2020 October 21/ 10:59: 35am

‘गल्ति छैन, सजाँय भोग्दैछु । श्रीमानलाई कोरोना भएकै कारण मैले सजाँय काटिरहेको छु । श्रीमान मेरो हो रोग होईन । ‘१५ महिना पछि घर फर्किएका श्रीमानसँग आत्मियता साट्न मन भए पनि अलग्गै राखेर खान दियौं । अलग्गै सुतायौं । मलाई र मेरा सन्तानलाई पनि उक्त रोग देखिएन । हामीले उहाँसँग नछोएर सुरक्षा अपनाएकै कारण त्यसो हुन सक्यो । तर समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएन । ६ दिन पछि म घर फर्किएँ । भताभुङ्ग अवस्थामा पुगेको घर र मथिङ्गल भएको मेरो दिमागलाई शान्त बनाउँदै पुनः आफ्नै दैनीकीमा फर्किएको छु । 
अघिल्लो साँझ कोरोना नभएको भनिएका श्रीमानलाई विहान ११ बजेर २९ मिनेटमा कोरोना भएको खवर पछि मेरो परिवार प्रति गरिएको ब्यवहारले मन दुखेको छ ।     शुक्रबार पाँचखालमा ३९ बर्षिया एक युवामा कोरोना संक्रमण देखियो । पाँचखाल नगरपालिका वडा नम्वर ३ मा बस्छौ हामी । मेरो श्रीमान विगत ६÷७ वर्ष देखि भारतको हरियाणामा रहेको एक होटलमा सेक्युरिटी गार्डको काम गर्दै आउनु भएको थियो । कोरोना भाईरसका कारण छिमेकी देश भारत र नेपालमा पनि लकडाउन भयो । होटल बन्द भए पछि क्वारेन्टाईनमा बस्नु भयो । नेपालले भारतमा रहेका नेपालीहरु फर्कन दिने भए पछि सिन्धुपाल्चोकका २३ जनाको समुहमा जेष्ठ १३ गते जिल्ला फर्कनु भयो । जिल्ला फर्किए पछि क्वारेन्टाईनमा बस्ने शर्तमा उहाँ फर्किनु भएको थियो । पाँचखाल नगरपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टाईनमा ११ दिन बस्नु भयो । सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका १० घर भएका युवालाई कोरोना भाईरस संक्रमण देखिए पछि उहाँको परिक्षण गरिएको थियो । धुलिखेल अस्पतालमा पठाईएको स्वाव अघिल्लो दिन नै परिक्षण हुनु पर्नेमा भोलिपल्ट भएको र अघिल्लो दिन परिक्षण गरिएका सबै स्वावहरुमा कोरोना नदेखिए पछि त्यहि सूचना प्रवाह भयो । उहाँलाई क्वारेन्टाईनबाट जेठ २२ गते विहिबार घर पठाईयो । 
साँझ ६ बजे १६ बर्षिय र १३ बर्षिय दुई छोरा लिन आए । बाबुको ब्याग उनिहरुले बोके । अलिक पर पुगेपछि घर नजिकै पुग्ने बाईक आईपुग्यो । बाईकमा चढेर उनि घर पुगे । म र दुई छोरा सहित लामो समयको भेटघाटलाई पारिवारीक र आत्मिय बनायौं । पारिवारीक कुराकानी भयो । तर सुत्ने, खाने र शौचालय समेत अलग बनाईयो । भोलिपल्ट शुक्रबार विहान खाना खाए लगत्तै उहाँलाई नगरपालिकाबाट फोन आयो तत्काल क्वारेन्टाईन आउनु । उहाँ तत्काल दौडिएर नगरपालिका आउनु भयो । सँगै म पनि आएँ । कतै श्रीमान भागेर पो आउनु भएन । नगरपालिकामा पुगे पछि उहाँलाई धुलिखेल अस्पताल लगेर फेरी कोरोना परिक्षण गर्नु पर्ने भन्दै राखियो । म घर फर्किएँ । बाटोमा भेटिएका मान्छेहरु बोलेनन् । घर पुग्दा टन्न मान्छेहरु जम्मा भईसकेका रहेछन् । श्रीमानलाई कोरोना भएको भन्दै सबैले घेरे । म के गरु ? के नगरुमा परें ? सुरक्षा हुन्छ, श्रीमानलाई कोरोना भएको रहेछ भने अन्यत्र फैलन नपाओस् भनेर क्वारेन्टाईनमा मलाई राखियो आखिर त्यसकै सजाँय मैले भोगिरहेको छु । साँझ नपर्दै दुई छोरा र मलाई नगरपालिकाको क्वारेन्टाईनमा राख्न गाडी लिन गयो । घरमा दुई महिना अघि सुत्केरी भएको गाई थियो । जम्मा भएका सयौ मान्छेहरु मेरो पक्षमा भएनन् । कसैले पनि मलाई क्वारेन्टाईनको सट्टा घरमै सुरक्षित बस्न दिउँ भनेनन । चित्त दुखाई त्यहि हो मेरो । गाईले दैनीक ११ लिटर दुध दिन्थ्यो । दुध विक्रीबाट दैनीक ८ सय रुपैया आउँथ्यो । ज्याला गरेर परिवार चलाउने गरेको थिएँ । दुई छोरा नीजि विद्यालयमा अध्ययन गरिरहेका छन् । त्यो रात गोठमा गाईलाई कसले खाना दियो वा दिएन ? दुध दुहुने काम भयो भएन ? भगवान जानुन् तर कोरोना भएको ब्यक्तिको घरमा जानु हुँदैन भन्ने कुरा भएछ । तर पनि दिदीले गाई दुहुने प्रयास