2020 May 31/ 06:23: 02pm

प्रेममा कतिसम्म जायज हुन्छ ? के–के हुन्छ ? प्रेम भनेको के हो ? प्रेममा विश्वास भएन भने के हुन्छ ? संसारमा प्रेम नै भएन भने के हुन्छ ? यस्ता थुप्रै प्रश्नहरुको उत्तर खोज्दा खोज्दै एकोहोरो भएको छु । प्रेममा फसेका र प्रेमकै कारण जीवन बर्वाद भएकाहरुको कथा पढ्छु । प्रेमकै कारण ब्यक्तिहरुले पद गुमाएका छन् । धन गुमाएका छन् । समाज गुमाएका छन् । परिवार गुमाएका छन् । हुँदा हुँदै ज्यान समेत गुमाएका छन् । पटक पटक ज्यान गुमाउने प्रयासमा असफल भएको असफल प्रेमीको भावना हो यो । प्रेम गर्नु तर प्रेममा धोका नदिनु ? तर पनि अहिले प्रेम भनेको फेसन भएको छ । विहान परेको प्रेम बेलुका टुटिसकेको हुन्छ । सुत्ने बेला गाँसिएको प्रेम उठ्ने बेला छुटिसकेको छ । अहिलेको युवापुस्ताहरुको माझ मात्रै होईन प्रेमले बुढाबुढीहरुलाई समेत प्रभाव पारिरहेको छ । प्रेमकै कारण कति मान्छेहरुले आत्महत्या गरेका छन् । कति मान्छेहरु अनाहकमा मरेका छन् । प्रेम नगरेको झोकमा केटाले केटीलाई र केटीले केटालाई हत्या गरेका घटनाहरुले हामीलाई स्तब्ध बनाउने गरेको छ । के प्रेम अपराध नै हो त ? प्रेमले के सिकाउँछ ? जीवन ? संघर्ष वा अरु केहि ? अहिले म प्रेम भन्ने शब्दलाई नै घृणा गर्न थालेको छु । 
सिन्धुली जिल्लाको भिमानमा मेरो जन्म भएको थियो । म १५ वर्षको उमेर देखि घर छाडेर शहरमा बस्न थालें । माओवादीको दवाव र पढाईमा कमजोरी भए पछि त्यतिबेलाको सजिलो पेशा युद्धमा गएर चन्दा उठाउने काममा सक्रिय भएँ । पार्टीले दिएको जिम्मेवारी पनि त्यस्तै थियो । केहि वर्षको खटाई पछि मेरो जीवन ह्वात्तै माथि उठ्यो । केहि रकम पार्टी काममा खर्च गरेर केहि रकम जोगाउने योजनामा थिएँ । माओवादीको युद्धका क्रममा केहि वर्ष विरामी भएँ । आफैले बोकेको बम पड्किएर म सामान्य घाईते भएको थिएँ । उमेरले म सानै थिए । कामको सिलसिलामा मलाई शहरको जिम्मेवारी दिईएको थियो । शहरमा सुचना आदानप्रदान गर्ने काम मैले नै गरेको थिएँ । म त्यतिखेर देखि नै शहरमा डेरा लिएर बस्न थालेको थिएँ । डेराको खर्च पार्टीले ब्यहोर्ने गरेको थियो । जनागालबाट बनेपाको एक सरकारी विद्यालयमा अध्ययन गर्न आउने क्रममा नितुसँग मेरो भेटघाट भएको थियो । केहि वर्षको भेटघाट पछि नितुसँग प्रेम प्रस्ताव राखें । सबै विवरण बुझ्न नपाउँदै नितुले मेरो एकहोरो प्रेमलाई ओके गरिदिईन् । उनि त्यतिबोला कक्षा ९ मा अध्ययन गर्थिन् । केटीहरु विशेषगरी १३ वर्ष उमेर पुगे पछि फरक लिङ्गका साथीहरुसँगको सामिप्य खोज्दा रहेछन् । त्यतिखेर अभिभावकहरुले जोगाउन सकेनन् भने गलत बाटोमा पुग्दा रहेछन् । मियो बिनाको दाई र अभिभावकको लगाम विनाको घर सफल हुन सक्दैन । न त त्यो घरका सदस्यहरुको जीवन नै सफल हुन्छ । छाडा छाडेको साँढेले के गर्छ ? हो मान्छे त्यस्तै हो कसैको डर र त्रास नभए पछि उसको जीवन खुल्ला हुन पुग्छ । खुल्ला दिमागले के गर्छ ? दिमागमा जे आयो, जसले जे भन्छ त्यतै तिर लाग्यो । भविष्यको बारेमा सोच्न समेत भ्याउँदैन । 
