2021 January 21/ 11:50: 24am

    ४० वर्ष अघि रुकुम जिल्लामा जन्मेर शिक्षा दिक्षा उतै पूरा गरि रोजगारीको सिलसिलामा ललितप्ुर जिल्लाको साविक गोटिखेल गाविसमा बसोबास गर्दै आईरहेको छु । धेरै दाजुभाईका कारण घर छाडेर संघर्ष गरी आफु र आफ्नो परिवार पाल्नु पर्दछ भन्ने सोचाईले बिए पास गरी म काठमाडांै आएको थिए“ । उतिबेला गाउ“मा रोजगारी पाउने भए पनि शहरमा गएर बसेपछि ठुलो मान्छे बन्न पाईने र धेरै मान्छे चिनिने उद्देश्यले मलाई परिवारले काठमाडौं बस्न सहयोग गरेको थियो । चार दाजुभाईको माईलो छोरो भएकाले घरको बोझ जेठो दाजुलाई जति हामीलाई थिएन । दिदी बहिनीहरु पनि सबै स्कुल जाने आउने भएका कारण घरमा काम गर्ने मान्छे राखिएको थियो । बुबाआमा पनि शिक्षण पेशामा संलग्न भएकाले हामीलाई परिवारले चाहे जति पढाउने कसम खाएको थियो । सबैलाई बराबर गरे पनि मलाई चाँहि परिवारले कम वास्ता गरेको भान भई रहन्थ्यो । अभागी असन्तोषी हुन्छ भन्ने आमाको उखान मेरो जीवनमा मिल्न गएको छ । 
    उतिबेला गाउ“घरमा राजाको जेठो छोरा प्रजाको कान्छो छोरा भएर जन्मनु मात्रै भाग्यमानी भन्थे । आफु भने विचको छोरा भएकाले कसैले मतलब गर्नु नपर्ने र आफुले पनि मतलब गर्नु नपर्ने जसरी जन्मेको जिल्ला र आमा बा घर परिवार सबैलाई छाडी विरानो जिल्लालाई आफ्नो बनाएर बसिरहेको थिँए । सानोमा घरमा आएको ज्योतिषले हाम्रो घरको सबैको चिना हेरेको मलाई झल्झली याद आएको छ । उसले प्रत्येक ब्यक्तिका बारेमा भनेको एउटा कुरा हामीले सम्झीरहेका छौं । कतिपय कुराहरु मिलेका पनि छन् । अहिले झन् धेरै नै मिल्दै आएका छन् । यसबाट मैले एउटा कुरा थप सिकेको छु ज्योतिषि विद्याले पनि मान्छेको भविष्यका बारेमा जानकारी दिन सक्दो रहेछ । त्यहि ज्योतिषले भनेका आधारमा मलाई त्यति खेर श्रीमतिको हातबाट धेरै दुःख पाउ“छस् भन्थे के भन्छन् यिनीहरु मैले विवाह नै गरेको छैन कसरी दुःख पाउने कुरा गर्छन् भनेर अचम्म मानेको थिए“ । भविष्यको कुरा कसले जान्दछ र जान्ने भए आकाश कहिले खस्छ जान्नु पर्ने, भुईचालो कहिले जान्छ जान्नु पर्ने, आफु कहिले मर्ने हो त्यो थाहा पाउनु पर्ने र मर्ने एक छिन् अघि सबैलाई भनेर जानुपर्ने । यस्ता कुराहरुमा मैले विश्वास गर्ने गरेको थिएन । उहिलेका कुरा अहिले मिल्दै गएकाले विगतको याद आउन थालेको छ ।
