2019 October 17/ 12:55: 58am

पुरुषोत्तम ताम्राकार

    वर्तमान राजनीतिक अवस्था अनि यो चुनौतीपूर्वक स्थितिमा यो पंक्ति पढ्दै गर्दासम्म सम्माननीय प्र.म.ज्यू दोश्रो पटक उपचारको लागि सिंगापुर भदौ ५ गते गएर पनि स्वदेश फर्किसक्नु भएकोे छ । साँच्चै पञ्चायती रवैया देखि उहाँ जेलनेल परेको अनि लामो समय जेल जीवन भोगेका प्र.म. ओली साँच्चै बिरामी परेकै हो । बिचमा उपचारको क्रमलाई छाडी राज्यको महत्वपूर्ण निर्णयका खातिर प्र.म. ओली साउनमै फर्केको थियो । तत्पश्चात् उहाँको चिकित्सकको सल्लाह अनुसार १२ वर्ष पछिको यो उपचार हुन गएको छ ।
    जनता सर्वेसर्वा हुँदै गरेको परिप्रेक्ष्यमा जनताद्वारा नै जनताको शासन यो पद्धतिमा हाललाई गणतान्त्रिक ढंगबाट चल्दैछ, न कि अरु केहि । यहि राज्यको गणतान्त्रिक माहोलमा राज्यको शासनविधि केन्द्रित छ । राज्यमा यतिबेला गणतान्त्रिक पद्दतिको संघीय संसद्, राष्ट्रिय सभा, प्रदेश सरकार, स्थानिय सरकार सहितको संरचनामा यो मुलुम चलेको छ । यतिबेला राज्यमा कार्यपालिका, न्यायपालिकाको संरचना गणतान्त्रिक अवधारणामा चलिरहेको छ । राज्य पूर्णरुपमा स्वतन्त्र नेपाल हो । मुलुक चल्ने हो यो पुर्णरुपमा चल्छ । यसको आप्mनै धरातलको न्याय निशाफ पनि भएकै छ । 
    प्रसङ्ग बदलौ ः यसरी राज्य चल्ने क्रममा पहिलो आम निर्वाचन पछि बाम एकताको दुई तिहाई बहुमत वाला सरकारको शासनबाट अहिले मुलुक चलिरहेको छ । राज्यले चाहेको पनि यतिबेला स्थिर सरकार नै होला । यद्यपि यो बहुमतको सरकार चलेकै छ । अनि फेरि पनि केहि न केहि कुराको पुग नपुग भएकै परिप्रेक्ष्यमा हामी हाम्रो नेपाली परिवेशमा सार्वभौम छौँ । विगत स्पष्ट सरकार आउँदा पनि त्यो टिकाउन त्यति बेलाका शासकहरुमा एक प्रकारको विचलन आएकै थियो । अन्ततः २०५१ मध्यावधि चुनाव र ३७ र ७४ को गु्रपजम भएकै हो । तर पनि आज राज्यकै जनमतले केहि आँट भरोसा राखेर फेरि वर्तमान नेतृत्वलाई पनि निर्वाचन पछि यहाँसम्म ल्याएकै छ । अनि हिजो आज मतदानमा जनताद्वारा दिएको त्यो अमुल्य अभिमत साँच्चै सानो कुरा हो त ? साँच्चै त्यो एतिहासिक दुई तिहाईको मत पाएको सरकार यतिबेला मजबुत बन्नै पर्दछ । बन्ने कोसिस गरिरहेकै होला । अनि त्यो सरकार ढल्ने कहिले ? यो सरकार टिक्नै सक्दैन । अब यो सरकार गयो गयो । यीनै शब्दहरु आजकल चलिरहेको छ । जबकि सरकार ढल्ने कसरी र संविधानको धारा के बाट सरकार ढल्छ यो कुराको चेत होस् । पक्कै पनि वर्तमान सरकारको रातको समयमा पनि धेरै समयसम्म पनि क्याबिनेट बैठक राखेर स्वयम् बिमारी प्र.