
जिएन प्रधान
जब एउटा मनमा हुँइयाँ आउँछ तब बामपन्थी एकता÷एकीकरणको मीठो शब्दहरू पनि सुन्न पाइन्छ। एकता या एकीकरण हुन भन्दा पनि फुट्न जानेका यी कम्युनिष्टका नेताहरूको एकताको बोली सुन्दा पनि अवत एलर्जी हुन थालेको छ । एकताको कुरा हुनु एकताको प्रयास हुनु आफैमा नराम्रो हैन तर नेपालका नेताहरूको संकीर्ण मनोभावनालाई हेर्दा नेपालमा कम्युनिष्ट एकताको सम्भावना देखिन्न । यदि एकता हुन नै चाहेको भए पहिले आफूहरू सचिन जान्नु प¥यो, आफूहरू लचिलो हुन सक्नु प¥यो अझै भन्ने होभने आफैमा लचिलो भावको फराकिलो छाती हुनुप¥यो । मनभित्र निश्वार्थ रहित उदारता आउनु प¥यो । मनभित्र मुरीका मुरी कुटिल षड्यन्त्र बोकेर अरुलाई हात लम्काएर बोलाउनुको अर्थछैन । जबजब आफू अलि कमजोर भएको महसुस हुन्छ तब बामपन्थी एकताको शब्द जालो बाहिर हु¥याउने अनि जतिखेर सत्ताको कुर्शीमा आलिशान मार्न पाउने सुन्दर सपना देख्न पुग्छ तब एकीकरण भैसकेको पार्टीलाई समेत विभाजन या फूटको निशानामा पु¥याउनेहरूबाट आउने यस्ता एकताको शाब्दिक जालहरूलाई कसरी पट्याउने ?
यदि कम्युनिष्टहरू बीचको साँचिकै एकता चाहने हो र जनताका लागि योग्य शासन स्थापित गर्ने हो भने कुनै पनि मनमा तुष नराखी पद या सत्ताको कुर्शीलाई गौन राख्न सक्नुपर्छ । पार्टीको हाईकमाण्ड आफू बन्ने र आगामी सत्ताको नेतृत्व आफैले गर्न पाउनु पर्ने अभिलाषा बोकेर कसरी एकीकरण हुनसक्छ? आफूबाट छुट्टिएकाहरू र फुटेर गएकाहरू जति सबै दक्षिण पन्थी संशोधनवाद, फुट्नबाट जोगाएर राख्न नसकेका आफूहरू भने सच्चा आदर्शवादी कम्युनिष्टको पगरी भिरेर बस्न रुचाएकाहरूबाट कसरी एकताको कल्पना गर्नु ? २०७४ को संघीय र प्रदेशको निर्वाचनमा करीब दुइतिहाई प्राप्त गरि तत्कालीन एमालेको अध्यक्ष केपि ओलीको नेतृत्वमा निर्माण भएको बलियो सरकार समेत ढालेर जानाजान नेपाली काँग्रेसलाई सत्ता सुम्पिन पुगेकाहरूबाट फेरि कम्युनिष्ट एकता गरौँ भनेर शव्दहरू निकाल्न अनि कसरी सकेका हुन लाजकै बिषय हो । तर यहाँ लाज मान्नेमा छैनन । यसमाथी पनि लाज सरमले सीमा नाघेपछि जो त आफैले निर्माण गरेको तीन दशकभन्दा बढी केन्द्रीय तहको नेतृत्वकारी भूमिकामा रही डेढ दशक पार्टी अध्यक्ष समेत भैसकेका ब्यक्तिहरू जसले पार्टी बिभाजन गरेर अझै आफूले बनाएको उक्त चोइटो पार्टीलाई “एकीकृत समाजवादी” नाम राखेको सुन्दा “कठै” एकान्तमा एक्लै पनि मनस्थिती बिग्रेको पागल जस्तैगरी हाँस्न मन लाग्छ । जति चोइटिँदै गयो उत्तिनै “एकीकृत” पार्टी(?) । जो–जो ब्यक्ती आफ्नो भएको पार्टीमा बस्न नसकेर अलग हुँदै जान्छ उहीँ समाजवादी (?) अनि प्रश्न उठ्छ, पार्टी फुटाउनेहरू नै एकीकृत, आफ्नो पार्टीको समाज भित्र बस्न नसक्ने समाजवादी? जो आफै त आफ्नो पार्टी समाजलाई सम्झाउन र चित्त बुझाउन नसकेर पार्टीबाट अलग भएकाहरू देशका नेता । यस्तोबाट देशको परिवर्तन कसरी गर्छ भनी सोच्ने? देशको ब्यवस्था परिवर्तन गर्ने उद्देश्यले सामाजिक संगठनमा लागि परेका कथित उच्च नेताहरू नै असामाजिक रुपमा एक्लिँदै गएकाहरूबाट राष्ट्रको उन्नति, प्रगती गर्ला भनेर कसरी पट्याउने ?