2021 October 19/ 06:46: 16pm

    हाम्रो पुस्ताले भोगेको ठूलो भुकम्प गएको पाँच वर्ष भएको छ । अहिले कोरोना भाईरसको महामारी छ । कोरोनाको विपद्मा पनि दलहरु सरकारको खिचातानीमा रमाईरहेका छन् । गतवर्ष शुरु भएको कोरोनाको कहर यो वर्ष पनि जारी छ । सरकारमा हुनेहरुले नागरिकहरुको सुरक्षामा ध्यान दिए पनि बाहिर रहेका दलहरुलाई सरकारमा जाने बाहेक अरु सोच भएको देखिएन । त्यतिबेला पनि यस्तै भएको थियो । सरकार कसको बनाउने ? भुकम्प पीडितका लागि अनुदान वितरण गर्ने निकायमा कसको ब्यक्ति नियुक्ति गर्ने विषयमा झगडा गरिरहेका थिए । अझै भुकम्प पीडितहरुले अनुदान प्राप्त गर्न सकेका थिएनन् । जस्ताको टहरामा दिन रात बिताउन बाध्य पीडितहरुले आफु खुशी घरहरु निर्माण गरिरहेका थिए र छन् । सुकुम्बासीहरुका हकमा त सरकार अझै मौन थियो । पछि त्यो समस्या पनि समाधान भयो । विविध कारणले जग्गाधनीहरु आफुसँग नहुनेहरु पनि सम्झौता गर्न नपाएर छट्पट्टाएका थिए् । अवरोध कति हो कति ? लाभग्राहीको सूचीमा नाम छ सम्झौता हुन सक्दैन । गुनासो राख्यो सम्बोधन हुँदैन । भुकम्पमा परी एकै घरका चारजनाको निधन भएको छ त्यो ब्यक्ति लाभग्राही हुँदैन । कति सम्झौं ? घाईतेहरुको अवस्था अझै उस्तै छ । मृतकका आफन्तहरुको पीडा भनि साध्यै छैन । तर पनि सरकारले निरन्तर हामीहरुको आवाजलाई सुनिरह्यो । सम्बोधन गरिरह्यो । अहिले त निर्माणको चरण पनि सम्पन्न हुन लागिसकेछ । आवश्यक हुनेहरुले घर निर्माण गरिसकेका छन् ।  
     म त्यहि दिन सम्झन पुग्छु । घरिघरी त्यहि घटनाले सम्झाईरहन्छ । बिर्सन खोज्छु तर पनि बिर्सन सक्दिनँ । आज पनि त्यहि दिन, त्यहि परिवेशमा छु जस्तो लाग्छ । ‘सोचे जस्तो हुन्न जीवन......’ यस्तै गीतहरु गुनगुनाउन मन लाग्छ । बोल्न धेरै हुँदैन । गर्धनका लागि घाँटीमा बाँधिएको सहयोगी औजार पासो जस्तै लाग्न थालेको छ । खुट्टा चलाउन हुँदैन । ओल्टीपल्टि गर्न झनै संकट छ । मेरुदण्ड पक्षघात भएको भन्दै उपचार शुरु भएको थियो । घाउहरु पोल्न कम हुँदै गए पनि पेट बढ्दै थियो । त्यसको दुखाई फरक छ । हरेक महिलाहरुले भोग्लान् तर मलाई फरक किसिमको संकट निम्तिएको थियो । अस्पतालमा रहँदा पनि सुनेको थिएँ म भन्दा धेरै पीडा भएकी दिदीलाई अर्काे अस्पताल पठाईएको छ । बाँच्न सिकाउने प्रेरणा दिएको छ । स्पाईनल इन्जरी अस्पतालको फरक खालको अनुभव छ । उपचारको क्रममा रहँदा मैले भोगेका अनुभूतिहरु अलग्गै छन् । त्यहाँ उपचारसँगै ब्यवसायिक तालिम दिने रहेछ । भविष्य बाँचे सबै भोगौला, आशा थोरै छ । मलाई जे होस् यो पेटमा रहेको बच्चाले संसार हेर्न पाओस् । जन्मसाल बिर्सिए मैले । विवाह गर्दा भर्खर १४ वर्ष पुगेर १५ वर्ष लाग्न खोज्दै थिएँ । २०७१ साल असोजमा भागी विवाह भयो । त्यो