2019 May 23/ 06:37: 19am

    बुद्ध शिक्षा मुख्यत नैतिकतामा आधारित हो । सहिष्णुता र सद्भाव, सटिक व्यवहार आधार पनि नैतिकता नै हुन् । नैतिक आचरणबाट धर्मको रहस्य बुझ्दै व्यवहारिक जीवनमा सुखमय शान्तमय भई सम्पर्कमा समाहित हुन्छ । परियन्ति शिक्षा नैतिकतामा नै आधारित ज्ञानमय शिक्षा हो । बौद्ध दर्शन तीन तहमा विभाजित गरिएको पाइन्छ । परियन्ति, प्रतिपन्ति र प्रतिवेध यी तीन तह हुन् । परियन्तिको आधारबाट प्रतिपन्ति र प्रतिवेध नैतिकवान नागरिक तयार हुन्छ । नैतिकताले व्यक्ति शिक्षित दिक्षित भई असल र गुनिलो नागरिक होइन्छ । 
    परित्राण, शील, त्रिरत्न–बन्दना, बुद्ध जीवनी, कथा, पालि सूत्र, ज्ञान, सामाजिक शिक्षा, जातक कथा, हाम्रो विचार, बुद्धि चेतनालार्य सुबुद्धि विवेकमय गराउँछ । बुद्ध, धर्म र संघ यी तीन शब्दलाई त्रिरत्न भनिन्छ । हामीहरु बुद्धलाई आदर र गौरव गर्छाैं, धर्मको अध्ययन गरी व्यवहारमा लागू गर्ने, भिक्षु र भिक्षु संघले दिएको उपदेशको पालन गरी संघको उपदेश अनुसार हिँड्ने, बुद्ध भनेको बुझेको, चित्तको चेतना, चित्तको अन्तस्करणमा चेतना, चैतन्यबाट व्यक्तिले समभाव व्यवहार, समबुद्धि व्यवहार, परमार्थ व्यवहार भई अतिशुद्ध आचरण गर्नै, बुद्धको अर्थ चार आर्य सत्य दुःख, दुःखको कारण, दुःखको अन्त र दुःखलाई निर्मूल गर्ने मार्गलाई यथार्थ रुपले बुझ्नलाई ‘बुद्ध’ भनिन्छ । 
    संघले सन्त, अर्हन्त, उत्पादन वृद्धि गर्नमा तल्लीन छ । धर्मलाई आदर गरी तनदुसार अभ्यास गरी पर्माचरण गर्दछ, त्यसले तथागतको सत्कार गरेको, मान गरेको तथा उत्तम पूजा गरेको ठहरिन्छ । सँस्कार सबै अनित्य हुन अप्रमादी होऊ, राम्ररी सम्यक स्मृति राखी गुण धर्मको सम्पादन गर । यो संसारमा दुःख धेरै छन्, द्वेष प्रवृत्ति र राग प्रवृत्ति गुण भएका सत्वहरु धेरै छन् । राग कम भएका, धर्मलाई बुझ्नेहरु पनि छन्, क्लेशरुपी ऋणबाट मुक्त हुन धर्म देशना, संघ शरणको ठूलो भूमिका रहेको छ ।
    बुद्ध गृहस्थी हुन्जेल उनको नाम ‘सिद्धार्थ’ थियो । उहाँको नाम सामान्यतः ई.पू. ५६३ मा लुम्बिनी वनमा मायादेवी कोखबाट जन्म भएको थियो । ई.पू. ५२८ वैशाख पूर्णिमाका दिन ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त भएपछि उनलार्य महाभ्रमण, गौतम बुद्ध भनियो । बुद्ध कुनै व्यक्ति विशेष नाम होइन, जसले बुझ्छ त्यसलाई बुद्ध भनिन्छ, बुद्धत्व प्राप्त गर्नेलाई बुद्ध भनिन्छ । गौतम बुद्ध भन्दा अघि २७ जनाले बुद्धत्व प्राप्त गरिसकेका थिए, गौतम बुद्ध २८ औं बुद्ध हुन् । अब फेरि निकट भविष्यमा बुद्धत्व प्राप्त गर्ने देवलोकमा ‘मैत्रीय बोधिसत्व’ ध्यान मग्धनमा छन् । 
    तीन प्रकारको बुद्ध श्रावक बुद्ध, प्रत्येक बुद्ध र सम्येक सम्बृद्धमा रुपमा छन् । क्लेशरुपी शत्रुलाई निम्त्यान गरीसकेपछि अर्हत् होइन्छ । अर्हत्को अर्थ अब पुनः जन्मलिनु पर्दैन र यहि जन्मलाई अन्तिम बनाइसकेको छ । यसलाई ‘श्रावक बुद्ध’ भनिन्छ । गोतम बुद्धले यहि मार्गमा जोड दिएको छ । आफ्नै अभ्यासबाट बुद्ध हुने, पूर्वजन्मको पुण्य स्वयंले धर्मलाभ गरी बुद्ध भएकालाई प्रत्येक बुद्ध भनिन्छ । यिनीहरुको आगमन दुई सम्येक सम्बृद्ध, दुई बुद्ध शासनको प्रभावको अन्तरमा मात्रै हुन्छन् । नयाँ सम्येक सम्बृद्धको आगमन अघि उनीहरुले निरुपादिषेश निर्पाण सुख प्राप्त गरिसक्नुपर्छ । प्रत्येक बुद्धलाई आफूले बुद्धत्व प्राप्त गरी जन्म मृत्युको चक्करबाट