2019 July 22/ 10:46: 13pm

- सौरभराज कायस्थ
चिनियाँ समाजमा प्रचलित विषय भनेको पैसा हुनेले उसु, कुङफु सिक्छ, पैसा नहुने किताब पढ्छ । माओको उदय सँगै माओवाद र माओ विचार धारा रेडबुकको प्रेरणाबाट चीन र चिनियाँ जनताले विश्वमा आफ्नै विशिष्टताको समाजवाद विश्वलाई सिकाउँदै आर्थिक उन्नति सम्बृद्धि लाल झण्डा फहराइरहेको छ । हामी नेपाल र नेपाली समाज तन्त्र, मन्त्र र यन्त्र सहित पीठ प्रार्थना, पूजा साधना गर्ने आध्यात्मिक देवभूमि नै हो । देवभूमि, देवताहरु पनि अवतरण हुने, पुण्यभूमि भनी व्यासले रचित वेदहरु, पुराणहरु र उपनिष्ठको सौन्दर्यको सुवासको र पुण्यको तरङ्ग छल्कीरहने हाम्रो देश नेपाल हो । नेपालको सामान्य अर्थ नयाँ नियमको पालन गर्ने भनेको नेपाल हो । त्यसैले पञ्चशील पालन गर्न सिकाउन, ध्यान भावना सिकाउन बुद्धको जन्म भएको सत्य नै हो । सिता र भृकुटीले धर्म र व्यवहार फैलाउन, धार्मिक व्यक्तित्व कसरी हुने भनी सिकाउने कार्य गर्दै नेपालको धर्मसँस्कृति, पहिचान, सभ्यताको विकास हुँदै आज योग दिवस सम्म पुग्यौं । योगको अभ्यासबाट यथार्थ ज्ञान हासिल गरी योगी हुने हो । योगी, महात्मा भई योगमय याद, स्मृति, ध्यान भावनााबट परमात्मासँग आफू जोड्ने हो । यसको अर्थ नेवार समुदायमा “द्यों खाँ” भन्ने शब्द छ, जसले जनै लगाएको हुन्छ, तान्त्रिक विधिबाट आफ्नो शरीरलाई साक्षी राखी परमात्मामा सँग् कुरा गर्ने हो । द्यों भन्नाले देव, देवता र खाँ भन्ने कुरा गर्ने हो । यसमा हाम्रो नेपाली समाजमा गुप्त यो पीठ पूज ागर्ने हरेक तान्त्रिक पुजारीसँग शास्वत योग गरिरहेको हामी बुझ्नुपर्छ । हामी नेपाली समाजका नेपालीहरु कुनैपनि तह र तप्का साथै वर्गले गरिरहेको गर्ने भनेको नै योग रहेछ । 
योग अभ्यास गर्दा प्राण शक्तिलाई आफ्नो इच्छा अनुसार छोटो समयमै बढाउन सकिन्छ । अभ्यास गर्दा मुद्रा राम्ररी सिक्ने, शरीरमा उत्पन्न चेतनाप्रति सचेत हुने, शरीर र मनबीचमा समन्वय गरी राख्ने, समय र स्थानसँग आफूलार्य समन्वय गर्ने, अभ्यासको सिद्धान्त बुझ्ने र समापन अभ्यास गर्ने । शरीर भित्रको कुनै पनि दोष, विकार, कूपित, रोगको लक्षणलाई वेवास्ता नगर्ने, आफ्नो शरीरभित्रको पञ्चतत्वको गुण धर्म स्वभावलाई बुझेर सन्तुलनमा राख्ने, सकभर श्वासको मुहानलाई नियन्त्रणमा राखेर रोगलाई तक्षण ठाउँको ठाउँमा निर्मूल निम्त्यान्न गर्ने प्रयास जारी राख्ने, आफूभित्रको प्राण शक्तिलाई अझ बलियो झन् फराकिलो गर्दै लैजाने, रोगको लक्षण महसुस हुँदै रोगको जरादेखि नै आत्मिक रुपलाई निदान गर्ने । आत्मिक उपचारको अभ्यासमा यी आधारभूत सिद्धान्तको शिथिलिकरणमा आधारित छ । जसमा आध्यात्मिक अवधारणा, मनको कार्य र मन र विचारको बीचमा सन्तुलनबाट नै हो । हाम्रो जीवन एक पाईला आफ्नो आध्यात्मिक विकासको लागि पनि हो । अध्यात्मक भनेको आफ्नो अन्तस्करणको आत्माको अध्ययन, चेतना अनुभू ितगर्ने हो, धर्ममय व्यवहार नै जीवन शैलीमा आध्यात्मिकता हो ।
