बनेपामा यसको सम्भावना ?
नवराज केसी
पदयात्रा परिचय
पैदल यात्रा भनेको सामान्य रूपमा हिँडेर गरिने यात्रा हो । जुन लामो या छोटो दूरीको हुन सक्छ र एक्लै अथवा समूहमा मिलेर पनि हिँड्न सकिन्छ । कम चुनौतीपूर्ण बाटोमा गरिने छोटो पैदल यात्रा जसलाई हाइकिङ भनेर भनिन्छ । भने कठिन भूभागमा गरिने लामो समयको यात्रा लाई ट्रेकिङ भनेर भनिन्छ । यो धार्मीक, सांस्कृतिक, शैक्षिक अन्वेषणात्मक, या व्यक्तिगत हिसाबले हुनसक्छ । पैदल यात्रा या पदयात्रा प्राकृतिक स्थानहरूमा जस्तै पहाड, जङ्गल वा ग्रामीण क्षेत्रहरूमा मनोरञ्जनका लागि गरिने हिँडाइ पनि हो । यसलाई नेपालीमा सामान्यतया पैदल यात्रा, पदयात्रा भनेर बुझिए पनि हाल जनमानसमा अंग्रेजी शब्द हाइकिङ वा ट्रेकिङ भन्ने चलन व्याप्त बनेको छ । अर्को हिसाबले बुझ्दा पदयात्रा अथवा हाइकिङ भनेको मानिस र प्रकृतिबीचको नजिकको सम्बन्ध स्थापित गर्ने एउटा क्रिया हो जसले शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति एकआपसमा सहयोग र भाइचारा सम्बन्धको विकास र नयाँ ठाउँहरूको नयाँ नयाँ अनुभवहरू प्राप्त गर्ने अवसर मिल्दछ । यो अहिलेको आधुनिक जीवनशैलीमा स्वास्थ्य र आत्मा साक्षात्कारका लागि अत्यन्त प्रभावकारी माध्यम हो ।
महात्मा गान्धीले भनेका छन् पदयात्रा केवल गन्तव्यमा पुग्ने माध्यम मात्र होइन यो आत्माशुद्धि र समाज परिवर्तनको साधन हो अर्थात् गान्धीजीले पदयात्रालाई शारीरिक अभ्यास मात्र नभई सामाजिक र आध्यात्मिक रूपान्तरणको माध्यमका रूपमा परिभाषित गरेका छन् । त्यस्तै एक प्रसिद्ध प्रकृतिविद, लेखक एवं निकुञ्ज संरक्षणकर्मी जोन मुइर जसलाई ँबतजभच या तजभ लबतष्यलब िउबचपक पनि भनिन्छ । उनी भन्दछन् “ष्ल भखभचथ धबपि धष्तज लबतगचभ, यलभ चभअभष्खभक ाबच mयचभ तजबल जभ कभभपक“ प्रकृतिसँगको हरेक पदयात्रामा मानिसले खोजेको भन्दा धेरै पाउँछ । अर्थात् मोइरले पदयात्रालाई मानिस र प्रकृतिबीचको गहिरो सम्बन्धको प्रतीकका रूपमा परिभाषित गरेका छन् । अनि एडमन्ड हिलारी (जो प्रथम सगरमाथा आरोहण गर्ने व्यक्ति मध्य एक) भन्दछन् “ष्त ष्क लयत तजभ mयगलतबष्ल धभ अयलत्रगभच, दगत यगचकभखिभक“ अर्थात् हामी पर्वतलाई होइन आफूलाई जित्छौँ । उनले पदयात्रालाई मानिसको आत्मा अनुशासन र सहनशक्तिको परीक्षण गर्ने माध्यमका रूपमा परिभाषित गरेका छन् । त्यस्तै एडमन्ड हिलारीसँगै सगरमाथा चढ्ने नेपालका प्रसिद्ध व्यक्तित्व तेन्जिङ नोर्गे को भनाई अनुसार पहाडमा हिँड्नुले विनम्रता र प्रकृतिप्रतिको सम्मान सिकाउँछ । अर्थात् तेन्जिङले पदयात्रालाई प्रकृतिसँगको आत्मीय सम्बन्ध र मानवीय विनम्रता सिकाउने अनुभवका रुपमा परिभाषित गरेका छन् । यसरी प्रसिद्ध व्यक्तिहरूका भनाइले पदयात्राको बहुआयामिक पक्षलाई उजागर गर्दछ यो केवल शारीरिक अभ्यास मात्र नभई मानसिक शान्ति, आत्मविकास र प्रकृतिसँगको गहिरो सम्बन्ध स्थापना गर्ने माध्यम हो भनेर बुझ्न सकिन्छ ।
– विश्वमा सर्वप्रथम कहाँबाट भएको थियो पदयात्रा संस्कृतिको सुरुवात ?
