2021 March 05/ 11:05: 23pm

समाज, समाजका मान्छे अनि समुदायको सोच । ब्यक्ति ब्यक्तिका सोचका कारण समुदाय र समाजको चेतनाको स्तर पनि निर्धारण गर्छ । ब्यक्ति जन्मन्छ । तर उसले मर्नुपर्ने कुरा बिर्सन्छ । भगवानले जन्मँदै हरेक ब्यक्तिलाई कुनै कुनै क्षमता दिएको हुन्छ । भन्न त जन्मेको छंैटौ दिनमा हरेक ब्यक्तिको भाग्य लेखिएको हुन्छ भन्छन् । त्यसमा पनि कसरी विश्वास गरौं ? 
    समाजमा थुप्रै घटना छन् । केहि पत्याउनै कठिन छन् । पत्याएका घटनाहरुमा पनि विश्वास गर्नै गाह्रो छ । परिवारबाटै सदस्यहरु असुरक्षित भएका छन् । प्रविधिको विकाससँगै समाजमा बढ्दै गएको विकृति विसंगति अन्त्य गर्न सरोकारवाला निकायहरुले ध्यान दिन सकेनन् भने ठुलो समस्या निम्तिन सकिन्छ । आत्महत्याको संख्या दिनादिनु बढिरहेको छ । पछिल्लो एक वर्षको तथ्याङ्कले आत्महत्याको संख्या घटाए पनि चालु वर्षको शुरुवातमै दैनिकजसो आत्महत्याका घटना भएका छन् । महिला हिंसामा न्यूनिकरण अभ्यास शुरु भएको छ । २ सय १६ वटा घटनामा ३ सय ३१ जना महिला पीडित भएका छन् । ५ सय ६० वटा अपराधका घटनामा ३ सय १४ जना युवाहरु छन् । आत्महत्या, लागु औषध, महिला हिसा, बाल विवाह, जर्बजस्ति करणी जस्ता अपराधले समाज भित्र अराजकता मौलाउन थालेको छ । कानूनले २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाउने ब्यवस्था गरेको छ । छोरी चेली जोगाउनै धौ धौ भईसक्यो । ११ वर्षको उमेर देखि प्रेम गर्ने र आफुखुशी भाग्ने क्रम शुरु भएको छ । अभिभावकले सम्झाउन नसक्दा लहैैलहैका युवाहरु करणीमा फसिरहेका छन् । अझै केहिलाई त बदलावको भावमा मानव बेचविखन मुद्दा समेत लगाईएको छ । रहरमा, जे पनि हुन्छ, जसरी पनि घटना घटाउनु पर्छ भन्ने अपराधिक मानसिकताका ब्यक्तिहरुलाई कडा कारवाही नहुँदा समाजमा अझै विकृती फैलने निश्चित छ । 
    त्यस्तै अपराधिक मानसिकता भएका ब्यक्तिहरुले अबोध, अपाङ्ग बालिकालाई जर्बजस्ति करणी गरेको घटना ह्दयविदारक छ । तपाईको घर, टोल, समाजमा यस्ता ब्यक्तिहरु भए संरक्षण गर्नु पर्छ । त्यो सबैको मानवीय कर्तब्य पनि हो । कर्तब्य छाडेरै मान्छेहरु होस गुमाउन थालेपछि समाजमा कसरी विश्वास हुन्छ । १ छोरा र २ छोरीको जायजन्म भई आफनै स्थायी वतनमा बसी कृषी पेशा गरि जीविका चलाउदै आइरहेको छु । घरमा म, मेरो परिवार र पीडित अविवाहित दिदी बस्दै आइरहेका छौं । म र दिदी हामीसंगै घरमा बस्ने गरेकोमा मेरी दिदी वर्ष ४२ की मानसिक रुपमा अस्वस्थ छिन् । २०७६ असोज २५ गते साँझ ५ बजे बारीमा घाँस काट्न जाने क्रममा काले सिग्देलले नजिकको बारीमा लगी ललाई फकाई जबरजस्ती लगाईरहेको लुगा खोली मुख थुनेर हात समाई जबरजस्ती संवेदनशील अङ्गमा हातहाली करणी गरिरहेको अवस्थामा घर नजिकैको बहिनीहरुले देखेर दिदी भनेर बोलाए पश्चात काले सिग्देलले उक्त कुरा कोही कसैलाई भनेमा तिमीहरुको समेत ज्यान जान सक्छ भनी डरत्रास धाकधम्की दिएका रहेछन् । त्यसलगत्तै काले सिग्देल भागी गए सँगै हामीलाई डर लागी कोही कसैलाई नबताई बसेकामा पछि सो कुरा बताई कानुन बमोजिम गर्नुपर्छ भनी आँट भने पछि प्रहरीकोमा उजुरी दिने निश्कर्षमा पुग्यौं । बहिनीहरुले मेरो दिदीले सबै घटनाका बारेमा बताए पछि मानसिक रुपमा अस्वस्थ्य दिदीलाई जबरजस्ती बारीमा कराउन समेत नदिई एकान्त बारीमा लगि करणी गर्ने काले सिग्देललाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को दफा २१९ बमोजिम हदैसम्मको कानूनी कारबाही गरी पिडितको स्वास्थ्य परिक्षण गराई अपुरणीय क्षतिको उचित क्षतिपूर्ति दिलाई भराई पाउन जाहेरी दिएको थिएँ । 
