2020 February 18/ 09:19: 27pm

यो धर्ती । समाज । जसको विश्वास ग¥यो उसले नै गर्छ घात । नेपालीमा एउटा उखान छ हात दिँदा हातको डुडुल्को सबै निल्छ मान्छे । त्यस्तो स्वार्थी र अपराधी बन्दै जान थालेको छ मान्छे । पैसाका लागि ब्यक्तिको निर्मम हत्या गर्न सक्छ । त्यहि रगतको आहालमा पौडी खेल्दै निस्किएर निर्धक्क समाजमा हिड्डुँल गर्न सक्छ । पाप धुरीबाट कराउँछ भन्ने अर्काे उखान छ । अपराध कतै गए पनि लुक्न सक्दैन । समय लाग्ला तर धेरै दिन अपराध छिप्न सक्दैन । आँखामा राखे पनि नबिझाउने समाजकै नमुना एक दम्पतीको निर्मम हत्या पछि स्थानीय स्तरमा फैलिएको त्रास अझै साम्य हुन सकेको छैन । विश्वास गर्न कठिन भईरहेको छ । एक्लै समाज चल्दैन । समाजमा हरेक पक्षसँग सहयोग र सहकार्य गर्न आवश्यक छ । तर तिनै ब्यक्तिहरुबाट भएको अपराधलाई कसरी ब्यक्त गर्ने ? 
भुकम्प पछि केहि अपराधहरु घर भित्रैबाट हुन थाले । केहि अपराधहरु अन्यत्रबाट भए । निर्माणका क्रममा आएका ठेकेदार हुन् वा मजदुर । शुरुमा सामान्य हुँदै हुँदै आनीबानी बुझ्दै गएपछि अपराधतर्फ उन्मुख हुन थालेका छन् । त्यसकै उदाहरण हो नमोबुद्ध नगरपालिका । साविकको डराउने पोखरी तल्लो हटिया । सबैका लागि सेवा नै गर्थे दम्पतीले । गाउँमै सामान्य किराना पसल गरी जिविकोपार्जन हुँदै आएको थियो । भएको एउटा सन्तान पनि रोजगारका लागि राजधानीमा बस्दै आएका थिए । छोरासँगै बुहारी र उनिहरुका सन्तान पनि उतै थिए । भुकम्पले घर क्षति पु¥याए पछि उक्त दम्पतीले निर्माणका क्रममा धेरै पटक प्रयास गरेका थिए । स्थानीयहरुले समय दिन नसकेपछि उदयपुर लगायतका विभिन्न क्षेत्रबाट गाउँमा निजी आवास निर्माण गरिरहेका ब्यक्तिहरुलाई नै लगाउने निधो गरेका थिए । ६ महिना देखि गाउँ बसेका उनिहरुले त्यो घर निर्माण गर्ने जिम्मेवारी प्राप्त गरे । ३ महिना भित्र उनको घर निर्माणको कार्य सम्पन्न भयो । तर उनिहरुको काल त्यहि घर निर्माणको शुरुवात बनेर आयो । नयाँ घर निर्माणको शुरुवाती सँगै कालको प्रवेश भयो । जसले नयाँ घर निर्माण गरिदियो उसकै हातबाट सदाका लागि उनिहरु विदा हुनु प¥यो । समाजमा हुने असंख्य घटना मध्ये यो निर्मम र पाशविक थियो । पाशविक हत्याका बारेमा स्थानीयहरुले मुख समेत खोल्न सकेका थिएनन् । घटनाका प्रकृतिले पनि सधै सपनाझै बनाई रहेको थियो । पानीको दह जस्तै जमेको रगतको आहाल, त्यहि आहाल भित्र सेतो सिरकले छोपिएका दम्पती, जताततै छियाछिया काटिएको शरीर । भएकै घटना पनि बर्णन गर्न कठिन छ । दम्पतीको मरण एकैपटक भयो । विरलै हुन्छन् यस्ता घटना । निर्मम र पाशविक घटनामा श्रीमान पछि श्रीमतीसँगै हुन पुगिन् । विहानको झुल्के घाम ढल्कँदै जाँदा पनि ढोका नखुलेपछि मात्रै घटनाको रहस्य सार्वजनिक हुन पुग्यो । 