आधुनिक समयमा पदयात्रा संस्कृति विश्वव्यापी रुपमा लोकप्रिय भएपनि यसको सुरुवात मुख्य रूपमा युरोपबाट भएको मानिन्छ । १८औं शताब्दी तिर युरोपमा औद्योगिक क्रान्तिको चरणमा मानिसहरूलाई सहरको व्यस्त जीवनशैलीबाट बच्न र प्रकृतिसँग नजिक हुने आवश्यकता को महसुस हुन थाल्यो प्रसिद्ध कवि र लेखकहरूले पदयात्राको महत्त्वबारे लेख्न सुरु गरे । खास गरेर युरोपमा पनि स्विजरल्यान्ड, इङ्ल्यान्ड जस्ता देशहरूमा पर्वतीय पदयात्रा र आरोहण सञ्चालन गर्न का लागि विभिन्न क्लब, संस्थाहरू स्थापना हुन थाले र अमेरिकामा १९औँ शताब्दीमा जोन मूइर जस्ता प्रकृति पर्यावरण संरक्षणवादीहरूले अमेरिकाभरि प्राकृतिक सौन्दर्यको संरक्षण र अन्वेषणलाई प्रोत्साहन गरे ।
अमेरिकामा सन् १९२० बाट अमेरिकाको पूर्वी तटको ब्उउबबिअजबष्ल पर्वतमालामा १४ वटा अमेरिकी राज्यहरू जर्जियादेखि मेनसम्म ३५२४ किलोमिटर ब्उउबबिअजबष्ल त्चबष् िनामक लामो दूरीको पदयात्रा मार्गको निर्माण सुरु भयो । यो विश्वको सबैभन्दा प्रख्यात र चुनौतीपूर्ण ट्रेलहरूमध्ये एक हो । जसले हजारौं पर्यटकहरूलाई पदयात्रीहरुलाई आकर्षित गर्दछ । यो ट्रेलको निर्माण सम्पन्न सन् १९३७ मा भएको थियो । त्यस्तै एसिया मा पनि नेपाल, भारत र तिब्बत जस्ता हिमाली क्षेत्रहरूमा पदयात्राको सुरुवात धार्मिक र सांस्कृतिक यात्राका रूपमा जस्तै कैलाश मानसरोवर यात्रा, गोसाईकुण्ड यात्रा का रूपमा सुरु भयो ।
कहिलेदेखि भएको थियो नेपालमा पदयात्रा संस्कृतिको सुरुवात?