    कालेले प्रहरीलाई यस्तो बयान दिएको रहेछ । उसको २०७२ सालको भुकम्प जानु भन्दा पहिला नै मलाई छाडी अर्कै सँग पोईल गईन् । घरमा बुबा बिरामी भएको र घरमा बुबा, आमा, भाई तथा एक छोरा समेत रहेको हुंँदा आफ्नै घरमा खेती किसानी गर्ने र कहिले काँही गाउँघरमा ज्याला मजदुरी समेत गर्न जाने गर्दै आई रहेको थिएँ । मेरो घर भन्दा अलि माथी पर्ने र छिमेकी भएकोले उनिहरुको घरमा गोरु जोत्न, खेत खन्न जाने गर्दथें । त्यो घरमा नाताले मेरो पनि दिदी पर्ने मानसिक अस्वस्थ भएको जानकारी थियो । पीडित सोही घरमा बस्ने भएकाले कहिले घाँस पात गर्दा म पनि संगै हुने गर्दथें । श्रीमती पोईला गई सके पछि मलाई तनाब भई दिउँसोको समयमा नै जाँड रक्सी समेत खाई हिड्ने गर्दथें । २०७६ असोज २५ गते दिउँसो १ बजे तिर म चण्डेनी बजार घुम्न जाँदा मैले ३ माना जती लोकल रक्सी पिई सोही दिन बेलुकी साँझ ५ बजेको समयमा पीडित घर नजिकै काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगर पालिका वडा नम्वर ९ स्थित भिरपानी भन्ने स्थान नजिकै कोदो बारीमा गई नसाको सुरमा सुतेको थिएँ । उनलाई मैले कोदो बारीमा घाँस काटी रहेको देखे पछि मैले निजलाई जिस्काई गर्ने हो भनी जिस्काई कोदो बारीमा जर्बजस्ति करणी गरेको हुँ । कोदो बारीमा दुई पटक शारिरीक सम्पर्क गरेको शारिरीक सम्पर्क गर्दा गाउँ घरका मानिसहरु समेतले देखेका रहेछन् । सोही घटना सम्बन्धमा मेरो नाममा किटानी जाहेरी दरखास्त परेको कारण २०७६ कार्तिक १७ गते प्रहरी टोलीले पक्राउ पुर्जी दिई हिरासतमा राखेको थियो । पछि अदालतले मलाई कैद सजायँ तोके पछि म जिल्ला कारागारमा सजायँ भोगिरहेको छु ।’ 
    काले हाम्रो घरमै काम गर्दथ्यो । घरमा हुने हरेक काममा उसको सहभागिता हुन्थ्यो । श्रीमती अर्कै सँग गए पछि उ अलि तनावमा थियो । दिउँसै रक्सी खाँदा उसको बानी अरु बेला पनि त्यस्तै हुन्थ्यो । तर पनि दिदी माथी त्यो खालको नजर हुन्छ भन्ने हामीले कहिल्यै सोचेनौं । दिदीलाई त जानकारी नै भएन । कारवाही के हो ? गाली के हो ? उहाँ आफै सुस्न मनस्थिती भएकाले बुझ्ने कुरा पनि भएन । हामीले उहाँलाई घरमा कुनै कुराको कमी नहोस् भन्ने उदेश्यले ब्यवहार गरे पनि उहाँको मनमा आफु अपाङ्ग भएकाले यस्तो अवस्था भोग्नुपर्ने सोचिरहनु हुन्थ्यो । राज्यले दिने सुविधामा पनि उहाँलाई चित्त बुझिरहेको थिएन । हुन त घर परिवारले गरेको ब्यवहार त सबैलाई चित्त बुझ्दैन झन् उहाँ आफै अपाङ्ग भएकाले बुझ्ने कुरा त नहुन सक्छ । तर पनि उहाँलाई चित्त बुझाउने हाम्रो परिवारको प्रयास जारी थियो र अहिले पनि छ । उहाँलाई त्यो अवस्थामा पु¥याउने काले विरुद्ध जाहेरी दिने निर्णयसँगै दिदीको मनमा थप तनाव नहोस् भन्ने सोचेर हामी परिवारले उहाँका लागि सहयोग गर्ने प्रयास गरिरहेका छौं ।  
