2019 October 17/ 01:59: 01am

युवाहरु कता जाँदै छन् ? युवाहरुको मानसिकतालाई कसरी बदल्दै छन् ? बेरोजगारी र शिक्षाको गलत फाईदा उठाउँदै तस्कर र दलालहरुले कुलतमा फसाउने र समाज भड्काउने खेति गरिरहेका छन् । गाँजा र अफिमको खेति भन्दा पनि युवाहरुलाई कुलतकोे बाटोमा लैजाने ब्यापार भईरहेको छ । जिल्लाका विभिन्न स्थानमा यस्ता योजनाहरु बनिरहेका छन् । अरुको योजना र ब्यापारको सिकार युवाहरु भईरहेका छन् । कुलतको दलदलमा फसाउँदै युवाहरुको शक्तिलाई क्षण बनाउँदै जीवन सिध्याउँने ब्यक्तिहरुलाई कडा भन्दा कडा कारवाही आवश्यक छ । त्यस्तै पीडितहरु मध्ये म पनि एक हुँ । म जस्ता सयौं ब्यक्तिहरु यस्तो कुलतमा नचाँहदा नचाहँदै पनि जोगिन सकेका छैनन् । 
    लागु औषधले मानिसको केन्द्रीय स्नायू प्रणालीमा प्रभाव पार्नुको साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँदो रहेछ । मानसिक चेतना, अनुभूति र मनोभावलाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँदो रहेछ । नेपालको कानुन अनुसार लागु पदार्थको अबैध ओसार पसार, संचय तथा प्रयोग गर्न बन्देज लगाएको छ । तर पनि निर्वाध यसको ओसारपसार भईरहेको छ । लागु औषधको दुरुपयोको समस्या दिनानुदिन भुसको आगो झै फैलिरहेको छ । बिशेष गरेर किशोर किशोरी अथवा विद्यालयका विद्यार्थीहरु यसबाट प्रभावित हुन पुगिरहेका छन् । भविष्यका कर्णधार युवायुवतीहरु लागु औषध जुटाउनको लागी चोरी, डकैती, लुटपाट, हत्या बलत्कारतिर समेत उन्मुख हँुदै गइरहेका छन् । अर्कोतर्फ लागु औषध प्रयोगकर्ताहरुको स्वास्थ्य कमजोर हुदै जाने भएकाले यसबाट ब्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै ठुलो क्षति पुगिरहेको छ । लागु औषधका कारोबारी पिचासहरुले यूवा मार्फत ब्यापार गरिरहेका छन् । लागु पदार्थको कुलतमा फस्ने व्यक्तिहरुको पहिचान कठिन छ । तर पनि लागु औषध प्रयोग गरिसकेका व्यक्तिहरु एकान्त वस्न मन पराउने, नियमित कृयाकलापबाट भाग्न खोज्ने, कारण विना रिसाई रहने, दैनिक कार्यमा विना सुचना अनुपस्थित हुने, राम्रो कुरा सुन्न नचाहने, पैसाको हिसाब किताब नदेखाउने, पैसा सामान चोरी हुदै जाने, अमिल्दो पहिरन, अमिल्दो कपाल कटाई, घरवाट लुसुक्क वाहिर जाने, कम वोल्ने, झुटो बोल्ने, आखाँ जुधाएर कुरा नगर्ने, राता आँखा, राम्ररी नसुत्ने अवस्थामा पुग्छन । उनिहरुको साथमा दुब्र्यसनका सामाग्री भेटिन थाल्छन् । लागु औषध सेवनकर्ताहरुमा विस्तार विस्तार समस्याहरु देखा पर्दै जान्छन् । ध्यान केन्द्रित नभई सिक्ने क्षमता कम हुदै जानु, मानसिक रोगको प्रभाब पर्ने, आत्तिने, मति भ्रम हुने, कुपोषण जस्तो देखिने, तौल घट्दै जाने, स्मरण शत्ति कम हुदै जाने महिनावारी गडबढ हुने, ग्याष्ट्रिक, अल्सर जस्ता रोग लाग्ने, क्षयरोग एच.आइ.भी., एड्स तथा हेपटाइटिस जस्तो रोग लागि अन्त्यमा मृत्युमा पुग्छन् । 
