2018 October 18/ 06:40: 23am

सहदेव थापा
    जतिसुकै नीति राम्रो भएपनि नियत राम्रो भएन व्यवहार राम्रो भएन भने र संस्थाहरु सक्षम भएनन् भने चाहेजस्तो काम हुँदैन । देशका संस्थाहरुको पाटीृका संस्थाहरुको कार्य योजनाहरुको प्राथमिकीकरण र त्यसको कार्यान्वयनको उचित व्यवस्था गरिएको देखिदैन र छैन । त्यसैले जनताले अपेक्षा गरे अनुरुपको वर्तमान सरकारले आफ्नो कामलाई अगाडि बढाउन सकेको छैन । देशमा भएका कर्मचारीहरु हुँदैन भन्दैनन् तर काम गर्न रुचाउँदैनन् । प्राथमिकताको आधारमा कार्य सूचि तयार पारेर शत्रु सृजन ागर्ने पुरानो बानी त्यागेर र प्रतिपक्ष र सरकार राष्ट्रिय ऐजेण्डाहरुमा एक एक आपसमा परिपूरक सम्झेर अगाडि बढ्नुपर्छ । ठूलाठूला सोच पूरा गर्ने भँगेराको जत्रो छाती होइन हात्तीको जत्रो छाती चाहिन्छ । आँट र साधनको एकरुपता विना साकार पनि हुँदैन । सरकारले तत्कालीन मध्यकालीन र दीर्घकालीन योजना छुट्याएर काम गर्न सक्नुपर्छ । सामाजिक न्याय सहितको आर्थिक समृद्धि समाजवाद उन्मुख औद्योगिक र पूँजी निर्माणको लागि यो लक्ष्य प्राप्तिको लागि कुन निकाय जिम्मेवारी हुने कहाँबाट सुरु गर्ने भन्ने सवालमा सरकारले स्पष्ट नीति बनाउनुपर्छ आजको अवस्थामा समाजवादमा कसरी जाने ? समाजवाद उन्मुखको लागि केन्द्रीय सरकारको कार्यक्रम र नीतिहरु के के हुन् ? स्थानीय र प्रदेशको के हो ? पार्टीहरुको नयाँ समृद्धिको नीति के हो ? स्पष्ट हुनुपर्छ । समय कसैको पेवा हुँदैन यसलाई सदुपयोग गर्नुपर्छ । बहुमत सरकारको बेलामा पनि आफ्ना एजेण्डाहरु लागु गर्न सकिएन भने कहिले सकिन्छ ? कहाँबाट काम सुरु गर्दा समाजवाद तर्फ समाज उन्मुख हुन्छ र लक्ष्य प्राप्ति हुन्छ यसको बारेमा सरकार स्पष्ट हुनु पर्छ । हामीले उठाउने विषय व्यक्तिको होइन नीतिको हुनुपर्छ । पार्टीसँग गोबन्द भउका जनशक्तिलाई विकास र समृद्धिको काममा कसरी परिचालन गर्न सकिन्छ यसको पनि पार्टीसँग स्पष्ट विचार हुनुपर्छ । जनताले अनुभूति गर्ने कामको कति रेक्टरको भुकम्प ल्याउने पार्टीले बेलैमा छलफल गर्नुपर्ने भएको छ । सरकारले आफूलाई सफल बनाउने हो भने सुशासनको स्थापना गर्नमा ध्यान दिनुपर्छ । सहभागितामूलक शासनको अर्थ हो निर्णय प्रकृया र कार्यान्वयनमा सम्बन्धित पक्षको सहभागिता हो । लोकतन्त्रको महत्वपूर्ण पक्ष सुशासन हो । जुन देश सुशासनको जगमा रहन्छ त्यो देशले विकासको बाटो समात्छ । खुशी नेपाली र समृद्धि नेपालतर्फ अघि बढ्छ । वर्तमान सरकारबाट जनताले विधिको शासनको आशा गरिएको छ । सुशासनको लागि जवाफदेहि समावेशी, सहभागितामूलक पारदर्शी प्रभावकारी जस्ता आधारभूत सिद्धान्तलाई पालना गर्नुपर्छ । 
