यो दृष्टांन्त अहिले पनि मसँग ताजा जस्तै छ र लाग्छ पनि । दिनभरको मरणासन्न चुटाई र पिटाइबाट मेरो शरीर थिलथिलो भएको थियो । माघको समय जताततै तुषारो र हिउँ नै हिउँ थियो । मसँग जुत्ता र हाफ पाइन्ट भन्दा केहि थिएन । माओवादीको तथाकथित अभद्र क्रुर व्यवहार सेनाबाट मैले भोगेको छु । प्रत्यक्ष देखेको छु अनि सुनेको छु । म अहिले पनि त्यो राज्यको नामको बर्बरतापूर्ण पिटाई देखि तर्सिने गरेको छु । मैले माओवादीको कुरालाई अस्वीकार गर्न नसक्नु मेरो भुल थियो अनि बाध्यता र विवशता पनि । आँखा बन्द गरेर अन्धभक्ति तरिकाले पशुजन्य क्रुर व्यवहार गरेर हामीजस्तो गरिखाने माथि अन्याय अत्याचार गर्नु पूर्ण गलत थियो । ट्रकको मालिक र ड्राइभरले यो केटा माओवादी होइन चामल लोड अनलोड गर्नको लागि मात्रै आएको भनेर ढिपी गर्दा पनि सेनाले कसैको कुरा सुनेनन । एक रात एक दिनभर बेजोडसँग कुटेर क्रुर यातना दिई सकेपछि बेलुकी आर्मीको हेलिकप्टर आयो । के कुरा भयो साँझपख ५ बजेर ३० मिनेट भित्रमा हेलिकप्टरमा चामल लोड गरेर सकेपछि आर्मीको केहि ठूलो मान्छेले म एक्लैलाई घटनास्थलबाट घर जान स्वीकृत दियो ।
    म जाडो, भोक, प्यास, कुटाइ पिटाइको बेहाल अवस्थाबाट घर जान सक्ने अवस्थामा थिइनँ । हात खुट्टा लुगलुग कामेको थियो, असह्य कष्ट र पीडामा म थिएँ । ठूलो रणसंग्रामको कष्ट र यातना झेल्दै मैले त्यस दिन राज्य सेनाबाट अर्धचेतन अवस्थामा छुट्टि पाएको थिएँ । जुन घटना सम्झदा म अहिले पनि तर्सन्छु, भावविह्वल हुन्छु । म बाँच्छु कि मर्छु अझै मलाई थाहा थिएन । अहिले पनि मेरो हातखुट्टा झमझम हुन्छ चिमोट्दा दुख्दैन । टाउको दुख्छ । म अर्धचेतन अवस्थामा बाँच्न विवश छु । त्यो घटनापछि म ३ महिना थला परें । घरमा श्रीमतीले उठाउने, सुताउने अवस्थाको सृजना भयो । मेरो हालत गम्भीर बन्दै गईरहेको देखेर मेरो आफ्नै एक जना बहिनी ज्वाइँले काठमाडौंमा हिड म सेनाको हस्पिटलमा उपचार गराउन पहल गर्छु भनेर उहाँको मनमा दया माया लागेर काठमाडौं लैजानु भयो । सेनाले उपचार नगर्ने भनेपछि मलाई लिएर मेरो बहिनी ज्वाइले पाटन हस्पिटलमा पु¥याइ भर्ना गर्नु भयो । केहि समयको उपचार पछि केहि कम भएर जीवनभर औषधि खानुपर्ने डाक्टरको सल्लाह बोकेर औषधिको साथमा घर फर्किएँ । कस्तो मानवता नभएको सेनाहरु पनि हुँदा रहेछन । जसको कारण मेरो आशाको र भरोसाको चेतनाहरु सुस्ताउँदै गएको थियो । मेरो भावना चाहनाहरु ओइलाउँदै गएको थियो । त्यहि अवस्थामा म आफू