2020 November 30/ 11:08: 50am

जीन्दगी यतिबेला जीवन र मरणकै दोसाँधमा छ भन्न मन लाग्छ । जिउँदो छु भनौं आशा, अभिलाषा, लोभ, मोह, केहिको आभाष छैन । मरिसकें भनौं प्राण छ श्वास फेरिरहेछु । खै कहाँबाट सुरु गरौं यो जीवनले भोगेको टिठ लाग्दो भोगाई । व्याकुल मेरो विगत अनि त्यसले निम्त्याएको मेरो उराठ मरुभूमि जस्तो वर्तमान । उठेको वस्तीको कथा जस्तो । उजाडिएको प्रकृति जस्तो । भाग्यले भनौ या कर्मले भनौ जीवनको जुन मोडमा आज अड्एिको छु त्यो केवल विवशत भएको छ । मन भारी भएको छ । हात र खुट्टा लल्याकलुलुक भएका छन् । चिन्तन केबल उहि अकल्पनीय घटनाको छ । सपना खरानी भएर चिहान कुरेझैं शरीरले मृत्यु कुरेको छ । केबल मृत्यु, तिम्रो सम्झनामा ।
    सामान्य परिवारमा जन्मिए, हुकाई बढाई पनि सामान्य तबरबाटै भयो । ग्रामीण परिवेशमा पनि आमा बाबाले दुःख कष्ट गरेरै सन्तानको पढाई र गाँस बासको जोहो गर्नुभएको थियो । उमेर बढ्दै गयो । म मा पनि रहरका आँकुराहरु पलाउन थालेका थिए । सुनौला सपनाका तानाबाना बुनिसकेको थियो मनले । स्वर्णिम भविष्यको कल्पनामा म तल्लीन हुन्थे हरबखत । पढाई लेखाईमा पनि अब्बल नै थिए । आफ्नो कक्षाका साथीहरु झै अतिरिक्त क्रियाकलापमा पनि रुची राख्थे म । एसएलसी परीक्षा आयो । हो सोहि दिनबाट सुरु भयो वास्तविक जीवन कहानी ।
    परीक्षाको पहिलो दिन थियो सँगै एउटै बेञ्चमा अर्काे केटा मान्छे प¥यो । उसले पनि हे¥यो मैले पनि परिचय गरें । एक अर्कालाई परीक्षामा सहयोग गर्ने सल्लाह ग¥यौं । सोहि बमोजिमको आत्मीयता देखियो परीक्षामा पनि । हामीले एक अर्कालाई सहयोग ग¥यौं । पहिलो दिनको परीक्षा सकिएपछि फेसबुक आईडि र मोबाइल नम्बर साटासाट गरि छुट्टियौं । बाटोभरी उसकै रुप र व्यवहार आँखाभरी छल्किरह्यो । नियमित परीक्षा चलिरहेकाले परीक्षामा सामेल भइयो । हामी हरेक दिन परीक्षा सकेर एक अर्काको परीक्षा कस्तो भयो भन्ने सोधेर मात्र छुट्टिन थाल्यौं । एवम् रितले एसएलसी सकियो । त्यसदिन हामीले आगामी योजनाका बारेमा कुरा ग¥यौं । घर पुग्ने वित्तिकै फेसबुकमा रिक्वेस्ट आएछ । नाम हेरें अनिल त्यसपछि फटाफट स्विकार गरें । त्यसपछि कुराकानीको निरन्तरता चलिरह्यो । ब्रिज कोर्ष लिने योजना बनायौं र सँगै कक्षा जान थाल्यौं । निरन्तरको हाम्रो सँगत मायामा परिणत भयो । हामी एक अर्काका लागि बानी परिसकेका थियौं । ऊ नहुँदा मलाई शुन्य लाग्ने सायद म नहुँदा पनि उसलाई शुन्य लाग्दो हो ।
