2019 October 17/ 01:47: 02am

    राजधानी उपत्यकासँग जोडिएको जिल्ला हो काभ्रे । मुुलुकको प्रमुख प्रशासनिक भवन रहेको राजधानी कहिल्यै देखेको पनि थिएन र छैन पनि । राजधानी जाने सपनामा भुलिने म मात्रै होईन म जस्ता थुप्रै महिलाहरु छन् । जिल्लाको विकट क्षेत्र डाँडापारी अझै फरक देश जस्तै चिनिन्छ । संचार, विजुली, सडक, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकता समेत पुग्न नसकेको महाभारत क्षेत्रमा मेरो जन्म भएको थियो । छोरीको जन्म, कर्म र भविश्य कसलाई के थाहा ? समाज बुझ्न नसक्दा ब्यक्तिले भोग्नु पर्ने दुख त कति हो कति ? कति चाहनाले संकटमा परिँदो रहेछ भने कति बाध्यतामा । कथा आफ्नै हुन्छन । पीडा भनेर साध्य हुँदैन । लुकाउन खोजेर पनि लुकाउन नसकिने महिलाहरुका अनगिन्ति समस्याहरु छन् । पुरुषहरु महिलाहरुका यस्तै समस्या र पीडामा रमाउँछन् । जति पीडा त्यति आनन्द लिन्छन् । तनाव, दबाब र अभावमा स्वार्थ लुट्न खोज्छन् । भनेर साध्य छैन ।
    मेरो बुबाले प्रहरीकोमा उजुरी दिनु भएको रहेछ । प्रहरीले मेरो बारेमा सबै कुरा जानकारी प्राप्त भए पछि मलाई पक्राउ ग¥यो । मेरो ठुलोबुबाले प्रहरीकोमा किटानी जाहेरी दर्ता गर्नु भएको छ । मेरो बुबाका ६ जना दाजुभाई र एक छोरी समेतको ठुलो परिवार थियो । हजुरबुबा हजुरआमा समेत गरी गाउँमा ठुलो परिवार भए पनि आफ्नो गरी खाएको अवस्था थियो । मेरो अंकल र ठुलोबुबाहरु आफ्नो आफ्नो गरी खानु भएको थियो । ठुलोबुबाको परिवार काठमाडौमा काम गरी बस्द आउनु भएको छ । मेरो बुबा दाजुभाई मध्ये साईलो हुनुुहन्छ । मेरो बुबाको तर्फबाट एक छोरा र ५ छोरीको जन्म भएको छ । भर्खर १५ वर्ष लाग्दै छु म । अध्ययनको हिसाबले भर्खर एसईई दिएर बसेको थिएँ । छोरीहरु मध्ये म माईली छोरी हुँ । महाभारत गाँउपालिका वडा नम्वर ३ को सिलोनटार बस्ने छोईसाङ्ग दोर्जेको नाती पल्साङ्ग लामाको छोरा बर्ष २४ को अजय भन्ने भिमबहादुर घिसिङले मेरो जीवन र भविश्य माथी पटक पटक खेल्यो । मलाई बाल मस्तिक भत्कने गरी फकायो । फसायो अनि बर्वाद गरायो । झुट पनि यति बोल्यो कि सायद त्यसको विषयमा कसैले पनि बयान गर्न सक्दैन । उमेर, प्रविधि र समयले मलाई उसका गलत आश्वासन प्रति आर्कषण गर्दै लग्यो । उनको भुलभुलैयामा म फसें । पछुताउनु बाहेक म सँग अर्काे विकल्प पनि छैन । तर मेरो जस्तो पीडा र समस्या कसैलाई नपरोस् ।
