2020 October 21/ 11:20: 20am

    नेपालीहरुका लागि विदेश जान पाए ठूलो हुन्छ । नेपालमा गरेको लगानी धेरै समयसम्म उठ्न सक्दैन । उठ्यो भने पनि आधा भन्दा धेरै चन्दा दिनुपर्छ । ३ सय ६५ दिनमा आधा समय बन्द हुने चलन थियो । बन्दको मारले धेरै उद्योगपतिहरुले लगानी गर्न छाडि सकेका थिए । स्थिती पुरै सुध्रिएको छ । अहिले लगानीको वातावरण बनेको छ । स्थानीय, प्रदेश र संघ सरकारले लगानी सम्मेलन समेत आयोजना गरेका छन् । रोजगारका अवसर सिर्जना हुन सकिरहेको छैन । सरकारले एक सय दिन रोजगार दिने कार्यक्रम ल्याएको भए पनि प्रभावकारी बनाउन सकिएको छैन । अहिले विश्वभर फैलिएको कोरोना भाईरसले सबैलाई संकट पारिरहेको छ । संकटबाट जोगिन थुप्रै उपायहरु अवलम्वन गरिए पनि त्यस्तो हुन सकिरहेको छैन । अर्थतन्त्र चौपट भईरहेको छ । सबै जोगिनु बाहेक अर्काे उपाय छैन । अहिलेको सहज परिस्थितीमा रोजगार बढाउन लगानीका क्षेत्रहरु बढाउन र अवसर सिर्जना गर्ने कार्यमा सबै तह सक्रिय हुनु जरुरी छ ।     कुरा १५ वर्षको अघि हो । नेपालमा लगानी नै थिएन । भएको लगानी बन्द हुने अवस्थामा थियो । रोजगारको अवसर नभएकाले म विदेशिने योजनामा थिएँ । रोजगारको सिलसिलामा कतार पुगेकी थिएँ म । धेरै कमाउने आशमा दलाल मार्फत कतार पुगेकी मैले कहिल्यै विर्सन नसक्ने घटना भोग्नु प¥यो । त्यही पीडाले म नेपाली चेलीहरु सकेसम्म विदेश नजाउन् भन्ने सन्देश दिन चाहन्छु । स्कुले शिक्षा धेरै कम छ । कक्षा ३ पढ्दा पढ्दै छाडि मैले । पारिवारीक कारण मात्रै होईन ब्यक्तिगत ईच्छा समेत भएन पढ्नलाई । पढेर सधै फेल हुने भए पछि म आफै विद्यालय जान छाडेकको थिएँ । घरबाट पढ्न कर गरे पनि पढेर मात्र केही नहुने भन्दै मैले अटेर गरें । जसलाई त्यस सम्वन्धि चासै छैन भने किन कर गर्नु भन्दै सबैले चासो गर्न छाडि दिए । घर ब्यवहारका साथै भाई वहिनीहरुको अभिभावक भएकाले ममा जिम्मेवारी धेरै थियो । त्यही जिम्मेवारी पूरा गर्ने अभियानमा म काठमाडौं गएँ । केही वर्षको काठमाडौं बसाई पछि मैले धेरै कुरा सिक्ने अवसर प्राप्त गरें । गाउँका केही साथीहरु काठमाडौका रिर्साेटहरुमा काम गर्दथे । 
    केही महिना त्यहाँ काम गरे पछि मैले त्यो काम गर्न छाडें । मेरोे बसाई अस्थिर भयो । कहिले घरमा आउने त कहिले राजधानी कै विभिन्न रिर्सोटहरुमा बस्ने । कहिले कता काम गर्ने कहिले कता काम गर्ने । उमेर अनुसार मेरो प्रेम प¥यो । कपिलवस्तुका एक युवकले मलाई औधी मन पराउँथे । उनी पनि राजधानीकै एक होलसेल पसलमा काम गर्दथे । हाम्रो भेट रेष्टुरेष्टमा काम गर्ने समयमा भएको थियो । वेटरको रुपमा सोध्न जाँदा उनले पराएका थिए । पछि निरन्तरको सम्पर्क पछि हामीहरु एक अर्कालाई माया गर्न थालेका थियौं । घुम्न आउने क्रममा मेरा उनी मेरो घरमा समेत पुगेका थिए । हामी कहिले पोखरा त कहिले लुम्विनी पुग्यौं । पाल्पाको रानी महलमा समेत एक घण्टा विताएका क्षणहरु सम्झदाँ मलाई कहिलेकाँही धिक्कार लाग्छ । उनले भनेको समयमा विवाह गर्न नमान्दा आज म यो अवस्थामा आएको छु । उनले विवाह गरेर घरजम गरिसकेका छन् । 
