2020 August 11/ 06:38: 23am

कसलाई विश्वास गरौं ? कसरी विश्वास गरौं ? मरुँ कि बाँचु ? मर्नु भन्दा बहुलाउनु निको भन्ने नेपाली उखान मेरो जीवनमा लागु भएको छ । अपराधबाट मुक्त पाउन, अपराधीलाई सजायँ दिलाउन मैले जुन साहस गरेको थिएँ । मेरो साहसलाई मेरो श्रीमानले साथ मात्रै दिनु भएको थिएन विश्वास पनि दिनु भएको थियो । तर मैले हारें । मेरो श्रीमानले हार्नु भयो । त्यहि अपराधीलाई अदालतले जिताउन बाध्य भयो । अदालत, प्रहरी प्रशासन, न्याय ? यो सबै पहुँच र पैसा नहुनेहरुले प्राप्त गर्न सक्दैनन् । प्रहरी जसले नागरिकको सुरक्षा प्रदान गर्छ उसले नै असुरक्षित बनाउँछ । स्वार्थपूर्ति गर्छ र कानून हातमा लिन्छ । नागरिकलाई रैति सम्झन्छ । त्यसमा अदालतले लाहाछाप लगाई दिन्छ । पीडितका बाध्यता बुझ्दैन । पीडितलाई बाध्य पारिएको बुझ्दैन । एकोहोरो एउटा स्थानमा गरेको बकपत्र भन्दै सफाई दिन्छ । 
    आफ्नै श्रीमतीलाई पटक पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन संघर्षरत मेरा श्रीमानले हारेका छन् । मलाई होस्टाईल बनाईएको छ । अपराधमा संलग्न प्रहरीका सईले सफाई पाएका छन् । न्याय माग गर्दा हामी श्रीमान श्रीमती दुवै अन्यायमा प¥यौं । जिल्ला अदालत काभ्रेपलाञ्चोकले जर्बजस्ती करणी गर्ने प्रहरीका सईलाई सफाई दिएको छ । अदालतमा बकपत्र गर्न पुग्नु अगाडि नै मलाई होईन भन्न बाध्य पारिएको थियो । मेरो घाँटीमा तरबार र कञ्चटमा बन्दुक राखिएको थियो । म होस्टाईल नभएको भए मलाई उनिहरुले त्यहि रात ऐया भन्न नदिई हत्या गरेर शब नै गायब बनाउँथे । जर्बजस्ती करणी गरेको होईन भन्ने बयान दिन लगाएर घटना भएको दिन प्रहरीका सई कार्यस्थलमै रहेको ब्यहोराको पत्र जिल्ला प्रहरी कार्यालय धनुषाले बनाई दिएको छ । जिल्ला अदालतका न्यायाधीश भिस्मराज प्रसाईको इजलासले जर्बजस्ती करणी मुद्दामा २०७६ पौष १६ गते प्रहरी सई रामविनोद राय यादवलाई धनुषा प्रहरी कार्यालयको पत्र, बकपत्रको बयानका आधारमा शंकारहित रुपले स्थापित भएकाले जाहेरवाला स्वयंमले अदालतमा उपस्थित भई बकपत्रमा जर्बजस्ती करणी गरेको होईन भनेकाले सफाई दिने फैसला भएको बताउनु भएको रहेछ । मैले प्रहरीमा दिएको उजुरी, बयान, बयानका क्रममा लिएको अडियो, भिडियो, स्वास्थ्य परीक्षणको प्रतिवेदन, श्रीमानको बयान, साक्षीहरुको बयानले सफाई दिन मिल्दैन थियो । सरकारी पदमा भएका ब्यक्तिले पदको समेत दुरुपयोग गरेर गराईएको होस्टाईलका आधारमा म आफै असुरक्षित हुँदै उक्त बयान दिएको कुरा सबैलाई जानकारी छ । पटक पटक पत्रिकामा समाचार प्रकाशन भएको थियो । साक्षीका रुपमा त्यसलाई पनि लिन सकिन्थ्यो । अदालत र प्रहरीले त्यसमा ख्याल पु¥याउनु पर्दथ्यो । जिल्ला अदालतका तत्कालिन न्यायाधीश