    स्कुल पढ्दाको कुरा हो । रुकुम पूर्वबाट मैले कक्षा १० पास गरेको थिए“ । त्यतिबेला मलाई एउटी केटीले असाध्यै मन पराएकी थिईन् । मैले चाहेर पनि मन पराएको थिईनँ । मलाई केटीहरु भनेपछि असाध्यै लाज लाग्दथ्यो । त्यो केटीले आएर एकै पटक प्रेम प्रस्ताव राखिन् । मैले केही प्रतिक्रिया जनाईनँ । उनले नामर्द केटा रहेछ भनिन् । भोलिपल्ट पुनः त्यो केटीले के सोच्यौ भन्दै दोश्रो पटक अवसर दिएकी थिईन् । कक्षामा टप फाईभको तेश्रो नम्बरको म नै थिए“ । ८० जना जति विद्यार्थीहरुमा कसले कसलाई वास्ता गर्ने भन्दै मैले वेवास्ता गर्दै गए“ । अर्की केटीले पनि त्यसै भन्न थालिन् । मलाई एक पछि अर्काे गर्दै केटीहरुले हैरान पार्न थाले । आखिर केटीहरुको के रहेछ यस्तो कुरा भनेर मैले मेरो बहिनी मार्फत् बुझ्न लगाए“ । मलाई मन पराएको केटीलाई नस्विकारे बापत सजायँ स्वरुप सात जना साथीहरुले दुःख दिन त्यसो गरेका रहेछन् । उनिहरुकै कारण मेरो पढाईमा डिस्टर्ब भईरहेको थियो । आखिर केही सिप नलागेपछि मैले कक्षा १० को परीक्षा दिई सकेपछि त्यो केटीको प्रेम प्रस्तावलाई स्वीकार गर्न बाध्य भए“ । एसएलसी परीक्षा नजिक आईरहेको समयमा उनीहरुले मलाई सहयोग गर्नुप¥यो भन्दै दुःख दिईरहेका थिए । मैले हुन्छ भन्दै टार्ने प्रयास गरिरहेको थिए“ । धेरै दुःख दिएकाले म उनिहरुस“गै बसेर पढ्ने गरेको थिए“ । सधै स“ंगै आउने उनिहरु केहि दिन पछि मलाई मन पराउने केटी एक्लैलाई मात्रै पठाईदिने गर्न थाले । मैले त्यस्तो केही सोचेको थिईनँ । उसले त पढ्दा पढ्दै विवाहको कुरा गरिन् । पढ्ने समयमा यस्ता कुराहरु गरेर बस्न हुदैन भन्दै पढाईमा नै ध्यान केन्द्रित गराउने प्रयास गर्दा उनले वास्ता गरिनन् ।     यस्तो अवस्थाबाट मैले बल्ल बल्ल एसएसलसी पास गरेको थिएँ । उनिहरु त कति बल्ड्याङ्ग खाए पत्तै भएन । म गाउँ छाडेर शहर आए पछि उनिहरुको कुरा नै अर्कै भयो । 
    काठमाडौंमा आएका बखत मलाई एकजना साथीले ललितपुरमा अवसर छ आउनु भन्दै बोलाउनु भएको थियो । म पनि कामको खोजीमा भएकाले पढाउने काममा लागें । आफु पनि पढ्दै गरेका कारण पढाई खर्च र डेरा भाडा भए धेरै पैसा नचाहिने भन्दै काम गर्न थालेको थिएँ । सबै परिवारका ब्यक्तिहरु आ–आफ्नो पढाई अनुसार जागिरमा लागिसकेका थिए । बुबाको पेन्सन पाक्न लागिसकेको थियो । घरमा दशैंमा गएर आएपछि अर्काे दशैंमा मात्र आउनु गाडी भाडा आउने जानेले दुई महिनासम्म पढ्न पुग्छ भन्ने बुबाको भनाई मैले सम्झिरहेको छु अहिले म छोराछोरीलाई त्यसै भनिरहेको छु । ललितपुरका विभिन्न विद्यालयमा पढाएँ । पछि म गोटिखेल र कहिलेकाँहि बनेपामा पनि बस्न थालें । सरकारी विद्यालयमा पढाउने अवसर प्राप्त गरेको १७ वर्ष पुगेको छ । स्थायी जागिर भएका कारण मलाई अब रोजगारको कुनै समस्या थिएन । घरबाट विवाहको प्रस्ताव आए पनि मैले स्वीकारेको थिईनँ । मलाई औधी मन पराउने केटी म काठमार्डौ आएपछि अर्कै स“ग विवाह गरेर गईसकेकी थिई । पटक पटक मलाई झस्काउने उक्त केटी अहिले शिक्षा विभागमा जागिरे छिन् । अहिले मलाई चिने पनि नचिनेको जस्तो व्यवहार गर्ने गरेकी छन । 