    बैश एक पटक आउँदो रहेछ । अवसर पटक पटक आउँदो रहेछ । तर त्यसको उपभोग गर्न जानिएन र सकिएन भने सार्थक जीवनको कुनै अर्थ राख्दो रहेनछ ।     प्रेम गर्दा गर्दै म विदेश जाने तयारीमा लागें । धेरै जनासँग सरसापट गरेर मैले विदेशको तयारी गरें । सबै जसो नेपालीहरु जाने स्थानहरु मध्ये मलेसिया, कतार लगायतका खाडी मुलुकहरुमा सहज हुने थियो । जता मिल्छ त्यही देशको लागि भिसा मिलाउन प्रयास गरें । घरमा भएका भाई वहिनी र वावु आमाको पनि मेरै जिम्मेवारी थियो । त्यो सबै जिम्मेवारी पूरा गर्न उनको जीवनमा पैसा अत्यावस्यक थियो । पढ्न मन नगरेको परिणाम पनि मैले त्यतिखेर भोगिरहेकी थिएँ । विदेशमा पनि पढेको भए राम्रो स्थान र तलबको ब्यवस्था थियो । अनपढ केटीहरु विदेश गएर के काम गर्छन होला ? विदेशमा गएर घरको काम ग¥यो बस्यो । अरु नयाँ केही थिएन । 
    कतारको लागि मेरो भिसा तयार भयो । घरमा विदा भएर राजधानी आएको एक साता भित्र कतार गएँ । एयरपोर्टमा पु¥याउन मेरा प्रेमी गएका थिए । मैले आफुलाई पर्खिरहन आग्रह गरेकी थिएँ । प्रेमीले पनि कहिल्यै नविर्सन आग्रह गरेका थिए । यस्तै भावनाहरुका साथमा हामी अलग भयौं । म कतार पुगेको केही दिनमा फोन गरेर सम्झाउने प्रयासमा लागें । यता प्रेमीको केही महिनामै विवाहको कुरा चल्यो । घरबाट कुरा चलेपछि टार्न सकेनन् । पारिवारीक समस्याका कारण उनले विवाह गरेर घरमै श्रीमती राखे । तर कामको लागि पुनः राजधानी फर्किए । तीन वर्षको विचमा उनको एक छोराको जन्म भएको थियो । जीवन नै नयाँ ढंगबाट अगाडि वढाएका प्रेमीले विचमा मलाई सम्पर्क गर्ने प्रयास त गरे तर सबै कुरा असम्भव भएको थियो । विवाहको केही दिन अघि भएको सम्पर्कमा मलाई आफू विवाह गर्न लागेको बारेमा उनले केही वताएका थिएनन् । नेपालमा रमाईलो सँग बसेर खेलेर खाएको अनुभव वटुलेकी म कतारमा विलखवन्दमा परें । न त त्यहाँको भाषा बुझें । न त त्यहाँको संस्कार नै । एयरपोर्टमा एउटा मोटे मोटे ब्यक्ति लिन आएका थिए । उनकै गाडीमा बसेर करिब २ घण्टा पछि उसकै घरमा पुगें । घरमा तीन जनाको भन्दा परिवार रहेनछ । वावु र आमा अनि त्यही एउटा छोरा । उसकै घरमा काम गर्नुपर्ने रहेछ । घरको सरसफाई देखि अन्य भएका र देखिएका कामहरु गर्ने मेरो जिम्मेवारी थियो । 
    नेपालमा तोकेको १८ हजार तलवमा कमी हुने छाँट देखिएको थियो । उनीहरुले नेपाली रकम जम्मा १४ हजार मात्रै दिने बताए । नाई भनुँ भने पनि कता जाने कसकोमा काम गर्ने ? गरुँ भने पनि भनेको भन्दा पनि कम ? केही दिनको बसाई पछि मैले नेपालको दलाललाई फोन गरें । उनले केही दिन त्यस्तै हुने र काम सिकेपछि तलव वढाउने आश्वासन दिए । त्यहि आस्वासनमा धेरै दिन विते तर त्यस बारेमा कुनै कुरा हुन सकेन । काम गरेको करिब तीन महिना भएको थियो । खाना खाएर घरको सरसफाइमा नै थिएँ म । जसले एयरपोर्टबाट घरमा पु¥याएको थियो उसले पहिला आफ्नो कोठा पुछि दिन आग्रह ग¥यो । लुरुक्क उसको डेरामा गएँ । त्यस दिन त्यो घरमा कोही थिएन । उसका वावु आमा कता घुम्न गएका थिए । सरसफाई गर्न लगाउँदै थिए । उसको जीउ मालिस गर्न भन्यो । मैले ईन्कार गरें । 