अनि यिनीहरूले नै समाजवादी मोर्चा नाम राखेर कसरी बिश्वास गर्ने? आफू आफैमा झिना मसिना कुराहरूलाई विवाद र असहमति अनि सैद्धान्तिक द्वन्द्वको अत्तो थापेर पार्टी विभाजनमा अघि बढेका यिनै झिँगाका जस्ता छाती भएका नेताहरू फेरि एउटै ठाउँमा आउला भनेर कसरी बिश्वास गर्ने ? भन्ने बेलामा अरु सबै कम्युनिष्ट नेताहरू भन्दा आफू असल,आफ्नो पार्टी सबभन्दा राम्रो तर जनमानसको अगाडि सबभन्दा चाउरिएका पार्टी उहीँ बन्न पुगेको हुन्छ । एउटै पार्टी भित्रका नेताहरू बीचमा कुरा मिल्दैन, कम्युनिष्ट पार्टीको एउटै दर्शन अध्ययन गरेर एकै ठाउँमा पुग्ने महान लक्ष्य बोकेकाहरू बीच यस्तो विवाद र असमझदारी ! किन एक आपसमा घोर शत्रुता र गालि गलौजको उत्कर्षता ?
यी नै नेताहरू हुन गाउँगाउँमा जनसंगठन निर्माण, पार्टी ईकाईहरूको विस्तारको क्रममा अर्थात् भूमिगत पार्टी प्रशिक्षणहरूको क्रममा हामी कम्युनिष्टहरू आफू इमानदारी बनेर अरुलाई इमानदारी हुन सिकाउनु पर्छ, कसैले कसैको पनि पैसा र अन्य वस्तुहरू ठगेर झुक्याएर लिनु हुँदैन, कसैको सियो मात्र पैँचो लिए पनि जस्ताको तस्तै फिर्ता गर्नुपर्छ, अरुको श्रमको उचित ज्याला दिनुपर्छ, त्यसै सितैँमा कसैलाई श्रममा लगाउनु हुँदैन, ऋणमा दिएको पैसाको उपयुक्त ब्याज मात्र लिनुपर्छ, धेरै चर्को ब्याज लिनुहुन्न, कोहि पुरुष मानिसले अरु महिलाहरूलाई खराब नियतले अनावश्यक प्रेम गर्नु हुँदैन । अशक्त र असहाय बृद्ध बृद्धाहरूलाई सेवा गर्नुपर्छ, देश रहे मात्र आफू रहने भएकोले राष्ट्र र राष्ट्रियतालाई सर्वोपरी ठानेर अघि बढ्नु पर्छ । देशभक्तिको भाव हुनुपर्छ । शत्रु को हो? मित्रु को हो? चिन्न सक्नुपर्छ । राष्ट्रिय शत्रु र अन्तराष्ट्रिय शत्रु छुट्याउन सक्नुपर्छ । राष्ट्रिय दलाल पूँजिपति वर्ग र अन्तराष्ट्रिय पूँजिपति वर्ग चिन्न सक्नुपर्छ । तत्कालीन शाही राजतन्त्र हाम्रो मूल शत्रु हो भने नेपाली काँग्रेस पुँजिवादी चिन्तन बोकेको दलाल नोकरशाही पक्षधर भएकोले नेपाली काँग्रेस हाम्रो वर्गीय दुष्मन हो । र, अन्य सबै कम्युनिष्ट घटकहरू हाम्रा नजिकका मित्र शक्तिहरू हुन् भनी परिचित गराएका थिए हामी कम्युनिष्टहरू पद लोलुप हुनुहुन्न, यसो भन्दा दिएको जिम्मेवारीबाट भाग्नुपनि हुन्न । यसै भनेर प्रशिक्षण दिन्थे ।
