2018 October 18/ 06:01: 43am

नयाँ कानून त जारी भयो तर पुरानै कानुनको ब्यवस्थाले मलाई घाँडो गराएको छ । जीवनका अनेक दुखहरु मध्ये सबै भन्दा ठुलो दुखको पोको थियो त्यो । ब्यक्तिलाई मात्रै होईन परिवार र समाजलाई समेत धक्का दिने घटनाले मलाई घोचिरहेको छ । पोलिरहेको छ । घाउ चह्याईरहेको छ । कता जाउँ के गरौ छटफटाई रहेको छु । सन्तान हुर्कँदै गएपछि हुने अभिभावकलाई चिन्ता र चासो भनिसाध्य छैन । सानो हुँदा मर्लान भन्ने डर भयो ठुला भएपछि उनिहरुले नै मार्लान भन्ने डर हुन लाग्यो । सन्तान हुर्केर अभिभावकलाई शान्त हुन्छ, अभिभावकले सुख पाउँछन भन्ने कुरा मेरो दिमागबाट हट्दै जान थालेको छ । मरि जाउन भनेर छाडि दियो भविश्य के हुन्छ ? त्यसरी जान थालेका सन्तानहरुको दुख र पीडा हेरि साध्य छैन । धिक्कार छ छोरीको जीवन । बरु खेतबारीमा खन्याउने मलको डोकोको महत्व हुन्छ, छोरीको महत्व त्यति पनि नहुने रहेछ । बारीमा पुगेको किसानले मलको डोको खन्याउन सोच्छ कहाँ निर खन्याँउदा राम्रो हुन्छ ? छोरी, जसले जन्म दियो, हुर्कायो, वढायो, पढायो उसैले उसको भावना विपरित इज्जत जोगाउने नाममा, दायित्व पुरा गर्ने नाममा भावना नै नबुझी अर्काको घरमा पठाईदिन्छ । उसले कर्तब्य पुरा ग¥यो होला, त्यसको जिम्मेवारी लिनेहरुले पनि सोच्नु पर्छ होला मान्छेको मन सबैको एकैखालको हुन्छ । कसैको दुख्ने, कसैको नदुख्ने ? मान्छे कठोर, क्रुर, धोकेवाज, अवसरवाद, स्वार्थी हुँदो रहेछ । 
    सोझोपनको फाईदा उठाउँदै मान्छेले मान्छेलाई गर्ने ब्यवहारले उसको दरिद्रता प्रष्ट हुन्छ । समाज यहि हो, लाञ्छना विनाको संर्घष, संर्घष विनाको जीवन अपुरो जस्तै हुने रहेछ । छोरी, बुहारी अझ भनौ महिलाहरुसँग प्रतिस्पर्धा गर्न सकिएन भने ? उनिहरुको स्वाभिमानलाई पचाउन सकिएन भने केहि न केहि आरोप काफि हुने रहेछ । थुप्रै भोगाई, पीडाबाट गुज्रिएका नेपाली चेलिहरु शिक्षित हुँदा हुँदै पनि झनै पीडामा बाँचिरहेका छन् । अशिक्षित महिलाहरुको जीवन, दुर्गम बस्तिको भोगाई अझै कस्तो होला ? औशीको रात जस्तै निश्पट अँध्यारोबाट उज्ज्यालो खोज्ने साहस छ तर साहारा छैन । आँट छ तर विश्वास छैन । श्रीमान छैन भनौ जिउँदै छन् । छन भनौ भने तिनको सामिप्यता छैन । श्रीमान वितेका महिलाहरुले एकल जीवन विताउँदाको पीडाहरु जति छन् श्रीमान भएर एकल जीवन विताउँदाका पीडा अझै बढि लाग्दो रहेछ । छैन भने मन नै एकोहोरो हुने, बुझाउन सकिने भएर पनि त्यस्तै ब्यवहार गरेपछि मन बुझाउँनै कठिन । चाडपर्व आउँछन, अझ महिलाहरुको विशेष चाड तिज । श्रीमानले जे गरे पनि ब्रत बसिन्छ । उनकै दिर्घायु र सुस्वास्थ्यको कामना गरिन्छ । विश्वास छैन तर पनि छाड्न सक्दिन । संस्कृति, परम्पराले मान्छेलाई अन्धो बनाउँदो रहेछ । त्यहि अन्धोपनबाट म बाहिर निस्कनै सकेको छैन । श्रीमान भए पनि नभए