गाउँमा मेरै उमेरमा विवाह गर्ने चलन छ । कसैकसैले २० वर्ष कटाउलान् नत्र १५ वर्ष भित्र धेरै महिला तथा पुरुषहरुले विवाह गरि सक्छन् । हाम्रो प्रेम विवाह हो । कक्षा ६ पढ्दै गर्दा मैले पारिवारिक कारण पढाई छाडें । केहि वर्ष गाउँमै काम गरें । हाम्रो गाविसमा कम्लरी बस्ने चलन छैन । घर परिवारबाट विद्यालय जानु भने पनि आर्थिक अवस्था कमजोर थियो । तीन दाजुभाईको एक्ली बहिनी थिएँ । सबैको माया र ममताले मलाई अपुग र अभाव केहि भएन । मात्रै अध्ययन गर्ने कुरा मेरो स्वेच्छा पनि भयो । परिवारको पनि हात रह्यो । तीन दाईहरु मध्ये एकजनाको विवाह गर्न बाँकी थियो । दुई दाईहरुको विवाह भैसकेको थियो । एकजना दाईको विवाह गर्न बाँकी हुँदै मैले प्रेम गरें अनि भागी विवाह गरें । विवाह गर्न बाँकी दाईको पछि विवाह भयो । 
    घरमा बुबा आमा, दाई भाउजुहरु सबैजना हुनुहुन्छ । दुःखसुख हामीले काम गरेरै खाईरहेका थियौं । रविन चौधरीसँग मेरो केहि वर्ष देखि नै प्रेम चलेको थियो । उनले कक्षा ७ पढ्दै गर्दा छाडेका थिए । म भन्दा एक वर्ष मात्रै सिनियर थिए उनी । हामी विद्यालय जाँदै गर्दा देखि नै नजिकिएका थियौं । गाउँ पनि एउटै भएकाले हामीलाई शंका कसैले गर्दैन थियो । तर पनि हामी एक अर्कालाई मन पराउन थालिसकेका थियौं । डेढ वर्षको प्रेमलाई हामीले संस्थागत गर्ने प्रयास ग¥यौं । घरमा भन्ने आँट आएन । रविन र मैले सल्लाह ग¥यौं र हामी भाग्यौं । केहि दिन हामीलाई डर पनि लाग्यो । त्यो २०७१ साल असोजको कुरा थियो । रविन १५ वर्ष पुग्दै थिएँ म १४ पुग्दै थिएँ । बालमस्तिकले गरेको निर्णय के सहि के गलत । जे आवश्यकता ठान्यौ त्यहि ग¥यौं । हामीले मात्रै त्यस्तो निर्णय गरेका थिएनौं । गाउँमा हुने त्यस्ता घटनाहरुलाई समाजले स्विकारेको थियो । केहि दिन हामीलाई माईतीको डर लाग्यो । तीन दिनसम्म घर बाहिरै निस्कन सकेनौं । तीनदिन पछि नै हाम्रो आवतजावत शुरु भयो । दिनहरु बित्दै गए । हामी हासीखुसी नै गाउँमै बसिरहेका थियौं । २०७१ असोजमा विवाह गरे पनि मंसिर देखि नै मेरो महिनावारी हुने प्रकृया रोकियो । पुषसम्म हामीले पत्तो पाएनौं । पछि थाहा भयो म आमा बन्ने भैसकेछु । बच्चा जन्मिएपछि केहि समय घुम फिर गर्न समस्या हुन्छ । काठमाडौं धेरै घुमिएको पनि छैन । गाउँबाट थुप्रै ब्यक्तिहरु काठमाडौंमा रोजगारीका लागि गएका छन् । उनिहरुसँगै बस्ने र केहि दिन घुम्ने योजनाका साथ श्रीमान् रविन र म चैत्रको दोश्रो साता काठमाडांै आयौं । केहि दिन काठमाडौ घुम्यौं । बैशाखको अन्तिम साता काठमाडौबाट दाङ फर्कने योजना थियो । त्यहि योजनाका साथ हामी काठमाडौमा घुम्यौं । घरबाट ल्याएको खर्च पनि सकिदै थियो । गाउँका सबै साथीहरु घर बनाउने ठाउँमा काम गर्दथे । हामी त्यहि