    घर परिवारले आफ्नो छोराछोरीको स्कूलले समय बाहेक जाने ठाउँ र साथी संगत गर्ने साथीहरुको जानकारी नराख्दा दिनदिन कुलतमा जान सहजता हुने रहेछ । युवाहरुलाई अध्ययनको साथै सामाजिक, सांस्कृतिक तथा अन्य काममा पनि ब्यस्त राख्ने, खराब संगतबाट टाढा राख्ने, लागु पदार्थ र त्यसको असरबारे बिद्यालय तथा परिवारले बुझ्ने र बुझाउने, लागु पदार्थ सेवनमा लागिसकेकालाई उपचार तथा पुर्नस्थापना केन्द्रमा पठाउने व्यबस्था गर्ने, लागु पदार्थको कारोबारीलाई कानुनको कठघरामा उभ्याउन नागरिक समाजलाई सकृय बनाउने, लागु पदार्थका दुव्र्यसेनीलाई अपराधिको रुपमा नहेरी यो एक प्रकारको रोग हो उपचार गरे निको हुन्छ भन्ने सन्देश दिन आवश्यक छ । गाँजा तथा अफिम खेति गर्ने किसानहरुलाई खेति गर्दा हुने बेफाइदाका बारेमा सचेत गराउँदै बैकल्पिक खेति तर्पm अग्रसर गराउन जागरण अभियानलाई तीव्र बनाउने, प्राकृतिक रुपमा गाँजा हुने पहाडी क्षेत्रहरुमा हावापानी सुहाउँदो फलफूल खेतीतर्पm प्रोत्साहन गर्ने, लागु पदार्थबाट धेरैजसो युवाहरु प्रभावित हुने भएकोले विद्यालय तहमा भएको यस विषयको पाठ्यक्रमलाई वृद्धि गर्ने तथा प्लस २ का पाठ्यक्रममा पनि यो विषय समावेश गर्दा युवाहरुको चासो र प्रवेश कम हुन सक्छ कि ? बढ्दो बेरोजगारी र शैक्षिक वेरोजगारीले गर्दा नैराश्यता ल्याई लागु औषध दुव्र्यसनतर्पm लाग्ने गरेको पाईएकोले रोजगारमूलक कार्यक्रमहरु सञ्चालनमा ल्याउँदा केहि मात्रामा युवाहरुलाई जोगाउन सकिन्थ्यो कि ? 
    यहि घटनामा संलग्न भएका भन्दै २०७५ साल आषाढ महिनाको ३२ गते जिल्ला सरकारी वकिल कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोवाट सरकारी मुद्धा लागु औषध सम्बन्धी  ऐन २०४९ दफा १७ (१) बमोजिम नाइट्राभेट १० बरामद गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो । जिल्ला झापा डाँगिबारी गा.वि.स.वडा नं.८ विभारे साविक घर भई हाल काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्वर ९ स्थित नयाँबस्तीमा डेरा कोठा गरी बस्ने वर्ष १९ को एलिस पौडेल, नवलपरासी जिल्लाको देवचुली नगरपालिका वडा नं.१३ प्रगतीनगर बस्ने १९ बर्षिय ईर्फान भन्ने ईरफान महत्तो, काठमाण्डौ सामाखुसी तिर बस्ने लोके भन्ने लोकेन्द्र चौधरी, सुनिल भन्ने वर्ष १९ को नेपाल बनेपा पोलिटेक्निक ईन्स्टिच्युटमा तत्कालिन समयमा एच.एम.दोश्रो वर्षको दोश्रो खण्डमा अध्ययनरत रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । बनेपा नगरपालिका वडा नम्वर ६ स्थित एक पसलको भित्र पट्टि इलाका प्रहरी कार्यालय बनेपाको विशेष खानतलासीमा लागु औषध ओसारपसार तथा प्रयोग गरेको अभियोगमा हामी पक्राउ प¥यौं । त्यहि होटलमा हामी चिया खाईरहेका थियौं । झापा गा.वि.स.वडा नं. ८ घर भई हाल बनेपा न.पा.वडा नं.९ नयाबस्ती डेरा कोठा गरी बस्ने एलिस पौडेललाई शंकास्पद रुपमा प्रहरीले हे¥यो । निजले साथमा भिरेको कालो रङको झोला चेक जाँच गर्दा उक्त झोला भित्र अंग्रेजीमा लेखेको नाईट्राभेट १०  लेखेको चक्की १५० थान, फिनेगन लेखेको एम्पल थान(२, नोफिन लेखेको एम्पल थान ( २ र केसीजिक्विक लेखेको एम्पल थान(२ समेत वरामद गरी पौड्याललाई पक्राउ ग¥यो । उसलाई पक्राउ गरे लगत्तै पौड्याल बस्दै आएको कोठा खानतलासी भयो । उक्त कोठामा हामी चार जना बस्ने गरेका थियौं । हाम्रो कोठामा रहेको ब्याग भित्र केहि थान चक्किहरु प्रहरीले फेला पा¥यो । प्रमाण सहित फेला पारेपछि हामी पनि पक्राउ प¥यौं । भाग्ने र जोगिने कुनै आधार छैन । त्यसको सबै सुत्रधार तिनै पौड्याल थिए । त्यो समयमा प्रहरीले हाम्रो साथबाट १ सय ५७ चक्की लागु औषध बरामद गरेको थियो । 
