2019 July 22/ 09:33: 41pm

भाषा एक ब्यक्ति, एक परिवेश र राष्ट्रको पहिचान हो । भाषा नै मानिसको सिंगो जीवन हो । जे होस् जसरी होस् भाषा प्रयोग नगरी मानिस बाँच्न सक्दैन । भावनाको साटासाट गर्न भाषा चाहिन्छ । सांकेतिक होस या शाब्दिक, जीवन बचाउन र बाँच्न भाषा चाहिन्छ । भाषा मानिसको जन्मसिद्ध गुण हो र भावनाको उत्प्रेषणको आधिपत्य भाषाको प्रयोगमा रहन्छ । संसारमा जति पनि प्राणी छन् ति सबैले भाषा बोल्दछन् वा प्रयोग गर्दछन् तर कागको भाषा बकुल्लाले बोल्दैन र प्रयोग गर्दैन । यदि मानिस विवेकी समृद्ध र स्वाभिमानी छ भने आफ्नो भाषा समृद्ध बनाउन चाहन्छ न कि मृत । बिशेष देशभक्त, राजा, राजनेता र राजनीतिक नेता जनता यी सबैले भाषाको गहनता र मर्मलाई सदा बझ्नु पर्दछ । र बुझेका हुन्छन् ।
सन्दर्भ नेपाली भाषाको संरक्षणको हो । हाम्रो परिवेशलाई हेरांै । आज नर्सरी पढ्ने भुरोले क ख ग भन्दा पहिले ब् द अ सिक्छ र सिक्नुपर्ने बाध्यता छ । कपुरी क ले के बिगारेको थियो ? र कमल क भन्दा पछि ब्द्यऋ सिक्दा के हुन्छ ? बाह्रखरी पढ्ने वि पि वीरेन्द्रहरु विवेकशील थिए की थिएनन् के यीनले पनि घरमै क भन्दा पहिले ब् सिकेका हुन् र ? एक कक्षा पढ्ने विद्यार्थीले एकलाई सुन्ना दश भन्ने श्लोक सुनेको छैन । ६ कक्षा पढ्न भुरो बहत्तर भनेको कति पैसा आमा ? छयासी भनेको कति हजार हो ? भनेर सोध्छ । बाह्र कक्षा पढ्नेले नेपालीमा आफ्नो सिम्बोल नम्बर लेख्न जानेन अक्षरमा यस्ता ब्यक्ति अंग्रेजी विषयले जन्माएको हो । अंगे्रजी भाषाले होइन ।
आज शिक्षाको गुणात्मकतामा ह्रास आएको छ । यो दिनदिनै विकराल समस्या बन्दैछ । अनि शिक्षकको सिकाउने दलतामाथि धोतो लगाउन खोजिन्छ । जाबो एक कक्षालाई अंग्रेजी पढाउन नसक्ने “शिक्षक लाज नभएको शिक्षक । यस्तो छ शिक्षकको परिभाषा यो के ले गरेको ? अंग्रेजी विषयले ।
दुई एकाने दुई तेह्र एकान सम्म फरर कण्ठ गरेको ब्यक्ति मै हो कक्षा २ मा पढ्दा ७ बर्षको उमेरमा । त्यो मेरो भाषामा पढ्न पाएको थिएँ । जुन भाषा मलाई अत्यन्त राम्रो शान थियो । आजका भुरालाई टु वानजा टु नसिकाई दुई एकाने दुई सिकाए के हुन्छ ? ऊ विद्धान बन्दैन ? 
विज्ञान पढाउँदा ३ कक्षामा भुरालाई गाईको बस्ने ठाउँ गोठ हो । जनावरको विविध बस्ने ठाउँ हुन्छन् भनेर सिकाउन अग्रेजीमा भन्नु पर्ने रे किन ? कहाँ बनेको छ यस्तो कानुन ? र नेपालको कुन विधानमा लेखिएको छ ? कि बच्चाले अँग्रेजीमा सबैकुरा पढ्नु पर्छ विषयका रुपमा ?
नेपाली भाषा विगार्न कुनै एक समय वा बितेको २० बर्ष लागिप¥यो । संस्थागत विद्यालयहरुको यसमा ठुलो हात छ । संस्थागत विद्यालयले नेपाली भाषामा शिक्षण गरे के हुन्छ ? जसोगरी होस् सिक्ने कुरा विद्यार्थीले राम्रोसँग सिकोस् । उसको बढीभन्दा बढी क्षमता बहिर आओस् । के ले छेकेको छ ? अँग्रेजीले ?