    जितबहादुर घिसिङ्ग विरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत जवरजस्ती करणी सम्बन्धी कसुरमा जाहेरी दर्ता गरी कारवाही प्रकृया अगाडी बढाएको छ । उसको नाम नै जितबहादुर हो । उसले आफुलाई त जित्यो जित्यो तर मलाई सधैका लागि हरायो । साबिक फोक्सीङटार गा.बि.स. वडा नं.६ मा उसको घर भए पनि आवत जावत धेरै तिर हुँदो रहेछ । नमोबुद्ध नगरपालिका वडा नम्वर ८ नौबिसे स्थित भिमबहादुर घिसिङ्कको मामा नाताको वाईबा बाबु भन्नेको घरमा २०७६ साउन १६ गते राती त्यहि बसेको अवस्थामा उसले जर्बजस्ति ग¥यो । अजय भन्ने भिमबहादुर घिसिङले मेरो भाईको उमेर नपुगेकी छोरी नाबालीका १५ बर्षकी छोरीलाई ललाईफकाई घरबाट समेत लिएर हिडेर जर्बस्ति गरेको भन्दै ठुलो बुबाले उजुरी दिनु भएको रहेछ । अजयले मलाई मेरो विवाह भएको छैन भनेको थियो । म गोकुले मावीमा अध्ययन गर्दथें । कक्षा ८ मा अध्ययन गर्दा उ हाम्रो विद्यालयमा एउटा कार्यक्रममा आएको थियो । त्यसले त्यहि बेला देखि मलाई नियालिरहेको रहेछ । मलाई त थाहा भएन । १३ वर्षको उमेरमा मलाई केटाहरु प्रतिको आकर्षण थाहा थिएन । सबै साथीहरु उस्तै लाग्दथ्यो । घरबाट विद्यालय जाने र विद्यालयबाट घर जाने बाहेक मेरो अरु कुनै काम थिएन । त्यो मितिसम्म म गाउँपालिकाको केन्द्रसम्म पुगेको थिईन् । गाउँका सबै वडाहरुमा समेत म घुमेको छैन । घरबाट विद्यालय र विद्यालयबाट घर जाने बाहेक अरु मेरो ध्यान पनि थिएन ।
    विद्यालयमै आएको बखत उसले मलाई फोन नम्वर दियो । मैले घरमा भएको मेरो नम्वर पनि दिएँ । मोवाईल त मैले चलाउदिन थिएँ । घरमा भएको मोवाईलबाट उसको र मेरो फोनमा कुरा हुन थाल्यो । उसले मेरो कमजोरी र मलाई मायाका बारेमा धेरै कुरा बतायो । उसका बारेमा धेरै कुरा मैले सुनेको पनि थिईनँ । मात्र उसले भनेका सबै कुराहरुमा म भुलिदै गएँ । कक्षा ९ सकियो । कक्षा १० पनि सकियो । एसईईको तयारी पनि भयो । उसले म प्रतिको प्रेम भावलाई अझै बढाउँदै लग्यो । उसको कुरामा मैले विश्वास बाहेक अविश्वास केहि गरिनँ । यो मेरो बालपनको कमजोरी पनि होला । अझ उमेर अनुसारको दोष पनि होला । मेरा पनि कमजोरीहरु रहे र भए होलान् । तर उमेर पुगेको मान्छेले एउटा अबोध बालिकाको भावना र ममता माथी खेलवाड गर्न मिल्छ ? घरमा अंगालो भरीको श्रीमती च्याप्ने अनि विवाह नै भएको छैन भन्दै प्रेमको नाटक गर्ने ? केटाहरुलाई बास्तवमै शारिरीक सम्वन्धको प्रेम हुन्छ कि ? भावनात्मक प्रेम ? बुझ्न कठिन भएको छ । एसईई दिए लगत्तै उसले मलाई घरबाट भागौं भनेको थियो । मैले मान्दै मानिनँ । एसईई पनि राम्रो भएको महसुस भएको थियो । गाउँमै कक्षा ११ र १२ पढ्ने मेरो सोच र योजना थियो । अध्ययन गरेर आफ्नो खुट्टामा आफै उभिन्छु भन्नु मेरो सपना पूरा हुन पाएन । सपना पूरा नहुँदै सपनालाई ठुलो हावा हुरी र चट्याङ्गले भताभुङ्ग बनायो ।