    पक्राउ परे पछि पौड्यालले प्रहरी बयानमा आफुले गरेका सबै गतिविधि भनेका रहेछन् । नेपाल बनेपा पोलिटेक्निक ईन्स्टिच्युटमा पढ्दै आउने क्रममा साथीहरु मिली एउटै कोठा लिई बिगत १ महिना देखी बनेपा नगरपालिका ९ स्थित नयाँ बस्तीमा बस्दै आउने क्रममा हामीले चिनेको एक जना मान्छे लागु औषधको कारोबार गरी हिड्छ अब हामीहरुले पनि त्यसकै कारोबार गरी केहि पैसा कमाउनु पर्छ भनि सल्लाह भयो । हामीले चिनेको लोके भन्नेलाई कोठामा बोलाई कुराकानी भयो । उसले सामान लिन चाँही नवलपरासीमा आउनु पर्छ भने पछि २०७५ जेष्ठ ४ गते रातीको गाडी चढी हामी र लोके भन्ने ब्यक्ति जेष्ठ ५ गते बिहान नवलपरासीको वरदाघाट पुग्यौं । हामीले छ हजार रुपैया लोके भन्ने ब्यक्तिलाई दियौं । उ हाम्रो पैसा बोकेर लागु औषध लिन पतनपुर भन्ने स्थानमा गयो । हामीलाई त्यहि छाडेर गएको लोके दिउँसो आयो । उसले बोकी ल्याएको झोला भित्र रहेको लागु औषध बोकेर हामीहरु सबै जना पुनः नवलपरासीको हिलटन भन्ने स्थानमा आयौं । लोके भन्ने ब्यक्तिले ल्याएको लागु औषधको झोला खोली हेर्दा उक्त झोला भित्र ल्क्ष्त्च्ब्ख्भ्त्(ज्ञण्, ल्इइएज्क्ष्ल्, ऋभ्च्भ्व्ब्ऋप्, ँभ्ल्भ्च्न्ब्ल् लेखिएको लागु औषध थियो । त्यस लगत्तै हामी नारायणघाटको बस चढेर त्यतै पुग्यौं । नारायणघाटबाट हामी हाईसमा लागु औषध लिएर काठमाण्डौं कंलकी आयौं । रातीको २ बजेको थियो । हामी आफन्तकोमा गएर बस्यौं जेष्ठ ६ गते बिहान लोके भन्ने लोकेन्द्र चौधरी ब्यक्ति आफ्नो घर सामाकोसी जान्छु भन्दै हामीलाई लागु औषधको झोला बोकाएर पठायो । हामी उक्त झोला बोकेर बनेपा धुलिखेलको बस चढी विहानै बनेपा आई आफ्नै कोठामा बस्यौं । लागु औषधको झोला कोठामा रहेको सुटकेश भित्र लुकाई राखेका थियौं । हामी संगै पढ्ने साथी सुनिल भन्ने ब्यक्तिले लागु औषध लिने भनेकाले २०७५ जेठ ९ गते सुनिल भन्ने साथीलाई लागु औषध पु¥याउन बनेपा बुडोल पुगेको समयमा प्रहरीले थाहा पाएर हामी सबैलाई पक्राउ ग¥यो । प्रहरीले हामीलाई सुध्रने उदेश्यले पक्राउ गरी अनुसन्धान सँगै परामर्श सेवा उपलब्ध गरायो । घरमा बाबु आमा खाई नखाई दुख गरेर छोराछोरीलाई विद्यालय पठाउँछन हामी गलत बाटो समातेर अध्ययन भन्दा पनि पैसा कमाउने लालचमा कुलतमा फसिरहेका छौं । बनेपामा मात्रै हैन विभिन्न क्षेत्रमा अहिले युवाहरुको हालत हाम्रो जस्तै हो । धेरै युवाहरु यो अवस्थाबाट गुज्रिरहेका छन् । हामीसँगै रहेका दुई साथीहरुलाई अदालतले वारेन्ट जारी गरेको छ । हामीले जेल जीवन वितायौं । विद्यालयको कक्षा कोठामा भेटिनु पर्ने सन्तानलाई प्रहरीको हिसारसतमा भेटुन पर्दा कुन चाँहि अभिभावकको मन थामिएला र ? यसमा हामीले सिकेको पाठ भनेको अभिभावकको रेखदेख र निगरानीबाट टाढा हुनु हो । अभिभावकले उपलब्ध गराएको थोरै रकमले युवा अवस्थाका सबै आवश्यकता पूरा गर्न खोज्नु हो । महत्वकांक्षी युवा भएपछि त्यसको आवश्यकता पूरा गर्न पैसाको चाहिन्थ्यो । पैसा कमाउने प्रलोभनमा हामीले विक्री मात्रै गरेनौं आफै पनि सेवन ग¥यौं । कुलत छुटाउन सन्तानको भविष्य र सन्तानको रेखदेख अभिभावक र शिक्षकहरुको पहिलो कर्तब्य हो कि ? 
    
ईर्फान भन्ने ईरफान महत्तो
धुलिखेल, काभ्रे