2020 May 31/ 08:07: 36pm

कसरी भनुँ म तपाईलाई । मेरा भावनाहरु । मेरा चोटहरु । मेरा भोगाईहरु । आँशु रोकिदैन । मन भक्कानो परेर आउँछ । सम्हाल्ने वा सम्हालिने अवस्था पनि छैन । सायद मान्छे हुनु र मान्छे भित्रको छोरी मान्छे हुनु फरक रहेछ । छोरी मान्छेले जन्मेदेखि भोग्नु पर्ने भोगाई र यातनालाई स्वयं महिलाहरुले नै बुझ्न सक्ने रहेनछन् । आफ् महिला हुँ र मैले महिलाहरुका लागि गर्ने ब्यवहार अन्य ब्यक्तिको भन्दा फरक हुनु पर्छ भन्ने समेत सम्झँदा रहेनछन् । अझ अधिकारकर्मी भनिनेहरु, न्याय दिने न्यायकर्मी महिलाहरुमा दयाको भाव नै भेट्टाउन मुस्किल पर्दाे रहेछ । सबै मान्छे खराब छैनन् होला र हुँदैनन् पनि तर जो–जो मान्छेहरु मैले भेटें । ज–जसले मलाई संरक्षण गर्नु भएको थियो । जसले माया र ममताको नौटङ्कीमा भुल्याउने प्रयास ग¥यो । उसले प्राप्त ग¥यो के ? पैसा ? प्रलोभन ? मनको शान्ति वा छट्टपट्टि ? हुन्छ के ? हुँदैन के ? न म सोच्न सक्ने अवस्थामा छु । न सोचिरहेको छु । मान्छे हुँ भन्ने जान्ने भए पछिको भोगाईहरुको संगालो ब्यक्त गरिसक्नु छैन । धेरैले भन्लान यो मान्छे नै खराब हो । अझ यसको चरित्र ? समाजले भन्ने र ब्याख्या गर्ने यस्तै हो । गरिरहेका छन् । गरिरहने छन् । अझ आफुले त्यसको भोग गर्न पायो भने उसका बोलीहरु फरक हुन्छन् । त्यो चिजको भोग आफुले गर्न सकेन वा पाएन भने त्यसले भन्ने र गर्ने फरक नै हुने रहेछ । 
    उमेरले भर्खर १८ वर्षकी भएँ । बुबा आमा नै हुनुहुन्न । नुवाकोट जिल्लाको कोलोनीमा मेरो जन्म भएको रहेछ । एक जना दाई र म । दुई सन्तान ईश्वरको बरदान भने जस्तै परिवारमा कति खुशी छाएको थियो होला ? म त भर्खर २ वर्षको रहेछु । परिवारमा ठुलो बज्रपात भएछ । बुबा आमा बजार गएको समयमा हामीलाई घरमा छाडनु भएको रहेछ । सवारी साधन दुर्घटना भएछ । दुर्घटनामा बुबा आमा दुबैको ज्यान गएको रहेछ । दुई वर्षकी म । मलाई बुबा आमाको अभाव कस्तो थियो होला ? त्यतिबेलासम्म म आमाको दुध चुस्दै थिएँ । आमा नहुँदा खै कसले चुसायो ? पछि फुपुहरुसँग रहेछु । जतिबेला आफ्ना आमा बाबु नभएको थाहा पाएँ झनै पीडा भयो । दाईको जीवन पनि त्यस्तै भएछ । उसलाई अनाथलयमा लगेर राखिएको रहेछ । अनाथलयमा पनि उसले राम्रो ब्यवहार पाएर होला उसले समाजका अनेक संघर्ष ब्यहोर्नु प¥यो जस्तो लागेन । जीवनमा एक पटक भेट भएको थियो । उसले आफुसँग सँगै बसौं समेत भन्न सकेन । उ पनि अरुको साहारामा थियो । दाजु बहिनी भनेर चिनजान भएको १० वर्ष भयो तर अझै उसको र मेरो भेट भएको छैन । भेट भयो