आज म र सहरका साथी सरी यार, सो ब्याड, वल्र्ड, ओ गड, मिस्टेक, एनालाईसिस, सेक्रेट आदि र बोलेका शब्दमा एक चौथाई अंग्रेजी शब्द मिसाई बोल्न जान्ने भएका छौं । मेरा आमा र हजुरआमाका मुखमा समेत नाम बाहेक अन्य पदवर्गका झन्डै ०.०५ प्रतिशत अंग्रेजी शब्दहरु नजाने पनि प्रयुक्त हुन्छन् । हाम्रो भाषा नेपाली हो र यसमा अरुको भाषाका शब्दहरु ग्रहण गर्न सक्ने र सम्मिलित गर्ने क्षमता छ । हाम्रो भाषा समृद्ध बन्न र बनाउन यसमा अन्य भाषाहरुबाट आगन्तुक शब्दहरुलाई स्वीकार गर्ने र भण्डारण गर्ने क्षमता पनि छ । तर त्यस्ता शब्दहरु नामरुपी मात्रै हनुपर्नेमा यहाँ त ९फ्रेज र सेन्टेन्स० वाक्यांश र वाक्यहरु नै भण्डारण हुन थालेका छन् । जसले गर्दा हाम्रो भाषा बर्षायामको मेल झै धमिलिई सकेको छ । जबकि भाषामा पानीमा तेल तैेरिए झंै आगन्तुक शब्दहरु तैरिनु पर्दथ्यो ।
नेपाली भाषाको अस्मिता विगार्ने काममा अंग्रेजी विषय र केहि बर्ष अगाडिदेखि पाठ्यपुस्तकमा देखापरेको विवादास्पद वर्णविन्यास हो । जस्तै भाञ्जालाई भान्जा षट्कोणलाई सट्कोण लेखेपनि हुने रे अनि संसद्मा एकजना विद्वानको गर्जन आयो र प्रतिष्ठान हल्लियो त्यो गर्जनले भाषा बिगार्ने को ? यति एउटा वाक्यले धन्न वर्ण विन्यासको नयाँ शब्दकोष बजारमा आउनबाट रोकियो र नेपाली भाषाप्रति केहि न्याय भयो ।
अब अर्काे एउटा अधिकार प्राप्त विद्वान कुर्लिनु प¥यो ? “अंग्रेजी भाषामा नपढाए गुणस्तरीय शिक्षा हुन्न भन्ने को ? भनेर लेखकको चित्कार त यहाँ तपाईहरु पढिरहनु भएकै छ । यस्तै सयौं कलमहरु भाषाका लागि दौडिनु पर्याे ।
आज संसारकै समृद्ध नेपाली भाषा सभ्यताको पुरानो सँस्कृत भाषा परिवारकै भाषा विश्वको महाशक्तिशाली राष्ट्रहरुको विस्तारवादको चँगुलमा पर्नुभन्दा अगाडि हामीले यसलाई संरक्षण गर्नुपर्दछ । बरु अंग्रजीको सट्टा विश्वकै वैज्ञानिक भाषा सँस्कृत पढाउन शुरु गरुन् र त्यो कार्य सामुदायिक र संस्थागत दुवै धारको विद्यालयको कक्षा नर्सरीबाट शुरु गर्नु पर्दछ । सामुदायिक विद्यालयको एउटा ठुलो महा कमजोरी रह्यो कि संस्थागत जुन अँग्रेजी माध्यमका विद्यालय छन् तिनलाई नेपाली माध्यमका बनाइनु पर्दथ्यो तर सामुदायिक विद्यालय परे अझ अग्रेजी माध्यम ९इङलिस मिडियम० मा जानुपर्छ भनेर उतै लहसिन पुग्यो । आजको यो स्थितिको परिकल्पना गर्न दूरदृष्टि हामीमा रहन्छ पहिले आजभन्दा करीब ८ बर्ष अघि माष्टर डिग्रीको प्राक्टिकल गर्दा हामी साथीहरु मिलेर गरेको गोष्ठीमा म आफैैले भनेको कुराले मलाई आज झक्झकाइ रहेछ कि यो तेरो सोह्रै आना गलत भनाई थियो । भनेर मेरो आत्माले मलाई सरापी रहेको छ । भाषा विगार्ने मानिसहरुमा म पनि रहेछु । कि मैले अभिभावक, शिक्षक ः अभिभावक संघ, विद्यालय ब्यबस्थापन समिति, शिक्षक सबै भएको ठाउँमा भनेको थिएँ त्यो गोष्ठीमा कि हाम्रा सरकारी विद्यालयहरुका प्राथमिक कक्षाहरु सुकिसके सहरी क्षेत्रका सरकारी विद्यालयका प्राथमिक कक्षामा ३(४ देखी ७(८ जनाभन्दा बढी विद्यार्थी पाइन छाडिसके त्यो सबै बोर्डिङ स्कुलप्रति अभिभावकको आकर्षणले गर्दा भएको हो । हामी पनि सामुदायिक विद्यालयमा अब अग्रेजी माध्यममा पठनपाठन गराउनुको विकल्प छैन । विद्यार्थी बटुल्नु छ भने अंग्रेजीमा पढाऔ यही भनेको थिएँ मैले । त्यति भन्दै गर्दा मेरो नेपालको १ सय २५ वटा भाषा मध्ये सबैभन्दा प्यारो र समृद्ध भाषा नेपालीप्रति मैले कति अन्याय गरेको रहेछु त्यो मलाई अहिले महसुस भइरहेको छ । र पश्चाताप आएको छ । यस्तो एक आलेख ।