दीर्घरोगी भएर सधै भर औषधि सेवन गर्नुपर्ने नाजुक अवस्थाका बाबजूद दाल भातकै खोजीमा भौतारिँदै काभ्रेको बनेपा आइपुगें । बनेपाको हार्डवेयर पसलमा काम पाएँ । त्यतै तिर जेनतेन गुजारा गरिरहेको अवस्थामा केहि दिन छुट्टि मिलाएर घर गएँ । घरको अवस्था बेहाल थियो घर सरसफाई थिएन । छोराछोरी स्कुल नगएर घरै बसिरहेका थिए । मेरो अन्र्तजातीय विवाह थियो । ४ वटा छोराछोरी छन् । ससुराली पनि नजिकै थियो । जुन दिन म घर पुगें त्यस दिन घरको अवस्था नाजुक देखेपछि म झनै भावकु बनें । श्रीमतीसँग मेरो साली पनि थिइन् । मेरी श्रीमती रक्सी खाँदै बेहाल र बेहोसी अवस्थामा भेट्टाएँ । म श्रीमान भएकोले राम्रोसँग सम्झाउँदै थिएँ । त्यसैबेला मेरी साली कुरा लिएर उनको आमा कहाँ गइछिन् । एकैछिन पछि आमा र सालो भाई मेरो घरमा आउनु भयो । हातमा बाँसको भाटा घर देखि नै लिएर आउनुभएको रहेछ । म बसिरहेको ठाउँमा आएर मेरो टाउकोमा भाटाले प्रहार गरे । मेरो टाउको फुट्यो रगतको धाराहरु शरीरमा बग्न थाल्यो । म ठाउँको ठाउँ ढलें । त्यसैबेला सालो केटाले मेरो घाँटी दबाएर निचोर्ने क्रममा मैले खुट्टाले धकेलेर पर पु¥याएँ । त्यसैबेला सासु आमाले लिएर आएको बाँसको भाटा उल्टै उठाएर सालालाई प्रतिकार गर्न खोज्दा सासु आमा अकस्मात छेक्न आउँदा सासु आमाको टाउकोमा उक्त बाँसको भाटा लाग्न गई ठाउँको ठाउँ सासु आमा ढल्नु भयो । म त्यो घटना पछि गाउँ नजिकैको प्रहरी चौकीमा पुगेर घटनाको सबै विवरण बताएँ । दुईजना प्रहरी मेरो घरतर्फ लागे भने २ जनाले मलाई लिएर मेडिकल तिर लागे । मेरो टाँका लगाउँदा लगाउँदै मेरी सासु आमा पनि त्यहि ल्याई पु¥याउने काम भयो । सामान्य मेडिकल मात्रै भएकोले त्यस मेडिकलले सासु आमाको उपचार यहाँ सम्भव छैन काठमाडौं लैजान सल्लाह दिएछन । मलाई काठमाडौं लैजाउँ भन्दै मेरो साला र साली भन्दै थिए । म प्रहरीसँग जानुपर्ने हुँदा गाउँका भद्रभलादमीलाई काठमाडौं पु¥याएर उपचार गरिदिनुस् भनेर म प्रहरीसँग पुनः चौकी आएँ । 
    मलाई त्यस दिन प्रहरीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक लिएर गयो । त्यसै दिन मेरी सासु भवितव्यमा परेर बित्नु भएछ । मलाई प्रहरीले मुचुल्का बनायो । सरकारी वकिलको कार्यालय हुँदै सम्मानित जिल्ला अदालतमा कर्तव्य ज्यान कसुर अपराध ऐन अन्तर्गत मुद्दा दर्ता भयो । प्रहरीकै जाहेरीमा म माथि मुद्दा चल्न थाल्यो । २०७१ जेठ २७ गते उक्त मद्दा फैसला भयो । म विरुद्धको फैसलामा कर्तव्य ज्यान