    साउन महिना शुरु भए देखि नै उसले मलाई शहर जाने कुरा बतायो । शहरमा गएर बस्ने र उतै अध्ययन पनि गर्ने, काम पनि गर्ने र विवाह पनि गर्ने । प्रेम सहितको विवाह र अध्ययन । मेरा लागि खासै ठुलो सपना थिएन । उसको फसाई र फकाई दुवैमा म पग्लिएँ । घरमा कसैलाई भनिनँ । समय मिलाउँदा मिलाउँदै साउनको १३ गते हामी घरबाट हिड्ने योजना बनायौं । म सँग भएको केहि रकम लिएँ । सबै ब्यवस्थापन अजय भन्ने जितबहादुरले गर्छु भनेको थियो । म त कतै ननिस्किएको ब्यक्ति भएकाले थाहा हुने कुरा पनि भएन । घरबाट त हिडें तर बुबा आमाको यादले सताउन थाल्यो । परिवारका सदस्यहरुको याद आयो । मेरो बुबाले काठमाडौमा रहनु भएको ठुलोबुबालाई साउन १४ गते फोन गर्नु भएछ । नातागोता आफन्त सबैतिर खोज्दा पनि म फेला परिनँ । साउन १५ गते उहाँहरुले फोक्सिङ्गटारमा रहेको प्रहरी चौकीमा समेत जानकारी गराउनु भएको रहेछ । गाउँमा म मात्रै हराएको भए कम शंका हुन्थ्यो होला अजय पनि संगै हराएकाले थप शंका भएछ । अनि म र उ दुवैलाई खोज्ने क्रममा प्रहरी समेत परिचालन भएको रहेछ । मलाई उसले काठमाडौ लैजान्छु भन्दा भन्दै नमोबुद्ध नगरपालिकामा उसकै आफन्तको घरमा राखेको थियो । पहिलो दिन हिडेर आउँदा धेरै गाह्रो भयो । वर्षातको समय भएकाले पनि सहज र असहज दुवै भयो । बाटोमा सवारी साधन नहुँदा कसैले याद गर्ने कुरा पनि भएन । धेरै लामो बाटो नहिडेकाले मलाई समस्या भयो । तर पनि दुःख आफैले पनि बेसाएकाले भन्नु केहि थिएन ।
    हामी दुवैजना हराएसँगै मलाई अजय भन्ने भिमबहादुर घिसिङले लगेको छ भन्ने गाँउघरमा हल्ला फैलिएछ । उसको घरमा पनि उ नभएको कुरा उसकै श्रीमतीले खोजतलासका लागि प्रहरीकोमा निवेदन दिएकी रहिछन् । त्यो बेलासम्म उसले मलाई घरमा श्रीमती भएको कुरा बताएको थिएन । मात्र उ पहिलो र अन्तिम प्रेममा म सँगै भएको बताईरहेको थियो । प्रहरी र आफन्त सहितको खोजतलासमा अजय भन्ने भिमबहादुर घिसिङलाई २०७६ साउन १८ बिहान का.प.जि नमोबुद्ध नगरपालिका वडा नं.०८ को नौबिसे स्थित भकुण्डे बजार नजिक फेला पार्नु भएछ । उसलाई सोधपुछ गर्दा १३ गते देखि नै आफ्नै घरबाट लिई आएको हुँ उनी पल्लो डाँडातर्फ छिन् भन्दै शुरुमा ढाँटन खोजेका रहेछन् । कति समय ढाँट्न सकिन्छ र । उसले सबै कुरा बतायो । सोहि दिन साँझ ६ बजेको समयमा नमोबुद्ध नगरपालिका वडा नम्वर ८ को नौबिसे स्थित उसकै मामा नाताको वाईबा बाबु भन्नेको बारीमा फेला पारेका थिए । उसले मलाई आफन्त आउँछन् र भेट्छन भन्दै अन्यत्र