गर्दा पनि गाईले दिएनछ । गाईले दुध नदिएको भन्दै आफन्तले खवर गरे । घरमा ताला लगाएर क्वारेन्टाईनमा बसिरहेको मेरो परिवारलाई तनाव भयो । क्वारेन्टाईनमा दुई बच्चा सहित ६ दिन बसें । मलाई श्रीमानको भन्दा धेरै गाईको यादले सतायो । रातभर सुतिनन् । खान मन पनि लागेन । भोलिपल्ट विहान गाई क्वारेन्टाईनमा नै ल्याउने ब्यवस्था भयो । तर गाईले उचित खाना र दाना नपाउँदा दुध दिन मानेन । लगातार तेश्रो दिनसम्म गाईले दुध दिन मानेको छैन । क्वारेन्टाईनको छेउमा रहेको भत्किएको एउटा घरमा गाईलाई बाँधिएको छ । गर्मी छ । लामखुट्टे, भुसुना, अन्य किराले टोकेर हैरान थियो । परिवार भित्रका सदस्यहरुले घाँस ल्याई दिएका थिए । दुध दिदैन । लात्ति हान्छ । पहिलो दिन शनिबार केहि दुध भुईमै छाडिदिईन् । बाँकी बाछीलाई छाडिएको थियो । दोश्रो छाक एक लिटर दुध आयो । कोरोना लागेको ब्यक्तिसँग सम्पर्क भएको ब्यक्तिले दोहेको दुध कसैले खान मानेनन् । हातमा ग्लोब्स लगाएर दोहेकाले नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख उज्ज्वल अधिकारीले दुध किनिदिने बताउनु भएको थियो । तर गाईले दुध दिनै मान्दैन । केहि दिनमा गाईले थोरै दुध दियो । उहाँले ब्यवस्थापन गरिदिनु भयो । 
मलाई कि गोली ठोकेर मार्नुस, कि घरमै लगेर क्वारेन्टाईनमा राखिदिनुस भनेको थिएँ । परिक्षण गरेर प्रमाणपत्र लिएर घर गएर ढुक्क भएको छु । मेरो सबै चिज सकियो झै भयो । गाई विग्रियो, घरमा ताला लाग्यो । समाजले गर्ने ब्यवहार अछुत भयो । पहिला माया गरेर बोल्नेहरु पनि मुन्टो बटारेर हिड्न थाले । बोल्नै डराउँछन् । नगरपालिकाले मेरो र समाजको सुरक्षा नै गरेको हो । रोग शत्रु हो तर बुझ्नु प¥यो नि समस्या । घरमै क्वारेन्टाईनमा राखिदिएर यसो नगर्नु भनेको भए हामी कसलाई भेट्न जान्थ्यौं र ? हामीलाई रोग सरेको छैन विश्वास छ तर पनि अरुले हेर्ने दृष्टिकोण परिवर्तन नहोस् भनेर क्वारेन्टाईनमा त राखियो तर गाईको विजोगले रातभर सुत्न सकिन । रातभरी रोईरहें । सुतेको थिईन । तीन दिनलाई भनेर क्वारेन्टाईनमा ल्याएका थिए । एक महिना अघि गाई किन्न आउनेहरुले ७० हजार दिएका थिए । गाईलाई घाँस, पानी ब्यवस्थापनका लागि कठिन छ । घरमा जस्तो हुँदैन । सम्भव पनि छैन । जे नहोस भनेर मैले पटक पटक उहाँलाई क्वारेन्टाईनमा बस्न अनुरोध गरें त्यहि भएरै छाड्यो । गल्ति हाम्रो थिएन सजाँय हामीले भोग्यौं । नगरपालिकाले सहयोग ग¥यो । आम्दानीको श्रोत दुधालु गाई विग्रियो भने सहयोग पु¥याउनु पर्छ । घरमा मात्रै हैन, घर हुँदैको बाटो समेत प्रयोग गर्दैनन । कोरोना लागेका ब्यक्तिहरुको आसपास समेत जानु हुुँदैन भन्दै छिछि र दुरदुर गरेकाले मन बहकिएको छ । हामीलाई त जे भयो भयो तपाईहरुलाई त्यस्तो नहोस् । रोग सबैलाई लाग्न सक्छ तर ब्यवहार राम्रो हुनु पर्छ । 
श्रीमान भक्तपुरको केएमसी अस्पताल दुवाकोटमा हुनुहुन्छ । दिनको १० पटक जति भिडियो कल हुन्छ । एकले अर्काेलाई सम्झाउँछन् र भन्छन कुन जुनीको पाप बोकेर आयौ भगवान ? बुढापाकाले भने जस्तै दैलो लगाएरै घर छाडेर हिड्नु पर्ने कस्तो दिन आयो ? गल्ति गर्ने एउटा सजायँ भोग्ने अर्कै । घरमा गए पछि छिमेकी र आफन्तले अर्कै ढंगले हेर्नु भयो । कोरोना संक्रमण नभएको पुष्टी भएपछि मलाई असाध्यै खुशी लाग्यो । मलाई विश्वास थियो छैन र हुँदैन पनि । तर पनि समाजकै लागि भए पनि क्वारेन्टाईनमा जानु पर्ने बाध्यता आईलाग्यो । रोग कसैको आफ्नै हुन सक्दैन । विश्वभर फैलिएको, नेपालमा पनि संक्रमण बढिरहेको छ । सबैलाई हुन सक्छ । आज मलाई यो घटना भयो । सबैलाई हुन सक्छ । आशंकामा कसैलाई दुब्र्यबहार नगरौं । उच्च मनोबलका लागि हौसला प्रदान गरौं । साथ र सहयोग गरौं । कोरोना सहजै जित्न सकिन्छ ।  (पाँचखालमा कोरोना संक्रमण देखिएका युवाको श्रीमतीसँग गरिएको कुराकानी)