प्राणशक्ति ब्रम्हाण्डीय जीवन शक्ति बाह्यतामा एउटा उर्जाशक्तिबाट संचालित छ । उहि प्राण शक्ति उस्तै उर्जा हाम्रो शरीरमा पनि निहित छ । हामीमा हाम्रो शरीरको वायु (४९ किसिमको), श्वास–प्रश्वास, शरीर भित्रको प्रमुख उर्जाशक्ति, पारवहन, हृदय स्वरुप हो । प्राणशक्ति हाम्रो शरीरभित्रको रगतसँग बगिरहेको हुन्छ । योग र आत्मिक उपचारको मुख्य लक्ष्य, उद्देश्य भनेको आफूसँग भएको अपार दिव्य शक्तिको आफैंमा निहित जाज्वल्यमान सुनौलो सत्य साँचोलार्य बुझ्न र बुझाउने, आफूले आफैंलार्य बुझाई थयग बचभ तभ धयलमभक या तजभ धयचमि नै भनी क्लीक गर्ने हो । यसमा मनको इच्छाशक्ति र मन र वस्तुबीचको समन्वयलाई बुझ्ने, प्राणको सुक्ष्म गा्रह्यलाई बुझ्ने । आफू अभ्यास सँगसँगै मन नियन्त्रण रहने, शक्तिको तरंगलाई महसुसमा रहने ।
    मान्छेभित्र जन्म हुने विचार हो, आफ्नो विचारलाई नै मनको इच्छाशक्ति भनिन्छ । मानवीय प्राणिक विज्ञानको अध्ययनको क्रममा मनको इच्छाशक्ति नै सुनौलो साँचो हो । हाम्रो लागि विचार नै शक्ति, भौतिकवादको लागि पनि विचारलाई शक्तिको रुपमा प्रयोग गर्दछ । हामीसँग शुद्ध विचार, ज्ञान सिद्धान्त नै हाम्रो लागि साथी हो ।
मनको इच्छा एक प्रकारको अद्भूत शक्ति नै हो । मन र वस्तुबीच प्राकृत भाषिय सम्बन्ध छ । यहि निश्चित अवस्थामा मन र वस्तुवीच एक आपसमा अन्तरक्रिया हुन्छ साथै एक आपसमा परिणत पनि हुन्छ । स्थिरता, वस्तुलाई गति दिनको लागि हो । मनको ईच्छा शक्तिको अद्भूत, सत्य, तथ्य नित्य विधि पूर्ण रुपमा विचारमा निर्भर हुन्छ । यदि मनचिन्त निर्मल, कुशल परिशुद्ध छ भने कुनैपनि शारिरीक र मानसिक दोष विकारमा केहि क्षण सोच्ने, विचरासँगै मंगल मैत्री करुणाको तरंगले सामान्य हुनेछ । यो विधिमा पूर्णतः आफ्नो मनको इच्छाशक्तिमा निर्भर गर्दछ । मनको इच्छाशक्ति र मन र वस्तुबीचको समन्वयताको सिद्धान्त बुझ्दै अघि बढ्दै जाने तपाईको आत्मिक रुपले मनको इच्छा पठाउने वित्तिकै रोगी व्यक्ति स्वस्थ हुने छ यो अति “तथास्तू” सिद्धा विधि हो । यो अति शीघ्र हून्छ । रोगीको रक्त संचार सुचारु गर्ने प्राणशक्तिलाई रगतसँग पठाउने आत्मिक विधि हो । चेतनाबाट चेतनशीलहरुले आफ्नो शरीरमा प्राणले यात्रा गरेको चाल नै अन्तरमन, अन्तरआत्मा, अन्तस्करणको ध्यान हो । आत्मिक उपचारको निर्धारित गति आत्मिक सँस्कृति प्राणालीको एक अंग पनि हो । हामीले नबुझेको भ्रमको रुपमा रहेको अलौकिक परलौकिक यो विधिबाट सहज, सरल, सजिलो आत्मिक स्वरुपलाई बुझ्ने मौका आफैंमा रहेको बुझ्ने छ । आत्मिक उपचार जुनसुकै व्यक्तिको शरीरमा हुने सुषुप्त मानसिक शक्ति मात्र हो । यो सबैमा निहित छ । मनमा भएको बन्धन प्mयाँक्नु, फ्याँक्दै गएमा तपाई खुल्ला अवस्थामा आउन सक्षम हुनेछ । तपाईले आफ्नो शक्तिलाई कृयाशील बनाउने इच्छा राख्ने वित्तिकै तपाई शक्ति प्राप्त गर्ने सम्भाव्यतामा पुगेको हो । तर अपवाद शक्तिहरु सबै एकै प्रकारका हुन्न । सबैमा भिन्न शक्तिहरु विद्यमान रहेको हुन्छ, त्यसलाई आफैंले बुझ्दै अघि बढौं । गर्दै, सिक्ने, सिक्दै अगाडि बढ्ने । आफ्नो विकास आफैंमा निहित छ । नेपाल र नेपाली समाजलाई, वर्गलाई उत्थान गर्दै सम्बृद्धि र सुखी नेपाल गर्न राजनीति भन्दा अर्काे चुनाव भन्दा माथिको सोचविचार सहित राष्ट्रिय नीतिमा एउटै आवाज हुनुपर्छ । गर्नुपर्छ । 