सन् १९५० को दशकपछि पश्चिमी पर्वतारोहीहरूको आगमनसँगै नेपाल जस्ता देशहरूमा ट्रेकिङ र एड्भेंचर पर्यटनको विकास क्रम सुरु भएको हो । यद्यपि यहाँका स्थानीय नेपालीहरू भने धार्मिक पदयात्रा बाहेक अन्य पदयात्रा मा बिरलै देख्न सकिन्थ्यो । अथवा त्यस्ताका नेपालीहरूमा पदयात्रा संस्कृतिको विकास भएको थिएन तर अहिलेको अवस्थामा नेपालमा पदयात्रा संस्कृति एकदमै बढिरहेको पाउँछौं बालबालिकादेखि युवा युवती र उमेर पुगेका पाका व्यक्तिहरूसम्म पदयात्राका लागि लालायित देखिन्छन् । नयाँ नयाँ ठाउँ घुम्न जाने प्रचलन निकै वृद्धि भएको छ । यसमा विभिन्न कारण प्रवृत्ति र अवसरहरुले भूमिका खेलेका छन् ।
नेपालमा अहिले स्थानीय र अन्तर्राष्ट्रिय पदयात्रीहरूको आकर्षण बढेको छ । जसका कारण नेपालका आकर्षक गन्तव्यहरू जस्तै अन्नपूर्ण, एभरेस्ट बेस क्याम्प, मनाङ, मुक्तिनाथ, लाङटाङ, तिलिचो ताल, राराताल, घान्द्रुक, खप्तड, खोटाङ भोजपुरको मुन्धुम ट्रेल जस्ता क्षेत्रहरूमा पर्यटकको भिड बढेको छ । र नयाँ नयाँ गन्तव्यहरुमा पनि पदयात्रीहरूको घुइँचो बढेको छ । केही समय अगाडि यस्ता ठाउँहरूमा विदेशी पर्यटकहरू मात्र जाने प्रचलन रहेकोमा हाल आन्तरिक पदयात्रीहरूको चाप पनि एकदमै बढेको छ । सामाजिक सञ्जालको प्रभावले युवाहरूमा पदयात्रा मोह ह्वात्तै बढेको अवस्था छ । अयखष्म ज्ञढ को महामारीपछिको समयमा मानिसहरू प्रकृतिसँग नजिक हुने र भिडभाड बाट टाढा बस्न चाहने बानीको विकासको कारणले पदयात्रा र आन्तरिक पर्यटनलाई प्रोत्साहन मिलेको छ । र साथसाथै अहिले हाम्रो देशमा पदयात्रा गन्तव्यमा पुग्नका लागि पूर्वाधारको विकास अर्थात् बाटोघाटो र बास बस्नका लागि सुविधा सम्पन्न होटल, होमस्टे भएका कारणले गर्दाखेरि यात्रा सहज बनेको छ ।
समग्रमा भन्दा वर्तमान अवस्थामा नेपालमा पदयात्रा संस्कृति र नयाँ ठाउँ घुम्ने प्रचलन अत्यन्त सकारात्मक रुपमा विकसित भइरहेको छ । यस्ता गतिविधिले आर्थिक सांस्कृतिक र सामाजिक लाभ दिने भएकाले उचित व्यवस्थापन र प्रवर्द्धन मार्फत यसलाई अझै दिगो र प्रभावकारी बनाउन सक्नुपर्छ ।
कस्तो छ त बनेपामा पदयात्रा संस्कृतिको सम्भावना?
अब बनेपामा पदयात्रा संस्कृतिको सम्भावना कस्तो छ यसतर्फ लागौं । ।
पदयात्रा संस्कृतिको प्रचलन बढेको अवस्थामा बनेपामा पदयात्रा संस्कृतिको सम्भावना धेरै सकारात्मक र आशाजनक देखिन्छ । बनेपा खास गरेर हालको बनेपा नगरपालिकाको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र पर्यावरणीय दृष्टिकोणले पदयात्राका लागि एकदमै उपयुक्त क्षेत्र हो । यसको आधारमा विभिन्न कारणले यहाँ पदयात्रा संस्कृतिको राम्रो सम्भावना छ भनेर भन्न सकिन्छ ।
१) भौगोलिक र प्राकृतिक विशेषता
सुगम पहुँचः नेपालको राजधानी काठमाडौँ उपत्यकाको नजिक रहेकोले बनेपा पदयात्राका लागि सुरुवातको राम्रो बिन्दु हो । देशविदेशबाट नेपाल घुम्न आउने यात्रु एवं पर्यटकहरू यहाँ प्रवेश गरिसकेपछि यदि नजिकै रमणीय प्राकृतिक स्थलहरू घुम्न र रमाउन चाहन्छन् भने काठमाडौँ उपत्यका आसपासको सुन्दर गन्तव्य मध्य बनेपा पहिलो रोजाई मा पर्न सक्छ । बनेपामा थुप्रै घुम्न सकिने मनोरम प्राकृतिक सौन्दर्य स्थल, ऐतिहासिक सम्पदा स्थल हरु छन् ।
