2018 December 15/ 09:21: 31pm

    युवाहरुको प्रमुख दुस्मन खराव संगत । प्रविधीयुक्त साधन । अभिभावकको स्वतन्त्रता र सन्तानको खुशीका लागि वेवास्ता । केहि परिबन्दमा त केहि लहैलहैमा । केहि ख्याल ख्यालैमा दुब्र्यसनीमा फसेका छन् । सम्हालिन नसक्दा जीवनमा भोग्नु पर्ने थुप्रै घटनाहरुको शिकार हुनु पर्दाे रहेछ । छाडौ भन्दा पनि नसकिने र जाँदा पनि बाटो सकिएको अनुभव हुने ब्यथा भनि साध्यै छैन । लाखौ युवाहरु त्यस्तै बाटोमा छन् । स्वतन्त्र हुनु पनि अभिषाप हो । कोहि बाध्यतामा छन् । पीडामा भएकाहरुले भुल्न पनि यो बाटो रोजेका छन् । बनेपा प्रहरीको अभियानले केहि राहत त होला तर हामीलाई आहात भएको महसुस भईरहेको छ । 
    साविक मिल्चे गा.बि.स. वडा नं. ३ घर भई हाल बनेपा न.पा.वडा नं. ७ मा बसोबास गर्दै आएको थिएँ भर्खर २० वर्षको भएँ म । मेरा थुप्रै रहर र बाध्यता छन् । विकट गाउँमा जन्मनुको पीडा असाध्यै धेरै छ । साथीहरुको संगत र लहैलहैमा मैले गलत बाटो समाउन पुगें । युवाहरु कि त विदेश कि त गलत बाटो । यो अवस्थामा मैले यो बाटो समाउन पुगेकोमा आफैले खेद छ । म त यो बाटोमा लागें लागें अरु युवाहरुले यस्तो बाटो समात्नु हुँदैन । विद्यालय र अभिभावकहरुले यस्तो अवस्थामा आफ्ना सन्तानहरुलाई ख्याल पु¥याउनु पर्छ । मेरो साथीहरु मेरै कारण दुख पनि पाईरहेका छन् । अभिभावकहरुले समेत हाम्रो कारण दुख र पीडा महसुस गर्नु परेको अवस्था छ । मेरो साथमा साबिक दाप्चा गा.वि.स. वडा नं. ६ हाल नमोबुद्द न.पा. वडा नं. ४ बस्ने वर्ष २४ को प्रकाश तामाङ  र सुनसरी जिल्ला धरान न.पा.वडा नं. ३ बस्ने बर्ष २६ को हेमन्त खड्गी थिए । उनिहरु मध्ये खड्गी अझै फरार छन् ।     बनेपा न.पा.वडा नं. ११ मा २०७४ साल माघ २४ गते सााझ साढे ५ बजे तिरको समयमा हामीलाई प्रहरीले पक्राउ गरेको थियो ।  बनेपा न.पा.वडा नं. ११ बस्ने १७ बर्षिय अस्बिन अधिकारी समेतले अबैध रुपमा लागु औषध सेवन तथा बिक्री बितरण गरेको खवरका आधारमा प्रहरी त्यहाँ पुगेको रहेछ । सोहि स्थानमा रहेको खाली चौरमा बसिरहेको अवस्थामा हामीलाई नियन्त्रणमा लिई हामीले बोकेको झोला र शरिर प्रहरीले खानतलासी गरेको थियो । प्रहरीले मैले बोकेको झोला भित्र लागु औषध नाईट्रोसन १० लेखेको १ सय ८६ चक्की र मैले लागएको जिन्स पाईन्टको खल्तीबाट नगद १ हजार बिस फेला पा¥यो । त्यहि आधारमा प्रहरीले म र अस्बिन अधिकारी समेतलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय ल्याएको थियो । 
    प्रहरीले हामीलाई पक्राउ गरेर ल्याए पछि बरामद गरेको लागु औषध जस्तो देखिने ट्याबलेट मध्येबाट ३÷३ ट्याबलेट चक्की नमुना निकाली बाँकी १ सय ७७ चक्की (ट्याब्लेट) आगो लगाई जलाई नष्ट गरिएको प्रहरीले बताएको थियो । पक्राउ परेको समय भन्दा ५÷६ महिना अगाडी देखि नै मैले कहिले काहीँ लागु औषध  ट्याब्लेट भक्तपुर स्थित नाम थाहा नभएको मेडिकलबाट किनेर खाने गरेको थिएँ । त्यस्तैमा बनेपा गोदामचोकमा स्नुकर खेल खेल्न जाँदा म संगै खेल खेल्ने पहिला देखि नै चिनेको प्रदिप लामा भन्ने साथीले मलाई तिमी कहिलेकाँही लागु औषध सेवन गर्छौ भने ललितपुर लगनखेल बस्ने हेमन्त तामाङको मोबाईल नम्बर ९८१८४४५४६१ मा सम्पर्क राख उसले ल्याई दिन्छ भन्यो । त्यस्तैमा मैले सेवन