2020 July 04/ 12:53: 05am

प्राप्तिमा माया खोज्नेहरु होलान् । आफ्नो अँगालोमा हुँदा माया हुने नहुँदा त्यसको परिभाषा फरक तरिकाले लगाउनेहरु पनि होलान् तर म त्यो प्राप्तिको प्रेमको रिकेश भन्दा निकै टाढा छु । मैले चाहेर पनि अब त्यो प्राप्ति भित्रको प्रेम अनुभव गर्न सक्दिनँ । तिमी जति पल मेरो आत्माको धरोहर भएर रह्यौ मेरो जीवनको पूर्णता अनुभव गरेको छु मैले । हुनत भाग्यको खेला नै त्यस्तो । कुन पल तिमीले मलाई चाहिनौं र कुन पल मैले तिमीलाई चाहिनँ ? कुन कुरामा हाम्रो मतभेद रह्यो र कुन कुरामा हाम्रो विवाद भयो ? अँह कुनै क्षण हामीले त्यो टिठलाग्दो पल बिताएनौ । तिमी मलाई माया गथ्र्याै म तिमीलाई आफ्नो मुटुमा राख्थें । ‘माया’ शब्द सुन्दै कति मिठो लाग्छ । ओइलिएको विरुवा पनि मायाकै नाममा ब्युँतन्छ र जीवन जिउँछ । हरेक मरेका निरु र मस्तिष्कहरु यहि मायाको साहारामा जीवन जीवन्त बाँचिरहन्छन् । यहि सम्झना कल्पना र सपनाको महलमा बसेर हरेक बास्तविकतालाई त्यहि मायाले चिर्छ अनि रोएको निरु एक छिन भएपनि सिमलको भुवासरी कहाँ कहाँ बादल पारीको देशमा एक आदर्श प्रेम अनि विश्वासको खोजीमा भौतारिन्छ, भौतारिरहन्छ अनन्तसम्म जहाँ मुटुको धड्कन धक्धक् गरिहरहन्छ, जहाँ पृथ्वीको अस्तित्व रहिरहन्छ अनि जहाँ माया र प्रेम भन्ने शब्दहरु यस संसारमा बाँचिरहन्छन् । 
तिमी मलाई सम्मान गथ्र्याै म तिमीलाई आफ्नो भगवान ठान्थें । तिमी मलाई संसारको हर खुसी दिन हरप्रयत्न गथ्र्याै म पनि तिम्रो खुसी उन्नती र प्रगतिको कामना गर्दर्थे । सुन्दर, शान्त अनि पवित्रता भित्र विश्वास भरिएको माया मगमग मगाउँदा हामी कति प्रफुल्लित थियौं । हामी कति आत्मविश्वासी थियौै । आफु मात्रै खुशी थिएनौ हामीले हाम्रा आफ्ना भन्नेहरुलाई पनि रिझाएका थियौं । हामी साथ हुँदा दुनियाँको कुन कुरा गर्ने सामथ्र्य र आँट आउँदैनथ्यो र ? हामी दुईको प्रयत्न पनि त असफल थिएनन् । तर उहि एउटै असफलतामा म छु आज । एकपलको खुसी मेरा लागि जुनी जुनीसम्मको खोट बनेको छ । दिनरात बादल मडारिएर झरेको बर्षात्को भेलले आज फेरी एक पटक म मुर्छित भएँ । विछिप्तताको सिकार बनें । हो हरेक पल तिमी भन्थ्यौ मलाई तिमीबाट कसैले खोस्यो भने ? म भन्थें दुनियाँमा कस्को सामथ्र्य छ ? म जुनसुकै जंघार तर्न सक्छु, जुनसुकै जञ्जिर तोड्न सक्छु, जस्तो पहाड फोर्न सक्छु । तर आज म निरीह बनेको छु । भगवानको लिलाको अगाडी मेरो केहि लागेन निरु मलाई माफ गर । तिमी भगवानकी भईसक्यौ तर म यहि पापी पेटका लागि आज पनि विदेशी भूमिमा रगत र पसिना बगाउँदै छु । बलिको पशु जस्तै रेटिदैछु पलपल । उनको र मेरो भेट हामी दुवैको जन्मसँगै भएको हो । हामी दुवैको परिवार सँग सँगै बस्दथ्यौ । पुख्र्याैली थलो मेरो काभ्रे भए पनि उनको पश्चिमतिर नै थियो तर पनि भाग्य भनौ या समयको खेल परिवारको शहर बसाईसँग मेरो जन्म भएको २ वर्ष पछि उनको जन्म भएको रे आमा भन्थिन् । हाम्रो बसाईसँगै