समुहमा बस्दै आएका थियौं । फुर्सदको समय किन खाली बस्नु भन्दै साथीहरुसँग काममा जाने निर्णय ग¥यौं । ठेकेदारले घर बनाउन काममा गए बापत् महिलाहरुका लागि ३ सय ५० र पुरुषहरुका लागि ५ सय ज्याला दिने गरेको थियो । त्यहि भए पनि खर्च पुग्ने आशमा हामी दुवै श्रीमान् श्रीमती काममा जान थालेका थियौं । म गर्भवती पनि भएकाले भारी बोक्ने काम गर्न सक्दिन थिएँ । सकेको काम गर्ने गरिरहेको थिएँ । 
    २०७२ बैशाख १२ गते । सधै झै हामी काममा गएका थियौं । थुप्रै साथीहरु घर फर्किसकेका थिए । हामी ९÷१० जना मात्रै थियौं । एक्कासी बनाउँदै गरेको घर भत्कियो । हामी धेरै माथिल्लो तल्लामा थियौं । सबैजना भागे । मलाई के गरौं गरांै भयो । भित्ता समाएँ । अडिन सकेन । घर लडेर किच्ला भन्ने डरले भाग्दै गर्दा घरका इँटाहरु खसेछन् । अरु जस्तो भाग्न नसक्ने भएकाले मलाई किच्यो । गर्धन र खुट्टामा लाग्यो । त्यहि बेहोस भएछु । कतिबेर अस्पताल पु¥याईयो थाहा भएन । बिउँझँदा मलाई शिक्षण अस्पतालमा भर्ना गरिएको रहेछ । ६ महिनाको गर्भवती थिएँ म । सुनें मलाई मेरुदण्डको पक्षघात भएछ । हामी जस्ता विरामीहरुको उचित पुर्नस्थापना हुन सकेन भने शरीरका कुनै अंग नै चल्न सक्दैनन् भन्ने सुनेको थिएँ । आंशिक रुपमा चोट लागेका र पुर्ण चोट लागेका दुवै थरी बिरामीहरुको समयमै पुर्नस्थापना गर्नु जरुरी रहेछ । शिक्षण अस्पतालबाट स्पाईनल इन्जुरी पुर्नस्थापना केन्द्रमा उपचार गराए । त्यहाँ फार्मेसी, ल्याब, एक्सरे जस्ता विरामीहरुका लागि आवश्यक पर्ने सबै खालका सुविधाहरु उपलब्ध रहेछन् । यहाँ अस्पतालले तीन खालका विरामीहरुको समूह बनाएको छ । विशेष हेरचाह गर्नु पर्ने विरामी, तत्कालै पुर्नस्थापना गर्न जरुरी भएका बिरामी र डिस्चार्ज गर्न सकिने खालका विरामीहरुको पहिचान गरी उपचार भईरहेको थियो । त्योे अस्पतालमा छ महिनासम्म वा त्यो भन्दा पहिला नै पुर्नस्थापनाबाट घर पठाउनु पर्ने विरामीहरुलाई घरमा जाँदा थप समस्या नहोस् र ब्यवसायिक रुपमै केहि गर्न सकोस् भन्ने उद्देश्यले ह्विल चियर चलाउन देखि अन्य तालिम समेत प्रदान गरिएको थियो । विशेषगरी पुर्नस्थापना केन्द्रमा विरामीहरुका लागि नर्सिङ्ग हेरचाह, अल्ट्रासाउण्ड, फिजियोथेरापी र अकुपेसनल थेरापी प्रदान गरिएको थियो । घर फर्किएर मैनबत्ति बनाउन, लुगा सिलाउन, कम्प्युटर चलाउन, जुत्ता बुन्न, कागजको माला बनाउन जस्ता थुप्रै सिपमूलक तालिम विरामी र उनका कुरुवालाई दिन शुरु गरिएको थियो । घर फर्कदा आत्मनिर्भर बनाउने केन्द्रको योजना रहेछ । त्यतिबेला सिकेको सिपले अहिले पनि विरामी र विरामी कुरुवा आत्मनिर्भर बनिरहेका छन् । गर्भवती भएकाले मैले तालिम लिन नसके पनि श्रीमान् र सासु आमाले लिनु भएको थियो । त्यहि तालिम मार्फत अहिले हामी रोजगारीमा छौं । मलाई ठिक भए पछि मैले पनि तालिम लिएँ । अहिले ब्यवसायिक रुपमै जीवन जीउने प्रयास गरिरहेका छौं ।
