2019 November 13/ 05:03: 44am

पूर्णचन्द्र सिग्देल

        अहिले हामी पाँचौ सप्ताहब्यापी अन्तराषर््िट्रय योग दिवस मनाईरहेका छौं । यो वर्ष असार ६ गते अर्थात जुन २१ तारीखका दिन नेपाल जस्तै विश्वका झण्डै १७५ वटा देशमा पाँचौं अन्तराषर््िट्रय योग दिवस भव्य र सभ्य रुपमा मनाईंदै छ, नेपालमा भने बिभिन्न जिल्ला तथा स्थानहरुमा गरी असारको पहिलो हप्ताभर बिभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा योग सप्ताह मनाईंदै छ । झण्डै साढे पाँच वर्ष अगाडी तत्कालीन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा नेपालका प्रधानमन्त्री सुशिल कोईरालाको समर्थनमा संयुक्त राष्ट्रसंघमा लगिएकोे प्रस्ताव सर्वसम्मत अनुमोदन भए पछि योगले जुन २१ तारीखका दिन अन्तराषर््िट्रय दिवसको मान्यता पाएको हो । योगको जति नै महत्व छ, त्यती नै महत्व जुन २१ तारीखको पनि छ । यस कारणले कि जुन २१ तारीख भनेको वर्ष भरीकै लामो दिन हो । यसको खास सन्देश जसरी लामो दिनको महत्व छ, त्यसैगरी योग गर्ने योगीको पनि आयु निरोगीता सहित लामो हुन्छ भन्ने नै हो ।
    आदी कालमा महर्षी पतञ्जलीले योगको महत्वलाई निकै ठूलो अनुसन्धान र अभ्यास पश्चात योगका बिभिन्न आयामहरु बाहिर ल्याउनु भयो । यसको महत्व हिजो भन्दा आज झन् बढ्दै गैरहेको छ ।  ऋषि मुनीहरुले तपस्या गर्ने र हिमालयमा रहेको जडिबुटीको खोज अनुसन्धानको प्रमुख केन्द्रको रुपमा रहेको हाम्रो देश नेपाल, योगको लागि विश्वमै उद्गमस्थलको रुपमा चिनिएको छ । हाम्रा हिमालय पर्वतका सृंखलाहरुमा ऋषि महर्षिहरुले गरेको ध्यान तथा तपस्या र प्राकृतिक चिकित्सा त्यस बखत संसारभर ख्याती पाएको थियो । त्यही ख्यातीका कारण आज सम्म पनि नेपालको बहुमूल्य गहनाको रुपमा रहेका बिभिन्न प्रकारका जडिबुटीहरु रातारात केही सहि बाटोबाट त केही तस्करीको माध्यमबाट बिदेश पु¥याईने गरिन्छ । त्यसैले पनि केही बिकशित मुलुकको सुचिमा पर्ने देशले योग र प्राकृतिक चिकित्सा हाम्रो परम्परा हो पनि भनेका छन् । भगवान गौतम बुद्घ र सगरमाथा त हाम्रा हुन भनेर अफवाह फैलाउँनेले योगको उद्गमस्थल हाम्रो देश हो भन्नु के अनौंठो मान्नु र ? तथापी यि र यस्ता प्रकारका गलत कुराको भण्डाफोर गर्न सकेनौं भने हाम्रा पछिल्लो पुस्ताले हामीलाई सराप्ने छन् । त्यसैले हाम्रा सन्ततीलाई सही के हो र गलत के हो भनेर चिनाउँनैका लागि भए पनि हाम्रा असल कर्महरुलाई बहिल्यै छाड्नु हुन्न ।
    हिजोको मानव सभ्यता आजको जस्तो भोग बिलास र सुख सयलमा बस्ने अबस्था नहुँदा शारिरिक श्रम धेरै गर्नु पर्दथ्यो, हरेक प्रकारका खानपान अर्गानिक हुन्थ्यो । यस्तो समयमा त योगको महत्व धेरै थियो भने त्यो बेलाको तुलनामा आज योगको महत्व झनै बढेको छ ।  मष्तिष्कलाई आराम र जिब्रोलाई स्वाद दिदाका कारण प्रत्येक मान्छको जीवन अस्तव्यस्त बनेको छ । जनजनको मनमनमा योगको महत्वको बारेमा प्रशस्त ज्ञान पु¥याउँन सकिएको छैन । योगलाई सबै नेपालीको पहँुचमा पु¥याउँने र हाम्रो देशको प्राकृतिक चिकित्साका साथै जडिबुटीलाई सही सदुपयोग गर्ने हो भने कुनै नेपाली नागरिकले दीर्घ रोगी भएर बाँच्नु पर्ने मात्र नभई उपचारको नाममा वार्षिक खरबौं रुपैयाँ विदेश जाने थिएन भन्दा अत्यूक्ति नहोला । यदि त्यसो भयो भने विदेश जान रोकिएको पैसाले जडिबुटीलाई उत्पादन र प्रशोधन केन्द्र खोल्ने हो भने लाखौं नागरिकले रोजगार प्राप्त गर्ने छन् । यसो गर्न सकियो भने नेपाल सरकारले अगाडी सारेको ‘समृद्घ नेपाल, सुखी नेपाली’ भन्ने नाराले पनि सार्थकता पाउँन सक्छ । 