भएकै कारण सँगै खेली सँगै हुर्कियौं । म अलि बद्मास स्वभावको भए पनि उनी साह्रै भलाद्मी अनि असल थिइन् सानैदेखि । एकै थालमा एउटै आमाले खुवाउने गर्नुहुन्थ्यो रे हामीलाई । यस्तै तरंगित हुन्छ निरु बाल्यकाल सम्झँदा । एउटै विद्यालय उनि म भन्दा २ कक्षा तल्लोमा पढ्थिन् । मेरो भन्दा पढाईमा उनि अझै तेज लाग्दथ्यो मलाई तर पनि म माथिल्लो कक्षाको भएकै कारण उनलाई सहयोग गरिरहेको हुन्थें । मेरो एसएलसी पनि सकियो । 
हाम्रो परिवार त्यस ठाउँ छाडेर बुटवल सर्ने कुरा भयो । किनकी मेरो बाबाको जागिरको पोस्टिङ्ग त्यता प¥यो । हामी छाडेर गयौं त्यस ठाउँलाई । निरु अनि निरुको ममी बाबाको यादले मलाई सताईरह्यो । आँखामा उनी यसरी बसिछिन् कि कहिले पनि मैले हटाउन सकिनँ । त्यतिबेला अहिलेको जस्तो सूचना प्रविधिको सहज उपलब्धता पनि थिएन । त्यसकारण कुराकानी भनेको टेलिफोन मात्र कहिलेकाँही हुन्थ्यो तैपनि हामी सम्पर्क मै रहिरह्यौं । मैले त्यस ठाउँ छाडेको ५ वर्ष पछि मात्रै हाम्रो भेट भयो । त्यो क्षण मलाई आज पनि कताकता काउकुति लाग्छ मायाको न्यानो अनुभव अनि एक अर्काप्रतिको अप्रकट प्रेम त्यस्तै क्षण पोखिएको थियो । छताछुल्ल भएको थियो । त्यो भन्दा अघि कुनै टेलिफोन संवादमा हामीले कहिले पनि हामी एकअर्कालाई माया गर्ने कुरा ब्यक्त गर्न सकेका थिएनौ । त्यस दिनको भेटघाट हाम्रा लागि साँच्चै अविश्मरणीय र विशेष बन्यो । हामी यतिबेर अंगालोमा बेरियौं कि विछोडको पीडाले हामीलाई मिलनको विन्दुमा जोडिदिएको थियो । ब्यक्त नभएका मायाका छालहरु एकाएक तरंगित भइरहेका थिए । त्यसदिन देखि हाम्रो माया झन् झाँगिदै गयो । त्यतिबेलासम्म उनले स्टाफ नर्स सकेकी थिईन् । म पनि इन्जिनियरिङ्ग पढाईको अन्तिम बर्षमा थिएँ । अनेकौ सपना बनायौं सुन्दर भविष्य र सुखमय जीवनका लागि हरपल परिश्रम ग¥यौं पसिना बगायौं । मेरो इन्जिनियरिङ्ग सकियो । पढाईलाई कर्ममा रुपान्तरण गर्नुपर्ने भयो । परिवारमा छलफल भयो विदेश जाने वा नेपालमै सेवा गर्ने ? केहि वर्ष नेपालमै बसेर सेवा गर्ने निर्णय भयो । काम गर्न थालें । महिनामा एक पटक मात्र भेट्न सकेका थियौ हामी त्यसबेला उनि अस्पतालमा जागिरे म प्रोजेक्टमा हामी दुवै ब्यस्त भयौं । 
    भावीले किन खुशी धेरै समय टिकाउन चाह्यो र । खै के कारण हो उनको घर लिलामीको सूचना पत्रिकामा पढें । साह्रै चिन्ता लागिरहेको थियो । निरुलाई फोन गरें उठेन । एकै छिनमा उनले गरिन् र आत्तिएर भनिन् रिकेश छिटो अस्पताल आउ । बाबालाई अस्पतालमा ल्याएको छ । यतिकैमा फोन काटियो । मलाई के गरुँ ? कसो गरु भयो तुरुन्त अस्पताल पुगें । त्यहाँको माहोल फरक भैसकेको थियो विचरा भर्खरै उमेरले ४० पनि नकटेकी निरुकी आमा विधवा भइसकेकी रहिछन् । ति आमाको सिन्दुर पुछिएर खै फिक्का जीवन किन यस्तो संस्कार ? सम्झदाँ आफैलाई चिथोरु झै लाग्छ । एकातिर घर लिलामी, अर्कातिर जन्मदाता बाबुको निधन त अर्कातिर कलिलै उमेरकी