तर अहिले आएर यी सबै कुराहरू ठीक उल्टो भएकोछ । सबभन्दा नजिकको मित्र शक्ति बन्नुपर्ने सबभन्दा ठूलो शत्रु बन्न पुगेको छ, सैद्धान्तिक विचार र उद्देश्यकै आधारमा राजनीतिक प्रतिस्पर्धाको रुपमा सबभन्दा प्रमुख शत्रु नेपाली काँग्रेस अहिले सत्ता सहकार्यको मित्र शक्ति बनेको छ । नेकपा माओवादी र नेकपा एसले एमालेलाई दुष्मन ठानेर नेपाली काँग्रेसको साथ लागे भने अहिले एमालेबाट यहि कार्य भएको छ । हिजो त्यही काँग्रेससँग मिलेर सरकार बनाउँदा आफूहरूलाई उत्तरपन्थी देख्न पुगेकाले अहिले एमाले त्यही काँग्रेससँग मिलेर सरकार बनाउँदा एमाले दक्षिणपन्थी हुनपुगेको छ । अहिले हेर्दाखेरी लाग्छ “गाईले पाडो र भैँसीले बाच्छा” पाए जस्तै ठीक उल्टो भएको छ ।
यो सबै हुनुको कारण हो सिद्दान्तमा बिचलन, सत्ता प्रती ज्यादा आशक्ती, कम्युनिष्ट भनिएकाहरू बीचमा विकसित भएको अनविश्वास उच्च आशंका, छलकपट र सतामा पुग्ने र अकुत कमाउने उच्च महत्वाकांक्षा, आफ्नो अगाडिको नेताको खुट्टा तानेर पछार्न सकेमात्र आफू अगाडि पुग्न सकिन्छ भन्ने डाहे भावना आदि ।
जतिखेर २०७४ को निर्वाचनमा नेपालका दुई ठुला बाम शक्तिहरू (नेकपा एमाले र नेकपा माओवादी केन्द्र) बीच चुनावी सहकार्य र पछि पार्टी एक समेत भए । यसलाई स्थायी एकतामा रुपान्तर गर्नुपथ्र्यो सत्तामा पुगे सँगै यसको लागि कुनै पहल गरेन । दुवैपार्टी एक भएको घोषणा सँगै पार्टी झन शिथिल र निष्कृय हुन पुग्यो । दुई पार्टी जोडिएकाहरू दुबै पार्टीका अध्यक्षहरू एउटै पार्टीको दुई अध्यक्ष भए । एकजना केपि ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि भए । जसले गर्दा उता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पनि पार्टी अध्यक्ष पनि भएकोमा असन्तुष्टी उब्जिन थाल्यो । पार्टीको एकल अधिकार प्राप्त हुनेगरी एकल अध्यक्ष बन्न पाए हुन्थ्यो भन्ने रह्यो । त्यस्तै केपि ओली पार्टी अध्यक्ष छोडेर प्रधानमन्त्रीमा मात्र सीमित रहेमा पार्टी अध्यक्षको बलमा कतै प्रधानमन्त्रीबाटै हटाउने त हैन भन्ने आशंकाले मनमा साँढे सात रेक्टरको भुकम्प चल्यो । यता धेरै वर्ष सङ्गै रहेर १५ वर्षसम्म पार्टी अध्यक्ष भएर माधव नेपाललाई पनि केपि ओली प्रम पनि पार्टी अध्यक्ष पनि भएको भित्रभित्रै औडाहा र छटपटि बढ्न थाल्यो र प्रचण्डलाई उचाल्न थाल्यो । यहि उक्साहटलाई सहि सल्लाह ठानी केपि ओलीलाई कि त प्रम छोड्न कित पार्टी अध्यक्ष छोड्न यो पक्षबाट दवाव सिर्जना गर्न थाल्यो । यसबाट केपि ओलि झनझन सशंकित भए । दुई अध्यक्ष एकता अधिवेशनसम्म जाने भन्ने सहमती नै पूरा हुन नपाउँदै पार्टीभित्र ब्यक्ती भित्र पदको र सत्ताको महत्वाकांक्षाको भूत जाग्न थाल्यो । यस बीचमा यसरी नै धेरै चलखेल र षड्यन्त्रहरू अघि बढ्न थाले । नेताहरू