    योग धेरै प्रकारका छन् । ति सबैलाई यहाँ व्याख्या गरिरहनु त्यती धेरै जरुरी छैन । अझ नेपाली समाजमा योग त रोग लागेका रोगीले मात्र गर्ने हो भन्ने बुझाई छ । सबैका लागि र सधैंका लागि योग अनिवार्य भैसकेको छ । बिहानीको ब्रम्ह मुहुर्तमा योगासन, प्रणायाम र ध्यान दुई घण्टा मात्र ग¥यौं भने तन र मन फूर्तिलो बन्ने छ । उमेर पचपन्न भए पनि हरिर बचपन देखिन्छ । सबैले सहजै गर्न सक्ने योगको विधिहरु छन् । जो सबै उमेर समूहका लागि सरल र सहज छ । यिनै कुराहरुलाई ध्यानमा राखेर पतञ्जली योग समिति काभ्रेको अगुवाईमा बनेपा, धुलिखेल, पनौती, पाँचखाल लगाएत जिल्लाभर झण्डै दुई दर्जन ठाँउहरुमा योग साधना केन्द्रहरु खुलेका छन् । नियमित बिहान ५ बजे देखि ६ः३० बजे सम्म योगाभ्यास तथा प्राणायाम र ध्यानको साधना हुने गर्दछ । जहाँ शरिरका बाहिरी अंग एवं भित्री अंगलाई गतिशिल बनाउँन र मनलाई एकाग्रतामा राख्न धेरै सहयोग पु¥याउँछ । यो निःशुल्क रुपमा सञ्चालीत भएकाले जोसुकैले पनि पाएक पर्ने ठाउँबाट सेवा लिई लाभ लिन सक्नेछन् । हामीले हाम्रो सांसारिक जीवनलाई सुखमय बनाउँन दैनिक ब्रम्ह मुहुर्तमा एक देखि दुई घण्टा योग गरे पुग्छ ।  निरन्तर योग साधना गर्ने हो भने कुनै पनि व्यक्ति रोगी भएर बाँच्नु पर्दैन । योगको अभ्यासले तन र मन दुवैलाई नियन्त्रणमा राख्छ । तन अन्तर्गत शरिरका सम्पूर्ण बाहिरी तथा भित्री अंगहरुलाई निरन्तर र नियमित सञ्चालन गराई राख्दछ, जसले रक्त सञ्चार, हड्डी, नशा, मांसपेसी तथा छाला एवं शारिरिक दुखाईका रोग एवं अन्य रोगहरुबाट टाढै राख्दछ भने मन अन्तर्गत मनको आशक्तीलाई नियन्त्रणमा राख्दछ । मनको आशक्ती भन्नाले सधैंकोे अल्छीपना, जस्तो पनि खाने कुराकमा लोभ लाग्ने, सामान्य शारिरिक कष्ट भोग्न तयार नहुने । शरिरलाई सुख र जिब्रोलाई स्वाद दिंदा अकालमा ज्यान गुमाएका घट्नाहरु हामीले हाम्रै समाजमा धेरै सुनिसकेका छौं । अबका दिनमा हाम्रो शरिर कस्तो बनाउँने हो तपाईंको आफ्नै हातमा छ ।
     आज विश्वका नागरिक दिन प्रति दिन अखाद्य वस्तु उपभोग गर्न वाध्य छन् । विश्वमै असन्तुलन भएको वातावरणीय प्रभावका कारण जनमानसको स्वास्थ्य नराम्रो संग विग्रिएको छ । मान्छे काममा ब्यस्त भएका कारण सरल र सहज रुपमा जे चिज भेट्टाउँछ त्यही भोजन गर्न बाध्य छ । खाद्य सम्प्रभुता र सुरक्षित खानाको जती चर्का कुरा गरे पनि कयौं नागरिकलाई त्यो कूराको मतलबै छैन । आफुलाई सम्भ्रान्त देखाउँन बन्द गरिएको बट्टा र बोतलको असुरक्षित खाना खानेहरुले स्वयं आफैंलाई मात्र होईन जानी जानी र खर्च गरी गरी आफ्ना भावी सन्ततीलाई समेत सुस्त वा अपाङ्ग बनाउँन मद्दत गरिरहेका छन् । आज बजारमा राम्रो र उच्चस्तरको भनिए पनि अखाद्य नभएको कुनै प्रकारको खाद्य पदार्थ पाईदैन । ति खाद्यपदार्थहरु लाई राम्रो देखाउन र धेरै दिन टिकाउँन केमिकल हाल्नै पर्छ । यो सबैलाई थाहा भएकै कुरा हो । जब हामीले हाम्रा मौलिक खाना र खाजालाई जोगाउँने एवं प्रयोग गर्ने गर्दैनौ तब सम्म हामीले हाम्रो स्वास्थ्य मात्र होईन सम्पत्ती पनि सिध्याई रहेका छौं । यस विषयमा आजै र अहिल्यै हामीले बिचार पु¥याउँन सकेनौं भने पछुताउँनु बाहेक हामीसंग अरु विकल्प नै रहने छैन ।