आमाको एकल अवस्था । धन्न कसरी थेगिन् मेरी निरुले । निरु तिमी महान् थियौं । त्यसैले त चाँडै स्वर्गलोकमा पुग्यौ यो पपी दुनियाँलाई चटक्क छाडेर । अब मलाई मेरो परिवारको मात्र जिम्मेवारी रहेन । निरु र उनको परिवार प्रतिको जिम्मेवारीले पनि थिच्यो । मैले स्वदेशमा भन्दा विदेशमा बढि कमाई हुन्छ । हाम्रो भविश्य उज्ज्वल बनाउन पनि म विदेश जानै पर्छ भनें, परिवारले त मलाई स्विकृति नै दियो । तर निरुको निरुमा खै के थियो । उनले बारबार मलाई नजान आग्रह गरिरहिन् । हुन त भर्खरै टुहुरी बनेकी मेरी निरुलाई सुख दुःखमा साथ दिन म बाहेक को नै थियो र ? यस दुनियाँमा अरु त सब छन् गेडी सबै मेरी छैनन गेडी सबै तेरी त हुन् नि ? आदर भन्नु नै मेरो नै पो थियो होला । तर मैले पनि त क्षणिक सुख मात्र हेरेर हुँदैन भनेर विदेशी भूमिलाई कर्मथलो बनाउन विदेश हान्निएँ । पतिको गहिरो शोक र पारिवारीक जिम्मेवारीको गह्रौ भारीले होला सायद निरुको आमाको स्वास्थ्य दिनप्रतिदिन विग्रदै गईरहेको कुरा निरुले बारबार भन्ने गर्थिन् । अन्ततः भगवानको अगाडी कस्को के लाग्दो रहेछ र । उनले पनि यो संसारको सांसारिक माया मोहलाई त्यागिन् अनि परलोकमा आफ्नो स्थान जमाईन् । आमाको मृत्युसँगै निरु एक्लि भईन् नितान्त एक्लि । उनलाई साथको खाँचो भयो । आमा र बाबाको काखको खाँचो भयो अनि जीवनभर आँशुलाई रित्याएर खुसीका रेखाहरुको खाँचो भयो । मैले अठोट गरें विवाह गर्छु अनि मुटुभरीको मायालाई औपचारिक रुप दिन्छु । म नेपाल फर्किएँ । 
आमाको मृत्युको शोक अनि उनको एक्लोपन साह्रै विरक्त लाग्दो थियो । उनमा भएको जोशजाँगर सबै मृततुल्य थिए । उनको उत्साह गलित थियो । मैले अंगालो हालेँ मात्र लाश झरी उनको शरीर सितांग थियो । मैले विस्तारै सामान्य बनाउन अनेकौ प्रयत्नहरु गरें सकिनँ । हुन त कुन सन्तान नविरक्तिएला यस्ता भोगाईहरु भोग्न । मैले उनलाई संगै राख्न विवाह भएको थिएन । नराखौं निरु मान्दैन थियो । उनि सानो ममीको साहारामा थिइन् । हरेक दिन म उनलाई भेट्थें । हरतरहले सम्झाई बुझाई गर्थें । सधै झै विहान ६ बजे नै उनको घर जान भनि हिडेको उनको नाताले दाई पर्नेसँग भेट भयो । भन्नुभयो निरु अस्पताल छिन् एक घण्टा अघि मात्र लगेको । म आत्तिए के भयो निरुलाई ? अस्पताल पुग्दा आँखाभरी आँसुले टलपल गरिरहेका आँखाहरु भेन्टिलेटरमा थिए । मुखले केहि बोले झै लाग्थ्यो । रिकेश, रिकेश उनी अन्तिम सास फेर्दै थिइन् मैले उनलाई भेटें सकि नसकी एउटा कागजको पन्ना मेरो हातमा थमाईन् । त्यसको केहि मिनेटमै उनि बिलाईन् यस धर्तिबाट मलाई सदासदाका लागि छाडेर गईन् । खरानी भईन् । धर्ती फाटे झै भयो । आँधी हुरीमा आफुलाई बेपत्ता भएर मडारिएझै कता कता पागल अनि असन्तुलित भएँ । खै के भयो मलाई थाहा भएन । त्यसको केहि दिनपछि स्थिति केहि सामान्य बन्यो । उनले थमाएको कागज पढ्ने साहस बटुलें । लेखिएको थियो । रिकेश म कति दुःखी रहिछु । म मात्र हैन तिमीलाई