अब मैले पश्चाताप गर्नुप¥यो । तपाईले पश्ताचाप गर्नुप¥यो । भाषा बिग्रेको र बिगारिएकोमा पश्चाताप गर्न तपाईले जान्नुप¥यो मैले जान्नुप¥र्यो भाषाकोबारे जसले जान्नु भएको छैन र थोरै जान्नु भएको छ सबैले प्रयत्न गर्नु नै पर्यो । भाषा नबिग्रियोस् ।
यो भाषा सभ्यताकै शुरुवातको भाषा, विश्वकै समृद्ध भाषा संस्कृत भाषाको सन्तान हो । यो भाषा सबै परिवारका भाषामध्ये समृद्ध भाषा हो । यो भाषाको ब्याकरण समृद्ध छ । र बोलाई सुन्दर नरम र उत्कृष्ट आवाजमा गर्न सकिन्छ । यो भाषामा आदरार्थी शब्दहरु फरक–फरक छन् । दक्षिण एशियाका अधिकांश मुलुकमा यो भाषा राम्ररी बोलिन्छ र बुझिन्छ । आज एब्रोड स्टडीका नाममा विदेश गएका ब्रेन डे«नहरुले गरेको एउटा महत्वपूर्ण काम नेपाली भाषालाई युरोप अमेरिकामा पु¥याउन र प्रयोग गर्न गराउन मद्दत गरेका छन् ।
अझ युरोप, अमेरिकामा किन सँस्कृत प्रसिद्ध र महत्वपूर्ण छ ? किन हामीले सँस्कृत त्याग्यौ ? र किन नेपाली भाषा बिगारिएको छ ? र नेपाली भाषा बिग्रिदा हामीलाई के होला हाम्रो पुस्ताको चिनारी के बन्ला सोचौ ? मनन गरौं र सोचौं । सबभन्दा छिटो गर्न सक्ने काम स्थानीय तहका पदाधिकारीहरुले अंग्रेजी माध्यमको शिक्षा सामुदायिक र संस्थागत दुवै प्रकारको विद्यालयबाट हटाई नेपाली माध्यमलाई शिक्षणको माध्यम बनाईनु पर्दछ र त्यसका लागि शिक्षाको विकासका लागि हाल दिइएको अधिकारलाई तपाई हामीले प्रयोग गर्नुपर्दछ । कमसेकम एक क्षेत्र एक भेग वा एक जिल्लामा एकैपटक यो कामको सुरुवात हुनुपर्दछ ।
तपाईहरु जनप्रतिनिधिको एउटा कदमले देशमा देखिएको दुई धारको शिक्षालाई एकै धारमा ल्याउन मद्दत पुग्दछ । नेपाली भाषा बिग्रनबाट बच्दछ । एउटा सानो भुरोले सजिलै सिक्न सक्ने अधिकारबाट बञ्चित हुनुपर्दैन । सामुदायिक विद्यालयको सेवा क्षेत्र अभिभावक, विद्यार्थी, शिक्षक, समुदाय सबैमा आएको उदासीनताको अन्त्य हुन्छ । सामुदायिक विद्यालय र संस्थागत विद्यालय बिचको दूरी र द्वन्द्व अन्त्य हुन्छ नेपालको शिक्षाको रुप अबको ५ बर्षभित्र गुणात्मकतातिर ढल्किन्छ ।
यति नगरुन्जेल न हाम्रा छोराछारी राम्ररी नेपाली बोल्न जान्दछन् र प्रयोग गर्न त अंग्रेजिमा भंmै पोख्त हुन्छन् । हो अँग्रेजी भाषा पनि चाहिन्नँ भन्ने होइन । भाषाको रुपमा सिक्नु पर्दछ । उमेर भएपछि विद्यालयको शिक्षामा नै राख्ने भएपनि ऐच्छिक विषयको रुपमा राख्न सकिन्छ अनिवार्य बिषयका रुपमा राख्न हुन्न । यति नगरुन्जेल संसारका जस्ता जस्ता मुल्यांकन प्रविधि ल्याएपनि नेपालको शिक्षामा गुणात्मकता पनि आउदैन र नेपाली भाषा विग्रन पनि छोड्दैन । नेपाली भाषाको जगेर्ना गरेमात्र नेपालका अन्य भाषाको जगेर्ना हुन्छ नत्र अरु १ सय २५ भाषा पनि विलय हुने दिन आउँछन् किनकी नेपालमा बहु प्रतिशतले बोल्ने, प्रयोग गर्ने र कामकाजको भाषा नै यही हो । अन्य भाषा होइन ।