2021 April 16/ 04:51: 19am

    जीवन । कसरी ब्याख्या गरौं ? आ–आफ्नो अनुभूति होला । मेरो अनुभूतिमा जीवन अरुका लागि बाँच्ने र जिउने रहेछ । देखावटी जीवनको भोगाईले अरुलाई के हुन्छ थाहा छैन मलाई पलपल रुवाई रहन्छ । आफुले गर्ने कामले अरुलाई असर पार्ने कस्तो हो इज्जत ? कस्तो हो नाम र बदनाम ? कसको चित्त बुझाउन कसलाई रिझाउन जाउँ ? अफु आत्मनिर्भर हुन गरिने कामलाई समेत समाजले राम्रो दृष्टिकोणले हेर्दैन । त्यहि काम एकल हुँदा र परिवारसँग सँगै रहेर गर्दा समाजले हेर्ने दृष्टिकोणमा फरक पर्ने रहेछ । समाजको ऐना र समाजले हेर्ने दृष्टिकोणमा आउने बदलावले ब्यक्तिलाई संघर्षको उचाईमा पनि पु¥याउँदो रहेछ । अर्काेतिर ब्यक्तिले जीवनलाई आत्महत्यातर्फ डो¥याउने रहेछ । 
    सुकुम्बासीहरुको के हुन्छ र सपना ? विहान र बेलुका हातमुख जोर्ने शिवाय । बाबुहरु सुकुम्बासी, आफु सुकुम्बासी हाम्रा सन्तान पनि सुकुम्बासी । भएको सबै सम्पत्ति पेटकै लागि खर्च भएपछि बाँकी कुन जमिनमा उब्जनी गरेर पेट पाल्नु ? सरकारले फेरी हामीजस्ता सुकुम्बासीहरुको समस्या समाधान गर्न आयोग गठन गरेको रहेछ । विगतमा पनि यस्ता धेरै आयोगहरु बनेका थिए । जग्गा वितरण गर्ने भनिए पनि त्यो सम्भव भएन । विश्वास गरौं यो पटक त्यस्तो हुने छैन । हरेक जिल्ला र स्थानीय तहमा शुरु भएको यो अभियानले सार्थकता पाओस् मेरो शुभकामना पनि छ । शुभकामनासँगै आशा छ । भरोसा छ । भरोसा टुट्न नदिन गठित आयोगले सुकुम्बासीहरुको समस्या तत्काल समाधान गरोस् । हाम्रो टोलमा १० परिवार भन्दा धेरै सुकुम्बासी छौं । नियमित रुपमा काम गरी खान रोजगारीको अवसर, बाँझो रहेको जमिनमा खेति कमाई गर्ने अवसर दियो भने सुकुम्बासीहरुलाई सरकारले के गर्नु पर्छ र ? पञ्चायतमा पनि हामी सुकुम्बासी, प्रजातन्त्रमा पनि हामी सुकुम्बासी, आज गणतन्त्रमा पनि सुकुम्बासी । अझ माओवादी युद्धले देश नै हामी सुकुम्बासीहरुलाई जिम्मा लगाउने भए जस्तो प्रचार गरेका थिए । युद्ध सकिएको दशकौं भैसक्यो खै त सुकुम्बासीलाई जग्गा ? खै त गरिबलाई रोजगार ? खै त हाम्रो अधिकार ? अरु नागरिक सरह बाँच्न पाउने हाम्रो अधिकारको ग्यारेण्टी राज्यले गर्ने होइन ? अधिकार नपाउँदा बोलिदिने अधिकारवादी खै त ? कसको पक्षमा काम गर्छन् तिनीहरुले ? कि चिल्ला गाडी चढ्दैमा सुकुम्बासीहरुको अधिकार सुनिश्चित हुन्छ ? सरकारका समस्या होलान् । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्याराहरु बताउनु भयो । आयोग गठन गरेर शुरु गरेको काम हामी सबै सुकुम्बासीहरुले स्वगात गर्नै पर्छ । 
    २०३७ सालमा साठ्ठीघर गाविसमा मेरो जन्म भएको रहेछ । बुबा र आमाको एक्लो छोरा थिएँ । बहिनी जन्मिएकी थिई । म जन्मिएकै बर्ष बुबा आमा गाउँमा भएको थोरै बारी बेचेर सुकुम्बासीका रुपमा पाँचखाल गाविस ३ पाँचखालको जंगलमा आएर बस्न थाल्नु भएको रहेछ । बुबासँग काका पनि हुनुहुँदो रहेछ । काका बुबा भन्दा अलिक सानो भएको धेरै पछि विवाह भएको थियो । काका र मेरो उमेर थोरै मात्र फरक होला । काकाका सन्तान सानै छन् । उहाँले गरेको निर्णयले उहाँका सन्तान मात्रै टुहुरा भएनन् हामी पनि टुहरा भयौं । दशा बाजा बजाएर आउने रहेनछ । बुबा आमाले एउटा छोरो भन्दै विद्यालय पठाउनु भयो । अहिले जस्तो सहज थिएन । मेरो पढाई नियमित हुन सकेन । बहिनीले पनि खासै धेरै अध्ययन गरिनन् । सहयोग गर्ने संघ संस्था पनि थिएनन् । बुबा आमा कपडा सिलाउँदै छोरा छोरी र आफ्नो पेट पाल्दै आउनु भएको थियो । विष्टहरु थोरै हुन थालेका रहेछन् । विहान देखि बेलुकासम्म उनिहरुको घरमा कपडा सिलाए बापत पाउने पुन्की र अन्य सामानहरुले गुजारा चल्दै थियो । कपडा नयाँ लगाउन पनि दशै नै कुर्नु पर्दथ्यो । कहिले कसैले पैसा दिए भने त्यहि पैसाले किन्ने बाहेक अरु उपाय पनि थिएन । बुबा आमाको साथमा म पनि पछि पछि लाग्दथें । विस्तारै मैले पनि कपडा सिलाउन थालें । बुबा आमाको बोझ केहि भए पनि कम भयो । 
    २०५७ सालमा मेरो मागि विवाह भयो । दुईदिदी बहिनी मात्रै थिए । बुबाले बुढेसकालको साहाराका लागि भन्दै अर्काे श्रीमती विवाह गर्नु भएको रहेछ । उनीबाट पनि सन्तान जन्मिएका छन् तर सानै छन् । उनले पनि खासै पढेकी छैनन् । दुःख पाएकी केटी, हामी पनि सुकुम्बासी हौं तर पनि काम गरेर पाल्न सकिन्छ भन्ने उद्देश्यले विवाह भयो । मेरो विवाह गरेको केहि वर्ष पछि बहिनीको पनि विवाह भयो । आफु भन्दा जेठी श्रीमती विवाह ग¥यो भन्थे मलाई । मैले भन्थे के हुन्छ र ? आखिर जीवन चलाउने न हो । उनको चाहना श्रीमानसँग हुँदा राम्रोसँग जीवन वितोस् । हामीलाई अर्काे संकट आईलाग्यो । हाम्रो घरको अभिभावक वित्नु भयो । बुबा केहि समय विरामी पर्नु भयो । उहाँलाई जण्डिस भएछ । जण्डिसको उपचार हुँदाहुँदै उहाँले छाडेर जानुभयो । ११ वर्ष अघि बुबाले छाड्दा हामी बेसहारा भयौं । हाम्रो पहिलो सन्तान छोरीको जन्म भएको थियो । बुबाले एउटी नातिनीको मुख हेर्न पाउनु भएको थियो । म पनि गाउँमै काम गर्थे । सुकुम्बासी भए पनि मान्छेको मन न हो । हामी पनि कुनै दिन आफ्नै नाममा घर बनाउने, जग्गा खरिद गर्ने सपना बुनिरहेका हुन्थ्यौं । त्यतिबेलासम्म हाम्रो टोलमा ८ परिवार भैसकेका थियौं सुकुम्बासीहरुको समुह । कोहि कताबाट, कोहि कताबाट । फरक–फरक जातका थियौं तर पनि एउटै परिवार जस्तै गरी मिलेर बसेका थियौं । जात अनुसार खाने पिउने पनि हुन्थ्यो । कोहि खाएर अपशब्द बोल्थे । कोहि सम्हालिने कोशिस गर्थे । कोहि मजदुरी गर्थे, कोहि के गर्थे तर पनि काम नगरी कसैको पनि खान आउँदैन थियो । विहान बेलुका घरमा बस्ने दिउँसभरी अरुको काममा जाने दैनिकी नै बनेको थियो । दोश्रो पटक जुम्ल्याहा सन्तान जन्मिए । एक छोरा र एक छोरी छन् । अहिले कक्षा २ मा पढ्छन् । केहि वर्ष पछि फेरी अर्काे सन्तान जन्मियो छोरी । उनी कक्षा १ मा अध्यन गर्छिन् । जेठी छोरी कक्षा ५ मा पढिरहेकी छिन् । हेरौ यी सन्तानलाई नियमित विद्यालय पठाउन सक्छु कि सक्दिनँ ? घरमा बुढी आमा हुनुहुन्छ । श्रीमती र चार सन्तान छाडेर थप रोजगारीका लागि मैले काठमाडांै जाने निर्णय गरें । २ वर्ष देखि म काठमाडौको जोरपाटीस्थित सानी आमाको टेलरमा कपडा सिलाउन थालेको छु । कमाई भएको पैसाले घरमा आवश्यक सामानहरु खरिद गरेर ल्याउँछु । महिनाको दुई तीन पटक आउने जाने गरेको छु । 