दिपककुमार खरेलले २०७६ जेष्ठ १० गते रामविनोद राय यादवलाई २०७६ जेष्ठ ३० गते पुर्पक्षमा राखेर अनुसन्धान गर्ने आदेश दिनु भएको थियो । आदेश उपर पुनरावेदन पुगेका यादवलाई २०७६ असार २६ गते उच्च अदालत पाटनले २ लाख ५० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । मेरो श्रीमान नेपाली सेनामा सिपाही छन् । मलाई आकर्षक घर किनिदिने प्रलोभन र नमाने मारिदिने धम्की दिईएको थियो । समाजमा यस्ता श्रीमान् पनि हुन्छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका थिए । उनी नमुना र उदाहरणीय पुरुष थिए । भन्छन् श्रीमतीको खुशीका लागि जे गर्न पनि तयार छु । मेरो श्रीमानले राम विनोदलाई जे भयो भयो अब त्यसो नगर्नुस् मेरो घर परिवार सबै बिग्रन्छ भन्नु भयो । उल्टै धम्कि दिदै श्रीमती छाड्न र फसाउन प्रपन्च रचे । कतिसम्म भने भाट भटेनी सुपरमार्केटमा काम गर्ने एकजना महिलालाई हुँदै नभएको घटना बनाएर बानेश्वर प्रहरी चौकीमा जर्बजस्ती करणीको उजुरी गराए । महिला आफैले प्रहरीका सई रामविनोद रायले फसाउने नियतका साथ उजुरी गर्न लगाएको बताए पछि उल्टै प्रहरीले हप्काएर पठायो । त्यसको कागज अझै सुरक्षित छ । प्रहरी प्रधान कार्यालय नक्सालमा समेत पटक पटक माफी माग्दै लिखित कागज गरेका सई रामविनोद राय यादवले पेस्तोल देखाउँदै हामी दुबैलाई अलग गराउने षड्यन्त्र गरे । दुवैले त्यो षड्यन्त्र पूरा हुन नदिन प्रहरी कार्यालयमा उजुरी दिएका थियौं । प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाए पछि हिरासत भित्रैबाट सई रामविनोद रायले श्रीमान श्रीमती बीच झगडा गराउने योजना बनाएका थिए । २०७६ जेष्ठ २५ गते शनिबार दिउँसो दुवै जनालाई घरबाट आफन्त भेट्न आएका छन् धुलिखेल आउनु भन्दै बोलाए । धुलिखेलमा रामविनोद राय यादवका सबै परिवार र आफन्त बोलाएर राखिएको रहेछ । मुद्दा चलुञ्जेल उनिहरु धुलिखेलमै अड्डा जमाएर बसेका छन् । शनिबारको दिन मेरो श्रीमान विदा लिएर धुलिखेल गएका थिए । उहाँले रक्सी पनि खाएका थिएनन् । उल्टै रक्सी खाएको भन्दै सादा पोशाकका प्रहरी पठाएर कुटपिट गरे । म छुट्टयाउन जाँदा श्रीमतीलाई कुटेको भन्दै श्रीमानलाई आर्मी ब्यारेकमा पठाई दिए । मलाई प्रहरी कार्यालयमा पठाए । त्यहाँ पनि राम्रो ब्यवहार पाउन सकिएन । हामीलाई मिल्न दबाब दिएका थिए । जेलबाट २० लाख तिरेर निस्केपछि तिमीहरु दुबैलाई मारिदिन्छु भनेका थिए । दाईजो मागेको र बाल विवाह गरेको अभियोगमा उल्टै उजुरी गरेर फसाउँछु भनेर श्रीमानलाई धम्की दिए । जबकी मेरो उमेर नै २१ वर्षको भईसकेको छ । श्रीमानका आफन्त कोहि छैनन् । मलाई पटक पटक करणी गरेको जानकारी मेरो श्रीमानलाई थाहा छ । तर पनि उहाँले मलाई घर परिवार बिग्रन्छ भन्दै सम्झाउनु भयो । उससँग शक्ति भएकाले उजुरी गर्दा पनि केहि हुँदैन भनेर सहेरै बसेका थियौं । 