    गोटीखेलमा रहेको समयमा बुबाले दशंैमा आउ“दा विवाह नगरी फर्कन पाउ“दैनस् भन्नुभएको थियो । साथीहरुले एउटा केटी रोजी दिएका कारण मैले बुबाको भनाईलाई अस्वीकार गरि दिएको थिए“ । यतिबेलासम्म घरमा एकजना भाई बाहेक सबैको विवाह भैसकेको थियो । बुबाको सहमति र उपस्थितिमा साथीहरुले खोजेको केटीस“ग मेरो विवाह भयो । विवाह भएको १४ वर्ष लागेको छ । हामीबाट दुई बच्चाहरु समेत जन्मेका छन् । उनि पनि शिक्षिका हुन् । जिल्लाको उच्च तहको नेताको नाता पर्ने रहिछन् उनि । आफु जस्तो पावर नै नभएको होईन रहेछ उनको । जागिर खाएको केहि समयमा नै उनि स्थायी भईन् त्यो पनि माविमा । हामी अति नै खुशी भएका थियौं । दुवैजना मावि शिक्षक । घर खर्च चलाउन कुनै समस्या थिएन । उनको मेरो एकै समयमा तलब आउने भएका कारण रासनपानी लगायतका कुराहरुमा कहिले काही समस्या पर्ने गरेको थियो । विवाहको केही समयसम्म मैले नै व्यवहार हेरेकाले टार्दै लगेको थिए“ । उनको भन्दा मेरो विद्यालय अलिकति मात्रै टाढा भएकाले दुवै जना स“गै हिड्ने गथ्र्याैं । विहानको खाना खाएर भाडा माझेर जा“दा हामीलाई ठिक्क हुने गरेको थियो । उनको माईति नजिकै थियो । माईतिबाट सहयोग आदान प्रदान भईरन्थ्यो । पहिलो सन्तान जन्मेदेखि उनले मलाई हरेक कुराको खण्डन गर्दै क्रिटिसाईज गर्दै आईन् । मैले वेवास्ता गर्दै मात्र आईरहें । यतिसम्मकी उनले बच्चा पाएको एक वर्ष सम्म सधै मैले मात्रै विहान वेलुका खाना पकाएर भा“डा माझ्ने काम गर्नुपरेको थियो । अझ कहिलेकाही त लुगा समेत धुन लगाउने गरेकी थिईन् । मैले श्रीमान् श्रीमति बराबरी भन्दै सबै काम गर्दै मात्र गईरहें । उनले त्यसैलाई आधार बनाएर सधैं मलाई मात्रै घरको काम लगाउने गर्न थालिन् । म उनको ब्यवहारबाट दिक्क भएर घर गएको समयमा विदा लामो समयसम्म मगाएर हि“उदमा १ महिनासम्म बसें । त्यो समयमा उनलाई धेरै नै पीडा भएछ । कहिल्यै दुःख दिन्न भन्दै माफ मागेपछि कामको बा“डफा“ड गरियो । 
    त्यसबेला देखि शुरु भएको हामी विचको खटपट चलिनै रह्यो । तलब ल्याएको समयमा सबै तलब उनलाई नै ल्याएर राख्न दिनुपर्ने । नत्र के के हो के के । उनको भनाई सुन्नु भन्दा दिनु जाति लागेर मैले सबै तलब उनैलाई दिन थालें । विवाहको ५ वर्ष पछि कति कोठामा बस्नु भन्दै हामीले सानोसानो जग्गा किनेर घर बनाउने प्रयासमा लाग्यौं । उनि र म दुवै क्याम्पसमा समेत पढाउन थाल्यौं । यहि विचमा हामीले जागिरबाट मात्रै करिब ५ लाख रकम जम्मा गरिसकेका थियौं । विच विचमा भईरहने झगडाबाट उनि माईति गएर बस्ने गरेकी थिईन् । यस्तैगरी चल्दा चल्दै