दुई ध्रुवमा बिभक्त भए । पार्टी भित्रका उच्च नेतृत्व भनाउँदाहरूमा कालो बादल मडारिन थाल्यो । यहि नै कालो बादल फाटेर जानुपर्नेमा झन् भिषण वर्षा गराउन पुग्यो र पार्टी बिभाजित हुने स्थितिमा पुग्यो । हुँदाहुँदा केपि ओलीलाई प्रमबाट हटाइ पार्टीका कुनै ब्यक्तिलाई प्रम बनाउने गरि पार्टी भित्रैबाट अविश्वासको प्रश्ताव अघि सार्ने सम्ममा पुगे भने प्रम केपि ओलीले पनि यो सबै गतिविधिलाई तोड्न संसद् विघटन गर्ने अवस्थासम्म पुगे । यसबाट झन अर्का अध्यक्ष पुष्पकमल दाहाल र आफ्नै पार्टीका बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल समेत २०/२१ जनाको समूह खुलेरै विरोधी खेमा बन्न पुगे ।
केपि ओलीबाट संसद् बिघटन गरेपछी पार्टी भित्रकै एउटा खेमाबाट सर्बोच्चमा संसद् पुर्नस्थापनाको लागि रीट दिए । जसको फैसला स्वरुप बिषय नै नपरेको, माग दावी नै नभएको बिषयमा समेत छुन पुगि पार्टीलाई नै बदनियतपूर्वक पूर्व दुई पार्टी अवस्थामा कायम गरिदिए । सर्वोच्चबाट यसरी पूर्व अवस्था मान्यता दिई पार्टी एक हुन चाहेमा त्यसको लागि प्रकृया पूरा गरि आउन १५ दिनको समयावधी दिएपछी त्यो अवधी भित्र एकीकृत पार्टीको रुपमा पहल गर्न दुवै पक्ष (खासगरि माओवादी केन्द्र)बाट रुचि देखाएन । रुचि देखाउने अवस्था पनि रहेन किनभने यो बेलासम्ममा स्पष्ट रुपमा पार्टी अलग भैसकेको थियो, पार्टी नेताहरू विभाजित हुने नै मनस्थितिमा पुगिसकेको थियो । तैपनि एकीकृत बलियो कम्युनिष्टको चाहना हुँदो हो त सर्बोच्चले दुई पार्टी अलग गरिदिए पनी फेरि प्रकृया पूरा गरि सुहाउँदो नाम राख्ने प्रस्ताव लिएर जान सक्थ्यो । संसद् बिघटनको अवस्थामा जान दिनु हुँदैनथ्यो । पार्टी भित्रका विवादहरू मिलेर समाधान गर्नु पथ्र्यो ।
हो, यहि आफ्नै पार्टी अध्यक्ष केपि ओली नेतृत्वको सरकारलाई सत्ताच्युत गरि सैदान्तिक र वर्गीय पक्षपोषणको अति भिन्न बिचार बोकेको नेपाली काँग्रेसलाई सत्ता जिम्मा लगाउन गरिएको प्रयत्न देखिनै खुम्च्याइएको मन कुन अवस्थामा मेटिन सक्थ्यो र । यहि बदलाब कुनैपनि बेला लिन चाहान्थ्यो केपि ओली उर्फ नेकपा एमाले । त्यसैले पनि जतिसुकै बाम एकीकरणको चर्चा गरिए पनि, कार्यगत एकता गर्ने भनिए पनि वा कम्युनिष्ट मोर्चा बनाउने भनिए पनि मात्र यो जनताको आँखामा भ्रम छर्ने शब्दजाल भन्दा अरु केही देखिएन । यदि बामपन्थीहरूको एउटै मोर्चा बनाउने सहि उद्देश्य हो भने आ–आफूमा रहेको तिक्तताहरूलाई मेटेर आफूले गरेका गलत कार्यहरूको खुलेर आत्म आलोचना गरि अगाडि बढ्न सक्नुपथ्र्याे । एउटा कम्युनिष्ट एमालेलाई सिध्याउन नेपाली काँग्रेस समेतसँग किन गठबन्धन गरेर चुनाव लड्नु पथ्र्याे । काँग्रेससँग बिच्किएर एमालेको समर्थनमा