हालको बनेपा नगरपालिका को १४ वटा वडा मध्ये अधिकांश वडाहरूमा हरियाली, पहाड, खोलानाला, प्राकृतिक पोखरी, गढी सुन्दर डाँडाकाँडा एवं ग्रामीण क्षेत्रले पदयात्रा गर्नेलाई आकर्षित गर्न सक्छ । खास गरेर वडा नम्बर १ मा रहेको ऐतिहासिक नालागढी, सल्ला प्रजातिको रुखहरूको घना जङ्गल, वडा नम्बर २ मा नगरकोटसँगै रहेको रमणीय हिले जलजले जलाधार क्षेत्र, ठुलीखोला झरना, वडा नं ३ मा रहेको बासुकी डाँडा, काशीभञ्ज्याङ डाँडा, वडा नम्बर ६ मा रहेको गोसाईथान जङ्गल टावर क्षेत्र, टन्चोक हाइट वडा नम्बर ११ मा रहेको नागीडाँडा जङ्गल, वडा नं १२ को बासडोल क्षेत्रमा रहेको रमणीय जन्ती ढुङ्गा, वडा नम्बर १३ मा रहेको वासुकी डाँडा त्यस्तै वडा नं १४ मा रहेको खाल्चोक, चतुरे डाँडा यी मैले नाम लिएका प्रमुख रमणीय स्थानहरू हुन् यद्यपि अन्य थुप्रै रमणीय घुम्नयोग्य स्थानहरू पनि छन् । यस सँगसँगै विभिन्न भाषाभाषी जातजाति रहेको रमणीय गाउँ बस्ती र अन्य महत्वपूर्ण क्षेत्र हरू पनि रहेका छन् । त्यसको अझै पहिचान गर्नुपर्ने आवश्यकता छ । र बनेपा बजारलाई केन्द्रबिन्दु मानेर यी माथिका स्थानहरूमा पदयात्रा मार्गहरू बनाउन टड्कारो आवश्यकता छ या यी सबै ठाउँहरूलाई जोडेर आकर्षक लामो पदयात्रा ट्रेल बनाउन सकेमा पनि धेरै राम्रो हुनसक्छ साथसाथै बनेपाले अग्रणी रूपमा रहेर काभ्रेपलाञ्चोक जिल्लाका अन्य स्थानीय निकायहरूसँग समन्वय गरी लामा लामा एड्भेन्चर ट्रेलहरु बनाउने पहल गर्न सकेमा काभ्रे जिल्लाकै लागि यो महत्वपूर्ण कदम हुन सक्छ त्यसैले सम्पूर्ण रूपमा सबैले मिलेर आआफ्नो क्षेत्रको मौलिकता जोगाउने, प्राकृतिक स्थलहरूको संरक्षण र विकास गर्न जरुरी छ जसले गर्दा यस क्षेत्रमा पदयात्रा गर्नेलाई आकर्षित गर्न सकोस् ।
२) सांस्कृतिक र ऐतिहासिक विशेषता
बनेपा सांस्कृतिक र ऐतिहासिक अथवा सम्पदाको दृष्टिले पनि धनी क्षेत्रको रुपमा रहेको छ । यहाँको सबैभन्दा ठूलो तीनतले पेगोडा शैलीको प्रसिद्ध चण्डेश्वरी स्वर्ण मन्दिर, धनेश्वर महादेव को मन्दिर, सपनेश्वर मन्दिर, विकटेश्वर मन्दिर, प्रसिद्ध नाला भगवती मन्दिर बनेपा बजारमा रहेको नारायणथान मन्दिर, ऐतिहासिक आठ गणेश, आठपोखरी, आठवटा द्वार, ९९ वटा इनार विभिन्न चैत्य बिहार, बहाः बही एवं ऐतिहासिक सम्पदाको हिसाबले महत्वपूर्ण बजार नाला, साँगा त्यहाँका मल्लकालीन पुराना घर नेवारी संस्कृति, साथसाथै ग्रामीण भेगका तामाङ, लामा संस्कृति, मगर संस्कृति, आर्य खस संस्कृति, लगायत यहाँका अन्य विभिन्न ऐतिहासिक सम्पदा एवं संस्कृतिहरु महत्वपूर्ण रूपमा रहेको छ । त्यस्तै यहाँको स्थानीय चाडपर्व जात्रा खास गरेर चण्डेश्वरी जात्रा जुन नेपालमै प्रख्यात जात्राको रूपमा रहेको छ । यस्ता ऐतिहासिक सम्पदा, सांस्कृतिक विविधताले बनेपामा पदयात्राको सम्भावना बढाएको छ । मात्र यस्ता कुराहरूको पर्याप्त मात्रामा प्रचारप्रसार अथवा ब्रान्डिङ गरिनु जरुरी छ ।
बनेपामा पदयात्रा को लागि चुनौतीहरू के के छन् र समाधानका उपायहरू के के हुनसक्छ त्यसतर्फ हेरौँ ।
कस्ता कस्ता छन् त चुनौतीहरू?