पनि, उसले माया गरे पनि नगरे पनि, चासो राखे पनि नराखे पनि म उसकै लागि व्रत बस्छु । उसकै जीवनको दिर्घायुको कामना गर्छु । यो मेरो भ्रम र यथार्थता दुबै हो । यसबाट म मुक्त हुनै सक्दिन । धेरैले भन्छन लोग्नेले दिएको यस्तो चरम यातनाबाट मुक्त हुन अर्काे किन विवाह नगर्ने ? जन्म दिने बाबु आमा, दाजु भाई इष्टमित्रले समेत उमेरमै लोग्नेले दिएको भोगाईबाट विर्सन अर्काे विवाहको जरुरी भएको सुझाव दिन्छन् । मेरो मन मान्दै मान्दैन । एउटा लोग्ने जसले अग्नि साक्षि राखेर सिन्दुर चढायो । उहि आफ्नो हुन सकेन भने अब हुने विवाह, दोश्रो श्रीमानल् कसरी ममता दिन सक्छ ? मान्छेको जात शंका, उपशंका गर्दै हत्या समेत गर्न सक्ने अवस्थामा त्यस्तो खुशी दिने दोश्रो सम्वन्ध कसरी हुन सक्छ ? 
    भाद्र २५ गते जन्म दिन पर्छ । हरेक जन्म दिन सबैका लागि महत्वपूर्ण लाग्छ । मेरा लागि त्यो नर्क जस्तै लाग्छ । किन जन्म दियौ भगवान मलाई ? सम्झन्छु, रुन्छु, रुँदा रुँदा कतिबेला थाक्छु, आँखा विजाउन थालेछु सम्झन्छु अब आँशु सकिए होला ? केहि क्षणमै रुन आउँछ फेरी आँशुको बाढी बग्न थाल्छ । यति धेरै रुँदा पनि किन भगवानले ज्यान लिन सकेनन् । पटक पटक त्यस्तो प्रयास नगरेको होइन । तर पनि लगेनन् । दुई छोरी र दुई छोराको सानो परिवारको खुशी दैवले उतिबेलै चुँडेर लगेका थिए । बुबा आमाले दुखै गरेर भए पनि छोराछोरीलाई शिक्षा दिनु पर्छ भनेर अध्ययन गराउनु भएको थियो । परिवारको एक्लो छोरी भएकाले सबैको आँखाको नानी भएको थिएँ म । कक्षा ९ र १० कै पढाई कमजोर भयो । एसएलसी सोचे जस्तो भएन तर पनि पास हुन्छु भन्ने लाग्या थियो एक विषयमा अनुतिर्ण भएछु । भाग्यमा ठगेकाहरुले गर्न के सक्छन र ? त्यहि सम्झिएँ र पुनः एसएलसी दिएँ पास भएँ । छोरीहरुलाई झनै पढाउनु पर्छ भन्ने बुबाआमाको मान्यता थियो । शुरुमा म नर्स बन्न चाहन्थें । एसएलसीमा फेल भएकाले मेरो सपना चकनाचुर भएको थियो । 
    + २ अध्ययन गरेर घरमा फर्कँदा घर भरी मान्छे रहेछन् । उनिहरु सबै मेरो विवाहका लागि आएको थाहा पाएँ । आमाबुबाले मलाई चिया, खाजा बनाउन लगाउनु भयो । जबकी मैले उहाँहरुलाई भनेकै थिएँ तत्काल विवाह गर्ने मेरो योजना छैन । भर्खर अध्ययन गर्दै छु, मेरो सपना पनि थुप्रै थिए । त्यसलाई पुरा गर्न पनि मैले विवाह गरेर सक्दिन । मैले चाहेकै भए त त्यतिबेला पनि प्रेम गरेर भाग्न सक्थि होला नि ? बुबा आमाको एक्लो छोरी उहाँहरुको भावनामा ठेस पु¥याउन हुँदैन भनेर आएका प्रस्तावहरुलाई पनि अस्विकार गर्दै अगाडी बढिरहें । कुरा त्यस्तो भएन । मैले विवाह गर्नु पर्ने बाध्यता आईलाग्यो । अहिलेको जमाना सम्पति भन्दा केटा असल भए हुन्छ, यतिको केटालाई छोरी दिँदा दुख पाउँदिन भनेर बुबा आमा, हजुरबुबाले निर्णय गरिसकेपछि मलाई भेट गराउनु भयो । मैले पनि उसलाई धेरै प्रश्न तेस्र्याएको