गर्न मन लागेको बेला उसको मोवाईल नम्वरमा फोन गरी लागु औषध मगाउन थालें । २०७४ माघ २४ गते हेमन्त तामाङ भन्ने साथीले फोन गरी लागु औषध ल्याई दिन्छु भन्यो । उसले काठमाण्डौबाट मोटर साईकलमा आई बनेपा तिनदोबाटोको एक नीजि विद्यालय जाने गल्ली बाटोमा भेट्ने प्रस्ताव ग¥यो । लागु औषध नाईट्रोसन १० एक्काईस पत्ता तथा २ सय १० चक्की मलाई दियो । उसले तिमिलाई चाहिने जती राख बाँकी प्रति पत्ता ४ सयका दरले बिक्री गरिदिउ विक्री गरे बापतको कमिसन तिमी आफैं लिनु भन्यो । म अक्क न बक्क भएँ । लागु औषध नाईट्रोसन मैले नलिई सुखै पाईन । त्यो सबै लिएर आफनो घर गई केही समय पछी काठमाण्डौ जानको लागी तयार भई रहँदा पहिला देखि चिनेको साथी प्रकाश तामाङले मलाई फोन ग¥यो । उसले आफुलाई लागु औषध नाईट्रोसोन चाहिएको बतायो । मैले झोलामा राखेको लागु औषध नाईट्रोसोन लिएर बनेपाको तीन दोबाटो पछाडी खोलाको छेउमा पुगें । त्यहाँ त्यहि प्रकाश तामाङलाई फोन गरेर भेटें । प्रकाशको फोन पहिला देखि नै चिनेको साथी अस्बिन अधिकारीले बोकीरहेका रहेछन् । मलाई प्रकाश दाईको मोबाईल मसंग छ प्रकाश दाजु बनेपा न.पा.वडा नं. ११ स्थित पुण्यमाता खोला नजिकको खुला चौरमा छन् संगै जाउँ भन्यो । अश्विन र म दुबै जना हिड्दै प्रकाश तामाङलाई भेट्न गयौं । त्यहि चौरमा मैले म सँग भएको लागु औषध नाईट्रोसोन ४ सयका दरले २ पत्ता ८ सयमा बिक्री गरें । उक्त स्थानबाट प्रकास तामाङ भन्ने साथी हिँडी गएको र म संग आएको साथी अस्बिन अधिकारी सोही स्थानमा बसी रहँदाको बखत प्रहरी टोलीले मलाई पक्राउ गरेको थियो । प्रहरीले हामीलाई शुरुमा सोधखोज ग¥यो । कसैको सुराकीको आधारमा उसले पक्राउ गरेको थियो । प्रहरीले शुरुमै नभाग्न भन्यो । हामी दुबैलाई नियन्त्रणमा लियो । शरिर तथा साथमा रहेको झोला समेत खानतलासी ग¥यो । मैले बोकेको झोलाबाट बाँकी रहेको लागु औषध नाईट्रोसोन १९ पत्तामा ४ चक्की मैले सेवन गरी बाँकी १ सय ८६ चक्की र मैले लगाएको जिन्स पाईन्टको खल्तिबाट लागु औषध विक्री गरेको पैसा नगद ८ सय र म सँग पहिल्यै साथमा भएको २ सय २० गरी १ हजार समेत फेला पारी बरामद गरी हामीहरु समेतलाई पक्राउ इलाका प्रहरी कार्यालय बनेपा लगेको थयो । 
    अश्विन अधिकारी निर्दाेष रहेछन् । तर उनी म सँगै पक्राउ परेका थिए । अश्विनले पनि प्रहरीलाई यसो भनिदिएका रहेछन् । सोहि दिन अथार्त २०७४ माघ २४ गते म आफनै घरमा खाना खाई कलेज जान हिँडेकोमा सोहि दिन पढाई नहुने भएकाले बनेपा बजारमा घुमी बनेपाको साथी प्रकास तामाङ भन्नेले गौतम होटलमा मेरो मोबाईल चार्जमा राखेको छु महत्वपुर्ण फोन (कल) आउँछ ल्याई देउ भनि मलाई पठाएको थियो । म उक्त होटलमा पुगी होटलबाट मोबाईल लिई बाहिर निस्किने बितिकै उक्त मोबाईलमा फोन आयो । फोन पहिला देखि चिनेका कञ्चन लामाको थियो । पछाडी फर्केर हेर्दा कञ्चन लामा तामाङ र रक्की भन्ने साथीले कालो रङको साईड ब्याग बोकेर आई रहेको देखें । हामी तिनै जना उक्त खाली चौरमा गई गफ गर्दा गर्दै कञ्चन लामा तामाङ र प्रकाश तामाङले तामाङ भाषामा कुरा गरे । मैले बुझिन । पछी कञ्चन लामाले बोकेको झोलाबाट लागु औषध जस्तो देखिने अंग्रेजिमा नाईट्रोसोन १० लेखेको २ पत्ता तथा चक्की २० निकाली दिए पछी प्रकास तामाङले कन्चन लामा तामाङलाई  एकहजार पाँच सय दिएका थिए । पैसा लिएर उ कता गयो थाहा भएन । त्यहि बेला प्रहरीले हामीलाई पक्राउ गरेको थियो । प्रहरीले मलाई शंका गरी मेरो शरिर खानतलासी गर्दा मेरो शरिरबाट केही फेला नपरेको र म संगै बसेको साथी कञ्चन लामा तामाङको साथबाट लागु औषध भेटिएकाले मलाई समेत पक्राउ गरेर प्रहरीकोमा पु¥याएको थियो । 
