2018 November 19/ 09:10: 14am

समयको खेल रहेछ । जीवन भनेको संघर्ष भन्ने उपमा मेरो जीवनमा अलिक फरक हुन पुग्यो । संर्घष गर्दा गर्दै समयले मान्छेलाई पु¥याउने स्थानको समिक्षा गर्न सकिएन भने जीवन नर्क हो । नर्कका बारेमा पनि तर्क विर्तक हुन सक्लान् । तर भोगाईमा आएका अफ्ठ्याराहरुलाई नै नर्क सम्झिन पुगिँदो रहेछ । सुख त केवल क्षणिक हुने रहेछ । क्षणिक सुखको प्रलोभन वा त्यसकै खातिर दौडिँदा जीवनभर दुखको अनुभुति हुने रहेछ । हरेक कुरा सहमतिमा हुँदा पनि परिस्थीती र समयले त्यसलाई जर्बजस्तिमा परिणत गर्दाे रहेछ । गल्ति त मान्छेबाटै हुन्छ । मान्छेले नै गर्छ । मान्छेले नियत राखेर वा अन्जानमा गर्ने गल्तिको सजाँय पनि छ । त्यो सजाँयबाट उ फेरी सुध्रन्छ ? वा त्यसले त्यस्तै बाटो अपनाउछ ? घटना सामान्यबाट शुरु भएर असमान्य बन्न पुग्यो । हुनै नसक्ने, गर्नै नहुने अपराध हो । तर मान्छेको मन । कुन चिजले बाँध्न सक्छ ? प्रकृतिको नियम नै रहेछ । घामले गर्मी हुने । हावा चल्दा पात हल्लिने । 
    बनेपा नगरपालिका वडा नम्वर १२ को घटना हो यो । उनले यसरी बयान दिएकी रहिछन् । मेरो बुबा भैंसेपाटी चर्चमा पास्टर हुनुहुन्छ । आमा अरुको खेतबारीमा ज्याला मजदुरीको काम गर्नुहुन्छ । बुबा आमाको तिन जना छोरी मध्येको म जेठी छोरी हुँ, हाम्रो पुरानो घर रामेछाप हो । तर मलाई बुबा आमाले त्यहाँ अहिलेसम्म लैजानु भएको छैन । बुबा आमाले भन्नु भएको घर त्यहि थियो तर म कहिल्यै रामेछाप घर गएको छैन । म मेरो बुबा आमा सँग काभ्रेपलाञ्चोक जिल्लाको बनेपा भैंसेपाटीमा डेरा कोठा गरी बस्न लागेको ८ वर्ष भयो । सोही घरमा माथिल्लो तलामा डेरा गरी बस्ने विर बहादुर सुनुवार सँग सामान्य देख भेट तथा बोलचाल भई हामी दुईका बिच चिनजान भयो । उनिहरु पनि त्यहि घरमा बस्दै आएको त्यति नै बर्ष भएको रहेछ । शुरु देखि नै उसको र मेरो चिनजान भएकाले मलाई असहज कुनै कुरामा भएको थिएन । सामान्य बोलीचालीकै क्रममा तिमीलाई माया गर्छु, आफ्नो बनाउँछु भन्दै तीन वर्ष अघि मलाई प्रेम प्रस्ताव राख्यो । त्यो प्रस्तावको मैले बेवास्ता गरें । एक महिना अघि उसले मलाई मौखिक रुपमा प्रेम प्रस्ताव राख्यो । मैले विश्वास गरें र उसको प्रस्ताव स्विकार गरेँ । त्यस पछी उसले आफ्नो मोवाईलबाट मैले प्रयोग गर्ने मेरो आमाको मोवाईल नम्वरमा फोनमा कुरा हुन थाल्यो । साँझ र अन्य समयमा आमाको मोवाईल मैले प्रयोग गर्ने गरेको थिएँ । 
    ५÷६ महिना देखि हाम्रो प्रत्यक्ष भेट नहुँदा मोबाईलमा निरन्तर सम्पर्क हुँदै आईरहेको थियो । म नियमित विद्यालय जाने गरेको थिएँ । उसले केहि महिना अघि स्कुल आउने जाने क्रममा भेट भएको समयमा गाँउ घरमा हल्ला खल्ला हुन थालिसक्यो, अब यसरी भेट्न सम्भव हुँदैन यँहा बस्न सकिन्न अन्त कतै जाँउ भन्दै भाग्ने प्रस्ताव राख्यो । मैले जानै परे परिक्षा पश्चात जाउँला भन्दै सहमति दिएँ । हामी दुईका बिच सल्लाह भाग्ने सल्लाह भएको थियो । किनकी हामी दुबै प्रेममा थियौं । २०७५ साल बैशाख २२ गते दिउसो चार बजेको समयमा बनेपा बजारमा रहेको एउटा क्याफेमा हामी