2018 October 18/ 06:24: 17am

    दिन विग्रिए पछि दशाले बाजा बजाउँदो रहेछ । बाल्यकाल संर्घषमै वित्यो । बुबा आमाको सपना पुरा गर्ने धोको हुँदा हुँदै नियतीले ल्याएको अवस्थामा चिन्ता गर्नु बाहेक अर्काे विकल्प छैन । अहिले देशभर महिला हिंसा न्युनिकरणका लागि आवाज उठिरहेको छ । कञ्चनपुर जिल्लामा भएको घटना सेलाउन पाएको छैन । दोषि को हो पत्ता लगाउन अझै सकिरहेको छैन । दोषिले कसरी म हुँ भन्छ र ? तर मैले आफ्नो अपराध लुकाउन चाहिन । भएको जस्तो हो त्यस्तै ब्यहोरा सुनाएँ । तर पनि मलाई घटना प्रति खेद छ । क्षणिक आवेशमा भएको उत्तेजनाले जीवनभरलाई काँडा विझेको छ । उनी पनि बोल्न सक्ने अवस्थाकी हैनन् । नाताले आफ्नै बहिनी पर्ने अवस्थाकी अपाङ्ग माथीको मेरो गिद्दे नजर किन गाडियो ? 
    महिला तथा बालबालिकाहरु घर भित्रैबाट असुरक्षित छन् । सबै भन्दा सहज भनेकै आफन्त हुँदा रहेछन् । एकाध घटनामा पराई जोडिन पुग्छ । अधिकांश घटनामा आफन्त संलग्न हुन्छन । धेरै घटनामा त्यस्तै देखिएको छ । मेरो हकमा पनि त्यहि हो । सूचना प्रविधिको विकास पनि हिंसा र बलात्कारका प्रमुख कारण हो । उमेर नपुग्दै त्यसको प्रयोग गर्न सहज वातावरण हुनु, अभिभावकहरुले बालबालिकाहरु प्रति जिम्मेवार बन्न नसक्नु, मोवाईल फोनमा अश्लिल साईटहरु सहज रुपमा खुल्न पुग्नु बालबालिकाहरु विग्रनुको पहिलो कारण हो । शिक्षकहरुले समेत त्यसमा कडाई गर्न सकेको अवस्था छैन । कडाई गर्दा अभिभावकहरुले आफ्ना सन्तानहरु प्रतिको विभेद सम्झन पुग्छन् । पहिलाको अवस्थामा अभिभावकहरुले बालबालिकाहरुलाई स्वतन्त्रता छाडेकै कारण धेरै विकृती बढेको मेरो निश्कर्ष छ । सहज रुपमा बालबालिकाहरु खेल्न पाउनु, घुम्न पाउनु, प्रविधिको प्रयोग गर्न पाउनु अर्काे कारण हो । होला केहि स्थानमा बालबालिकाहरु असाध्यै जोखिम र गरिव अवस्थामा पनि छन् । तर धेरै बालबालिकाहरु अधिकारका नाममा स्वतन्त्र हुँदा विकृति र विसंगतीमा फस्न थालेका छन् । 
    ठुलो पर्सेल गाउँ विकास समितिमा मेरो जन्म भएको थियो । सामान्य परिवार छ मेरो । बुबा आमा खेति किसानी गर्नु हुन्छ । भुकम्पले घर पुरै भत्किएको छ । अझै छाप्रोमै बस्छौ हामी । घर बनाउन पैसा छैन । पैसा भएको पनि खानपान गर्दै सकियो । गाउँमा धेरै मान्छेहरु बस्दैनन । बसेका मान्छेहरु सबै काममा दक्ष छैनन । म त भर्खर कक्षा १० मा अध्ययन गर्दै थिए । २०७५ असार ३२ गते बिहानको खाना खाई सकेर बसिरहेको थिएँ । मनमा के के कुरा उब्जन थाल्यो । आफ्नो पीडा अर्कै थियो । पीडा कता गएर पोखौ ? के गरौं । मनको कुरा भन्ने साथीहरु पनि कोहि थिएन । त्यहि कारण मेरो मनमा छट्टपटि थियो । प्रेममा असफल भएको प्रेमी थिएँ म । कक्षा ७ अध्ययन गर्दा देखि नै हाम्रो प्रेम परेको थियो । मेरो प्रेममा धोका दिदै उनले अर्काे केटासँग विवाह गरिन् । त्यो पनि कक्षा ९ अध्ययन गर्दैको समय थियो । उनी म भन्दा अझै सानो थिईन् । उनी र म धेरै नजिक भएका थियौं । नजिक पनि कति भने हामी बीच विवाह पछि हुने सम्वन्ध पनि सकिएको थियो । त्यहि सम्वन्धका कारण म उसको प्रेममा पागल जस्तै भएको थिएँ । उ विवाह गरेर गईसकेकी छ । अध्ययन पनि छाडी । म अध्ययन गर्दै थिएँ । विद्यालय विदा थियो । बर्षे विदाको समयमा मेरो मति भ्रस्ट भयो । 