अर्काे सन्तान जन्मेको थियो । हामीबाट जन्मेका सन्तान दुईवटै छोरा थिए । दुवैजना शिक्षक भएपछि घरमा काम गर्न एक जना केटी मान्छे राख्ने सल्लाह अनुसार १३ वर्षीया एक जना बच्चीलाई विहान वेलुका काम गरी दिउ“सो स्कुल जाने गरि राखेका थियौं । समय वित्दै जा“दा उनि पनि ठुली हुँदै गएकी थिईन् । छोराहरु दुवै जना निजी विद्यालयमा पढ्ने गरेका थिए । कमाई जति हुदै गयो खर्च झन् बढ्दै गएको थियो । परिवारमा गर्ने खर्च श्रीमतीले मात्रै गर्ने गर्थिन् । आफुलाई चाहिने कपडा लगायतका सामानहरु आफैले केहि किन्न पाउ“दिनथें । अहिले पनि पाउ“दिनँ । घर विग्रन्छ भनेर उनका हरेक कृयाकलापहरुलाई सह“दै गए“ । हु“दा हुँदा घरमा राखेकी बच्ची समेतलाई उसले आरोप लगाउ“दै घरबाट निकाली । कोहि मान्छे स“ग बोल्न समेत हुदैन शंका गरेर बेलुका घरमा झगडा परिहाल्छ । मैले विहान बेलुका रहेको समयमा ट्युसन पढाएर थप रकम कमाउँ भन्दा पनि शंका गरेर हुदैन भन्छिन् । घरको काम सकाएर थप आम्दानी हुने काम गर्छु भन्दा पनि मान्दिनन् । शिक्षित ब्यक्ति अशिक्षित भन्दा चर्काे ब्वहार गर्छिन् । निदाएको ब्यक्तिलाई बोलाउन सहज छ तर निदाए जस्तो गर्नेलाई सकिदो रहेनछ । साथीहरुस“ग चिया खानु परेको समयमा मेरो फुर्सद छैन भन्दै हिड्नुपर्छ । 
    आफुस“ग एक रुपैयाँ पनि पैसा हुदैन भएको पैसा श्रीमतीले राखेपछि खर्च समेत खटाएर दिने गरेकी छिन् । आफुले मरेर गरेको कामको पनि खर्च गर्न नपाउँदा धिक्कार लाग्छ जीवन । यस्ता धेरै यातना छन् । घरमा आमा बा खर्च अलि अलि पठाई दिनु भन्नुहुन्छ मैले चाहेर पनि पठाउन सक्दिनँ । कहिलेकाही आफन्त आउ“दा समेत राम्रोस“ग विदा गर्न पाउ“दिन । यस्तो ब्यवहारबाट म मात्रै होईन मेरा छिमेकी समेत आजित भएका छन् । यातनाबाट मुक्ति पाउन अनेक उपाय लगाएँ । झगडा बाहेक केहि भएन । सन्तान ठुला भएका छन् । अब बुझ्न थाले । घरबाटै तिरस्कृत भएको म मर्ने बेलामा समेत कसैको साथ नपाएर मर्छु जस्तो लाग्छ । श्रीमतिकै कारण आफन्त र साथीभाई समेत गुमाउनुपर्दाको पीडा म कसरी सम्बोधन गर्न सक्छु । भनौ आफ्नै ईज्जत जाने डर नभनौ कति समय यस्तो यातनाबाट पीडित भईरहने ? छोराहरुले समेत आमाको यस्तो व्यवहारबाट दिक्क भएर घर छाडेर टाढा बसौं भन्न लागिसकेको अवस्थामा मैले विकल्प खोज्नु परेको छ । अधिकार भन्दा पनि मान्छेको ब्यवहारले सबै कुरा निर्धारण गर्दाे रहेछ । १६ दिने महिला हिंसा विरुद्धको अभियान सकियो । महिलाहरुबाट पुरुषहरु पीडित भएका घटना कति हो कति । उजुरी गरौं कसरी गरांै ? नगरी कति दिन यस्तो यातना सहने ? हे प्रभु यो अपरम्पारको जीवनबाट मलाई मुक्ति दिलाई दिनुस् । 
शंकर पुन
हालः ललितपुर, गोटिखेल