अश्विनले भनेको कुरा सत्य थियो । हामीले तामाङ भाषाबाट कुरा गरेरै उक्त सामानको किनबेच गरेका थियौं । साथीले मलाई कमिसन खान दिएको रकम समेत नखाई उसलाई सामान पठाएको थिएँ । प्रहरीले तत्कालै सोहि स्थानमा भेला भएका मान्छेहरुलाई कागज गराएर हामीलाई पक्राउ गरेको बरामदी मुचुल्का बनाएको थियो । हामी भन्दा अघि धेरै पटक उक्त स्थानमा त्यस्तै काम गर्ने युवाहरुको समुह भेटघाट भईरहँदो रहेछ । बनेपा न.पा.वडा नं. ११ सिनागल स्थित खाली चौरमा लागु औषध नाईट्रोसन १० सेवन तथा बिक्रि बितरण गरेको खवर प्रहरीले प्राप्त गरेको रहेछ । कञ्चन लामा तामाङले काठमाडौको लगनखेल बस्ने हेमन्त नाम गरेको व्यक्ति सँग मोबाईल नम्बर ९८१८४४५४६ मा सम्पर्क गरी उत्त सामान लिएका रहेछन् । सुनसरी जिल्ला धरान न.पा.वडा नं. ३ बस्ने बर्ष २६ को हेमन्त खड्की भन्ने ब्यक्तीका नाममा उक्त मोवाईल रहेको प्रहरीले पत्ता लगाएको थियो । प्रदिप भन्ने व्यक्ती सँग लागु औषध किनबेच गर्ने गरेको र निजको सम्पर्क नम्बर ९८१३१०७६७३ भएको समेत प्रहरीले पत्ता लगायो । उक्त सिम काभ्रेकै साविक सिसाखानि गा.वि.स.वडा नं. २ बस्ने बर्ष २९ को कर्मवङ्गेल लामाको नाममा रहेछ । प्रकाश तामाङ र म बीच कुराकानी भईरहेको मोवाईलको कल डिटेलबाट खुलेको छ । अनुसन्धानबाट यो घटनामा अश्विन अधिकारी निर्दाेष देखिएको भन्दै प्रहरीले मुद्दा नचलाउन माग गरेको थियो । 
    प्रहरीले म कन्चन लामा तामाङ तथा फरार प्रतिवादीहरु हेमन्त खड्गी र प्रकाश तामाङले लागु औषध (नियन्त्रण) ऐन २०३३ को दफा १४ को (१) बमोजिम कसुर अपराध गरेको प्रष्ट भएकाले सोही महलको दफा १४ (१) को (छ) को (३)(झ) बमोजिम हदै सम्मको सजाँय हुन माग गरेको थियो । प्रहरीले हामीलाई २०७४ फागुन २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अदालतमा पेश गरेको थियो । मैले बाध्यतामा परेर यस्तो काम गरेकाले प्रहरीलाई त्यहि अनुसार सजायँ दिन र सुध्रने अवसर दिन अनुनय विनय गरें ।  म जस्ता धेरै युवाहरु अहिले यस्तो जोखिममा छन् । दलालीहरुले कुनै न कुनै माध्यमबाट युवाहरुले यस्तो धन्दामा फसाई रहेका छन् । शुरुमा कम पैसामा दिने वा कमिसन समेत दिएर विक्री गर्न लगाउने अनि पछि जर्बजस्ति गर्नै नपर्ने गरी आफै खरिद गर्ने लागु औषधको रोग नै हो । यसको प्रयोग हुन थालेपछि हत्तपत्त मान्छे त्यसबाट फुत्कन सक्दैन । यस्तो अवस्थामा खुलमखुला विक्री गर्ने समुहको पहिचान प्रहरीले केहि समय देखि गरिरहेको छ । यस्तो थुप्रै स्थानमा भईरहेको छ । युवाहरुलाई गलत बाटोमा लाग्न नदिन यो अभियान सफल बनाउनु पर्छ । गलत बाटोमा नलाख्न युवाहरुले यस सम्वन्धी जनचेतना जगाउनु पर्छ । युवाहरु देशका कर्णाधार हुन् । कर्णाधार युवाहरुलाई नशामा लठ्ठ बनाई मुलुक लुट्ने योजना असफल बनाउन प्रहरीको भूमिका महत्वपूर्ण छ । म बनेपाको प्रहरीलाई विशेष धन्यवाद दिन चाहन्छु । 
कञ्चन लामा तामाङ
धुलिखेल