थिएँ । पढाई सोधें, विवाह, जीवन, प्रेम र भविश्यका बारेमा सोधें ? उसले मख्खै पा¥यो सबै भ्रम र झुट रहेछ । त्यहि झुटका कारण आज मेरो जीवन ववार्द भयो । पढेको भनेको एसएलसी नै पास रहेनछ । प्रेम उसको चलिरहेको रहेछ । बाबु आमाले उबाट छुटाउन मसँग विवाहको कुरा अगाडी बढाएको रहेछ । उसलाई प्रेम गरिरहने, मलाई विवाह गर्ने । मलाई नै नराखी बुबा आमाले उसँग जनै सुपारी दिएर टिकाटालो सकिएको जानकारी गराउनु भयो म छाँगाबाट खसे झै भएँ । बस्तुभाउ गोठमा पालेको त घरसल्लाह गरेर बेचिन्छ, म त मान्छे । त्यो पनि पढ्दै छु । अझ परिवारको आँखाको नानी । मेरो भविश्यका बारेमा मलाई खवर नै नगरी सबै निर्णय ? केहि समय विद्रोह गरें आखिर बुबाआमाले हाम्रो इज्जत भन्दै सम्झाउनु भयो । सम्झिए आज उहाँहरुले भनेको नमाने भोली मैले दुख पो पाउनु पर्ने हो कि ? 
    विवाहको पाँच महिना मलाई माया गरे । मेरो गर्भ त्यहि बेला रह्यो । माईतीमा पितृकार्य थियो । भोलीपल्ट जानु पर्ने निम्ता आएको थियो । बुबाआमाले पहिलोपाला ज्वाई भन्दै खुबै आदरका साथ बोलाउनु भएको थियो । तर उहाँ अघिल्लै दिन देखि हराउनु भयो । शुरुमा मलाई एएरपोर्टमा काम छ भनेर जानु भएको थियो । खाना खान आउँछु भन्या मान्छे आईपुग्नु भएन । कुरें कुरें । फोन गर्नु भयो बेलुका मात्रै आउँछु खाना खानु । बेलुका भैसक्यो आउनु भएन । फोन गरें अफ छ । भोलीपल्ट त माईत पो जानु पर्छ । ११ बजिसक्यो आउँनु भएन । म माईती गएँ । घरमा ज्वाई खै भनेर सोधखोज भयो । आउन पाउनु भएन भनेर ढाँटें । फोन ट्राई गरेको ग¥यै थिएँ । राति ११ बजे फोन गरेको लाग्यो । फोन त लाग्यो तर श्रीमानले होइन अर्कै महिलाले उठाईन्  । उनले सिधै भनिन् आजबाट तेरो लोग्ने मेरो भयो । अब तैले यसलाई पाउन पनि सक्दिनस् फोन पनि नगर । विवाह गरेको पाँच महिना पुरा नहुँदै श्रीमान खोसिएको थियो । पेटमा गर्भ आएको थियो । कसरी सहुँ ? मध्यरातमा भएको त्यस्तो पीडाले मलाई झनै तनाव गरायो । रोएँ कराएँ । बेहोस भएँ । बुबा आमाले सबै कुरा थाहा पाउनु भयो । भोलिपल्ट उसको सारा खोजी भयो । कतै फेला परेन । धेरैले सल्लाह थिए गर्भको बच्चा नराख र अर्काे बाटो लाग । मेरो मनले मानेन । कुनै हालतमा पनि मैले बच्चा जन्माउने निर्णय गरें । उसले नाला घर भएकी केटीसँग प्रेम र विवाह गरेको रहेछ । शुरुमा उसलाई विवाह गर्ने भन्दा उसको परिवारले केटो राम्रो छैन, घर पनि छैन भनेर दिएका रहेनछन् । जब मेरो विवाह भयो तब उसले मबाट श्रीमानलाई खोसेकी थिई । त्यो पनि नारी हो, नारीले नारीको भावना बुझ्न पर्नेमा उल्टै सौता बनेर मेरो खुशी खोसि । लोग्नेमान्छेहरु झनै स्वार्थी हुँदा रहेछन् । लोग्नेमान्छेहरु घृणित हुँदा रहेछन् । घरमा भरभराउँदो उमेरकी श्रीमती छाडेर अर्काे नारीसँग रासलिला गर्दै विवाह गर्न तयार हुँदा रहेछन् । आखिर के का लागि ?