    यसअघि मैले २०५९ साल कार्तिक १७ गते भएको घटना सुनेको थिएँ । जन्मँदा देखि नै सुस्त मनस्थिति भएकी बालिकालाई जर्बजस्ति करणी गरेर गर्भवती बनाएको घटनाले मलाई तनाब सिर्जना गरायो । तेमाल गाउँपालिका वडा नम्वर ६ ठुलोपर्सेल तल्लो छाप बस्ने १७ बर्षिय विकास थापा मगरले २०७५ साल असार ३२ गते साँझ ५ बजेको समयमा १२ बर्षिया शारिरीक तथा मानसिक अपाङ्गता भएकी बालिकालाई जर्बजस्ती करणी गराएको सुनेको थिएँ । असार महिना खेतिपाती लगाउने समय भएकाले बालिकाका बाबु आमा बालिकालाई खाना दिएर काममा गएको मौका छोपेर विकासले जर्बजस्ति करणी गरेका थिए । बालिकाको आमा घाँस लिएर फर्कदा विकास घरको झ्यालबाट भागेका थिए । तर किन भागेको भन्ने थाहा थिएन । बालिकाको योनीबाट रगत बगिरहेको थियो । आमाले महिनावारी भएको हो कि भन्ने लागेर २०७५ साउन ४ गते स्थानीय स्वास्थ्य चौकीमा परिक्षण गर्न लगे पछि मात्रै छोरी बलात्कृत भएको जानकारी पाएकी थिइन । तत्काल पीडितका आफन्तले प्रहरीलाई खबर गरे सँगै नाताले दाजु पर्ने विकास पक्राउ परेका थिए । प्रहरीले विकासलाई पक्राउ गरी जर्बजस्ति करणी, अपाङ्गता भएकी बालिकालाई करणी गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो । उनी अहिले कारागारमा सजायँ भोगिरहेका छन् । प्रहरीकोमा आएपछि मैले यो घटना पनि सुनें । अपाङ्गता भएका महिलाहरु माथी किन लाग्छ गिद्धे नजर ? 
    जिल्लामा २०७५ असार ३२ सम्म ३ हजार ८ सय ६६ जना अपाङ्ग छन् । २ वर्षमा केहि संख्या थपिएको स्थानीय सरकारका प्रतिनिधिहरुले जानकारी दिएका छन् । जसमध्ये रातो कार्ड प्राप्त गर्ने ८ सय ११ जना, निलो कार्ड प्राप्त गर्ने १ हजार ५ सय ११ जना, पहेलो कार्ड प्राप्त गर्ने ९ सय १७ जना र सेतो कार्ड प्राप्त गर्ने ६ सय २६ जना रहेका छन् । पालिकाहरुमा खानीखोलामा ९२ जना, भुम्लुमा १ सय ८० जना, तेमालमा ३ सय ४६ जना, चौरीदेउरालीमा २ सय ७३, महाभारतमा १ सय ९२, बेथान्चोकमा १ सय ५७, रोशी ३ सय ५०, नमोबुद्धमा २ सय ७९, मण्डन देउपुर नगरपालिका ४ सय २०, पाँचखाल ४ सय १४, धुलिखेल ३ सय ११, पनौती ४ सय ६९ र बनेपा नगरपालिकामा ३ सय ८३ जना रहेका छन् । 
    अपाङ्गता भएका ब्यक्तिहरुका थुप्रै समस्या छन् । ब्यक्ति अनुसारको समस्या त छँदै छ परिवारलाई पनि बोझ भएकी भन्ने सोचाईले उहाँहरुलाई झनै कठिन गराउँदो रहेछ । कतैकतै त हामीले देखेका छौ अपाङ्गता भएका ब्यक्तिहरुलाई सडकमा पु¥याएका छन् । घर परिवारले झनै वेवास्ता गरेको छ । केहि रोग उपचार गर्दा निको हुन्छ । उपचार नपाएर अपाङ्गता भएका ब्यक्तिहरु पनि छन् । उपचार नै नलाग्ने अपाङ्गहरु पनि छन् । ह्लि चियरमा रहने अपाङ्गता भएका ब्यक्तिहरुको समस्या आफ्नै छ । सबै समस्याहरुलाई समाधान गर्न परिवारबाट प्राथमिकतामा राख्नुपर्छ । परिवारबाट अपहेलित अपाङ्गता भएका ब्यक्तिहरुलाई राज्यले विभिन्न स्थानमा क्षमता अनुसारको अवसरको जरुरी छ । क्षमता विकासको जरुरी छ । भत्ता मात्रै होईन उपचार र अवसर उनिहरुको चाहना र आवश्यकता हो । हरेक नागरिकले जुनसुकै बेला आफु अपाङ्ग हुन सक्छु भन्ने सोचेर सहयोग गरिदिन म अनुरोध गर्दछु । अनि अपाङ्गता भएका ब्यक्तिहरुलाई दुब्र्यवहार गर्ने, अपराध कर्ममा संलग्न हुने अपाङ्गता सोच भएका ब्यक्तिहरुलाई हदैसम्मको कारवाहीको माग गर्दछु । 

अपाङ्गता भएकी दिदीको प्यारो भाई 
पाँचखाल, काभ्रे