2019 October 17/ 01:57: 31am

सहदेव थापा
‘आरु ढकमक्क फुलेको बेला
एकदिन रानीचरी डालीडाली नाचेको बेला
तिमीले कर ग¥यौं आज यतै बसन
किनकी तिम्रो घोडा लखतरान भा को छ
मैले भने म जानै पर्छ
(च.ये चीनको छिन वंश की कवयित्री)
    छाना, नाना र खानाको जीवनमा पूर्ण व्यवस्था गर्ने प्रण गर्दै सहिदको नाममा शपथ खाँदै आएका कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ताहरुले आज कति फेरिएका त होइन ? कतै कम्युनिष्टहरु कमाउनिष्टमा रुपान्तरण भएका त होइन ? कम्युनिष्ट पार्टीको सदस्य हुने तर कम्युनिष्टको आचरण अनुरुप आफूलाई समाहित गर्न नसकेका त होइन ? आज आम जनतामा उब्जेका प्रश्नहरु हुन् । 
    लोकतन्त्रको विषयमा जतिसुकै भाषण गरेपनि भोकले छटपटिएका पेट र ठण्डीले कठ्यांग्रिएका मानिसको व्यवस्था नभएसम्म लोकतन्त्रले पूर्णता पाउँदैन । यसैले साँचो लोकतन्त्र त्यो हो जहाँ सम्पूर्ण जनताले खाना, छाना र मानाको न्यानो माया पाएका हुन्छन् । लोकतन्त्रमा नैतिकता र अनुशासन महत्व पूर्ण कडी हो । यसैले नैतिकता र अनुशासन विना लोकतन्त्र अन्धो हुन्छ । बिडम्बना हाम्रा पार्टीहरुमा एउटा कल्पजातिको पनि अनुशासन पालन हुँदैन । हिजो त्याग बलिदान गरेका अनुहार निष्ठाको शिक्षा र सुसँस्कारयुक्त शिक्षा पाएका अनुहार धेरैजस्तो आज लोभ, लालच, पद र धनमा निर्लिप्त छन् । जनताहरुले जुन दिन सहजै जीवन निर्वाह गर्ने अनुभूति प्राप्त हुन्छ तब मात्र आम जनताले लोकतन्त्रको सान्र्दभिकता महसुस गर्छन् । नेतृत्वमा नैतिकता र अनुशासन भएमात्र राजनीति स्वच्छ हुन्छ । आजको सबैभन्दा ठूलो चुनौती भनेको आम जनतालाई परिवर्तनको अनुभूति दिलाउनु हो । यसैले राज्यले सामाजिक साँस्कृतिक रुपान्तरण गर्नुपर्छ । आज शिक्षा र स्वास्थ्य आम जनताको पहुँच भन्दा बाहिर छ । शिक्षा र स्वास्थ्य आम जनताको पहुँचमा हुनेगरी विधि बनाउनुपर्छ । जति कुरा गरेपनि हामी फेरिन सकेका छैनौं । त्यसैले आफूलाई नबदली न त अरुलाई बदल्न सक्छौं न त देश बदल्न सक्छौं । आज आम कार्यकर्ता र जनताले इतिहासको रुपमा शिर निहु¥याउनु पर्ने र भविष्यको रुपमा शिर ठाडो बनाउने भरोसा योग्य नेतृत्व खोजेको छ त्यो गाउँ देखि केन्द्रसम्मको । 
    २०५१ साल सम्मका आम कार्यकर्ताहरु, नेतृत्वहरु, बैचारिक, राजनैतिक तथा संगठात्मक रुपमा रुपान्तरण गर्दै जनतासँग नङ र मासुको जस्तो सम्बन्ध बनाउन लागिरहन्थे । जनताको घर, आँगनमा गएर जनताले जेजस्तो दिएको पिठो मिठो मानेर खान्थे तर आज ? खल्तीमा चिया खाने पैसा नहुँदा पनि गलत काम नगरी नैतिकता बचाइराख्थे । क. मनमोहनको पाला होस् वा सरकारमा गएको बेलामा पद र हैसियतलाई नेतृत्वले दुरुपयोग गरेन । हरेक अग्नि परीक्षामा सामेल भई उत्तीर्ण हुँदै गयो पार्टीमा र नेतृत्वमा इमानदारी हुनुको कारण आम रुपमा छलफल र निर्णय हुनुले नै हो । धेरैजसो किसान, मजदुर, मध्यमवर्गीयबाट निर्माण गरेको पार्टीको आधार आज नवधनाढ्य वर्गको उदयतिर अगाडि बढेको छ । सर्वत्र भनाई छ । असल मानिस जन्मँदा आफू रुन्छ अरुलाई हसाउँछ तर मर्दा आफू हाँस्छ अरुलाई रुवाउँछ । हो नेकपाका आम कार्यकर्ता र नेतृत्वमा यो भावनाको सञ्चार गर्न सक्नुपर्छ । एउटा असल मानिसको संज्ञा पाएर भने प्रण मात्र गरे पनि नेकपा आम जनतामा स्थापित हुन्छ । नेकपा पार्टीमा