    दुखका दिन शुरु भए । श्रीमान विनाको जीवन शुरु भयो । छोरो जन्मियो अपाङ्ग । उसको उपचार अहिले पनि भईरहेको छ । दिमाग तेज छ । तर पनि पढाउन र उपचार गराउन समस्या छ । छन गेडा सबै मेरा छैनन गेडा सबै टेडा भन्ने उखान मेरो जीवनमा लागु भयो । +२ सकेको मान्छे थप अध्ययन गर्ने चाहना हुँदा हुँदै पनि पैसा नभएर सकिएन । मर्न सकिँदैन, बाँच्न कठिन छ । छोरोको हुकाई र उसको लालनपालन नै महत्वपूर्ण सम्झिएँ । म त मरौला तर छोरो के गर्छ । उ एक्लै हुन्छ । सडकमा हिड्ने सन्तानले आमालाई कति सराप्ला ? आमाको कर्तब्य पुरा गर्न पनि मर्न सकेको छैन । उसको खुट्टा लाग्ने भएपछि म जे गरौला ? त्यो पनि सोचेको छैन । कहिलेकाँहि लाग्छ सबै छाडेर पानीमा डुबेर मरौ । सम्झन्छु अबोध बालक जसले जन्मे देखि बाबुको माया पाएको छैन । सोध्छ मेरो बाबा खोइ ? कहाँ देखाउ म उसलाई ? उसलाई पढाएर आफु पनि पढौ कि ? काभ्रे मावी पनौतीमा भर्ना ग¥या छु । फि तिर्न नसकेर लज्जित छु । पैसा छैन । हातमुख जोर्नै धौ धौ छ । भाडाको बसाई कसरी जीवन धानौ ? विहान देखि बेलुकासम्म पाखुरा बर्जादा खान त पु¥याएको छु तर विरामी भएर थलिँदा उपचार गर्न पैसा नहुँदा, अस्पतालसम्म पु¥याउने मान्छे नहुँदा साँच्चै मान्छे भएर बाँच्नु बेकार सम्झन्छु । कसैको साहारा छैन । साहारा माग्यो भने शंकै शंका गर्ने हाम्रो समाज छ ? हे प्रभो नारीहरुलाई यस्तो संकटबाट मुक्त गराउने कुनै उपाय छैैन ? 
    चाडपर्व आउँथे । सबैका श्रीमानले सञ्चो विसञ्चो सोध्ने । सँगै लिएर किनमेल गर्न जाने । आफ्नो सन्तान प्रतिको दायित्व पुरा गर्ने म सबै कुराबाट बञ्चित भएँ । चित्त दुख्यो । आफ्नो भन्ने लोग्ने त आफ्ना नभएपछि को आफ्नो हुन्छ र ? एक दिन उनिहरु दुबैलाई आफन्तको विवाहमा भेटें र मैले सकेको लछारपछार गरें । त्यो घटनाले झनै मलाई एक्लायो । घरबाट पहिलाको जस्तो सहयोग हुँदै भएन । आशै आशमा बाँचिरहें । मेरो माया, मेरो निष्ठा, मेरो सत एक दिन अवश्य भगवानले सुन्नेछन् । नारी भएर मात्रै यति धेरै पीडा भोग्नु पर्ने भए यसको कल्पना पनि नगर भगवान मेरो पुकारा छ । होइन भने सत्यको पक्षमा लाग्नेहरुको भलो होस् । अरुलाई यातना दिनेहरुलाई दण्डित गर्नुस् । लोग्नेले नै दुख दिएपछि अरुको सहयोग पानिको फोका जस्तो लाग्दो रहेछ । हेरौ संर्घषलाई कसरी अगाडी बढाउन सक्छु ? 

सलिना खत्री
पाँचखाल, काभ्रे