    एसएलसीको नतिजा आयो । हामी दुवै राम्रो अंकका साथ उत्तीर्ण भयौं । पूर्ववत् योजना बमोजिम ऊ र म दुवै कलेजका लागि काठमाडौं जाने र एउटै कलेज पढ्ने तयारी ग¥यौं । परिवारले पनि हामीलाई साथ दिनुभयो । इन्ट्रान्स परीक्षामा पनि हामी दुवै पास भयौं । आफन्तहरुकोमा बसि १०+२ सक्यौ दुवैले । एक अर्काप्रतिको मोहभाव, प्रेम र सामीप्यता झनझन बढ्न थाल्यो । सधैं आफन्तकोमा बस्ने भन्दा अब काम गरेर भएपनि आफन्तलाई बोझ बन्नु हुन्न भन्ने सोचेर म एक्लै कोठा लिई भाडमा बस्न थालें । ऊ पनि एक्लै भाडामा बस्न थाल्यो । हाम्रो बसाईको दूरी पनि जम्मा ५ मिनेटको मात्र थियो । विस्तारै परिपक्वता बढ्दै जाँदा शारिरीक आवश्यकता पनि बढेझैं हुने र उसलाई सधैं छातीमै टाँसिरहूँ झै हुने भएको थियो । उसले पनि आफ्नो कोठामा कोहि नहुँदा बोलाउन थाल्यो र मैले पनि । त्यसैबीच हामी मनका मात्र हैन शरीरका पनि नजिक भइसकेका थियौं । तर यसबारे परिवार, आफन्त र साथीभाई कसैलाई पनि थाहा थिएन ।
    काठमाडौंको बसाई, महंगी, पढाई खर्च, सबै धान्न गाह्रो भइरहेको थियो । यत्तिकैमा उसले हामी एकै कोठामा बसौं भन्ने प्रस्ताव राख्यो मैले पनि स्वीकार गरें । न परिवार सम्झे न आफन्त सम्झे न त साथीभाई न त समाज नै सम्झें । जे होस् हाम्रो माया निस्फिक्री, निसंकोच अगाडि बढिरहेको थियो । एकदिन विदाको दिनमा घुम्न जाने सोच बनायौं । लामो समय पढाई र परीक्षाका कारण एकोहोरो भइसकेका थियौं । जुन दिन हामी दुबैको जन्मदिन थियो । संयोग नै भन्नुपर्छ । हामी दुबैको जन्मदिन एकैदिन पर्दथ्यो ।जन्मदिनमा धुलिखेलका डाँडापाखाहरुसंग मितेरी गाँसि मनाउने निर्णय गरि निस्कियौं । दिनभरी धुलिखेलका डाँडाहरुबाट हिमालहरु हेर्दै हरिया जंगल र फाँटहरु हेर्दै रमाईलो ग¥यौं । गोधुँली साँझमा डाँडाबाट देखिने धुलिखेल र बनेपा बजारको रमणियता सँगै मोहित हुँदै फर्कियौं । फर्किने क्रममा ट्रिपर हान्निएर आएको सम्म याद गर्न सक्छु । त्यसपछि दुई दिनपछि होस आएछ । होस आउँदा अस्पतालको बेडमा थिएँ म । पहिलो शब्द नै मुखबाट आयो अनिल खै ? सबै नाजवाफ थिए । मलाई ढाँटेछन् अस्पतालमा उपचार भइरहेको छ । केहि दिनमा म ठिक भएँ तर अनिल कहिल्यै नफर्कने गरी भगवानको प्रिय भइसकेछ । मेरो माया, प्रेम र सद्भावले पनि उसलाई बचाउन नसक्ने गरी राक्षसरुपी टिपरले सदाका विदा गरेछ । जब थाहा पाएँ म झन् व्याकुल भएँ, बेहोस भएँ सम्हाल्न सकिनँ आफूलाई । कहिले हाँस्ने कहिले रुने क्रम महिनौं सम्म चलिरह्यो । परिवार, आफन्त, साथीभाई र समाजसँग लुकेर गरेको प्रेम छताछुल्ल भयो । मलाई पारिवारीक र सामािजक रुपमा अनेक लाञ्छनाहरु लगाउन थालिए । म निर्लज्ज थिएँ । जीन्दगी सधैं सरल रेखामा मात्र नहिँड्ने रहेछ । चुक घोप्ट्याएजस्तो काला काला घनघटाहरु पनि आउँदा रहेछन् । जिन्दगिमा सधैँ पुर्ण चन्द्रको परिकल्पना गर्ने म औँसिको रातमा गिजोलिन पुगेँ ।  