आज नीतिको खाँचो छैन खाली नियतिको मात्र खाँचो छ । २०४६ अगाडि पार्टीको सदस्यता पाउँदा र झन् जनताको लागि पूर्णकालीन कार्यकर्ता भएर हिँड्न पाउँदा त्यो कार्यकर्ताको हाड हास्ँथ्यो । पञ्चायतकालीन कालरात्रीमा पुलिसको यातना दिँदा, हिटरमा पिसाब फेराउँदा होस् वा कोर्रा हान्दा पनि पार्टीका गोप्यकुराहरु खोल्दैनथे । तर आज कमरेड रेष्टरेन्टमा गएर एउटा बियर खोल्दा पार्टीका सबै कुरा खोल्छन् । नेकपाका आम कार्यकर्ता तथा नेतृत्व संघर्ष, गतिशिलता त्याग र अनुशासनको कार्यपद्दतिबाट हुर्कदै आएको पार्टी हो । तर आज यो समर्पणको कुरा एकादेशको दन्तेकथामा परिणत भएको छ । यसैले पार्टीलाई स्थगित गर्ने हो भने विगत वर्तमान र भविष्यको बारेमा गहन छलफलको आवश्यक छ । छलफलबाट निस्केको नेतृत्वको स्पष्ट अडान, सहि नीति र इमानदारीताको कारण स्थानीय तह देखि प्रदेश, केन्द्रमा स्पष्ट बहुमत छ । यस अवस्थामा हामीहरुे जनताले प्रत्यक्ष अनुभूति हुने कार्यक्रम ल्याएर जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । नेतृत्वले पार्टी र कार्यकर्ताहरुलाई विश्वास दिलाउन सकियो भने त्यो कार्यकर्ता जनताको पन्तीमा क्रियाशील हुन्छ । यसले पार्टीलाई स्थापित गर्छ । तर आज संसारलार्य बदल्छ भने र लागेको मान्छे आफैं बदलिएको छ । बोलीबोली रहन सहन पहिरन सबै फेरिएको छ । सम्पर्क जनता र कार्यकर्तामा भन्दा दलाल पँुजिपति कर छल्नेसँग, भूमाफियासँग हुन्छ । निर्वाचितहरु पृथ्वीनारायण शाहको पालाको जस्तो बाइसे चौविसे राज्यका राजाहरु जस्ता भएका छन् । जसरी नेपालालाई एकीकरण गरि बाइसे, चौविसे राज्यलाई पृथ्वीनारायण शाहले नेपाल राज्य बनाएका थिए त्यसैगरी पार्टीमा व्यापक छलफल गरी संसदीय क्षेत्रमा जितेपछि राजाको जस्तो प्रवृत्ति गर्नेलाई पार्टीले आफ्नो बहसमा ल्याउनुपर्छ । पार्टीको दायराभन्दा बाहिर गए कारवाहीको भागी बनानुपर्छ । नत्र नरहे बाँस न बजे बाँसुरी जस्तो पार्टीको हविगत हुन्छ । नेतृत्व र पार्टी कार्यकर्ताको उठबस आम किसान, मजदुर, जनतासँग हुनुपर्नेमा बढी दलाल, पूँजीपतिहरुसँग भएको पाइन्छ । यसले पार्टीलाई आधारभूत जनतासँग टाढा राख्छ फलतः पार्टीको भुइँ भासिन्छ । दलाल पूँजीपतिहरुसँग उठबस क्रमिक रुपमा बाक्लिदै गएको छ । दलाल पूँजीपतिहरुले नेतृत्वलाई प्रभावमा पारेर आफू अनुकूलको नियम बनाउन लागि पर्छन् । यसर्थ हाम्रो समाजमा कुसँस्कारयुक्त दलाल पूँजीवादी सँस्कृति दिन दुगुना रात चौगुनाको हिसाबले बढिरहेको छ । सुसँस्कृतिमा कमी भएको छ । पार्टीमा यसको प्रत्यक्ष प्रभाव परेको छ । यस्तो प्रवृत्तिले गर्दा आम पार्टी कार्यकर्तामा भावनात्मक हार्दिकता हराएको छ । 
एक कार्यकर्ताले अर्काे कार्यकर्तालाई शंकालु दृष्टिले हेर्दछ यसको परिणाम देशभरिका प्राय मेयर, उपमेयर, प्रदेश, प्रदेशको माननीय बिच बेमेल देखिन्छ । सौतिनी आमाको छोराको व्यवहार गरिन्छ । खोइ त हार्दिकता ? खोइ भावनात्मक सम्बन्ध ? यो के को लागि ? फलतः पार्टी शक्ति कमजोर भएको छ । यसर्थ तलदेखि माथिसम्म पार्टि संगठनलाई भावनात्मक सुधार आत्मीयता र परिवर्तनका लागि संगठन परिचालन गर्न अपरिहार्य भइसकेको छ । त्यसैले संसारलाई फेर्न हिँडेको कमरेडले आफैलाई फेर्नुपर्ने भएको छ । बिडम्बना ! कमरेडहरुमा आत्मीयता कुम्भकर्ण झै सुतेको छ ।