    अस्पतालले आफ्नो छोरीलाई भन्दा धेरै सेवा दियो मलाई । त्यहाँबाट सुत्केरीका लागि धुलिखेल अस्पताल पठायो । अस्पतालमा केहि समयको बसाई पछि अप्रेशन गरेर मेरो बच्चा निकालियो । यस्तो अवस्थामा पनि मलाई सहज ढंगबाट जिउन र नयाँ जीवन दिन सहयोग गर्ने अस्पताल परिवारलाई म कहिल्यै विर्सन सक्दिन । मलाई मात्रै होईन मेरो भावी सन्तान लक्ष्मीलाई समेत सहज ढंगबाट जन्मन मात्रै होईन जिउन पनि सहज गराई दिनुभयो । अस्पताल परिवारले यति धेरै स्याहार गर्ने कुरामा मैले कहिल्यै विस्वास गरिनँ । मलाई घर परिवारले पनि सहयोग गरेको छ । छोरीको जन्म भए पछि म फेरी त्यहि अस्पतालमा आईपुगें । पुनः मलाई र छोरीलाई अस्पतालमा उपचार शुरु गरियो । लामो समय पछि मलाई पुर्ण रुपमा निको भयो । म भुकम्प प्रभावित जिल्लाको ब्यक्ति त थिईनँ । तर पनि भुकम्पले मलाई पनि छाडेनँ । केहि गरांै भन्ने सोचले राजधानीमा आउँदा भएको दुःखले मलाई जीवनभर सम्झाउन बाध्य पा¥यो । सायद भुकम्प मेरा लागि भगवान बनेको पनि हुन सक्छ । यस्तो दुःख कसैलाई नपरोस् तर यस्तो भोगाईमा देवता जस्ता सहयात्रीहरु भेटिनु मेरो भाग्यको कुरा हो । म जस्ता थुप्रै महिलाहरु बिना स्याहारमा बच्चा जन्माईरहेका छन् । कलिलै अवस्थामा आमा बन्नु पर्दाका पीडाहरु त उनिहरुलाई मात्रै थाहा छ त्यसमा पनि भएको असहयोग र असुरक्षाले हामीलाई कति जोखिममा पु¥याउँथ्यो ? 
    हरेक क्षण यस्ता विपदहरु आउन सक्छन् । विपद्मा हुन सक्ने सम्भावित जोखिमको पूर्व तयारी भएको छैन । भुकम्प गएको चार वर्षमै कोरोना भाईरस आयो । सबैलाई त्यसले संक्रमणको मुखमा पु¥यो । एउटा विपद्बाट पाठ सिकेर थप योजना बनाउनु र सबैले पालना गर्नु महत्वपूर्ण कुरा हो जस्तो लाग्छ । अहिले तीन तहका सरकार छन् । सबै सरकारले यसमा ध्यान दिन सके अझै राम्रो हुन्थ्यो कि ? आज म त्यहि बैशाख १२ लाई सम्झिरहेको छु । छोरी हुर्किसकेकी छिन् । केहि वर्षमा विद्यालय जाने छिन् । हामी मजदुरी गरेर भए पनि उनको उज्जल भविष्यका लागि तयारी गरिरहेका छौं । अहिले तालिमबाट आत्मनिर्भर बन्ने कुरामा पनि ढुक्क हुँदै गएका छौं । भुकम्पमा परी ज्यान गुमाउनु भएका थुप्रै ब्यक्तिहरुको आत्माले शान्ति पाओस् । हामी पनि पुर्नजीवन पाएका ब्यक्ति हौं । थुप्रै ब्यक्तिहरु अस्पतालमा घाईते अवस्थामा जीवनभर अपाङ्ग भएर बसिरहनु भएको छ । सम्पति सबै सकिएको छ । आफन्त गुमेका छन् । आफू पनि घाईते हुँदा भोग्नु परेको पीडाले आज पुनः सम्झायो । आफ्ना भावना पोख्ने स्थान पाएकोमा मोरातीलाई धन्यवाद ।

शर्मिला चौधरी
दाङ, शदबरिया २, बनगुज्री
हालः काठमाडौं