म अचेत जस्तै कानले सुन्थे तर चेतना शक्ति हराए झै भएकी थिएँ । एकोहोरो भएकी थिएँ । सबैका हरेक खाले आवेग मैमाथि पोखिन्थे मैले सहनुको विकल्प थिएन । उसको यो अपत्यारिलो, असामयिक अत्यन्त पीडादायी विछोडलाई मैले सहज रुपमा स्विकार्न सकिरहेकी थिइनँ । पटक पटक आत्महत्याको प्रयास गरें तर पनि मर्न सकिनँ । खै किन कुन जुनीको पाप कर्मले मलाई जोगाइरह्यो थाहा छैन ।
    अनिलले मलाई एक्लो बनाएर गएको चार महिना भइसकेको थियो । एक्कासी पेट दुख्ने, वान्ता हुने लगायतका समस्याहरु देखा परे । तनावका कारण होला भनेर वास्ता गरिनँ तर अत्यन्त धेरै सहनै नसक्ने गरी पेट दुखेर बेहोस भएछु । मलाई अस्पताल पु¥याइएछ । म र अनिल बिचको सम्बन्धबाट मेरो पेटमा बच्चा हुर्कदै रहेछ तर दुर्घटना, पटक पटकको आत्महत्या प्रयास वा खै केले हो पेटमै बच्चाको मृत्यु भएको रहेछ । यो बिचमा न मैले गर्भ रहेको थाहा पाएँ न त अन्य शारिरीक परिवर्तन नै । यसै पनि अनियमित महिनावारी थियो । सम्बन्धहरु पनि सुरक्षित नै मात्र भएझै लाग्थ्यो । तर गर्भ कसरी रह्यो ? म त कन्फ्युज नै भएँ । यद्यपि त्यो बच्चा बाँचेको थियो भने मात्र पनि अनिलको मायाको चिनो सँगालेर राख्ने थिएँ होला सायद । उसैको आँखामा अनिलको तस्विर सजाउँथे होला । उसलाई अनिलको सपना बनाउँथे होला । तर त्यो एक चिम्टि आशा पनि दैवले पनि चुँडेर लग्यो । खै किन सँगै मरिन म अनिलसँग । मेरो पवित्र मायामा खोट नै खोट देखायौ भगवान तिमीले ।
    परिवार र समाजको नजरमा म यति पतित र घिनलाग्दी भइसकेकी थिएँ कि मलाई देख्दा समेत कुसाइत परेको भनेर छिःछि र दुरदुर गर्न थालिसकेका थिए । मलाई जघन्य अपराधको अपराधिको भन्दा पनि पराकाष्ठा व्यवहार गर्न थाले । म सहेर नै बसेकी थिएँ । किनकी मसँग भएका सबै विकल्पहरु असफल भइसकेका थिए । जीन्दगी का सपनाहरु खरानी भइसकेका थिए । आशा र अभिलाषा मुर्छित थिए । म आकाश ओढेर बाँच्नेहरुको भिडको अन्तहिन कथा भइसकेकी थिएँ ।
