2020 July 04/ 02:22: 49am

विश्वविद्यालयको विधान विपरीत नियमावली 
तुयुकाजी ताम्राकार
    श्री इन्द्रेश्वर क्याम्पसको व्यवस्थापन समिति बारे जे जस्तो कुप्रचार भईरहेका छन् त्यसले क्याम्पसको हित किमार्थ हुँदैन । क्याम्पस आँपघारी होइन,  न हो सुन्तलाको बगैंचा जहाँ रसिलो मिठो रस चुसिरहन पाओस् । त्यो सुशिक्षित, सुयोग्य, असल नागरिक, देशकै भविष्य कोर्न सक्ने, भविष्यको कर्णधार तयार गर्ने एक महाविद्यालय हो । तर केहि व्यक्तिहरुले मिठो रस खान पाउने कारखाना, सलाम पाउने सलामखाना, जे भन्यो त्यो मान्नेहरुको दासखाना वा भत्ता खाना ठान्ने गरेको मात्र होइन आफ्नै बाउ बाजेको सम्पत्ति ठानेर विधान वा नियमावली बनाएर कार्यान्वयनका नाममा शैक्षिक क्षेत्रलाई तहसनहस बनाईरहेका छन् । पनौतीवासीहरुलाई नै लज्जित पार्ने क्याम्पसको नियमावलीका केहि विषयहरु बारे मैले यहाँ चर्चा गर्दैछु ।   त्रिभुवन विश्वविद्यालय उपकूलपतिको कार्यालय योजना महाशाखाले २०७३।३।१६ गतेको निर्णय अनुसार श्री विश्वनाथ ताम्राकारलाई ३ वर्षको पदावधि रहने गरि इन्द्रेश्वर क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनित गरिएको रहेछ । पत्र अनुसार उनको पदावधिको म्याद २०७६ असार १५ गते समाप्त हुन्छ । अध्यक्षको म्याद समाप्त भएको झण्डै साँढे ३ महिना पछि २०७६ कार्तिक २ गते क्याम्प्स प्रमुख श्री कुमार सुवालले नयाँ व्यवस्थापन गठन हेतु बोलाइएको क्याम्पस सभामा पनौतीका जनसमुदायका सयौंको उपस्थितिले एक मतका साथ क्याम्पसलाई अघि बढाउन थप छलफल गर्न सोही महिनाको २३ गते पुनः भेला हुने निर्णयका साथ सभा सम्पन्न भएको थियो ।
    २०७६ कार्तिक २३ गते पुनः इन्द्रेश्वर क्याम्पसको सभा हलमा क्याम्पस व्यवस्थापन समितिका पदेन सदस्यहरु सांसद मा.गंगाबहादुर दोङ, प्रदेश सदस्य मा. चन्द्र लामा, जिल्ला सदस्य सन्तनु केसी, मेयर भिम न्यौपाने लगायतका पूर्व संचालक पदाधिकारी सदस्यहरु, संस्थापकहरु शिक्षासेवीहरु, चन्दादाताहरु लगायतका स्थानीय समुदायहरुले हल खचाखच थियो । पूर्व अध्यक्षले सभा आफ्नो कुरा राख्ने, सभाको निर्णयलाई मान्छु भने नियमावली र विधानको प्रसङ्ग झिके । नयाँ विधान छ भने सभामा देखाउन चुनौती दिए, विधान किन लुकाउनु प¥यो प्रश्न उठ्यो । भनिएको विधान सभाबाटै पारित गरेको भए झन् वैधानिकता प्राप्त हुन्थ्यो । विधान देखाउने हिम्मत गर्न सकेनन् । फलस्वरुप सभाले नियमावली २०५८ लाई नै टेकेर १० जनाको क्याम्पस व्यवस्थापन समिति बनाउने सर्वसम्मतिले निर्णय गरे सबैको सम्मान र समानताको आधारमा निर्णय भएको सहमति अनुसार तत्काल ६ जनाको सर्वसम्मत र बाँकी ४ जना सहमतिमै रहने निर्णयका साथ भेला सम्पन्न भएको हो ।
    सर्वसम्मतले सभाबाट मनोनीत हामी ६ जना र पदेन सदस्यहरुको वैठकले म तुयुकाजी ताम्राकार अध्यक्ष पदमा सर्वसम्मतिले चयन भएको हो । इन्द्रेश्वर क्याम्पसलाई थप व्यवस्थित, विकास, शैक्षिक उचाईमा पु¥याउने ४ जना सदस्यहरु मनोनित गर्ने अख्तियार पनि समितिमै आएको छ । उपरोक्त निर्णयहरुको जानकारी दिन सम्पूर्ण प्रतिलिपिहरुका कागज पत्रहरु त्रिविविको उपकूलपतिको कार्यालयमा दर्ता ग¥यौं । सोहि दिन अर्थात मंसिर १० गते त्रिविविबाटै नियमावली प्राप्त ग¥यौं । नियमावली पढ्ने वित्तिकै त्रिविविको विधान विपरीतका थुप्रै बुँदाहरु रहेका रहेछन् जुन बुँदाहरु अप्रजातान्त्रिक, अधिनायकवादी, बदनियतपूर्ण मात्र होइन पनौतीका सम्पूर्ण जनसमुदायलाई अपठित र मुर्ख बनाउँदै क्याम्पसमा आजीवन उनीहरुकै रजाईँ चल्ने उद्देश्यले बनाईएको रहेछ । हामीले उक्त बुँदाहरु त्रिविविको कुनै पनि विधानसित मेल खान सक्ने कुराहरु औंल्याएपछि योजना महाशाखा प्रमुख प्रा.डा.ऋदिशकुमार पोखरेलज्यूले संशोधन कमिटी बनाई ल्याउन दिएको सुझाव अनुसार हाम्रो निर्णय पनि दर्ता गरिसकेका छौं । त्रिविविको विधान अनुसार मेल नखाने केहि बुँदाहरु तल उल्लेख गर्दछु ।
१) नियमावली नं. २ को ख मा “संशोधित यस नियमावलीमा क्याम्पसको संचालन समितिले पास गरेको मितिदेखि लागु हुनेछ ।” यसको अर्थ त्रिविविले स्वीकृति दिनै परेन ? बस संचालक समिति नै सार्वभौम सत्ता सम्पन्न भयो ?