    नितु कक्षा १ देखिकै राम्रो विद्यार्थी रहिछन् । घरको सबैभन्दा जेठी छोरी उनकै निर्देशनमा भाई वहिनीहरु विद्यालयमा जाने आउने गरेका थिए । सामान्य गरी खाने परिवार छोरा छोरीको रेखदेखसँगै खेतिपाती अनि ज्याला पानी गरेर खानुपर्ने बेलामा अभिभावकहरुले वास्ता गर्न भ्याउँदैनन थिए । अलिक बुझेकी छोरी त्यहि नितु थिई । उसले नै भाई वहिनीहरुलाई विद्यालय लैजाने काम गरेकी हुन्थिन् । भर्खर १३ लागेको बच्चालाई मैले मायाको प्रस्ताव राखेँ । भर्खर रेडियो टिभीहरुबाट माया बझ्दै गरेकी नितुले हुन्छ भनिन् । कहिले काँहि म उनी घरवाट विद्यालय आउने वाटो ढुकेर बसेको हुन्थें । कहिले विद्यालयको प्राङ्गणमा ल्याएर छाडि दिन्थें । कापी, कलम र आवश्यक परेका गाईडहरुको खरिद पछि नितुले दाईको सम्बोधनमा सहयोग लिन थालिन् । मैले बहिनी नभएर मेरो जीवन साथीका लागि कल्पना गरेको थिएँ । क्रमशसँग म नजिकीन पुगे । त्यहि मौका छोपेर भर्खरको फक्रदै गरेको एउटा कोपीलालाई टिप्ने प्रयासमा दिन रात उनकै सपना देख्न थाले । आवश्यक बस्तु खरिदमा समेत सहयोग गर्न थालेपछि एक दिन नितुले मलाई घरमै लगिन् र वावु आमालाई परिचय गराईन । भाई र बहिनीले समेत सौहार्दपूर्ण तरिकाले मलाई स्वागत गरे । ६ महिना वितेको थियो । एक दिन मलाई नितुले घरमा बोलाएकी थिईन् । त्यस दिन भाई बहिनी र आमा बुवा सबै काममा गएका थिए । विहान गएका ब्यक्तिहरुल रातिसम्म नआउने निश्चित भए पछि म उनको घरमा पुगे । खाना खाएर भाँडा माँझेर टिभी हेरेर बसिरहेकी नितुलाई एकै पटक मैले अाँँखा छोपि दिँए । उनि झसङ्ग भईन् । मैले हात अठ्याईरहे । लाज भएन भन्दै हात सार्न खोजे जस्तो गरेकी उनी पागल बनिन् । खुलिरहेको ढोका लगाएर मलाई माथि कोठामा लिएर गईन् । एल्वमहरु देखाईन् । साथीहरुले विद्यालयमा दिएका प्रेम पत्रका कपिहरु देखाईन् । मन पर्ने रङ देखि मन पर्ने हरेक खाले कुराहरुका बारेमा वताईन् । त्यहि मौका मैले छोपें । प्रेममा सबै कुरा जायज हुन्छ भने जस्तै उनी र म बीच पहिलो पटक अन्तरंगमा डुब्ने प्रयास भयो । पार्टीको एउटा जिम्मेवारीलाई पनि मैले धोका दिएको थिएँ । म त्यो जिम्मेवारीबाट अलग भएको थिएँ । उनका अगाडी सबै कुरा मैले विर्सन पुगें । उनी पनि भुलिन् । घरमा कोहि नभएको मौका पारी हामीले उमेर नै नपुगी सम्बन्ध राख्यौं । उनी डराउन थाले पछि मैले सम्झाउने प्रयास गरें । अञ्जानमा भएको यो कामलाई भुल्ने प्रयास गर । कसैलाई नभन । नत्र भोली घरबाट हिड्नु परेमा समस्या हुन सक्छ । त्यसपछि मात्रै उनी मेरो बारेमा सोध्न थालिन् । 