सरकारको नेतृत्व गर्न पाएको र आफ्नो लागि बिश्वासको पक्षमा बहुमत पुग्ने अवस्था हुँदाहुँदै फेरि नेपाली काँग्रेससँग विश्वासको मत माग्न पुगेर जुन किसिमले चालवाजी खेल्दै राष्ट्रपती नेपाली काँग्रेसलाई दिलाउन पुगे यहाँबाट पनि एमालेको विश्वासको मनलाई भाँच्ने काम गरेकै थियो । नेकपा माओवादी अध्यक्षको यो खालको गतिविधी त बारम्बार भैनै रह्यो नै । एमालेभन्दा पनि नजिकको मित्र पार्टी नेपाली काँग्रेस भए भने त्यस्तै नेकपा “एस” का सिङ्गो नेतृत्व पंक्ति नै एमालेको बिरोधमा रहे । यस्तै अन्य नाङ्ले कम्युनिष्ट पार्टीका नेताहरू पनि कम्युनिष्टलाई माथी उठाउने पक्षमा छैनन् भन्ने कुरा पनि उनिहरूको गतिबिधिले स्पष्ट पारेकै छ । भएको आफ्नै पार्टी नेकपा माओवादीबाट चोइटिएकाहरू मोहन बैद्य, नेत्रविक्रम चन्द “बिप्लव”, डा. बाबुराम भट्टराई आदि किन फुटेर जान्थे? त्यस्तै मोहन बिक्रम सिंहको नेकपा, नारायणमान बिजुक्छेको नेमकिपा, मातृका यादव, धर्मेन्द्र बास्तोला, उपेन्द्र यादव, अशोक राई, सिपि मैनाली आदिहरू किन अलग हुँदै फुट्दै हिँड्थे । यो सबै फुटको श्रृंखलालाई हेर्दा जतिसुकै एकताको÷मोर्चाको कुरा गरेपनी त्यो सिर्फ चिया होटलको गफ भन्दा फरक छैन । जनता भुल्याउने कम्युनिष्ट मन्त्र भन्दा केही फरक रहेन । अवसरवादीहरू आर्थिक लोभिहरूको छट्टु भ्रम बचन भन्दा केही भिन्न रहेन । अब पनि कोहि कसैले कम्युनिष्ट एकता या एकीकरणको भ्रममा नपरे हुन्छ, विश्वास नगरे हुन्छ । यदि हृदयदेखी एकता या एकीकरण चाहेको हो भने यसरी बारम्बार धोका र षड्यन्त्र गर्नु हुने थिएन । वास्तविक एकतालाई लत्याएर क्षणिक मोर्चाको भ्रममा नफस्नकै लागि एमाले अध्यक्ष केपि ओलीले यसलाई खासै महत्व दिएन, जसले सत्य सावित पनि ग¥यो । जव ब्यक्ती ब्यक्तिको बिमती र असहमतिलाई बिषय बनाएर जब पार्टी टुक्र्याएर हिँड्छन, पार्टीबाट अलग हुन्छन भने यिनिहरू जनताको लागि हैन आफ्नै लागि पार्टी बनाएको स्पष्ट हुन्छ । बरु अहिले भएका पार्टीहरू फेरि फुट्ने निश्चित छ तर एकीकरण हुने वा जोडिने सम्भावना छैन । अरुअरु त अब फुट्ने ठाउँ बाँकी छैन, फुट्ने ठाउँ अलिकती बाँकिछ नेकपा एमाले, माओवादी र नेकपा एसमा । तर नेकपा एस अबको चुनाव पछि आफै समाप्त हुनेछ यो फुटिरहन जरुरी छैन ।
तैपनि कामना छः पार्टी भित्रका नेताहरूमा एकता गर्ने शुद्ध भावना नआएपनि फेरि फुट्ने कु–भावना नआओस् । समय त अझै बाँकी नै छ सबैले एक आपसमा धोखा नदिने कसम खाएर मुखले मात्र है व्यवहारबाटै सिद्ध गरेर देखाएमा, यो भन्दा पहिला गरिएका धोकाघडीबाट पश्चाताप गर्दै पशुपति नाथलाई साक्षी राखेर माफी मागेमा, फेरि धोका दोहरिन्न भनेर कसम खाएमा एकता हुनपनि सक्छ । यहि झिनो आशा बाँकी छ ।