    शुरुमा जिउ मालिस भन्यो पछि शरीर सबै भन्न थाल्यो । अक्क न वक्क भएँ । मन थामिन सकेन । नेपालमा कहिल्यै त्यस्तो काम गरेकी थिईन । जिउ मालिस गरेको थप रकम दिने र मासिक रुपमा पारिश्रमिक बढाउने भन्दै मलाई फकाउन थाल्यो । उनीहरु एउटा कम्पनीको ठुलो मान्छे थिए । उसले घरको काम सँगै कम्पनीमा पनि काम लगाईदिन्छु भन्दै फकाउन खोज्यो । म बाध्य भएँ । मैले एक घण्टा जति उसलाई मालिस गरें तर मलाई उसले मलाई दुईघण्टा सम्म मालिस गरिरह्यो । अनैतिक शारीरिक सम्पर्क समेत राख्यो । विना साधन शारीरिक सम्पर्क राख्न थालेपछि मैले ज्यान जाला उसलाई छाडिन । मान्दै मानिन । नमानेपछि धेरै यातना दियो । नेपाल छाडेर विदेशिएकी नेपाली चेलीको त्यति बेलाको रोदन सबै भन्दा कारुणीक हो । गरिबी र अशिक्षितका कारण रोजगारकै लागि विदेशिएका अधिकांश नेपाली चेलीहरुले यो भन्दा धेरै कारुणिक घटना भोगिरहेका छन् । उनीहरुले भनेको सबै मान्ने हो भने नेपालमा आउँदा आफू सँगै बच्चा समेत लिएर आउनु पर्छ । त्यो बच्चाको वावुका बारेमा कसैले सोध्यो भने भन्न सक्ने आँट हुँदैन । 
    राम्रा घरहरु पनि हुँदा रहेछन् । कतारमा धेरै नेपाली महिलाहरु सुरक्षित भएर फर्किएका छन् । जसले पढेको छ उ अफिसमा काम गर्छ । नेपाली नेपाली मिल्छन् । एउटै कोठा लिन्छन् । अनि सुरक्षित हुन्छन् । जो अशिक्षित छ उसले धेरै दुःख पाउँछ । राम्रो काम हुँदैन । घर मालिकले जे भन्यो त्यो गर्नु बाहेक अर्काे विकल्प छैन । एक महिना पछि म सँग अर्की नेपाली चेलीको भेट भयो । उनले मेरो भन्दा हृदयविदारक घटना सुनाईन । घरमा बाबु आमा नभएर गाउँलेहरुको साहारामा विदेश पुगेकी उनीले पाउनुसम्म दुःख पाएकी रहिछन् । कहिले कसले, कहिले कसले राखेको शारिरीक सम्पर्कवाट उनको पेटमा बच्चा आएछ । बच्चा पेटबाट हटाउने स्थान थाहा भएन । राम्री र सकुञ्जेल भमराले फुल चुसे झै सबैले चुसे जब रस आउन छाड्छ तव सबैले छाडिदिए । मरे पनि नेपालमै मर्ने लक्ष्यका साथ भौतारिरहेकी चेलीको पीडा सहन नसकेर म आफै रुन थालेछु । केही ब्यक्तिहरुसँग नेपाल आउने रकम मागेर मेरै पहलमा उनलाई नेपाल पठायौं । यो घटनाले मेरो डेरा जमाउन थाल्यो । कति नेपाली चेलीहरु विदेशी भुमिमा यसरी नै बलात्कृत भएका होलान् ? कति चेलीहरुले यस्ता आततायी कृयाकलापमा सहभागि हुनु परेको होला ? मेरो तलब वढ्यो । 