पनि धेरै दुःख दिएको छु । म पापी हुँ । आफ्नो भाग्यको दुःख तिमीलाई सुम्पेर परदेशी बनाएको छु । अनि आफ्नो दुःखको सागर सधैभरका लागि म तिमीलाई सुम्पन्न सक्दिनँ किनकी म तिमीलाई धेरै धेरै माया गर्छु । मेरो दुःखी भाग्य तिम्रो घर र तिम्रो जीवनमा सुम्पन चाहन्न अनि समाजले मलाई तिखो प्रहार गरेको छ आमाबुबा त खाईस् खाईस् अब विवाह गरेको घर र श्रीमानलाई पनि खाने होला हैन ? यो मैले सहन सकिनँ । न म तिमीलाई खान सक्छु न त तिम्रा आमाबुबालाई नै । त्यो भन्दा अघि बरु म नै यो संसारमा नहुँदा त्यो भवितब्य तिमीले भोग्नु नपर्ला नि होइन र ? मलाई माफ गर रिकेश यो जुनीमा म तिम्रो हृदयकी रानी मात्र बनें जीवन भरको लागि साथी र सहयात्री बन्न सकिनँ । मलाई माफ गर । – उहि तिम्री निरु 
    मुटु झन् भक्कानिएर आयो । उनले आत्महत्या गरेकी थिइन् । विष सेवन गरेकी थिइन् । खै किन भनिनन् मलाई समाजले लगाएको लाञ्छनाका बारेमा । खै किन अझै पनि यस्ता संस्कारको पछि लागिरहन्छ समाज ? मान्छेको जीवन तहसनहस पारी मृत्युवरण गर्न किन बाध्य बनाउँछ परिस्थिति ? जीवनभर सबैलाई सहयोग नै गरेकी थिइन् । कसैको कुभलो चिताएकी थिइनन् । आफु जलेर खुशी दिन खोज्थिन् यो समाजलाई । दान, धर्म ब्रत, तिर्थ, पुजा पाठ के कुरामा कमी भयो र भगवान उनलाई यस्तो गरायौ ? त्यस दिनदेखि आजसम्म म मुस्काउन सकेको छैन । यो समाजसँग खै किन किन मलाई निरु नै मरेर आउँछ । कसैसँग सम्झौता गर्नै निरु लाग्दैन । उनले मलाई छाडेर गएको पनि चार वर्ष वितिसकेछ । उनको हरेक जन्मदिन उनलाई नै मात्रै सम्झेर विताउँछु । पुजा गर्छु उनको तस्विरमा । त्यहि नै मेरो बाँच्ने साहारा हो । उनि प्रतिको सम्मान हो । तिम्रा हरेक सपना साकार पार्न म आज पनि तल्लिन छु । उनि राम्रो चित्रकार पनि हुन् । उनका चित्रहरु संकलन गरि चित्रकला प्रदर्शन पनि गरें एकपटक उनकै नाममा । फर्कनै मनै लाग्दैन यो भूमिमा मलाई । 
आज एकाएक मेरी आमाको स्वास्थ्य गडवडीको खबरले मलाई स्वदेश फर्काएको छ । उनको मृत्युको दिनको जस्तो कालो मुस्लो आज पनि मडारिएको छ । दिनरात आँखा नउघारी झरी दर्किरहेको छ । उनको सम्झना र यादले झन म अतालिएको छु । उनको चिताको एक चिम्टी खरानी बोकेको छु । उनलाई आफ्नो मुटुमा टाँस्न उनको तस्विरमा सिन्दुर लगाएर उनलाई मैले मेरी बनाएको छु । आज मेरी निरु मष्तिस्कबाट कसैले हटाउन नसक्ने गरी मात्र मेरी बनाएको छु । तिमी मलाई हेर्दै होलिउ नि हैन ? निरु म मात्र तिम्रो हुँ । मलाई तिम्रो आत्माबाट कसैले खोस्न सक्दैन । मलाई बाबाले विवाह गर केटि खोजेको छु भन्नुहुन्छ । तर म त तिम्रो मात्र तिम्रो भईसकें । सबै सम्वन्धहरु फिक्का लाग्छन् मलाई तिम्रो मायाको अगाडी । तिमीले चढाएको श्रद्धाको फुलपाति नै मलाई काफी छ निरु । म मात्र तिम्रो भएर बाँच्न चाहन्छु । हैन भने निष्ठुरी भगवानको शरणमा पर्नु बाहेक म सँग पनि त अरु विकल्प कहाँ छ र ? 

रिकेश घिमिरे
बनेपा, काभ्रे