    सई रामविनोद राय यादव इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत थिए । रौतहट गौर घर भएका यादवका चारवटा छोरी र एक छोरा छन् । छोरा एमविविएस पढ्दै छन् । तीन छोरीको विवाह गरी नाति नातिना भईसकेका यादवले पटक पटक मानसिक, शारिरीक यातना दिएको कुरा प्रहरीकोमा पहिल्यै उजुरी गरिसकेका थियौं । मर्नु कि श्रीमानलाई भन्नु बाहेक अर्काे उपाय नदेखेपछि मैले श्रीमानलाई उक्त घटनाका बारेमा भनेको थिएँ । मर्दा पर्दा साथ दिने हामी दुई मात्रै भएकाले हामीले प्रहरीकोमा उजुरी गर्ने निर्णय गरेका थियौं । म उनलाई जस्तो अवस्थामा पनि साथ दिन्छु उनले पनि त्यहि कसम खाएका छन् । श्रीमान् टुहुरा हुन् । नेपाली सेनाको सिपाही पदमा कार्यरत छन् । अफिसकै सहयोगले अन्याय विरुद्ध लड्न सक्ने क्षमता उनले राखेका थिए । त्यसमा पनि सफलता मिल्न सकेन । रामविनोद राय यादव विरुद्ध नक्सालमा जर्बजस्ती करणीमा दिएको उजुरी जिल्ला प्रहरी कार्यालय काभ्रे मार्फत चलाएको थियो । १८ वर्षको उमेरमा रामविनोद राय यादवले मलाई पहिलो पटक घरमै आएको बखत फकाई फकाई एप्पल जुसमा निन्द्रा लाग्ने औषधी राखेर लजमा पु¥याई जर्बजस्ति गरेछ, भिडियो खिचेर फिल्म बनाएछ, पटक पटक त्यहि देखाएर यौन हिंसा गरिरह्यो । अध्ययन गर्दै थिएँ, विवाहको कुरा उसैले चलायो । जनकपुरमा भाई र म गएर केटा भेट्यौ । विवाहका लागि हामी तयार भयौं तर त्यहि सई रामविनोद राय यादवले रोक्न खोज्यो । भाँड्न खोज्यो । धम्क्यायो । विवाह गर्न नदिने षड्यन्त्र रच्यो उ सफल भएन र विवाह पछि पनि हामीलाई अलग गराउन पटक पटक जर्बजस्ति ग¥यो । शैक्षिक प्रमाणपत्र र नागरिकता समेत कब्जामा लिएको छ, मुद्दा फिर्ता नलिँदासम्म नदिने बताएको थियो । अझै दिएको पनि छैन । मुद्दा उसले जित्यो तर पनि मेरा कागजात फिर्ता गर्दैन । 
श्रीमानलाई त्यागे जनकपुरमा तीन तल्ले घर किनेर पार्लर समेत राखिदिन्छु भनेको थियो, म बरु मर्न तयार छु श्रीमानलाई छाड्दिन भनेपछि उसले श्रीमान र मलाई अनेक ढंगबाट फसाउने प्रपन्च ग¥यो । विवाह पछि कोठाबाटै उठाएर दुई रात तीन दिन बेहोस बनाएर जर्बजस्ति ग¥यो, मलाई सडकमा छाडेर प्लेन चढेर जनकपुर पुगेर फोटो फेसबुकमा पोस्ट गरेर साँचिलो बन्यो, यता मेरो श्रीमान मलाई खोजेको खोज्यै हुनुभयो । सबै कुरा भनेपछि प्रहरीकोमा उजुरी दिन पुग्यौं । अर्काे पटक रक्षा बन्धनको दिनमा कोठामै आई कञ्चटमा पेस्तोल राखेर जर्बजस्ति गरेर भाग्यो । यस्ता थुप्रै हर्कतहरु सहें तर श्रीमान् छाड्न सकिनँ । श्रीमानले पनि मलाई छाड्ने कुरा कहिल्यै गर्नु भएन । अहिले पनि सबै कुरा सविस्तार भन्नु साथ दिन्छु भन्नु भएको थियो । प्रहरीकोमा