    मासिक २० हजार भयो । घरको काम छाडेर कम्पनीमा लगाईदिन्छु भन्ने आश्वासन पुरा हुन पाएन । करिव एक वर्ष पछि मलाई फेरी उसले आफ्नो डेरामा बोलायो । मलाई पहिलाको जस्तो ब्यवहार गर्न खोज्यो । मले प्रतिकार गर्ने संकेत दिएँ । तर उसले त्यसको वास्ता गरेन । कम्पनीमा काम गर्ने नाममा  म मेरो शरीर वन्धक बनाउन सक्दिन । म तपाईकोमा काम गर्न आएको हुँ । मेरो शरीर तपाईलाई दान गर्न आएको होईन । त्यो दिन मेरो र उसको झगडा प¥यो । दानवरुपी यौनको प्यास मेटाउन उसले अनेक प्रयास ग¥यो र सफल पनि भयो । एक वर्षको विचमा मैले घरमा एक लाख पचास हजार पैसा घरमा पठाई दिएको थिएँ । बुवा आमाले छोरी विदेश जाँदा लिएको ऋणको सापटी फिर्ता गरे । पत्रमा छोरीको प्रगतिका बारेमा थाहा पाए । तर कुरा अर्कै थियो । छोरीले पाएको पीडा र पत्रमा उल्लेख भएका कुराहरु आकाश जमिन फरक थिए । 
    छोरीको प्रगतिमा रमाएका वावु आमाहरुले गाउँ भरी हल्ला चलाए । अभिभावकहरु ऋण मुक्त भए । शरीर बेचेर पैसाको मुल्य प्राप्त गर्न नसकेको पीडा मैले भोगिरहेको थिएँ । मालिकको छोरा अर्काे देशमा गयो । घरमा उनिहरु मात्रै भए । मालिकले मालिक्नी नभएको मौका छोपेर मसँग शारिरीक सम्र्पकको प्रयास गरे । उमेरले पचास कटेका होलान् । उनले मलाई खाना ल्याउने समयमा जर्बजस्तिको प्रयास गरेका थिए । मैले नाई भनें । उसले नाई भने मेरो घरबाट आउट ? त्यस पछि म समस्यामा परें । उसको छोरा पनि छैन । कहाँ जाने होला ? के गर्ने होला ? वावु छोराबाटै वलात्कृत हुन लागेपछि जन्मलाई धिक्कार्न थालें । छोरी हुनुको पीडा सम्झन थालें । मानव रुपी मान्छेले दानवीय ब्यवहारको अत्याचारबाट  असह्ैय भयो । तर के गर्नु ? विदेश न हो ? वाध्य हुनुको विकल्प थिएन । 
    बावु छोराबाटै वलात्कृत हुनु पर्दाको पीडाले विदेशमै मराँै मरौ लाग्यो । नेपाल, गरिब वावु आमा, साना साना भाई वहिनी सम्झिन पुगें । तीन वर्षको लागि गएकी म दुई वर्र्षमै घर फर्कन वाध्य भएँ । २०६६ चैत्र महिनामा नेपाल आएँ । १० वर्ष भयो । नेपाल आएर प्रेमी भेट्ने प्रयासमा थिएँ । श्रीमती सहित बसेको थाहा पाए पछि वधाई दिदै नयाँ जीवनको खोजीमा लागें । ठ्याक्कै १० वर्ष वित्यो । आज पनि म ति दिनहरु सम्झन्छु । त्यस लगत्तै मैले बुबा आमालाई बनेपामा ल्याएँ । बनेपामा सामान्य होटल शुरु गरें । त्यहि होटलबाट भाई बहिनीहरुले एसएलसी दिए । थप अध्ययन पनि गरे । बुबा आमा र मैले होटल चलायौं । पछि मैले विवाह गरें । बुबा आमालाई हेर्दै श्रीमान र मैले संचालन गरेको होटल ठुलो हुँदै गएको छ । दुईवटा बच्चा छन् । बच्चाहरुलाई पढाउँदै गएका छौं । आफुले पढ्न नसके पनि सन्तानको इच्चा पुरा गर्ने चाहनाले नेपालमै केहि गर्ने योजनाका साथ काम गरिरहेका छौं । 
    मेरो बारेमा श्रीमानलाई पूर्ण रुपमा जानकारी छ । उहाँ पनि बैदेशिक रोजगारबाट फर्किँदा श्रीमतीबाट पीडित भएको ब्यक्ति हुनुहुन्छ । हामी दुबैको भावना मिलेकाले हामी सहकार्यमा जीवनलाई समृद्ध बनाउने अभियानमा जुटिरहेका छौं । सकेसम्म विदेश नजाउ, जानै परे भाषा र सिपमा दक्षता हासिल गरौं । अनि मात्रै आफुले भने जस्तो काम र दाम पाईन्छ । नत्र हामीले जस्तो दुख र पीडा मात्रै हो । बरु स्वदेशमै आत्मनिर्भर हुने गरी सिप सिकौ त्यसमै सबैको भलाई छ । 

सिता लामा
महाभारत गाउपालिका
हाल बनेपा, काभ्रे