मुक्त भइसकेको ज्ञात हुँदैन । प्रत्येक बुद्ध प्रायः एकान्त, वनजंगलमा विचरण गरी बस्छन् र समय आएपछि निरुपादिषेश निर्वाण प्राप्त गर्दछन् । बौद्ध परम्परा अनुसार श्रावक बुद्ध र प्रत्येक बुद्ध हुनु सजिलो छ । यी दुवै प्रकारका बुद्धहरुको ध्येय आफू दुःखबाट मुक्त हुने हो । यी करुणाले प्रेरित भई अन्यको सहयोगी हुन्छन् । असंख्य जन्म, जन्मान्तर सँगै विभिन्न पारिमिता पूरा गर्दै निर्वाण सुख प्राप्त गरी वृद्ध होइन्छ । पारमिता पूरा गर्ने क्रममा नै अविधाहरु नाश गरी जन्मसरणको भयचक्रबाट मुक्त हुन्छन् । यहि मुक्त अवस्थालाई सम्येक सम्बुद्ध भनिन्छ । यसमा मैत्री, करुणा, मुदिता र उपेक्षाको भावनाबाट ओतप्रोत भई विभिन्न प्रकारको प्रणाीहरुको हितमा धर्मको सुगन्ध फैलाइरहेको हुन्छ । जस्तोसुकै कठिन कार्य पनि तत्पर हुन्छ, त्यसका लागि आफ्नो प्राणलाई पनि दाउमा राख्न पनि पछि पर्दैन । विना हिच्किचाहट, विना सर्त अघि सर्छन् । बुद्ध सबैको अन्तस्करण आफैंमा छ बुद्ध सबैका हुन्, निचोड आफूले आफैंलाई विश्लेषण गर्दै बुझ्ने, बुझ्नु, बुझ्न सक्ने नै बुद्ध हो ।
    बुद्ध जीवनीका महत्वपूर्ण घटनाहरु जन्म ई.पू. ५६३ मा भए, विवाह १६ वर्षको उमेरमा ई.पू. ५४७ मा भएका थिए । ई.पू. ५३४ मा २९ वर्षको उमेरमा गृहत्याग गरेका थिए । ई.पू. ५२८ मा ३५ वर्षको उमेरमा बोधिज्ञान लाभ, निर्वाण सुख प्राप्त गरेका थिए । उही साल प्रथम धर्मचक्र प्रवर्तन सुरुगर्नुभएका थिए । ८० वर्षको उमेरमा ई.पू. ४८३ मा महापरिनिर्वाण लीन हुनुभएका थिए । 
    निम्नलिखित बारहरु बुद्ध जीवनसँग सम्बन्धित छन् । शुक्रबारमा सिद्धार्थ गौतम बुद्धको जन्म भएको थियो । शनिवार धर्मचक्र प्रवर्तन, आईतबार दाहसँस्कार, सोमबार गृहत्याग, मंगलबार परिनिर्वाण, बुधबार बोधिज्ञान लाभ, विहीवार आमाको गर्भमा प्रवेश गरेका थिए । 
    बौद्ध झण्डाको ६ वर्ण प्रतिकहरु नीलो बुद्धको केशबाट आएको रश्मि एवं न्यायको प्रतीक, पहेंलो बुद्धको आँखाबाट आएको रश्मि एवं बुद्धको चीवर एवं करुणाको प्रतिक, रातो बुद्धको मांस रगतबाट आएको एवं वैचारिक दार्शनिक क्रान्तिको प्रतिक, सेतो बुद्धको अस्थिबाट आएको रश्मि एवं अनुशासनको प्रतिक । संयुक्त पाँचवटै रंग चमकदार भई आएको रश्मि एवं बुद्धको धम्मकाय (शरीर) को प्रतिक हो । 
    भगवान सम्यक् सम्बुद्धको २५६३ औं बुद्ध जयन्ती हर्षाेल्लास साथ मनाउन सम्पूर्ण काभ्रेली वासिन्दा एवं सम्पूर्ण शान्तिप्रेमी महानुभावहरुलाई आगामी २०७६ जेष्ठ ४ गते शनिवार पूर्णिमाको दिन बुद्ध प्रतिमा सजाइ शोभायात्रा सहित विभिन्न धार्मिक कार्यक्रममा सहभागी भैदिनुहुन हार्दिक निमन्त्रणा स्वीकारी पुण्य संचय गर्नुहोला । २५६३ औं बुद्ध जयन्ती वैशाख पूर्णिमाको उपलक्ष्यमा भगवान सम्यक् सम्बुद्धको सत्य, शान्ति र मंगल मैत्रीको तरंगले समस्या सन्तहरुको सुख, शान्ति, समृद्धि तथा आयू आरोग्य लाभ होस् भनी मंगल कामना गर्दछ ।

हरेक वर्ष झै २५६३ औं बुद्ध जयन्ती मनाउने क्रममा रचनात्मक सुझाव, त्यस्तै संघसंस्था, व्यवसायिक र सामाजिक संस्थाबाट, व्यक्तिगत तर्फबाट पनि आर्थिक, भौतिक सहयोग आदि प्राप्त भएको छ । बुद्ध जयन्ती मनाउन विभिन्न सल्लाह र सहयोग उपलब्ध भएको हुँदा सम्पूर्ण हितैषी सहयोगी र शुभेच्छुक महानुभावहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछ । सबैमा साधुवाद ।

सौरवराज कायष्ठ
सदस्य, बुद्धजयन्ती समारोह समिति, बनेपा