आयौं । हामी दुई बिबाह गरी भागी जाने सहमति भएको थियो । भोलिपल्ट २०७५ बैशाख २३ गते विहान १० बजे तिर उसले आफ्नै कोठामा बोलायो । घरमा कोहि थिएनन् । कोठाको ढोकाको चुकुल लगाई विभिन्न प्रलोभन देखाई मेरो ईच्छा बिपरीत जबरजस्ती करणी ग¥यो । करणी पश्चात उसले मलाई बिहे गरी आफ्नो बनाउँछु भन्दै अनेक प्रलोभन देखाई भाग्ने निर्णय सुनायो । उसकै मोटरसाईकल चढेर हामी भाग्यौ । कुलेखानी हुँदै सोही दिन हामी हेटौंडा पुग्यौं । हेटौडाबाट काँकडभिट्टाको बसको टिकट काटी भोलीपल्ट काँकडभिट्टा हुँदै भारतको दार्जिलङमा पुग्यौं । दार्जिलिङ्गको उक्त होटलमा हामी केहि दिन बस्यौं । सोही ठाँउको राजबाडी भन्ने ठाउँमा डेरा गरी बसेको अबस्थामा २०७५ जेठ १९ गते आफन्तले दार्जिलिङ बजारमा फेला पारी नेपाल ल्याए । म पछिसम्म पनि उसको मायामा लोभिएको थिएँ । उसँगै विवाह गरेर जानु पर्छ भन्ने अडानमा थिएँ । तर उसको सबै नौटङ्की माया रहेछ । 
    उनको बयानमा केहि कुरा साँचो थियो । तर उनले भनेजस्तो जर्बजस्ति मेरो थिएन । हो नेपालको कानुनले सानो उमेरका ब्यक्तिहरुसँग सम्वन्ध राख्न र विवाह गर्न छुट थिएन । अझ दोश्रो विवाहलाई मान्यता दिए पनि गर्न पाईदैन थियो । नयाँ कानुनले त त्यो पनि छुट दिएको छैन । भएको चाँहि यस्तो थियो । मेरो घर रामेछाप जिल्ला हो । विगत ८ बर्ष देखि काभ्रे जिल्लाको बुढाथोकी गाउँमा आफनै घर भई भैसेपाटीमा डेरा गरी बसोबास गर्दै आएको थिएँ । म बसेको घरमा डेरा कोठा गरी बस्दै आउने क्रममा उनी र उनको सबै परिवारसँग चिनजान भएको थियो । सोही चिनजानको क्रममा सामान्य बोलीचाली हुन्थ्यो । मैले उनलाई मन पराउन थालेकोले दिनहुँ जस्तो कुराकानी हुने गरेको थियो । पछि हामीहरुको परिवारले उक्त कुराको बारेमा जानकारी पाई शंका गरी गाली गर्ने र रिस गर्न थालेपछि हाम्रो भेटघाट र बोली चाली कम हुन थालेको थियो । २०७५ बैशाख २३ गते मेरो केहि काम नभएको, परिवार कोठामा नभएको, उनका परिवार काठमाडौ गएको र उनी मात्रै कोठामा  रहेकोमा हामीहरु दुवैको भेटघाट भई कुराकानी भएको थियो । सोहि क्रममा हामी दुबैको सहमतिमा मेरो कोठामा शरिरीक सम्वन्ध राखेका थियौं । उनले शुरुमा मानेकी थिईनन् । मैले घुमाउन लान्छु विवाह गर्छु भनेपछि उनी तयार भईन् । उनको पनि त्यसमा सहमति भयो । उनकै सहमतिमा हामी भाग्ने र विवाह गर्ने योजना बनाएका थियौं । त्यहि योजना अनुसार हामी मोटरसाईकलमा भारत पुगेका थियौं । उनका आफन्तले फेला पारेपछि हामी नेपाल आयौं । नेपालमा पनि पटक पटक छलफल भएको थियो । उनी कुनै पनि हालतमा पनि मसँग विवाह गरेर सँगै बस्ने योजनामा थिईन् । उजुरीमा पनि उनको सहमति थिएन । उनको परिवारले उनलाई जर्बजस्ति गरी म विरुद्ध मुद्दा दर्ता गरेको थियो । 