अन्त्यमा, यौवनलाई मिच्दै र पेल्दै हामीमा बुढ्यौली आउँछ । हाम्रो शरीर इष्टदेव पनि हो । सम्पूर्ण सम्पत्तिहरुलाई मन्थन गर्दा विपत्ति आउँछ, यो अवस्थालाई कसैले रक्षा गर्न सक्दैन । शुन्यता रुप भन्दा भिन्नै होइन, रुप नभएर शुन्य होइन कि रुप नै शुन्य हो र शुन्यता नै रुप हो । शुन्यता नै आत्मिक उपचारको अभ्यास हो । आफ्नो इष्टदेवस्वरुप हाम्रो शरीरमा ३२ लक्षणहरु विस्तारै महसुस, अनुभव र अनुभूतिमै जान्छ । दुःखको अन्त्य भएमा पुण्य सुख बढ्छ । दुःखको भावलाई सुखको अनुभवले बेदर पार गर्छ । दुःखले दुःखको निवारण हुँदैन किनकी दुःखी मान्छेले दुःख नै दिन्छ । रोगी रोग, कलह र गरिबी नै दुःखको लागि दुःखित मान्छेको लागि उल्कापात हो । हाम्रो बुद्धि विचारले कुनै विषयमा आशक्त भई नास्तिक भौतिकवादी धितास, अजासुहरुलाई षडविकारले ग्रसित पारी डरलाग्दो रोग लाग्छ, जुन औषधि र उपाय विनाको महारोग मृत्यु नै हो त्यो पनि बाँकी रहँदै मृत्यु हुनुपर्ने हो । मनमा भाव, कुनै भाव नभई अभाव भएपछि रोगको लक्षणहरु देखापर्छ । शरीरभित्र आकाश तत्व निम्न भएर नै मृत्यु हुने हो । पूर्ण आयूका साथ जिएर मृत्यु हुने तर फेरि आयुभन्दा बढी बाँच्ने यो पनि उपायको उपभोग गर्ने ।
योग भित्र पनि हाम्रो दैनिकी जीवनमा, प्रयोग, उपयोग, सहयोग, पूर्णयोग, विभूतियोग, योगमय याद, यादमय योग, परमयोग, गुप्तयोग, दृढ योग, सुषुप्तयोग, कर्मयोग, धर्मयोग, राजयोग, भक्तियोग, पुरुषोत्तमयोग, पुजायोग र सयोग पिण्ड र पिण्डहरुको योगबाट ब्रम्हाण्डको निर्माण भएको हो । पिण्ड भन्नाले प्रकृति, अर्काे पिण्ड भन्नाले पुरुष हो । प्रकृति भन्ने आफ्नो स्वभाव हो । पुरुष भन्नाले व्यक्ति हो । यो प्रकृति, स्वभाव र व्यक्ति चेतनामा नै सिन्चिएको हुन्छ । विचार, मनबाट निर्णय शक्तिबाट नै मानव युग सभ्यता सँस्कृति विकासक्रम भएको छ । सायद अहिले जुन विश्व पृथ्वी ३५० वर्षसम्म यहि क्रममा धनी झन धनी, गरिब झन दरिद्र हुने छ। सकभर विभिन्न तह र तप्काबाट विश्वयोग दिवस मनाएर पुण्य संचय गरेका योगी, युगपुरुषले मैत्रीपुण्य करुणाको तरंगले दुःख र दुःखितहरुको कल्याण गर्न, मंगल गर्ने प्रयासमा निरन्तर लागिरहौं । भविष्यको स्वर्गको आशावादी हुनु भन्दा यहि जन्ममा यहि धर्ति, पृथ्वी भन्ने सुन्दर ग्रह, प्राणी, वनस्पति, जल, हावा, भएको सक्दो प्रयासले स्वर्ग बनाउ, स्वर्गतुल्य गरौं । आत्मिक उपचार भनेको आयुर्वेदिकको प्रमुख अंग पनि हो । आयुर्वेदमा निष्कर्ष निचोड भनेको नै महाऔषधि र सर्वरोगको औषधिमात्र हो । जडिबुटी, षडरस, अन्य रस, रसायन, भष्म पछि जोडिदै गएको हो । सबैमा साधुवाद ।
(लेखक नेपाल आयुर्वेदिक संस्थाका केन्द्रि उपाध्यक्ष हुन् )