भने पनि म उसलाई र उसले मलाई चिन्छ वा चिन्दैन थाहा छैन । सायद धेरै सन्तानहरुको समस्या हाम्रो जस्तो होला वा नहोला तर आमाबाबु वित्नु भनेको सन्तानको भविष्य अन्धकार हुनु हो । चैत बैशाखमा जस्तो उराठ हुनु हो । वर्षातमा पहिरो गए जस्तो अलपत्र पर्नु हो । धोका, पीडा, असहज, आपत्, विपद्, जोखिम, दुर्घटना सबै जीवनमा निम्तने रहेछन् । 
    दुर्घटनामा बित्नु भएका बुबा आमाहरुको दाहसंस्कार गरेरै होला । मलाई फपुहरुले काठमाडौमा ल्याउनु भएछ । उहाँहरु आफै पनि मजदुरी गर्ने मान्छे । मेरो हुकाई उहाँहरुका लागि बोझ बनिसकेको रहेछ । कसरी हुर्किएँ थाहा भएन । विद्यालय कहाँबाट जानु ? उनिहरुका छोराछोरीहरु विद्यालय जाँदा पनि मैले त्यो अवसर पाईनँ । उनिहरुले सिकाएकै भरमा मैले क ख जानें । एविसिडी पनि भन्न सक्थें । लेख्न सक्थें । बोल्न जान्दथें । घरमा भाँडा माझ्ने, उनिहरुसँग काममा जाने गर्न थालें । ७ वर्षको उमेरमा मैले उहाँहरुलाई काममा सहयोग गरेको छु । उमेर ११ पुग्दै थियो । मलाई विवाहको कुरा आयो । मलाई अचम्म लाग्यो । यति सानै उमेरमा विवाह गर्ने ? विवाह भनेको के हो ? विवाह पछि के हुन्छ ? यस्ता धेरै कुराहरुको ज्ञान थिएन । फुपुहरुले मलाई १ लाख रुपैयाँ लिएर विक्री गर्नु भएछ । १२ वर्ष लाग्दै थिएँ । मेरो विवाह भयो । ८२ वर्षको उमेरको बृद्धसँग । स्वस्थानीमा सुनेको थिएँ । गोमाको विवाह भएको कुरा । मेरो पनि के कम भयो र ? ८२ वर्षको बृद्ध ब्यक्तिसँग १२ वर्षकी बालिकाको विवाह ? कसरी सम्भव भयो होला ? शुरुमा मलाई फकाईयो । उसको घरमा कोहि छैन । उसलाई पानी तताएर खान दिने मान्छे नभएकाले साथी जानु प¥यो । उसलाई पकाएर खुवाउन साथी हुन्छ । उसलाई सहयोग गर्ने र उसको घरको काम गरिदिने प्रस्ताव थियो । पछि के के भयो थाहा भएन । मलाई मन्दिरमा लगेर सिन्दुर र पोते समेत दिएर विवाह गरियो । तिनै बृद्धहरुले फुपुहरुको उपिस्थतिमा विवाह गराईयो । उनको घरमा लगियो । उनका घरमा कोहि मान्छे छैनन् भनिएको थियो । मलाई पनि फकाएर विवाह गरेको नभन्नु काम गर्न आएको भन्नु भन्या थियो । मैले शुरुमा त त्यसै भनें । मेरो गलामा पोते र थाप्लोमा सिन्दुर पुछिएको थिएन । घरमा पुग्दा मान्छेहरु टन्नै रहेछन् । बुढाको श्रीमती, छोरा, बुहारी र छोरीहरु पनि रहेछन् । त्यसो हुँदाहुँदै मलाई किन त्यो भुंग्रोमा राखियो ? बच्चा उमेरमा त्यो खालको जर्बजस्ति किन गराईयो होला ? एकहप्ता पछि बुढाका छोरा बुहारीले थाहा पाए । मलाई कुटपिट गरे । बुढालाई पनि कुटपिट गरे । घरमा कोहि नभएको मौका पारेर बुढाले