    एकाएक परिवारमा मेरो विहेको चर्चा चल्यो । मैले अस्विकार गरें । किनकी म कसैलाई आफ्नो जीवन समर्पण गरिसकेकी मान्छे उसको यादलाई नै जीवन बनाएर बाँचिरहेकी मान्छे अर्काे व्यक्तिसँग विवाह गरेर उसको समेत जीवन वर्वाद गर्न चाहँदैनथे । तर मेरो अस्विकृति सँगै मलाई घरमा नबस्ने आदेश जारी भयो । सहर्ष स्वीकार गरी घरबाट निस्किएँ । आकाशलाई ओढ्ने, धर्तिलाई विछ्याउना बनाई धेरै दिन र रात काटें मैले । एकजना साथीले मेरो हालत थाहा पाएछ र मलाई भेट्न आयो । उसले म प्रति सद्भाव राख्यो । उसकै सहयोगमा अहिले काभ्रेको बनेपामा गुजारा चलाइरहेकी छु । अनिलका सपना र जीन्दगीको लक्ष्य पूरा गर्दा मात्र उ प्रतिको सच्चा भाव र मेरो प्रेमले निकास पाउने महसुस गरेकी छु । उतिबेला हरेक दिन पूजा नगरी पानी समेत पनि नखाने म आजकाल भगवानसँग पनि भरोसा लागेको छैन । जीवनको २८ औं वसन्तहरु कटाइरहँदा मलाई उसको र मेरो एकैदिन पर्ने जन्मदिनको झझल्कोले कहिल्यै छोड्न सकेको छैन । उसँगै मन र मुटु जोडेर बिताएका स्वर्णिम चार वर्ष मेरा लागि जीवन जिउने आधार बनेका छन् । ऊ आफू भन्दा पनि मलाई ठूलो र राम्रो मान्छे बनाउन र बनेको हेर्न चाहन्थ्यो त्यसकै लागि दुःख पनि गरेका थियौं । मेरा लागि हरेक अवसरहरुको खोजी गरिदिने मेरो लागि थुप्रै गीत र कविताहरु सृजना गर्ने मेरो खुशीमा आफ्नो सारा दुःख भुल्ने तिमी विना म कत्ति एक्लो र साहारा विहीन भएकी छु ।
    हुन त आजकाल समय बदलिएको छ । पाइलैपिच्छे शरीर साट्नेहरु र माया बदल्नेहरु पनि देख्छु तर मैले गरेको सच्चा प्रेम न मैले भुल्न सके न त बदल्न नै सक्छु । साँचो प्रेम एक आत्माबाट अर्काे आत्मासँगको मेल हो जुन शरीर रहँदा वा नरहँदा कहिल्यै फेरिने रहेनछ । जुन आकस्मिकताबाट मैले मेरो प्रेमलाई सदाका लागि गुमाउनु प¥यो त्यस्तो विपत्ति कसैले पनि व्यहोर्नु नपरोस् । उमेरको जोशमा केहि गल्ती, कमजोरीहरु हामी दुवैबाट भए होलान् तर मेरो माया विश्वास र प्रेमप्रतिको समर्पण कमजोर छैन । एकदिन अघिसम्म सबैको प्रिय मान्छे म एकाएक अलच्छिना सावित भएँ । यो ढोंगी समाजमा म एक्लै केवल मेरो सच्चा प्रेमको साहारामा बाँचेर देखाउने प्रण गरेकी छु । सपनीमा घरिघरि अनिलले मलाई आत्मविश्वास जगाएको छ । सपनीमा आएर पनि साथ दिएको छ । मलाई जीवन जिउने सल्लाह दिन्छ । त्यहि सल्लाहले मलाई हरबखत आत्मविश्वास थपेको छ । मेरो जीवनको गीत लेख्ने प्रिय मान्छे तिमी अपूरै रह्यो तर पनि तिम्रो अधुरो गीतमा म संगीत भरुँला अनि त्यहि संगीत र गीतको संयोजनलाई हाम्रो संयोजन ठानुलाँ । यहि कथा बन्नेछ कहिल्यै अन्त्य नहुने कथा एक अमर प्रेमको ।
रविना खत्री
हाल बनेपा, काभ्रे