2020 May 31/ 08:16: 24pm

मुक्ति विष्ट

आरोप प्रत्यारोप भन्दा पनि भारतको गिद्धे नजरमा आज सम्मका राष्ट्र बादको खोल ओढेका कुन कुन दलका र कुन कुन ब्यवस्थाका राष्ट्र प्रमुखहरुले नेपालको सिमाना भारतले अतिक्रमण गरेको छ भन्दा भन्दा पनि क–कसले कुन–कुन समयमा कस्ता–कस्ता राष्ट्रघात हुने सन्धि सम्झौता गरेर नेपाली भुमिलाई भारत परस्त बनाए छोटो विवेचना सहितको जानकारी खास गरि सन १८१६ मा ब्रिटिस इस्ट इन्डिया कम्पनी र भारत संग सुगौली सन्धि गरेपछि नेपालको सिमाना खुम्चियको देखिन्छ ।
सन् १९४७मा नेपाली गोर्खाली सेनाले ब्रिटिस कम्पनी सेना र बंगाली सेनासँग मकवानपुर र सिन्धुली गढीको लडाईमा आफ्नो वीरता र युद्ध कौशल सँगै सौर्य बहादुरीका साथ देखाएपछि १९४७ मा गोर्खा भर्तिको त्रिपक्षीय सन्धि भएको देखिन्छ । जसअनुसार १० गोर्खा रेजिडेन्ट खडा भएको देखिन्छ १० रेजिडेन्टमा भारतमा ६ रेजिडेन्ट र ४ रेजिमेन्ट बिट्रिस सेनामा गए । सामन्ती रानाहरुबिच चर्काचर्की परिरहेको बखत जंगबहादुरले इस्टइन्डिया कम्पनीको चाकरी गरि भारतीय स्वतन्त्रता संग्राम बिरुद्ध अँग्रेजहरुलाई सघाए । १०४ बर्ष सम्म चलेको सामन्ती राणाशासन अन्तिम प्रधानमन्त्री मोहन शमशेर राणाले भारतसँग सन १९५० मा शान्ति मैत्री र बाणिज्य सन्धि गरे । जब १९५० मा भारतसँग गोप्य सन्धि मोहन शमशेरले गरे त्यहिबेला देखिको सन्धिका बुँदाहरु घातक र असमान छन् । उक्त सन्धिमा नेपाललाई भारतकै अभिन्न अंग मानिएको छ र विशेष सम्बन्धको आधार बनाइ तराई देखि हिमालय पर्वत सम्म भारतीय सेनाले सुरक्षा दिनमिल्ने सर्तहरु राखियको छ ।
सन १९ ५१ मा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि उनले झन् भारत भक्ति देखाउँदै डाक्टर के आई सिंहलाई पक्राउ गर्न, भिमदत्त पन्तलाई हत्या गर्न र किसान बिद्रोह लाई दबाउन भारतीय सेनालाई बोलाएर दमन र हत्या गर्ने प्रयोग गरेको देखिन्छ । यसप्रकार मनोबैज्ञानिक रुपमा प्रभाव पार्न तथा नेपालको स्वतन्त्र र सार्वभौमिकतामाथी भारतले बल मिचाई गर्ने आँट गरेको प्रष्ट सँग देखन सकिन्छ । भारतले नेपालको उत्तरी सिमानामा १९५२ देखि १९७० सम्म सैनिक चेकपोस्ट राख्ने कामपनी अगाडि बढाएको देखिन्छ । भारतको बिस्तार बादीनीतिका कारण हिमाली आदिवासीका निम्ति परम्परा देखि खोलिदै आएका १९ वटा चीन सँगका नाका बन्द गर्ने सम्मको काम मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्री कालमा भएको देखिन्छ । अब फेरि केही समयको अन्तराल पछि व्यवस्था नै परिवर्तन हुन्छ । महेन्द्र सरकारले राज्यसत्ता आफ्नो हातमा लिनछन् र पन्चायती सामन्ती शासन सत्ता आफ्नो हातमा लिन्छन् उनी सँग पनि ३० जनवरी १९६५ मा गोप्य पत्र मार्फत भारतले सैनिक सहयोग सम्वन्धि सम्झौता गर्छ उक्त पत्रमा नेपाली सेनाको पुनर्गठन र आधुनिकिकरण गरि नयाँ सैनिक बिग्रेड गठन गर्ने कुरा समेत उल्लेख गरेको पाइन्छ । भारत सँग तत्कालिक राजा वीरेन्द्रको मनमुटाव भएपछि नेपालले सन १९८८ मा चीनसँग हतियार खरिद गर्यो । उक्त कुरा भारतलाई मनपर्ने कुरै भएन भारतले १९५० र १९६५ को सन्धि बिपरीत काम गरेको आरोप लगाई आपत्ति जनायो फलस्वरूप भारतले राजा माथि दवाव दिने उद्देश्यले बि.