२) नियमावली नं. ग मा “......नियमावली लागू हुनुभन्दा पहिले गठन भएको संचालक समितिलाई पनि यहि नियमावली अनुसार गठन भएको मानिने छ ।” भन्नुको अर्थ २०७६ असार १५ गते म्याद सकिएकै संचालक समितिको अवधि रहन्छ भन्ने बुझ्नुपर्ने हुन्छ । देशको संविधान प्रचलित ऐन कानुन विपरीत रहेको कुरा कसरी क्याम्पसको ऐन नियम बन्न सक्छ ? त्रिविले कसरी र किन स्विकृत प्रदान गरियो ?
३) नियमावली नं. ४ को च मा “क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष एवं सदस्यहरुको पदावधि सिद्धिएता पनि नयाँ कार्यसमितिको व्यवस्थापन भएसम्म त्यहि समिति नै अधिकार सम्पन्न कार्यसमिति रहनेछ ।” आफूले आफ्नै पदावधि थप्ने, नियमावली त्रिविले किन र केका आधारमा स्विकृत दिइयो । मरे पछि (अवधि सकिएपछि) जुम्राले त छोड्छ तर यो बुँदाले नछोड्ने मनसाय रहेको प्रस्ट हुन्छ ।
परिच्छेद २ को क्याम्पस सभाको गठन विषयमा उल्लेखित बुँदाहरुको गाइजात्रा एकपटक हेरौं ।
क्याम्पस सभाका सदस्यहरु
१. वर्तमान व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु
२. पूर्व क्याम्पस प्रमुखहरु
३. नि.अध्यक्ष
४. यस क्षेत्रका निर्वाृचित सांसद शिवप्रसाद हुमागाई र रामहरी सुवेदी
५. संस्थापक अध्यक्ष–श्रीराम कर्माचार्य
६. राष्ट्रिप्रमुख दलका नगर स्तरीय सभापतिहरु क) नेका रामशरण भण्डारी ख) नेकपाका सहदेव थापा ग) राप्रपा रामहरी केसी
    नियमावलीको परिच्देद १ मा संचालक समितिमा बढिमा १५ जना देखि २५ जनासम्मको एक संचालक समितिको गठन गरिने उल्लेख छ तर माथि उल्लेख गरिएका सम्पूर्ण जम्मा गर्दा २१ जना मात्र क्याम्पस सभा सदस्य हुने रहेछ । उपरोक्त उल्लेख बुँदाहरु ४,५ वटा भएपनि सारमा उनीहरु नै बाँचुन्जेल क्याम्पसको संचालक रहने सार निस्किन्छ । क्याम्पसको हितभन्दा आफूहरुकै हितमा नियमावली संशोधन गरेको प्रष्ट हुँदैन र ?
    क्याम्पस सभाका बुँदा नं. ४, ५ र ६ नं. मा अमुक व्यक्तिहरुको नाम नै उल्लेख छन् । संसारको कुनैपनि देशको विधानमै नाम लेखिँदैन भन्ने लाग्छ तर शक्तिहरुको नामै उल्लेख भएको नियमावली त्रिविले किन स्विकृत दियो ? पदेन व्यक्ति सदस्य हुनसक्छ । पदमा जो आउँछ उनै सदस्य हुने प्रचलन हुन्छ । त्यस्तै बुँदा नं. ५ मा संस्थापक अध्यक्ष श्रीराम कर्माचार्यको नाम उल्लेख छ तर उनी २०५९ सालमै स्वर्गीय भइसकेका व्यक्ति हुन् । सो कुरा उक्त विधानमा हस्ताक्षर गर्ने सबैले थाहा पाएकै हुन् । के स्वार्थले अभिप्रेरित भई उनको नाम उल्लेख गर्नुप¥यो जबकि जिवित अन्य संस्थापकहरुलाई हटाउनु बाध्य प¥यो ? मृत्यु भइसकेकालाई सदस्यता राख्ने र स्विकृत दिने दुवै कानुनी कार्वाहीको दायरामा किन पर्न सक्तैन ?
    अर्काे एउटा मजाकको कुरा के हो भने २०७६ असार १५ गते नै म्याद समाप्त भएको विश्वनाथ ताम्राकारको अध्यक्ष नै रहेको, समितिलाई मान्यता दिई उक्त समितिको निर्णय मान्ने सबै अवैधानिक हुन्छ भन्ने कुरा नबुझेको हो कि बुझ पचाएको ? ति सबै पनि कानुनी कार्वाही भित्र पर्ने विषय हुन् भन्ने पक्का हो । थप आश्चर्यको अर्काे विषय के हो भने अर्काे एक व्यवस्थापन समिति त्रिविविमा दर्ता गरेको रहेछ भन्ने पनि फेसबुकमा चर्चा चलायो । किन इन्द्रेश्वर क्याम्पस माथि खेलवाड गरिन्छ । क्याम्पस कसैको खेल मैदान हुन सक्तैन । शैक्षिक संस्थाहरुमा राजनीति गर्ने वा खिचोला गर्ने अधिकार कसैलाई हुनु हुँदैन हुन सक्तैन ।