सम्बन्धि महल अनुसार २० वर्ष कैद सजायँ सुनाईयो । फैसला उपर सरकारी वकिल पुनरावेदन गए । अदालतमा मुद्दा दर्ता पछि मेरो पक्षमा २० वर्षबाट मुद्दा घटेर ५ वर्ष भयो । उक्त फैसलाले मैले राहत पाएको मसहुस गरें । मुद्दा सर्वाेच्च सम्म जानुपर्ने भएकोले म अझै सर्वाेच्चमा मुद्दा दर्ता गरेर सर्वाेच्चको फैसलाको पक्षमा प्रतिक्षारत छु । यसै क्रममा म जेल भित्र हुँदै गर्दा वा बस्दै गर्दाको अवस्थामा कहिले निस्कने भनेर औंला भाँचेर महिना वर्ष गन्दै बसेको अन्तिम अवस्थामा मेरी श्रीमतीको बुद्धि भ्रष्ट भएर चार वटा छोरा छोरी छोडेर अलपत्र बनाई घर व्यवहार भताभुङ्ग पारी धादिङ्ग जिल्ला भुमेस्थान स्थायी बसोबास गर्ने नागरिकता नं. २०६१÷२०६८९ रहेको गोपाल बहादुर तामाङ्गले ललाई फकाई २ तोला सुन सहित नगद ८० हजार रुपैयाँ समेत लिएर फरार भएका छन् । घरमा श्रीमती छोरा छोरी हुँदाहुँदै मेरी श्रीमती र धनमाल समेत लिएर गएकाले यतिखेर म जेल जीवनबाट आक्रान्त भएको छु । 
    घरको अवस्था कमजोर, भताभुङ्ग अनि नाबालक छोराछोरीको अवस्था सम्झेर आँखाबाट बलिन्धरा आँशु बग्छ । मन उराठ लाग्छ । एकातिर आफ्नो स्वास्थ्य नाजुक अवस्था अर्काेतिर घर भरि नावालक छोराछोरीको कारण श्रीमती पोइल जानुले म अत्यन्तै पीडा महसुस गरेर जेल भित्र बाध्यात्मककारी जीवन बिताउन बाध्य छु । यतिखेर म प्रचण्ड अग्नीको तापमा परेको छु । मेरो शरीरमा चिट्िचट् पसिना छुटेको छ । अर्ध मुर्छित भएको छु म । अतितको धुलोबाट पुरिएको छु । विजुली करेन्ट लागे जस्तो लागिरहेको छ । मेरो शरीर निष्कृय भएको छ । म भाषाहीन, शक्तिहीन संचालनहीन र प्रतिक्रियाहीन भएर बाँचिरहेको छु । म निर्लिप्त र व्याप्त भएर बाँचिरहेको छु । संकेतहीन र स्वरहीन भएर बाँचेको छु । मेरा विचारहरु कतै घाउ भए जस्तो भएर भाँचिएको छ । मेरो भविष्य चटक्क चुँडिएर समाप्त हुन लागेजस्तो छ । मलाई असह्य पीडा, औडाहा, छट्पट्टि, अभाव, भाव विह्वल र प्राणपखेरु विहिन भएर धेरै खतिहरु बेहोर्दै बाँचेको छु । मेरो जीवन सारा अभावहरु चौतर्फी रुपमा रातको अँध्यारोमा झन् विकराल रुप धारण लिएर बाँचिरहेको छ । मेरो सपनाहरु सुस्ताउँदै, हराउँदै विलाउँदै गएको छ । सामान्य कलहले निम्त्याएको कालो बादलले परिवार छिन्न भिन्न भएको छ । बालबालिकाहरुको विजोग भएको छ । हे प्रभु गरिवकै घरमा मात्रै यस्तै हुन्छ कि ? 

राजकुमार खत्री 
सुनकोसी गाउँपालिका वडा नं. १
सिन्धुपाल्चोक
हाल ः धुलिखेल, काभ्रेपलाञ्चोक