लैजाने प्रयास गरेको थियो । म समेतलाई आफन्तले फेला पारे पछि डर र आश दुवै भयो । किन घर छाडी हिडेको भनि मलाई आफन्तले सोधपुछ गर्नुभयो । मैले भएको सबै कुरा नलुकाईन भनिदिए । अजय भन्ने भिमबहादुर तामाङ्गले म सँग हिड्ने भए राम्रासँग हिड नहिड्ने भए तेरो घर परिवार समेतलाई मारी दिन्छु भनि ललाई फकाई गरी डर त्रास धाक धम्की देखाएको कुरा भनिदिएँ । साउन १३ गते रातको समयमा जबरजस्ती हिँड्न बाध्य बनाई दिन रातभरी लगातर हिडाई साउन १६ गतेका दिन नमोबुद्ध भन्ने स्थानमा उसकै आफन्तमा राखेको कुरा बताई दिएँ । अजय भन्ने भिमबहादुर घिसिङ्कको मामा नाताको वाईबा बाबु भन्नेको घरमा लगि राखी सोही घरमा रातीको समयमा ललाई फकाई डर त्रास देखाई बोल्न चल्न चट्पटाउन नदिई मुख थुनी मेरो मन्जुरी बेगर उसले दुई पटक लगातार जबरजस्ती करणी गरी डर त्रासमा पारी राख्यो । मलाई घर परिवार समेतमा फोन सम्पर्क गर्न समेत दिएन ।
    बाल विवाह गर्नु हुँदैन भन्ने सामान्य थाहा थियो । विद्यालयमा पनि यस्तो शिक्षाका बारेमा जानकारी थियो । तर पनि मान्छेको मन बहकिँदो रहेछ । मान्छे भ्रममा पर्दाे रहेछ । भ्रममा परेको मान्छे विउझन समय लाग्दो रहेछ । मेरो कमजोरीको फाईदा उठाउँदै उसले मलाई फकायो र लिएर हिड्यो । जर्बजस्ति लिएर हिडेको भए पनि उसले मलाई परिवारसँग सम्पर्क समेत गर्न दिएन । उसकै श्रीमतीलाई समेत धोका दिने पुरुषले मलाई धोका दिनु त कुन ठुलो कुरा भयो र ? आफ्नै गाउँ ठाउँका ब्यक्तिहरुले पनि किन यस्तो गर्छन् होला ? पटक–पटक सुनेकै थिएँ शिक्षक, स्वास्थ्यकर्मी लगायतका ब्यक्तिहरुबाटै हामी बालिकाहरु पीडित हुनु परेको छ । आज आफ्नै जीवनमा यस्तो घटना घट्यो जुन घटनाले समाजका सबै ब्यक्तिहरु उस्तै पो हुन् कि ? आफ्नै बाबुलाई सम्झन्छु । ठुला बुबालाई सम्झन्छु । उहाँहरु मेरो न्यायका लागि लडिरहनु भएको छ । मैले मेरो बालापनको फाईदा उठाएर नराम्रो काम केहि नगरौ भनेकै थिएँ । उसले कयौ पटक मलाई आफ्नै मान्छे हुने हो भन्दै जर्बजस्ति गरिरह्यो । शहर बस्ने, राम्रो पढ्ने र भविश्यमा केहि गर्ने मेरो मनको लोभलाई उसले ढपक्कै ढाकिदिएकै हो । आँखामा पर्दा लगाई दिएकै हो । अब मेरो पर्दा उदाङ्गो भएको छ । उदाङ्गो भएको पर्दालाई मैले मेरो जीवनमा मात्रै होईन डाँडापारी क्षेत्रको चेतनाका रुपमा लिएको छु । समाजमा केहि गर्छु । अध्ययन गर्छु र यस्ता यौन पिपासुलाई कारवाही गराउन निरन्तर कृयाशिल हुन्छु । उ अहिले प्रहरी कस्टडीमा छ । उसलाई हदैसम्मको कारवाही होस् ।

प्रेमका नाममा लुटिएकी
पीडित बािलका
महाभारत गाउँपालिका