– स्थानीय निकाय अर्थात् नगरपालिका वा सम्पूर्ण वडा पदयात्रा या पर्यटनको विषयमा सम्पूर्ण रूपले साक्षर नहुनु ।
– पदमार्गहरूको व्यवस्थित विकासको अभाव एवं विभिन्न गन्तव्यहरूको भौतिक पूर्वाधारको विकासको अभाव ।
– विभिन्न गन्तव्यहरूको पर्याप्त प्रचारप्रसारमा कमी ।
– फोहोर महिला व्यवस्थापन को चुनौती ।
– पदयात्री या पर्यटकहरूको सुरक्षाको प्रत्याभूति नहुनु र स्थानीयहरूमा पदयात्रा सम्बन्धी शिक्षा को अभाव हुनु यी बाहेक अन्य धेरै कुराहरू चुनौतीका रुपमा हुन सक्छन् तर यी माथिका मैले उल्लेख गरेका मुख्य मुख्य चुनौतीहरू हुन् ।
∆ के छन् त चुनौतीहरूलाई समाधान गर्ने उपायहरू?
चुनौतीहरूलाई समाधान पनि गर्न सकिन्छ समाधानका उपायहरू पक्कै पनि छन् ।
स्थानीय निकायले सबै पक्षको समन्वयमा वार्षिक कार्ययोजना बनाएर पदमार्ग एवं गन्तव्य पूर्वाधारहरूको विकासका लागि काम गर्नुपर्ने देखिन्छ ।
– बढीभन्दा बढी पदमार्गहरू लाई पहिचान गरी व्यवस्थित बनाउनुपर्छ ।
– बनेपाको पदयात्रा संस्कृति र यहाँका स्थानहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नुपर्छ ।
– स्थानीय नागरिकहरुलाई यससँग सम्बन्धित जनचेतनात्मक कार्यक्रमहरू गर्न सकिन्छ ।
– बनेपालाई घुम्न योग्य सफा, सुग्गर स्वच्छ वातावरण भएको सहर या गाउँको रुपमा स्थापित गर्नका लागि दीर्घकालीन रुपमा फोहोरमैलाको उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
– यहाँ भएका सबै प्राकृतिक पुरातात्विक एवं सांस्कृतिक सम्पदा जोगाउन वा संरक्षण गर्ने नीतिहरू बनाई कार्यान्वयनको तहमा जानुपर्ने देखिन्छ ।
यी चुनौतीहरू समाधान गरेर जान सकेको अवस्थामा यहाँ पदयात्रा संस्कृतिको विकासले बनेपाको स्थानीय अर्थतन्त्र सुदृढ हुनुका साथसाथै पर्यावरणीय संरक्षण र सांस्कृतिक सम्पदाको प्रवर्धनमा महत्वपूर्ण योगदान दिन सक्छ । ठोस योजना पूर्वाधार विकास र स्थानीय सहभागिता मार्फत यस क्षेत्रमा पदयात्रा संस्कृतिलाई सफलतापूर्वक स्थापित गर्न पक्कै पनि सकिन्छ ।