    जनताले चाहेको केवल दल र व्यक्ति परिवर्तन होइन नीतिगत सुधार र दूरगामी प्रगतिशील परिवर्तन हो यो परिवर्तनले देशको वैदेशिक सम्बन्धको क्षेत्रमा देशको आन्तरिक व्यवस्थापनमा पनि देखिने हुनुपर्छ । मेरो दललाई जनसमर्थन छ त्यसकारण मैले निष्पक्ष भएर काम गर्नुपर्छ भन्ने विचार सरकारमा रहेकाहरुले गर्नुपर्छ र जनतालाई बुझाउन सक्नुपर्छ । आज देश लोकतन्त्रमय भैसकेको छ । कसैले चाहँदैन निरंकुशतन्त्र आउने छैन । तर लोकतन्त्रमा देखिएको छाडातन्त्र भने नियन्त्रण गर्नुपर्छ । लोकतन्त्रको गहना भनेकै सुशासन विधिको कार्यान्वयन हो । विधि लोकतन्त्रको गहना हो । नीति निर्माणमा पुगेकाहरुले आफूलाई लोकतान्त्रिक प्रणालीमा समाहित गरी विधिको शासन लागू गर्न सक्नु पर्नेछ । हरेक मद्दालाई राजनैतिककरण गरेर अस्थिरता, मच्चाउने कोसिस ग¥यो भने इतिहासमा काँग्रेसले पाप गरेको मानिन्छ । त्यसैले काँग्रेसले रचनात्मक विपक्षको भूमिका निर्वाह गर्नुपर्छ । देशलाई पछाडि फर्काउने कोसिस काँग्रेसले गर्न हुन्न सरकार माथि उचित खबरदारी गर्नुपर्छ । काँग्रेसले सबल विपक्षको भूमिका निर्वाह गर्नु पाप गर्नुहुँदैन । 
    सबै नेताहरुलाई शक्तिले भ्रष्ट पार्छ भन्ने हो भने सिंगापुरका ली क्वान यू, दक्षिण कोरियाका पार्क चुङ हो, मलेसियाका महाविर मोहम्मदलाई के भन्ने ? दक्षिण कोरियामा कुनै समय नेपालबाट चामल जान्थ्यो । तर आज नेपालबाट काम गर्ने युवा जान्छन् । तर आज हामी भन्दा भोको ेश आज हाम्रो लागि रोजगारदाता देश भएको छ । नियत सफा भए शक्तिले सबैलाई भ्रष्ट पार्दैन । इच्छा शक्ति भए सत्ताको सदुपयोगबाट समुन्नत देश, सुखी नेपाली बनाउन सकिन्छ । न्यायपालिका जति स्वतन्त्र निष्पक्ष हुन्छ लोकतन्त्र तिनै बलियो हुन्छ । नेतृत्वले विचार र आस्थाको आधारमा न्यायलाई हेर्नुहुँदैन । योग्यता, क्षमता, इमानदारीताको आधारमा न्यायाधिश वा प्रधान न्यायाधिश नियुक्ति हुनुपर्छ । राजनैतिक नेतृत्व, पहिलेदेखि नै न्यायालयलाई विधि र प्रणालीमा चलाउन सकेको भए समस्या कार्यालयमा आउने थिएन । चुँडामणि प्रकरण, पराजुली प्रकरण, नकि जोशी प्रकरण होस गलत काम गर्नेलाई के सजिलो भयो भने राजनीतिकर्मीलाई किन्दा २ वा ४ जना किन्नुपर्ने तर न्यायलाई किन्दा १ जना किने पुग्ने भयो । यसैले गलत मानिस न्यायाधिश किन्न प्रति आकर्षित भए जसको ज्वलन्त उदाहरण एनसेलको करको सवालमा चुँडामणि शर्माले दिएको फैसला काफी छ । 
    न्यायाधीश बन्न न्यायिक मनले उँचो शिर भएको न्याय निरुपणमा योगदान दिएको न्यायिक शिक्षाले खारिएको हुनुपर्छ । कुनै विचार वा सिद्धान्त प्रतिको निरन्तर समर्पणबाट जुनसुकै व्यक्तिलाई जन श    िक्त पैदा हुन्छ त्यसमा नै सबैभन्दा ठूलो आनन्द प्राप्त हुन्छ जुन स्वर्गीय आनन्द हुन्छ जसको कुनै मूल्य नै हुँदैन । इमानदारी र दृढताले नै यो आनन्द प्राप्त हुन्छ । जुन