मलाई श्रीमतीको ब्यवहार गरेको थियो । दिउँसै र साँझको समयमा एक हप्तामा १५ पटक जति मलाई जर्बजस्ति ग¥यो । कहिले बाथरुममा लग्यो त कहिले अन्यत्र पु¥यायो । म रोएँ । कराएँ । चिच्याएँ । एक दिन उसकै छोराले मलाई जर्बजस्ति गरिरहेको फेला पारेपछि उनिहरुले जानकारी पाएका थिए । मैले म काम गर्न आएको हैन उसले विवाह गरेर आएको भने पछि उनिहरु सबै दंग परेका थिए । त्यहि दिन ममाथी कुटपिट भए पछि तीन दिन उनिहरुकै बाथरुममा लुकेर ज्यान बचाएँ । ज्यान बचाएर निस्किए पछि केहि रात सडकमै बिताएँ । 
    फुपूहरुको घरमा जान सम्भव थिएन । काठमाडौका गल्लिगल्लि चाहर्दै थिएँ । नुवाकोट घर भएका एक जना ब्यक्ति लगनखेलमा फेला परे । उनले गाउँमा पु¥याए । मेरो मामाघर पत्ता लगाई दिए । विगतका सबै कुरा स्मरण गराई दिए । मेरो आमा थापाको छोरी हुनुहुँदो रहेछ । तामाङसँग विवाह गरेर आए पछि उहाँलाई माईतीले हेरेको रहेनछ । तर पनि दुई सन्तान जन्मेपछि उहाँको निधन भएकाले मतलब भएनछ । उनको कोखबाट जन्मेका सन्तानका बारेमा पनि खोजतलास गरिएको रहेनछ । मामाघरको हजुरबुबा हजुरआमाको माया भए पनि मामा माईजुको त्यो खालको अवस्था थिएन । मामाघर गएर केहि दिन बसें । मामाहरुले त माया गर्नु भयो तर माईजुहरुले भाञ्जीको ब्यवहार गर्नु भएन । उनिहरु पनि छोरी नै थिए । मलाई अनेक लाञ्छना लगाउनु भयो । मेरो पीडा र भोगाई त आफैसँग थियो । कलिलै उमेरमा सडकको बसाई र बाल विवाहको पीडा मैले भोगेको थिएँ । मामाघरमा बस्न सकिनँ । फेरी गाउँमै केहि समय काम गरेर बसें । गाउँमा धेरैले मेरो बारेमा कुरा काटन् थालेपछि गाउँकै केहि साथीहरु मिलेर काम गर्ने योजनाका साथ पुनः काठमाडौ आयौं । त्यतिबेला नै दाईको खोजी भएको थियो । बालआश्रमबाट दाई अध्यनन गरेर जापान जानु भएको छ रे । जापानमा उहाँले अध्ययन र काम गरेर विवाह पनि गरिसक्नु भएको जानकारी भयो । तर पनि उहाँको र मेरो भेट, सम्पर्क हुन सकेको छैन । 
    काठमाडौं आए लगत्तै मलाई साथीहरुले फसाए । कहिले के काममा जाउ भन्थे । कहिले के काममा जाउ भन्थे । पेट पाल्नु थियो । पेट पाल्नका लागि मैले होटलमा वेटरको काम गरें । वेटर काम गर्नु अघि एउटा होटलमा भाँडा पनि माझें । एउटा घरमा सरसफाई गरेर बसें । काठमाडौको बसाई पछि बनेपामा बोलाए । बनेपामा एक जना साथीले विवाहको प्रस्ताव राख्यो । मैले विवाह गर्दिनँ भनें । केहि समयको सम्वन्ध पछि उसले पनि धोका दियो । बनेपामा कोठा पाउनै मुस्किल थियो । ४ हजार ५ सय तिरेर चण्डेश्वरी नजिकै बसें । पहिलो पटक भैसेपाटीमा डेरा लिएँ । अहिले नालादोबाटो नजिकै डेरा लिएको छु । महिना वित्ने वितिक्कै भाडा नदिए घरबेटीले उठेर जान अनुरोध गर्नुहुन्छ । चित्त बुझाई बुझाई बसिरहेको छु । कहिले ढलान त कहिले अन्य मजदुरी गरिरहेको छु । उमेर सानो छ । १८ वर्ष लाग्दै भएकाले धेरै काम गर्न सक्दिनँ । केहि समय पुनः कोटेश्वरमा रहेको कपडा पसलमा पनि काम गरें । ५ हजार पैसा दिन्थ्यो । बनेपामा डेरा लिएर काठमाडौं जान आउन समस्या भयो । खान र बस्नै पैसा नपुगे पछि मैले त्यो काम पनि छाडिदिएँ । बनेपामा प्रहरीले होटलहरुमा छापा मारिरहेको रहेछ । मलाई जानकार थिएन । 
    शनिबार मेरो साथी र म बुडोलमा रहेको गार्भेन्टमा काम खोज्न जाने तयारीमा थियौं । उ पनि ज्वरो आएर सुतेको रहेछ । हामी दुबै केटी साथीहरु भएकाले एकले अर्काेको समस्या बुझ्थ्यौं । उसको समस्या मेरो भन्दा अलिक फरक थियो । उसको पनि बुबा वित्नु भएको थियो । आमा र भाई बहिनीको हेरचाह गर्नु पर्ने अवस्थामा थिईन् । गोदामचोकमा एउटा होटलमा बसिरहेका थियौं । प्रहरी आयो । सरासर हामीलाई सोधपुछ ग¥यो । हामी चाउमिन खान अर्डर गरिरहेका थियौं । खान पनि नदिई प्रहरीले पक्राउ गरेर प्रहरी चौकी पु¥यायो । दिनभर चौकीमा राख्यो । भोलिपल्ट साँझ छाडिदियो । होटल मालिकलाई मुद्दा चलाएको रहेछ । त्यो होटलमा हामी जस्ता युवतीहरुलाई बोलाएर यौन ब्यापार गरिँदो रहेछ । हामी खाजा खान गएका दुई युवतीलाई प्रहरीले अनाहकमा मानसिक यातना दिएर पक्राउ ग¥यो । मलाई दिनभर रुन मन लाग्यो । मान्छेका पीडा धेरै होलान् । होटल संचालक पनि त्यस्तै होला । तर हामीले त अपराध गरेका थिएननौ नि ? हामीलाई समाजले हेर्ने दृष्टिकोण त फरक भयो भयो प्रहरीले पनि त्यहि दृष्टिकोणले हेर्न मिल्छ र ? हाम्रो पीडा, बेदना कसले बुझिदिने ? के हामी सबै युवतीहरु त्यस्तै स्वभाव र आवश्यकताका हौं र ? हाम्रा पीडा र बाध्यता त्यस्तै होलान र ? जति रोए पनि सकिएन आँशु । प्रहरीले हामीलाई गलत ब्यवहार गरेको छैन र थिएन । तर पनि पक्राउ गरेर प्रहरी कार्यालयमा ल्याउनु कारण हामी पनि त्यस्तै ब्यवसायमा रहेछौं कि भन्ने लाग्यो । कसले बुझ्छ यो पीडा ? छोरी भएर जन्मनु नै पाप हो र ? 
    आमाले अन्र्तजातिय विवाह गर्नु, दुर्घटनामा बुबा आमा वित्नु, दुई वर्षमा अभिभावक विहिन हुनु, १२ वर्षमा बाल विवाह हुनु, मामाघर, आफन्त र समाजले तिरस्कार गर्नु, पेट पाल्न गरिएका अनेक संर्घषमा साथ भन्दा स्वार्थ हुनु र प्रहरीले पनि गलत मनसाय राखेर पक्रनु छोरी भएर जन्मनुको अपराध हो र ? 

शितल तामाङ
नुवाकोट
हालः बनेपा, काभ्रे