योग प्रति जागरण ल्याई सबैको बिचमा योगलाई पु¥याउनु हामी सचेत नागरिक सबैको कर्तब्य हो । योगमा चौरासी लाख आसनको चर्चा गरिएको छ । व्यक्तिको उमेर र अवस्या अनुसार योगका अभ्यास तथा यौगीक कलाहरु मन पर्न सक्छन् । योगलाई व्यक्तिको रुचि अनुसारको अभ्यास दिंदा छोटो समयमा नै धेरै उपलब्धि हासिल भएका छन् । काभ्रे जिल्लामा नेपाल योग खेलकुद संघ स्थापना भएको करिब एक हप्तामै ईटहरीमा सम्पन्न प्रथम राष्ट्रिय योग खेलकुद प्रतियोगितामा काभ्रेली योगका खेलाडी (साधक÷साधिका) ले उत्कृष्ट अनुशासनको पदक । प्रथम उपत्याका व्यापी योग खेलकुद प्रतियोगिता काभ्रेको बनेपास्थित कृषि बजार योग साधना केन्द्र नयाँ तरकारी बजारको प्रांगणमा नेपाल योग खेलकुद संघ काभ्रेकै आयोजनामा सम्पन्न हँुदा पनि मिष्टर भ्याली योगीको उपाधी सहित बिभिन्न विधाका नौ पदक । पोखरामा सम्पन्न दोश्रो साउथ एशियन च्याम्पियनशिपमा विभिन्न बिधामा पाँच वटा पदक । काठ्माण्डौमै साउथ एशिया योग च्याम्पीयनशिपमा पनि चारवटा पदक,  यति मात्र होईन भर्खरै काठ्माण्डौमा सम्पन्न दोश्रो राष्ट्रिय योग खेलकुद प्रतियोगीतामा पनि विभिन्न बिधाका पाँच वटा पदक गरि कूल २४ वटा पदक जित्न खेलाडी सफल भएका छन् । जसले गर्दा बिद्यार्थी र युबामा योगले उत्साह थपेको छ । 
    हामीले माथी उल्लेख गरेका उपलब्धिहरुलाई जोगाउँन र अझ प्रभावकारी रुपमा योगलाई सबै नागरिकको बिचमा लैजानका लागि भावी कार्यक्रम अन्तर्गत प्रत्येक स्थानीय तहमा कम्तीमा एक हप्ते शिविरको आयोजना गर्ने र शिविर पश्चात तुरुन्तै नियमित योग कक्षाको सञ्चालन गर्नु पर्छ । हरेक वडास्तरमा वडाध्यक्षको संरक्षकत्वमा स्थानीयलाई पायक पर्ने स्थानमा नियमित विहानी योग कक्षाको सञ्चालनको लागि पहल गर्नै पर्छ । प्रथम ३ नं. प्रदेशस्तरिय योग खेलकुद प्रतियोगीता काभ्रे जिल्लामै गर्न पहल गर्दै निजी तथा सामुदायिक विद्यालयस्तरमा योग शिविर तथा पाठ्यक्रममा कम्तिमा हप्तामा दुई दिन १÷१ घण्टाको कक्षा सञ्चालन गर्न पहल गर्नु पर्छ । योग र यसको महत्वको विषयमा कविता, वाद विवाद, योग प्रदर्शन तथा योगको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने एवं काभ्रे जिल्लामा योगसंग सम्बन्ध राख्ने सकृय सबै संस्थाहरु, कृयाशिल बिभिन्न धार्मिक संघ संस्थाहरु सबैलाई एउटै छानो मुनी भेला गराई योग हिन्दुको मात्र नभई ‘गरौं योग, रहौं निरोग ।’ मात्र हाईन आजका दिनमा ‘सबैका लागि योग, सधैंका लागि योग ।’ पनि अनिवार्य भैसकेको सन्देश प्रवाह गर्ने । हामी सबै मिलेर यति काम गर्न सकियो भने अन्तराषर््िट्रय योग दिवस मनाउँनुको सार्थकता साबित हुने छ । हरि ॐ तत्सत् ।।
(लेखक नेपाल योग खेलकुद संघ काभ्रेका अध्यक्ष हुनुहुन्छ ।)