भनें तर अदालतसम्म त्यो कुरा भन्न सकिनँ । तर पनि प्रहरीले मैले दिएको भिडियो बयान अदालतमा बुझाएको थियो । मलाई सडकमा छाडेर जनकपुर पुगेको फोटो राखेको त उसले अफिस समयमै छु भनेर देखाएको रहेछ । अघिल्लो दिन हाजिर गरेर दिउँसो काठमाडौ आयो । रातभर मलाई अपहरण शैलीमा उठाएर लग्यो र बलात्कार ग¥यो । विहानै जनकपुर पुगेर हाजिर ग¥यो । त्यहि फोटो र प्रमाणका आधारमा उसले सफाई पायो । 
    मेरा ६ दिदी बहिनी मध्ये ५ जना छौं । दुईवटा भाई छन् । माईली दिदी अनिता यादवको सई रामविनोद राय यादवको कान्छो भाई अमोद यादवसँग गौरमा विवाह भएको थियो । ७÷८ वर्षअघि घर भित्रै जलाएर उसैले मा¥यो । पेटमा बच्चा थियो । दाईजो नल्याएको निहुँमा उसैले घर भित्रै आगो लगाएर जलायो । उपचार गर्न ल्याउने भन्दै काठमाडौको पशुपतिमा जलायो । कसैलाई उजुरी गर्न दिएन । पुनः दबाबमा मेरो साईली दिदीको उसैसँग विवाह गरिदियो । नाताले भिनाजु पर्ने सई रामविनोद यादवले मलाई पनि त्यसै गर्छु भनेर धम्क्याउँछ । तेरो दिदी मारेको कसैले केहि गर्न सक्यो, तँ र तेरो लोग्ने दुबैलाई मारिदिन्छु भन्छ । मेरो श्रीमानलाई पनि हुँदै नभएको घटनामा फसाउने र जागिरबाट निकाल्ने योजना बनाउँदै पटक पटक दुःख दिएको छ । तर उहाँको अफिसबाट सहयोग भएकाले गलत फाईदा उठाउन पाएन । ‘अदालतमा पुग्ने मुद्दा मिलापत्र गर्न मलाई दबाब दिएको थियो । शिर कट्छ मेरो तर म मिल्न सक्दिनँ भनेको थिएँ । मेरो आँशु जति बगेको छ त्यसलाई कारवाही हुनुपर्छ । श्रीमानले अदालतमा पनि नढाँट्नु भन्नु भएको थियो । बाईक चोरीमा समेत श्रीमानलाई फसाउन खोज्यो । तर सकेन । प्रहरी सुुरेन्द्र ठाकुरलाई सई यादवले यस्तै काममा प्रयोग गर्ने गरेको छ । बाबु आमा नभएकाले मामाहरुको साहारामा बस्दा समेत उसले मुख नै देखाउन नहुने गरी बदनाम गरायो । महिला भएर बाँच्न कठिन छ । तर श्रीमान बुझ्ने हुँदा मलाई समस्या छैन । समस्या त्यहि छ यसको दबाब र अन्याय कति सहनु ? प्रहरी भित्रैबाट हामीहरुलाई मिल्न दबाब दिदै उल्टै मेरो श्रीमानलाई खराब बनाउने योजना भएको थियो । न्याय कहाँ मिल्छ, शान्ति कसरी पाईन्छ । जनकपुरधाम माईती भई रौतहटको गौर भएकी मलाई १८ वर्षको उमेर देखि प्रहरीका सई रामविनोद यादवले नाता जोड्दै नजिकिए पछि जर्बजस्ति शारिरीक सम्वन्ध राखेका थिए । 
    अदालतको फैसला सुनेपछि म धेरै रोएँ । आपूmले आफैलाई सरापें । धिक्कारें । हामी महिला कति अन्याय सहेर बाँच्नु पर्छ । भगवान जस्ता श्रीमान् हुँदा त यस्तो छ हालत श्रीमान पनि शंकालु थिए भने के हुन्थ्यो होला ? सायद आत्महत्याको दर पनि यस्तै कारण बढेको हो कि ? समाजले यतातर्फ ध्यान दिन जरुरी छ । 
सई रामविनोय राय यादवबाट 
जर्बजस्ति करणीमा परेकी पीडित युवती