मैले म माओवादी भएको बताईन । घर पनि मैले गलत बताएँ । अन्यत्र घर भएकाले बनेपामा डेरा लिएर बसेको बताएँ । मैले एसएसलसी दिईसकेको बताएँ । जबकी कक्षा ९ पढ्दा पढ्दै घरबाट हिडेको थिएँ । पार्टीको खटनमा काम गरिरहेको थिएँ । त्यसपछि मलाई झनै समस्या परेको थियो । घर नै थाहा नभएको मान्छेसँग सम्पर्क राखेर डराएको थिईन् । नितुको होसहवास उडेको थियो । दिउँसो चार बजेतिर म बाटो लागे । खाजा बनाएर राख्नु पर्ने नितु सञ्चो नभएको भन्दै सुतिरहिन् । भोलिपल्ट विद्यालयमा समेत त्यसकै झझल्को आइरह्यो । प्रायः हरेक दिन विद्यालय जाँदा बाटोमा भेट्न आउने म भोलिपल्ट गईन । उनलाई शंका लाग्यो । भन्न त मैले केहि दिन, केहि हप्ता अझ केहि महिना नै भेट भएन भने पनि नआत्तिनु तिमी मेरी हौ । कुनै हालतमा पनि तिमीले एसएलसी दिए पछि विवाह गर्ने र सुखी जीवन विताउने कुरा गरेको थिएँ । एक हप्तासम्म नितुलाई धेरै तनाव भयो । के होला ? कस्तो होला ? थाहा थिएन यति चाँडै सम्वन्ध रह्यो परिस्थीति कस्तो हुन्छ ? समय वित्दै जाँदा नितुले कक्षा १० पास गरेर एसएलसी दिएकी थिईन् । कक्षामा सँगै पढ्ने केटा साथीले घुम्न जाने प्रस्ताव गरेको रहेछ । साथमै रहने होईन, भोलिवाट भेट पनि हुँदैन भन्दै सबै साथीहरु घुम्न जाने निधो गरे । त्यस दिन नितुलाई दर्जन प्रेम पत्र लेख्ने साथी मदन आँखाभरी आँशु झारेर रुन थाल्यो । त्यति धेरै साथीहरुको अगाडी चोखो प्रेमलाई नितुले अस्विकार गरेको भन्दै गरिबीको कुरा ओकल्यो । मदन र नितुको परिवार सामान्य नै थियो । जात पनि एउटै थियो । सबैका अगाडी प्रेमलाई स्विकार्न नसकेको भन्दै रुन थालेपछि अधिकांशले नितुलाई सम्झाउन थालेछन् । उनले मसँग भएको जर्वजस्ति प्रेमको बारेमा साथीहरुलाई बताए पछि सबै झस्किएछन् । अझ शारिरीक सम्र्पक समेत राखेर भएको तनावको बारेमा केहि बताउन सकिनन् । सबै साथीहरुको करकापमा उनले मदनसँगको प्रेम स्विकार्न वाध्य भइन् । त्यसपछि नितु झनै तनावमा रहिन् । कहिले मसँगको प्रेम त कहिले मदनसँगको । मदनको ब्यवहार मसँग र मेरो ब्यवहार मदनसँग । 
    उनले दुबै जनासँगको प्रमे २०६२ सालसम्म मिलाउन सफल भईन् । २०६२ सालमा मैले विवाह गर्ने कुरा गरें । त्यो विचमा मदनसँग पनि नितुको शारिरीक सम्र्पक भैसकेको थियो । विवाहको कुरा ल्याएपछि नितु अल्मलिन् । कक्षा ११ अध्ययन गर्दा गर्दै विवाह नगर्ने भने पनि उनको केहि सिप लागेन । बनेपामै बसेर अध्ययन गर्ने भए पछि फरक पर्दैन भन्दै परिवारले प्रेसर गरेको थियो । तर समाजले तामाङ्गसँग नेवारले विवाह गर्न हुँदैन भनेर दवाव दिएको थियो । उनले पनि पछिल्लो समयमा मसँग भन्दा मदनसँग विवाह गर्न पाए जीवन सुखि हन्थ्यो कि भन्ने योजना बनाएको रहिछन् । मदनले पनि विवाह नगर्न र त्यसबाट जे पर्छ सबै मुल्य चुकाउन तयार रहेको साहस दिएका रहेछन् । नितुले मदनसँग मैले गरिरहेको बताएकी रहिछन् । तर पनि मसँगै प्रेम गर्न नितु वाध्य भईन् । कारण एउटै थियो मैले केहि वर्ष पहिले नितुको वावुलाई एक लाख रुपैया ऋण स्वरुप दिएको रकम फिर्ता गर्न सकेका थिएनन् । त्यहि रकमको भरमा वावु छोरी दुवैलाई संकट पर्ने सोचेर होला नितु संकटमा परिन् । मदनसँगको प्रेम त्याग्न लगाउँदै मैले