2024 March 29/ 03:51: 33pm

सन्दर्भः बिश्व क्षयरोग सम्बन्धमा

- मणिराज श्रेष्ठ

        चिकित्सक रोबर्ट कोचले सन् १८८२ मार्च २४ मा सर्व प्रथम मानव शरीरमा क्षयरोगको किटाणु पत्ता लगाए । यो पत्ता लगाएको सय बर्ष पछि प्रत्येक बर्ष सम्झना स्वरुप मार्च २४ का दिन विश्व क्षयरोग दिवस मनाईदै आईरहेको छ । तर अहिलेसम्म यो रोग हाम्रो समाजबाट निर्मुल हुन सकेको छैन तर प्रयत्न जारी रहेको छ भन्ने सन्देश दिनलाई पनि यसबर्ष सन् २०२१ को विश्व क्षयरोगको नारा ‘द क्लक इज टिकिंग “(त्जभ अयिअप ष्क त्ष्अपष्लन)”  अर्थात “समय बितिरहेको छ” भन्ने रहेको छ । यसै उपलक्ष्यमा स्वदेश र विदेशमा रहनु भएका क्षयरोगबाट पीडित आमा बुवा, दिदी बहिनी, दाजु भाईहरुको सिघ्र स्वास्थ्य लाभका साथै उत्तरोत्तर प्रगतिको हार्दिक शुभ कामना प्रकट गर्दछु ।

सन् १९२४ अगाडी देखि यस रोगले पनि मानिसलाई निकै आक्रान्त पारेका थिए, आजभोलि कोभिड–१९ ले जस्तै । जब १९२४ मा बि.सी.जी. भ्याक्सिनको आविष्कार भए, त्यस समय देखि यस रोग संग लड्ने र जित्ने मार्ग अबलम्बन भए । तत्पश्चात अनुसन्धानकर्ताहरुले यसको उपचारमा ठूलो परिवर्तन अर्थात बढि भन्दा बढि प्रभावकारी र सहजताको लागि नयाँ खोपको विकसित गर्दैछन् ।
बदलिंदो जीवनशैली, जथाभावी खानपान, चेतनाको कमी लगायतका कारण अन्य रोगहरु जस्तै क्षयरोग पनि एउटा ठूलो चुनौतीको रुप रहेको अबस्था छ । क्षयरोगका किटाणुहरु प्रायः सबैको शरीरमा रहने हुंदा कम प्रतिरोधात्मक क्षमता भएका ब्यक्तिलाई यस रोगले सजिलै आक्रमण गर्न सक्छ ।
सन् २०१६ मा विश्व स्वास्थ्य संगठनले गरेको सर्वेक्षण अनुसार विश्वको एक तिहाई जनसंख्या क्षयरोगबाट संक्रमित रहेको र जसमध्ये करिब ९० प्रतिशत भन्दा बढि अविकसित र विकासोन्मुख देशमा रहेको देखाएको छ । यस्तै क्षयरोग कै कारण नेपालमा बर्षेनि लगभग ५ देखि ७ हजार मानिसहरुको मृत्यु हुने कुरा पनि बिश्व स्वास्थ्य संघले जनाएको छ ।

क्षयरोग के हो त ?