जसले भुकम्प पछिको पुनर्निर्माणको घर निर्माण गरिदियो उसैले त्यहि घरका दम्पतीको हत्या ग¥यो । पुराना पैसा र सुन रहेको सूचनाका आधारमा घर निर्माणको तीन महिना पछि मध्यरातमा बास बसेर हत्या गरी फरार भएको १ महिना २७ दिन पछि प्रहरीले पक्राउ गर्न सफल भयो । स्थानीय र आफन्तहरुमा केहि आश पलायो । प्रहरीले चाह्यो भने जस्तोसुकै अपराधमा संलग्नहरु पनि उम्कन पाउने छैनन् । काभ्रेपलान्चोक  जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्वर ८ तल्लो हटिया घर भई सामान्य किराना, चिया र घरेलु मदिरा समेत विक्री गर्दै आएका ५५ बर्सिय श्यामकृष्ण श्रेष्ठ र उनकी पत्नी ५० बर्सिया रुकुमाया श्रेष्ठको २०७६ कार्तिक १९ गते मध्यरातमा हत्या भएको थियो । हत्यामा संलग्न उदयपुर जिल्ला चौदण्डीगडी नगरपालिका वडा नम्वर १० घर भई काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका वडा नम्वर ७ सरस्वती नगर बस्दै आएका २३ बर्षिय सुमन राई र सोहि ठेगाना घर भई ललितपुर महानगरपालिका २५ भंैसेपाटीमा बस्दै आएका २० बर्षिय किरणकुमार मगरलाई पौष १५ गते मंगलबार राति प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी टोलीले पक्राउ गरेको हो । सिआईबीका डिएस्पी हरिबहादुर बस्नेत र जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी दिपक गिरीको नेतृत्वमा १२ जनाको अनुसन्धान टोली गठन भएको थियो । अभियुक्तहरुको साथबाट प्रहरीले हत्या हुँदा रगत लागेका तन्ना सहितका कपडाहरु, सिक्काहरु, अन्य प्रमाणमा संलग्न सामाग्रीहरु बरामद भएका छन् । प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले जिल्लामा हाजिर भए लगत्तै उक्त घटनाका बारेमा अनुसन्धान गर्ने बताउनु भएको थियो । जिल्लामा रहेका अन्य घटनाका फाईलहरुको अनुसन्धान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । नमोबुद्ध नगरपालिकाकै कानपुरमा गत वर्षको दशैंमा एक बृद्धले ज्यान गुमाउन पुगेको घटनामा संलग्नको अझै पहिचान हुन सकेको छैन । 
    भुकम्प पछि पुनर्निर्माणका लागि गाउँ आएका मजदुरहरुले जिल्लाका हरेक क्षेत्रमा कुनै न कुनै घटना घटाएर भाग्ने गरेका छन् । दाप्चा क्षेत्रमा काम गरिरहेका उदयपुरका समुन राई र किरणकुमार मगर पनि त्यहि मजदुरी गरिरहेका थिए । तीन महिनासम्म हत्या गरिएको दम्पती श्यामकृष्ण श्रेष्ठ र रुकुमाया श्रेष्ठको घर निर्माण गरिरहेका थिए । उनिहरुलाई घरको बारेमा पुर्ण विवरण थियो । झ्यालमा छेस्किन लगाउने वा खोल्ने बारेमा पनि ज्ञान थियो । उक्त घरमा पुराना पैसा भएको सूचना थियो । तर कति संख्यामा छ थाहा