उनलाई जर्बजस्ति नै भनौ प्रेम विवाह गर्न सफल भएँ । म अपराधी थिएँ । म धोकेबाज थिएँ । मैले पैसामा उनको प्रेम किन्न खोजिरहेको थिएँ । उनीलाई सानै उमेरमा त्यो दलदलमा फसाएको थिएँ । उता पार्टी र जनतालाई पनि मैले धोका दिईरहेको थिएँ । पार्टीले यो कुरा चाल नै पाएको थिएन । यस्ता थुप्रै कर्तुतहरुमा मेरो संलग्नता रहँदै गयो । स्त्रीको शक्ति र मायाका अगाडी मेरो केहि जोड चलेन । ढुंगा पग्लेला बरु मेरो कठोर मन उनलाई संकटमा पारेर फाईदा लुट्ने कुराबाट पछि हटन् सकेन । दबावमा मैले उनीसँगको मेरो आशक्ति शारिरीक प्रेमलाई विवाहमा परिणत गर्न सफल भएँ । मदनसँगको उनको प्रेम र सम्वन्धले मलाई छेक्न सकेन । म ह्दयदेखि नै नितुलाई जीवन साथी बनाउन चाहन्थें । उनले गरेका हरेक कृयाकलाप मेरा लागि सहि लाग्थे । 
    विवाह भएको केहि महिना उनी र मेरो सम्वध राम्रै रह्यो । मुलुक शान्ति प्रकृयामा आयो । पार्टीमा मेरो सक्रियता खासै हुन सकेन । त्यस लगत्तै म जग्गाको कारोवारमा संलग्न हुन थालें । पार्टीको काममा कृयाशिल हुन छाँडे । जग्गाकै काममा लामो समय चितवन गएको थिएँ । उनी घरमै थिईन् । हरेक दिन उनको र मेरो कुराकानी हुने गरेको थियो । यता म नभए पछि उनको पुरानै प्रेमी मदनसँग सम्वन्ध अगाडी बढेछ । मदन हरेक पटक हाम्रो कोठामा आउने जाने गर्न थालिसकेछन् । मलाई उनले फोनमा राम्रै कुरा गरिरहेकी थिईन् । चितवनमा तीन महिना बसें । अघिल्लो दिन घर आउने विषयमा कुराकानी भएको थियो । म चितवनबाट बनेपा आउँदा नितु र मदन पोखरा पुगेछन् । मदन ब्यापारमा लागेका थिए । पछिल्लो समय उनलाई पैसाको खाँचो थिएन । खाँचो थियो त्यहि नितुको । नितुको प्रेममा पागल भई विवाह समेत गरे पछि म ढुक्क थिएँ । उनी सदाका लागि मेरी भईन । मैले उनलाई जर्बजस्ति प्रेम गरेको रहेछु । नितु म सँग खुशी हुन सक्ने रहिनछन् । म केहि समय तनावमा रहें । माईतिहरुले हराएको भन्दै खोजविनको लागि आग्रह गरेका थिए । पछि मदन र नितु आफैले नखोज्न फोनवाट जानकारी गराए । नितुले पैसा भए पनि माया नभएको भन्दै टाढा भएको बताईन् । हरेक केटी मान्छेहरुलाई पैसा सँगै श्रीमानले दिने माया र सद्भाव चाहिन्छ । पैसा केहि छिनको आवश्यकता होला तर प्रेम सन्तुष्टि हो । पैसा मैले दिएँ जीवनको खुशी र सुखी अनि सन्तुष्टि मदनले । नितुसँगको त्यो सम्वन्ध र मेरो पागलपनले मलाई लामो समयसम्म गिज्याईरह्यो । २०६८ सालमा मागि विवाह गरें । यस्तै सामान्य पेशा ब्यवसाय गरिरहें । दोश्रो विवाहबाट मेरा दुई सन्तान छन् । पहिलो प्राथमिकता परिवार अनि मात्रै काम । सायद हरेक मान्छेका जीवनमा यस्ता समस्या भईरहेकै होला ? मैले श्रीमतीलाई आफ्ना भोगाईका बारेमा भनेकै छु । त्यसैले म भन्छु आनन्द जीवनका लागि परिवारमा खुशी ल्याउने प्रयत्न गर । अनि मात्रै सच्चा प्रेम र प्रेमले दिएको स्वर्णीम आनन्द प्राप्ती हुन्छ । 

राजु सिङ्गतान
भिमान सिन्धुली
हालः बनेपा, काभ्रे