प्रायःजनमानसले टी.बी. भनेर चिनिने क्षयरोग एक माइकोव्याक्टेरियम ट्युवरकुलोसिस (mथ(अय दबअतभचष्गm तगदभचअगयिकष्क ) नामक किटाणुबाट लाग्ने सरुवा रोग मध्ये क्षयरोग गम्भिरखालको सरुवा रोग मानिन्छ  । यो  क्षयरोग मुख्य त फोक्सोमा लाग्ने भएता पनि शरीरका अन्य अंगहरु जस्तैः हाड जोर्नी, मुत्र प्रणाली, पाठेघर, कलेजो, स्नायु पेट, आन्द्रा लगायतका भागहरुमा पनि संक्रमण हुने संभावना हुन्छ । 
क्षयरोगमा देखिने केहि लक्षणहरु र उपचारः
२–३ हप्ता भन्दा बढि  खोकी लागिरहने र खोकीमा रगत देखिने, छाती दुख्ने, हल्का काम गर्दा पनि थकाई लाग्ने, बेलुका पछि पसिना आउने, तौल घट्ने जस्ता लक्ष्यण देखिने ब्यक्तिमा क्षयरोग हुन सक्ने प्रबल संभावना हुने भएकोले समय मै खकार तथा रगत परीक्षण गराउने, छातीको एक्सरे गराउने गर्नु पर्दछ  । साथै खासगरी रुघाखोकी, फोक्सो असर भएको कारण श्वास प्रश्वासमा कठिनाइ हुने जस्ता लक्षणहरु कोभिड–१९ मा पनि देखिने भएकोले पनि ती परीक्षणहरु गराउनुका अति उत्तम हुनेछ ।
रोग देखिएमा चिकित्सको सहयोगमा नियमित औषधिको प्रयोग गर्नु पर्दछ । नेपाल सरकारबाट प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा क्षयरोगको उपचार तथा औषधि निःशुल्क दिने ब्यबस्था गरिएकोछ ।
सम्बन्धित बिज्ञहरुका अनुसार यसरोगबाट बच्न कोभिड–१९बाट बच्न अपनाएका उपाएहरु झै  सरसफाईमा बिशेष ध्यान दिने,मास्क लगाउने,कोठामा हावा ओहर–दोहर हुने र घामको किरण पर्ने ब्यबस्था गने, क्षयरोग लागेका ब्यक्तिको सम्पर्कबाट केहि टाडा रहने,एड्स लागेका बाहेक अन्य बालबालिकाहरुलाई समय मै बिसिजी खोप लगाउने, धुम्रपान तथा मद्यमान सेवन नगर्ने लगायतका साबधानी अपनाउनु पर्दछ ।
क्षयरोग न्युनिकरणका लागि भईरहेका प्रयासहरु ः
नेपालमा ६० बर्ष भन्दा अगाडी देखि नै क्षयरोग न्युनिकरणका कार्यक्रमहरु शुरु भएको थियो । जस अनुसार नेपाल सरकारले राष्ट्रिय क्षयरोग केन्द मातहतका हरेक स्वास्थ्य संस्थाबाट निःशुल्क क्षयरोगको परीक्षण तथा औषधि उपलब्ध गराईरहेको अबस्था छ । यस सम्बन्धि बिभिन्न किसिमले जन चेतनामुलक कार्यक्रमहरु तथा तालिमहरु पनि संचालन भएको पाईन्छ । सन् २०३५ सम्ममा क्षयरोग अन्त्य गर्ने रणनीतिक कार्यमा नेपालले पनि सहभागिता जनाई केहि कदम अगाडी चालेको भएता पनि यसको गतिमा भने ज्यादै सुस्तता देखिन्छ । जसको कारण उपलब्धि ज्यादै न्युन देखिन्छ ।
नेपाल क्षयरोग निवारण संघको स्थापना पश्चात यस संस्थाका अभियन्ताहरुले पनि जिल्ला– जिल्ला, गाउं गाउंमा क्षयरोग हुन नदिन र भईसकेकाहरुले अपनाउनु पर्ने साबधानीका बारेमा बिभिन्न माध्यमबाट सचेतनाका कार्यक्रम तथा कार्यहरु गर्ने गरेको र सरकारबाट संचालित कार्यक्रमहरुमा सहयोग गर्ने गरेको पाईन्छ ।
अन्तमा ः
क्षयरोग पनि कुनै पनि बर्ग, उमेर समुह, धर्म, लिङ्ग, समाज, भुगोलमा बस्ने ब्यक्तिमा लाग्न सक्ने गंभिर प्रकृतिको सरुवा रोग भएको हुनाले सबै सजग, सचेत र साबधान हुन जरुरी छ । सरकारले जिम्मेवारीपूर्वक कार्ययोजना बनाई तदरुकताका साथ कार्यान्वय पक्षमा लाग्न जरुरी छ । साथै यसका अभियन्ता, समाजका हरेक समुह र ब्यक्तिहरुले पनि जहाँबाट जुन जुन किसिमले सकिन्छ यस रोगलाई न्युनिकरण गर्दै निर्मुल गर्नमा लाग्नु पर्दछ ।
क्षयरोग लाग्न नदिऔं र लागि हालेमा समयमै सावधानीपूर्वक उपचार गरेमा निको हुन्छ भन्ने कुरा हामीले पनि सधैं बुझौं र अरुलाई पनि बुझाऔं ।
कसैलाई पनि अन्य रोगको साथै  क्षयरोग पनि नलागोस र यसरोग लागेका सबैको सिघ्र भन्दा सिघ्र लाभका साथै निको होस भन्ने विश्व क्षयरोग दिवसको उपलक्ष्यमा पुनः एक पटक कामना  गर्दछु । (लेखक नेपाल क्षयरोग निवारण संस्था काभ्रे जिल्ला शाखाका कार्यसमिति सदस्य हुनुहुन्छ ।)