थिएन । घर निर्माण सकिए लगत्तै उनिहरु राजधानी गए । दशैको बीचमा पुनः सुमन र किरण दाप्चा पुगे । घरमा पसल पनि भएकाले उनिहरुले रुकुमाया श्रेष्ठसँग केहि रकम मागे । घर निर्माण गरेको रकम ठेकेदारले सबै लगिसकेकाले दिन बाँकी थिएन । उनिहरुले आफुहरु घर जान समेत खर्च नभएकाले केहि रकम दिन अनुरोध गरेका थिए । तर रुकुमायाले दिनु भएको थिएन । २०७६ कार्तिक १८ गते राति सुमन र किरण काठमाडौबाट बनेपा आए । बनेपाबाट भकुण्डेको बस चढे । भकुण्डेबाट हिडेर दाप्चा तल्लो हटिया पुगे । उनिहरु श्यामकृष्णको घरमा पुग्दा रात परिसकेको थियो । रातको ९ बजे श्यामकृष्णको घरको झ्यालबाट लाईट देखाएर पसल लुट्ने योजना बनाए । केहि घण्टा अघि पसल बन्द गरी माथिल्लो तल्लामा पुगेका श्रेष्ठ दम्पती पसल भित्र मान्छे पस्न लागेको चाल पाएर तल झरे । उनिहरुले हामी टाढाबाट आएको, पहिला पनि यहि घर बनाएको चिनजान पनि भएकाले त्यो रात त्यहि बस्न दिन अनुरोध गरे । बास मागेर घर भित्र पसेसँगै उनिहरुले चाउचाउ र लोकल रक्सि सेवन गरे । उनिहरु त्यहि सुतेपछि श्यामकृष्ण माथी गए तर निदाएनन् । मध्यरातमा उनिहरुले श्रेष्ठ दम्पती निदाएको ठानी पसलको धनमाल चोर्न थालेपछि श्यामकृष्ण तल आए । तल आए लगत्तै सुमन र किरणले उनलाई घाँटी समाएर अठ्याउन खोजे । श्यामकृष्णले पनि एकजनालाई घाँटी समाए । लगत्तै अर्काेले नजिकै रहेको खुर्पाले घाँटी छप्काए । माथीबाट श्रीमती रुकुमाया तल आउँदा विभत्स दृश्य देखिन् । कराउन लाग्दै थिईन उनलाई वियरको सिसी र ब्लेडले छियाछिया पारी निर्मम तरिकाले हत्या गरे । उनले कानमा लगाएको मुन्द्रा लुटे । पसलमा भएको केहि नगद लुटे । हत्या लगत्तै उनिहरु दुबै जना माथिल्लो तल्ला पुगेर सन्दुकमा राखेको केहि थान पैसा लुटे । तन्ना निकालेर रगत लागेको कपडा पोको पारे । झ्यालबाटै निस्किएर भागे । त्यहाँबाट निस्किएर उनिहरु प्रेमलाल श्रेष्ठको खाली घरको भुई तल्लामा आगो बालेर रात विताए । त्यहाँ उनिहरुले लुटेर ल्याएको सामानहरु हेर्दा पुराना पैसा फेला पारेनन् । १ सय १२ थानमा २ थान मात्रै पुराना पैसा फेला पारेपछि उक्त पोको त्यहि घरमा लुकाएर राखे । रगत लागेको कपडा सहितको तन्नाको पोको त्यहि घर नजिकै जंगलमा फ्याँके । उनिहरुले बोकेर आएको ब्याग पनि अन्यत्र फाले र गाउँमा निस्किए । छिमेकीसँग राति ८ बजेसम्म कुरा गरी सुतेको श्रेष्ठ दम्पती विहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । दम्पतीको घरमा गाँजाको थुप्रो र घरेलु उत्पादनबाट तयार गरिएको रक्सि समेत प्रहरीले बरामद गरेको थियो । हरेक दिन गाँजा र रक्सि खाने ब्यक्तिहरु दम्पतीको पसलमा पुग्ने गरेका थिए । घटनाको स्थलगत