    त्यहि असार ३२ मेरो जीवनमा औशीको रात बनेर आयो ।  खाना पछि मैले घरमा बनाएको छ्याङ्ग समेत पिएको थिएँ । विदाको समय घरमा काम पनि नभएको र प्रेमको असफलता समेत भोगेकाले मनमा अनेक  तरङ्ग आउन थाल्यो । आफ्नै घरमा मादक पदार्थ छ्याङ खाएर बसिरहेको अवस्थामा आफ्नै नाताले ठुलोबुबा पर्नेको घरमा टिभी हेर्न गएँ । उत्त घरमा पहिले देखि नै सुस्त मनस्थितीको बहिनी थिईन् । टि.भी. हेरी बसिरहेको थिएँ । दिउसो ३ बजेको होला । ठुलो बुबा गाँउमा आफुले बनाएको घर छाना छाउने स्थानमा जाने तयारीमा हुनुुहुनथ्यो । उहाँले मलाई तिमी बस्दै गर, छाना छाउने स्थानमा के भई रहेको छ हेरेर आउछु भनी जानु भयो । त्यस पश्चात म घरमा एक्लै भएँ ।  उक्त घरमा टि.भी.हेरी रहेकै समयमा हजुर आमा समेत चुरोट खान भनी नजिकै रहेको हजुर आमाको घरमा जानु भयो । उहाँ चुरोट खाएर पाँच बजेसम्म पनि आउनु भएन । म टिभी हेरेर बसिरहेको ठुलो बुबाको घरमा बहिनी नाताकी सुस्त मनस्थितीको मानसिक र शारिरक रुपमा असख्त बोल्ल चल्न नसक्ने एक्लै कपडा नै नलगाई सुति रहेको अबस्थामा देखें । आफ्नै बहिनी भए पनि, अशक्त भए पनि मलाई त्यो अवस्थामा मन रोक्न सकिन । बहिनी र अशक्त भन्ने कुरा पनि विर्सन पुगें ।  कक्षा ९ अध्ययन गर्दा मैले मेरो प्रेमिकासँग गरेको सबै सम्झिन पुगें । उत्तेजनामा आएँ । वरपर कोही कसैलाई नदेखे पछी मेरो उत्तेजित अवस्थाको जोसलाई त्यहि बहिनीसँग पोख्न थालें । बहिनी न बोल्न सक्थिन । न रुन । अशक्त त उसै थिईन । उनी माथी म पशु झै एकोहोरो आक्रमणमा उत्रि रहें । उनका अंगहरुबाट रगत बग्न थाल्यो । रगत धेरै बग्यो । धेरै बेर रगत रोकिन सकेन । तर पनि मैले उनलाई छाड्दै छाडिन । जब मैले आफ्नो जोशलाई सिध्याँए तब मात्रै मैले उनी बहिनी हुन् । उनी अशक्त छिन् । उनी माथी मैले अन्याय गरें । अपारध गरें । होस खुल्यो । तर जे नहुनु भई सकेको थियो । पश्चाताप बाहेक केहि थिएन । 
    बहिनीलाई त्यस्तै अवस्थामा छाडेर म निस्कँदै थिएँ । आफ्नो कपडा लगाएर निस्कने क्रममा हजुरआमा घर भित्र पस्नु भयो । उहाँले तँ किन यति बेलासम्म घरमा ? मैले भनें अघि आएर जाँदा चप्पल छुटेर लिन आएको भन्दै ढाँटेर भागें । हजुरआमालाई मैले करणी गरेको कुरा थाहा भएन । उहाँहरुले बहिनीको रगत मिन्स भएर बगेको होला भन्ने सोच्नु भएको रहेछ । लगातार रगत बग्न थाले पछि २०७५ साउन ४ गते उनलाई स्वास्थ्य चौकी लगिएछ । त्यस पछि मात्रै उनी मिन्स भएर नभई जर्बजस्ति करणी गरे पछि विरामी भएकी रहिछन् भन्ने कुरा पत्ता लागेछ । हजुरआमा त्यस बेला मात्रै झसँग हुनु भएछ । म साँझ घरबाट निस्कँदा देखेकाले उहाँले मलाई नै शंका गर्नु भएको रहेछ । त्यहि बेला बहिनीको रगत बग्नु अनि म निस्कनु । स्वभाविक हो । उहाँले मलाई शंका गर्नु पनि स्वभाविक थियो । मेरो विरुद्दमा त्यस पछि यस्तो उजुरी दर्ता भएको रहेछ । 