    बच्चाहरुको भविष्यका लागि त्यो आवश्यक पनि थियो । दुई वर्षे छोरी आमालाई छाडेर उनी छिमेकी पदमबहादुर विकसँग काममा जाँदी रहिछन् । उ चाँहि गाउँबाट काम जाने ब्यक्तिहरुको नेतृत्व गर्दाे रहेछ । उसँगै काममा जाने, उसैले पैसा दिने, उसँगै रक्सी खाने । साँझ अबेर मात्रै घर आउने । घरमा किन ढिला आएको भनेर बुढी सासुले भन्दा उनैलाई कुट्ने । छोरा छोरीको रेखदेख नगर्ने । ग¥यो भने पनि रक्सीको बेसुर पछि मात्रै गर्ने । छोरा छोरीहरु पनि म घर आउँदा खुशी हुन्थे । आमाको कुटाईबाट बचिन्छ भनेर । उनले घरलाई पुरै बेवास्ता गर्न थालिछन् । कहिलेकाँहि म आउँदा म सँग पनि झगडा पर्न थाल्यो । श्रीमतीसँग त झगडा प¥यो प¥यो छिमेकी पदम पनि आँखा तरेर हेर्न थाल्यो । म घरमा आएपछि उ म सँग रिसाउन थाल्यो । अचम्म लाग्छ । के भयो यस्तो ? दुई तिन दिन घरमा बस्थे म र उ काममा निस्किहाल्थे । लालाबाला घरमै थिए । यहि विषयले मेरो बारबार झगडा हुन थालेको थियो । उ प्रायःजसो बेलुका रक्सी खाएर आउँथिन् । रक्सीमा भएका मान्छेसँग के कुरा गर्नु ? लामो समय पछि घरमा आएका श्रीमान्लाई माया ममता दर्शाउनुको सट्टा नआईदिए हुन्थ्यो जस्तो गर्न लागेकी थिईन् । यसले मलाई पेट पोलिरहेको थियो । चाहेर पनि म केहि गर्न सक्दिन थिएँ । आँखाले देखेको थिएन । छोरा छोरीहरुको भविश्यका लागि पनि मैले आँखा चिम्लिनुको अर्काे विकल्प थिएन । बुढी आमा थिईन् । उनका आँशुले पनि मलाई सराप्छ भनेर मैले कुनै अप्रिय निर्णय गरिनँ ।
    मेरो श्रीमती र छिमेकी पदमको सम्बन्ध बाक्लिएको रहेछ । त्यहि कारण उनको र मेरो सम्बन्ध पातलिन थाल्यो । केहिदिन पछि छिमेकी पदम र मेरो श्रीमती बेपत्ता भए । पदमको खोजी शुरु भयो । म सहित अन्य चार जना सिधै श्रीमतीको माईती ससुरालीमा पुग्यौं । रातीको समय २ घण्टाको बाटो हिडेर जाँदा पदम र उनी मेरो ससुरालीमै एउटै बेडमा सुतिरहेको फेला पा¥यौं । बत्ति बालेका कारण ढोकाको प्वालबाट सबै कुरा देख्यौं । तत्काल भाग्ने सम्भावना भएकाले हामी घरको चारवटै सुरमा बसेर ढोका ढकढक ग¥यौं । धेरै बेर ढोका नखोली बत्ति निभाए उनिहरुले । फेरी बोलाएर ढोका खोल भन्दा म एक्लै भए खोल्ने बताइन् । उनले जे चाहेको त्यहि भने पछि ढोका खोले । हामी चारैजनाले उनीहरु दुबैलाई डोरीले बाँध्यौं । शुरुमै मैले चम्पालाई र उसलाई चड्कन बजारें । आफ्नो अंगालोमा बेरिनु पर्ने चम्पा छिमेकीको अंगालोमा थिईन् । छिमेकीको अंगालोमा बेरिनु पर्ने उसको श्रीमती कुरिरहेकी थिईन् । हामीले नाम्लोले दुबैलाई त्यस्तै अवस्थामा बाध्यौं र घिसार्न थाल्यौं । अरुले पनि कुट्न थाले । पछि प्रहरीलाई बुझायौं । पदमको श्रीमती र परिवारले पनि त्यहि दिन उसलाई विर्सिदिईन् । मैले पनि । छोराछोरीहरु पनि आमा खै भनेर सोध्दैनन् । उनिहरुलाई बाबु आमाकै बानी थाहा भएकाले मतलब पनि गरेका छैनन् । प्रहरीले उनिहरु दुवैलाई छाडि दिएको खबर सुनेको छु । दुबैजना हाम्रो घरको दैलोमा टेक्न आउन पाउने छैनन् । लालाबाला केटाकेटीहरुको भविष्य भन्दा उसलाई त्यहि ब्यक्तिको अंगालो प्यारो भयो । 
    सोचिरहेको छु मान्छेको मति किन भ्रष्ट हुन्छ ? प्रायःघरमा आउने श्रीमान्, चारवटा सन्तानको बाबु भन्दा उसलाई सधै सँगै हुने पदम नै ठिक लाग्यो । के भनौ र खै ? छोराछोरीकै लागि भए पनि अर्काे विवाह गर्दिनँ । समाजमा हुने यस्ता घटनाले सामाजिक सद्भाव त खल्बल्याएको छ नै हामी सकुम्बासीहरुको जीवन त ? श्रीमतीको पनि संकट पर्दाे रहेछ सुकम्बासीहरुलाई । अब आशा जागेको छ सरकारले हामी जस्ता सुकुम्बासीहरुको लागि जग्गा ब्यवस्थापन गर्दै छ । अरु त तपशिलका कुरा हुन् ।  

केशव नेपाली
बनेपा, काभ्रे