    उनकी आमाले यसो भनिछन् –‘२०७५ बैशाख २३ गते बिहान १० बज्न केहि बाँकी भएको समयमा म र मेरो श्रीमान डेराबाट काठमाडौ गएका थियौं । सोही दिन बिहान महेन्द्र मा.वि.साँगाको कक्षा ९ मा अध्ययनरत १५ बर्षिया छोरीलाई आफ्नै डेरा कोठामा एक्लै बसिरहेको अबस्थामा मौका छोपी हामी सँगै घरमा डेरा कोठा गरी बस्ने बिरबहादुर सुनुवारले ललाई फकाई आफ्नै डेरामा पु¥याई जर्बजस्ति करणी गरेछ । कलिलो मस्तिकमा ललाई फकाई घुमाउन लैजान्छु, विवाह गर्छु भनि विभिन्न प्रलोभनमा पारी छोरीको ईच्छा विपरित छोरीलाई जबरजस्ती करणी गरी घुमाउन लाने बहाना बनाई सोही दिन बिहान विरु भन्ने विर बहादुर सुनुवारले भारतको दार्जिलिङमा पु¥याएको रहेछ । त्यस लगत्तै विवाह समेत गरी जबरजस्ती करणी गरी उमेर नपुगेकी १५ वर्षकी नाबालिका छोरीलाई करकापमा पारी बेपत्ता समेत बनाएकाले उसलाई कडा कारवाही हुनु पर्छ ।’
    प्रहरीले उनको परिवारको जाहेरी पछि हामी दुबैलाई पक्राउ गरेको थियो । हामी झण्डै एक महिना सँगै बस्यौं । मैले उनलाई दार्जिलिङ्गमा डेरा लिएर राखेको थिएँ । उनको पुरै सहमति थियो ।  प्रहरीले यस्तो भन्यो । विरु भन्ने विर बहादुर सुनुवारले जबरजस्ती करणी र वाल विवाह मुद्दामा कारवाही हुनु पर्छ । जिल्ला अदालतमा बुझाएको मुद्दामा त्यहि कुरा उल्लेख थियो । रामेछाप रस्नालु गा.वि.स.वडा नं. ३ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं. १३ भैंसेपाटी स्थित डेरा गरी बस्ने खड्ग बहादुर सुनुवारको छोरा बर्ष ४५ को विरु भन्ने विर बहादुर सुनुवारलाई १५ बर्षिया बालिकालाई ललाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी जबरजस्ती करणी गरी घुमाउन लान्छु भनि भगाएको हुँदा हदै सम्म कारवाही गरी पाउ भनेको थियो । मुलुकी ऐन जबरजस्ती करणी महलको दफा १ नं. को (क) बमोजिमको कसुर गरेको देखिदा सोही महलको दफा ३ को (३) नम्बर बमोजिम हदै सम्मको सजाँय हुन र सोही महलको १० नं. बमोजिम निज प्रतिबादीबाटै पिडितलाई क्षतीपुर्ती समेत दिलाई भराई दिने ब्यबस्था हुन प्रहरीले माग गरेको थियो । प्रहरीको माग अनुसार जिल्ला अदालतले मुद्दाको पुर्पक्ष गरेको छ । 
    मेरो आफ्नै पेशा ब्यवसाय थियो । आफ्नै घर परिवार छ । छोराछोरीहरु पनि छन् । मान्छेको मति विग्रिए पछि उसले गर्ने गल्ति अनगिन्ती हुँदा रहेछन् । मान्छेको प्रेम, मान्छेको चाहना बुझिनसक्नु रहेछ । म जस्ता थुप्रै ब्यक्तिहरु यस्तो घटनामा छन् । पछिल्लो समय विभिन्न स्थानमा यस्ता घटनाहरु बढिरहेका खबर सुनिन्छन् । यस्तोमा पुरुषहरुको मात्रै दोष छैन । पुरुषहरुसँगै महिलाहरुको धेरै दोष छ । मेरो घटनामा हो मेरो दोष छ तर उनको पुराका पुरा साथ छ । उनकै साथका बारेमा मेरा हरेक कदमहरु अगाडी बढे । मेरा कदमहरुमा उनले साथ दिएकै कारण हामी भाग्न सफल भयौं । उनको सहमतिमा भएका सबै कुराहरु उमेर र कानुनका कारण गल्ति भएको छ । उनको परिवारले मलाई एकाथरी र उनलाई अर्काेथरी कुरा गरेका थिए । पछि पनि उनिहरुले मलाई पैसाको बार्गेनिङ्ग गरिरहेका थिए । पैसाको बार्गेनिङ्ग नमिलेपछि मात्रै मलाई मुद्दा दर्ता गरिएको थियो । त्यसमा अर्काे कारण पनि थियो उनको र मेरो जात पनि मिल्दैन थियो । उमेर पनि मिल्दैन थियो । सबै थोक हुँदा पनि उनी र म कहिल्यै नछुटिने कसम मात्रै खाएका थिएनौं त्यहि अनुसार सम्वन्ध पनि अगाडी बढाएका थियौं । समय हो । जे लेखिएको छ त्यहि हुने नै रहेछ । 
विरबहादुर सुनुवार
रामेछाप, हालः काभ्रे