    म जाहेरवाला । २०७५ असार ३२ गते बिहानको खाना खाएर घरमै बसिरहेको थिएँ । उक्त दिन मेरो घरमा पाहुना आउने कार्यक्रम थियो । म पनि घरमै बसि रहेको अवस्थामा भतिजो आयो । भतिजो र म संगै घरमै बसि टिभि हेरी रहेका थियौं । मेरो शारीरीक तथा मानसिक अपाङ्गता भएको नावालक छोरी बर्ष १२ कि उसको बहिनी हो । घरको भुई तलाको कोठामा उसलाई सुताउने गरिएको थियो । मेरो श्रीमती बिहानै गाउको मेलापातमा गएकाी थिईन । मेरो आमा ६६ वर्षको हुनुुहन्छ । बाहिर आगनमा घाँस बिसाई बसिरहेको थिएँ म । भतिजो बिकाश थापा मगरलाई तिमि टिभि हेर्दै बसिराख म आफैले निर्माण गरेको गाउको छिमेकिको घरमा छाना छाएको ठाँउमा  हेरेर आउछु है भनि म छिमेकिको घरमा छाना छाएको ठाउमा गएँ । केहि समय पश्चात सोहि दिन साँझ ५ बजे घरमा आउँदा मेरो आमाले नावालक छोरीको कोठामा रगत सरसफाई गरीरहेको अवस्था देखें । के भयो ? कस्को रगत सफा गरीरहेको आमालाई सोधें । घरमा सबै जना सल्लाह ग¥यौं । छोरीको महिनावारी भएको होला भनि हामी त्यसै बसिरहेका थियौं । छोरीको रक्तश्राप नरोकीएको हुँदा आमाले एक पटक स्वास्थ्य चौकीमा लगेर जँचाउ भन्दै लैजानु भयो । शारिरीक तथा मानसिक अपाङ्गता भएकोले छोरीलाई बोकेरै अस्पताल पु¥यायौं । स्वास्थ्य चौकिमा लान नसक्ने अवस्था भएकाले म आफै स्वास्थ्य चौकिमा गई उक्त स्वास्थ्य चौकीका अनमीलाई साथै घरमा लिई आएँ । छोरीलाई जँचाउदा अनमिले तपाईको छोरीको रजश्वला हुने बेला भएको छैन तपाईको नावालक छोरीलाई कोहि कसैले करणी गरेको हुँदा रक्तश्राव भएको बताईन् । हामी सबै जना छाँगाबाट खसे झै भयौं । आमाले त्यो दिनको घटना मलाई सुनाउनु भयो । त्यस पछि हामीलाई शंका लाग्यो कि छोरी माथी जर्बजस्ति गर्ने त्यहि भतिज हो । मेरो शारिरिक तथा मानसिक रुपले बिछिप्त अबस्थाको नाबालिका छोरीलाई घरमा कोही नभएको अबस्थामा मौका छोपी जबरजस्ती करणी गरेकाले मुलुकी ऐन जबरजस्ती करणी महल अन्तरगत हदै सम्मको सजाँय गरी पाउँ । 
    तेमाल गाँउपालिका वडा नं. ०६ स्थित पुर्वमा जंगल तर्फ जाने गोरेटो बाटो बाट केहि पर मेरो घर छ । भर्खर म १७ वर्षको भएँ । अझै केहि गर्ने सपना थियो । बुबा आमालाई सुखमा राख्ने, राम्रो अध्ययन गर्ने र भविश्यमा असल शिक्षक बन्ने सपना त्यहि प्रेमका कारण ध्वस्त भयो । कानुन धेरै बनेका छन् । बच्चाहरुलाई जोगाउन र बच्चाहरुलाई गलत बाटोमा नहिड्न कार्यक्रम पनि भएका होलान् । तर मलाई कुनै कार्यक्रमले छोएन । बच्चा उमेरमै प्रेम, प्रेम पछि शारिरिक सम्वन्ध अनि विछोड । त्यसकै परिणाम आफ्नै अशक्त बहिनी माथीको जर्बजस्ति करणी । उनको पनि भविश्य अन्धकार । मेरो पनि अन्धकार । हे प्रभो म जस्ता धेरै बालबालिकाहरु यस्तो बाटोमा फसेका छन् । जोगाउनुस् प्रभु ।  

 

बिकाश थापा मगर
धुलिखेल