सं. २०४५ मा व्यापार तथा पारवहन सन्धिमा हस्तान्तरण गर्न मानेन र सोही निहु झिकी नेपाल माथि आर्थिक नाकाबन्दी लगायो यो नाकाबन्दीबाट राजाले भारत सामु घुँडा टेक्छन् भन्ने अपेक्षा लिएको यियो तर राजाले भारतसामु झुक्नु भन्दा नेपाली आन्दोलनकारीका सामु आत्मसमर्पण गर्नु जायज ठाने र जसका कारण २०४६ मा नेपालमा पुनःप्रजातन्त्र को घोषणा वीरेन्द्र सरकारले गरिदिए ।
२०४६ पछि नेपालमा प्रजातन्त्रको उदय भएपछि अन्तरिम सरकार गठन भयो अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बने उनले पनि पद प्राप्त गर्नासाथ भारत भ्रमणमा गए भ्रमणको बेला १० जुन १९९० मा निकालेको बिज्ञप्तिमा नेपाललाई घात हुने समझदारी पत्रमा हस्ताक्षर गरे ।
उक्त बिज्ञप्तिमा प्रतिरक्षा, आर्थिक, तेल, आपूर्ति, भारतीय नागरिकलाई श्रम स्वीकृति र शिक्षकहरुलाई  सेवा स्वीकृति दिएर पूर्णतया भारतको स्वार्थ तथा नीति अनुसार समझदारी गरेर भारत सामु आत्मसमर्पण गरे । विभिन्न समयमा कहिले पुरक सिमा सन्धि ११ डिसेम्बर १८१६ कहिले फेरि अलगअलग सिमासन्धि १ नोभेम्बर १८६० (७जनवरी १८७५–मे१८९६) गरि नेपालको नेपालको भु–भागलाई भारतमा बिलय गराउन षड्यन्त्र गरिरहेको पाइन्छ अहिले कालापानी लगायत भारतसँग सिमा जोडिएका २६ जिल्ला मध्ये २१ जिल्लाको ५४ स्थानमा विवाद भएर भारतले नेपालको ६० हजार हेक्टर मिचि अतिक्रमण गरिराखेको छ ।
यस्तो बिकराल परिस्थिति हुँदापनि भारतीय पक्षले नेपाल र भारत बीच तयार भएका १ सय ८२ थान सिमा नक्सामा दुई देशका प्रतिनिधि बिच हस्ताक्षर हुन लागेको कुरा जानकारीमा तत्कालिन समयमा उठेको पाइन्छ सिमा नक्सा कति सहि र सुद्ध छ भनेर दुई पक्ष प्रतिनिधि बिच सहमति नहुदा नहुदै हस्ताक्षर गर्न हतारो गरेको देखिन्छ । उक्त हस्ताक्षरको कुरा भारतीय बिदेश मन्त्री नेपाल भ्रमणमा आयका बखत २०६५ मंसिर १० मा भनेका थिए ।
बास्तवमा नेपालका आजसम्म शाह देखि राना र प्रजातन्त्रवादी शक्तिहरुको सन १८ १६– २०२० सम्म आइ पुग्दा राजामा वीरेन्द्र र प्रजातान्त्रिक लोकतान्त्रिक राज्य ब्यवस्थामा मनमोहन अधिकारी र केपी ओली जतिको राष्ट्र बादी प्रधानमन्त्री नेपाली जनताले बिरलै प्राप्त गर्न सक्छन छातीमा हात राखेर कुन प्रधानमन्त्री को पालामा कुन कुन खोला नाला र नेपालको स्वर्गलाई बिर्साउने डाँडा पाखाका सन्धि सम्झौता भएका छन नेपाल चीन भारत सन्धि सम्झौता (सुरेश कार्की), भारत नेपाल सिमाबर्ति बाँध (बुद्ध नारायण श्रेष्ठ) र नेपालका एतिहासिक राजनीति दस्तावेजहरुबाट प्रष्ट बुझन सकिन्छ ।