राजनीतिकर्मीले पालन गर्छ त्यसैले आफूलाई उच्च बनाउँछ । देशलाई सम्बृद्धितर्फ अगाडि बनाउँछ । काँग्रेसका पछिल्ला गतिविधिहरु रचनात्मक भन्दा ध्वंसात्मकतर्फ उन्मुख छन् । काँग्रेसको सोचमै खोट छ । उसलाई आफूले मात्र नेतृत्व गर्नुपर्ने सत्तामा अरु पुग्नै नहुने अरुले नेतृत्व गर्ने वित्तिकै भित्री मन पोल्ने प्रवृत्तिले ग्रस्त छ । काँग्रेसलाई कम्युनिष्ट सरकार गठन भएदेखि नै यसलाई दुन्दुभीको प्रतिको रुपमा लिएको छ । काँग्रेसले यी सबै कुरालाई थाती राखेर बस्नुपर्छ । लोकतन्त्रको गहना भनेकै आवधिक चुनाव हो । चुनावमा भाग लिएपछि चुनावको नियम पालना गर्नुपर्छ । काँग्रेसले उठाउने थुप्रै मुद्दाहरु छन् जून मुद्दाले काँग्रेसलाई राम्ररी उठाउँदा राम्रो र बलियो बनाउँछ । देश बाहिर र देश भित्र विकासको लागि अनुकूल परिस्थिति बनाउन संघीयता र गणतन्त्रलाई सुदृढ बनाउन रचनात्मक प्रतिपक्षको भूमिका निभाउनु पर्छ । जसले गर्दा आम नागरिकको मनमा राम्रो बाटो देखाउने त काँग्रेस होस् भन्ने परोस् जसले गर्दा आगामी सरकार काँग्रेसले बनाउन सहयोग पु¥याउँछ । काँग्रेसलाई गोविन्द केसीको मुद्दा सकियो अब जोशीको मुद्दा उठाउँकी भनेर घोत्लिने नै अवस्था नआओस् । सरकारले राष्ट्रिय मुद्दामा अरु पार्टीहरु पनि सँगै लिएर हिँड्नुपर्छ । सत्तापक्ष र प्रतिपक्ष एक अर्कालाई निषेधको होइन सहयोग र समन्वयको भावनाले अघि बढ्नुपर्छ । आज संघीयता सफल पार्न सबैको साझा सवाल हो । यसमा सत्तापक्ष र प्रतिपक्षको समान धारणा हुनुपर्छ । यदि हामीले संविधानलाई सफल बनाउन सक्दैनौ भने समयवादको बाटोतर्फ अघि बढाउन सक्दैनौ । सबै पार्टीका शिर्ष नेताहरु बीचको दूरी घटाउनुपर्छ । सबै नेताहरुको बिच समझदारी र इमानदारी बनाउनै पर्छ । अरु विकसित मुलुकलाई हेर्ने हो भने सरकार जुनसुकै आएपनि प्रशासन चलेको पाइन्छ । हामी मुलुक मात्र हो प्रशासन र सरकारबीच दरार पैदा हुन्छ जुन राष्ट्रकै लागि खराब हो । यसैले राष्ट्रको राष्ट्रिय गौरवका आयोजनामा र वैदेशिक सम्बन्धमा सबै पार्टीहरुको नेतृत्वहरु एकै टेबुलमा बसेर साझा राष्ट्रिय ऐजेण्डा बनाउन सक्नुपर्छ । जसले गर्दा जनताले राष्ट्रिय हाम्रा साझा अनुभू ितगर्न सकून् । यसको नेतृत्व वर्तमान सरकारले गर्न सक्नुपर्छ । अहिले पनि लोकतन्त्र, गणतन्त्र, वामे सर्दैछ । यसको टाउकोमा खतराको घण्टी बजिरहेको छ । देशभित्र होस् वा बाहिर प्रतिगामी शक्ति यो सिष्टम फेल बनाउन लागि परिरहेका छन् । सिस्टम फेल भएमा जनतामा वितृष्णा पैदा हुन्छ जसले विकासमै बाधा पु¥याउँछ । यसैले अहिलेको सरकारले प्रतिपक्षको होइन सरकारका र सिंगो राष्ट्रको अभिभावकको भूमिका निर्वाह गर्नु पर्छ । जसले गर्दा जुग जुगान्तर इतिहासमा सुवर्ण युगको सुरुवात भएको देखियोस् ।