मुचुल्काका आधारमा प्रहरीले तयार गरेको प्रतिवेदनमा  गाँजा, रक्सि सेवन पछि दम्पतीको हत्या भएको हुन सक्ने आंशका गरिएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका तत्कालिन प्रहरी प्रमुख एसपी जयराज सापकोटाको टोली घटनास्थल पुगी प्रहरी केन्द्रिय कार्यालयबाट तालिमप्राप्त कुकुर समेत मगाएर अनुसन्धान गरेको थियो । १ महिना २७ दिनसम्म घटनामा संलग्नको पहिचान हुन सकेको थिएन । तर प्रहरीले केहिलाई आंशकाका भरमा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । 
    घटना भएकै दिन स्थानीयले सुमनलाई फोन गरेका थिए । सुमनले आत्तिएर काम भए दाप्चा आउने नत्र किन आउनु भन्दै फोन राखेका थिए । त्यहि फोनका आधारमा प्रहरीले गरेको अनुसन्धानले हत्यामा संलग्न अभियुक्तसम्म प्रहरी पुग्न सकेको श्रोतले बतायो । अनुसन्धानकै क्रममा एसपी जयराज सापकोटाको सरुवा भए सँगै अनुसन्धान प्रभावित भएको थियो । एसपी रविकुमार पौड्याल जिल्ला आए लगत्तै उक्त घटनाका बारेमा भएको अनुसन्धान निश्कर्षमा पुगेको हो । प्रहरीले पक्राउ परेका सुमन र किरणलाई कर्तब्य ज्यान तथा डाँका चोरीमा मुद्दा दर्ता गरेको छ । उनिहरु हत्या पछि काठमाडौमा मजदुरी गर्दै आएका थिए । श्रेष्ठ दम्पतीका एक छोरा र एक छोरी छन् । श्रेष्ठ दम्पती मात्रै गाउँमा बस्दै आएका थिए । छोरा र बुहारी तिहारका लागि घरमा आएको केहि दिन अघि मात्रै काठमाडौ फर्किएका थिए । उक्त क्षेत्रमा नीजि आवास, विद्यालयको पुर्ननिर्माण र सडक निर्माण कार्य भईरहेको छ । उक्त कार्यका लागि ठेकेदारहरुले विभिन्न क्षेत्रबाट काम गर्ने कामदारहरु ल्याएका छन् । प्रहरीले अनुसन्धानका लागि काठमाडौबाट दुईवटा कुकुर समेत झिकाएको थियो । अघिल्लो वर्ष विजया दशमीको दिन नमोबुद्ध नगरपालिकाकै कानपुरमा एक्लै बस्दै आएका एक जना बृद्धको त्यस्तै अमानविय तरिकाबाट हत्या भएको थियो । उक्त हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन । अवसर र रोजारका लागि सन्तान शहर वा बैदेशिक रोजगारीमा जाने र ग्रामिण भेगमा अभिभावक एक्लै बस्दै आएको अवस्थामा थोरै नगद र सुनका लागि अपराध हुने क्रम बढ्न थालेको छ । गाउँ रित्तो भएसँगै अपराध फस्टाउन थालेको छ । अमानविय, पाशविक हत्यामा संलग्नको पहिचान पछि केहि राहत मिलेको पीडित परिवारको अनुभुति छ । राजधानीमा पानीको काम गर्दै आएको दम्पतीका छोरा बुहारी घर फर्किएका छन् । आहाल बनेको रगतका टाटा अझै ओभाउन सकेका छैनन ।  हत्यामा अरु पनि संलग्न हुन सक्छन् । हत्यारालाई सर्वस्वसहित आजीवन कैद हुनुपर्छ । उनिहरुको माग छ । 

रामगोपाल श्रेष्ठ
हत्या भएका दम्पतीका भतिज
दाप्चा, नमोबुद्ध नगरपालिका, काभ्रे