म. खटेर बहालवाला क्याबिनेट मन्त्रीहरुसँग स्पष्टिकरण अनि विभागिय मन्त्रालयहरुको कुरा सोधिरहेका हुन्छन् । आखिर के लोभ रह्यो र प्र.म ओलीज्यूमा । उहाँ र्निबलीय शरीर भईकन पनि बाहिर झुकेर हिड्ने गर्नु भएको छैन । काम गराईको तेज भोट जहाँ सम्म लाग्छ राम्रो गरेको जस्तै छ । वर्तमान आर्थिक घाटालाई यो वर्षदेखि राज्यशोमा सात प्रतिशत सम्म बृद्धि गरी आर्थिक बृद्धिदरमा एक कदम अगाडि राज्यलाई बढाएको  छ । अनि यो योजनाको बारेमा प्र.म ज्यूले बालेका कुराहरु, जस्तै कृतिम ग्याँस प्लान, जनस्रोतको नयाँ डि.पि.आर तयार गर्दै लगभग यो राज्यलाई विद्युत विदेशलाई निर्यातसम्म गर्ने लक्ष्य लिँदै आउँदो वर्षहरु सम्ममा योजना बन्नेछ । अब रेल पानीजहाजको विकास थप अनि सुरुङमार्गका कुराहरुमा जहिल्यै पनि प्रतिपक्षपार्टीहरुको कटाक्ष विरोध अनि संसद्मा यो विषयमा किन विरोध हुँदैछ ? के मुलुकमा रेल–वेको विकास अनि पानीजहाजको साँच्चै राम्रो विकास भए कसलाई घाटा पर्ने भयो ? बस प्र.म.ज्यूको मुलुक विकास गर्ने कुरा यहाँ हुँदै गर्दा होस्टेमा हंैसे हुनुपर्ने हैन ? पछिल्लो समय यो दुई तिहाईको बहुमतको सरकारमा साँच्चै डम्म भएकै हो त ? बिल्कुलै डम्म छैन सरकार चल्दै छ । यतिबेला नै पुराना सत्ताधारीहरुको चलखेल अनि अब अवश्य पनि नेपालमा गणतन्त्र टिक्दैन भन्ने हल्ला बोल यो कहाँबाट चलाएको हो । बस् राज्य अब गणतन्त्रको विकल्प के त ? को मन्त्री ? को प्रधानमन्त्री ? बन्ने यो गणतान्त्रिक संविधानको धाराबाट मात्र सम्भावना छ । हो यतिबेला नेकपा पार्टी पूर्ण एकता भएका छन् कतिपय पार्टीगत निर्णयहरु बहुमतबाट पारित भैसकेको छ । अब सबैको निर्णयसँगै स्थानीय निकायसँगको निर्णय हुन ढिला नहोस् । नगरपालिका, गाँउपालिकासम्मको पार्टी संगठनको निर्णय पनि चाँडै होस् । ताकि राज्य, देश बन्न स्थानीय निकाय बलियो हुनैपर्छ । तसर्थ नेकपा पार्टीभित्र उतिबेला एकआपसमा तर्क वितर्क अनि पाटी भित्र खेमावाला बोलबोला हुनु अत्यन्त घातक हुन्छ । यो कडा चिन्ह होस् । नेकपा भित्रको गुटगत राजनीति अब पार्टी कार्यकर्ता अनि अमूल्य भोट दिने नागरिक समाजलाई अब मान्ने हुने छैन । नेकपा पार्टी अब मजबूत होस् यो पार्टीले उठाएको अनि निर्वाचन यता प्रतिबद्धता गरेको आम जनताको इच्छा आकांक्षालाई समयमा नै साँच्चै पूरा गर्नु पर्दछ । नेकपा भित्रका जनसांगठनिकलाई अब गाउँ टोल समाजमा नेताहरुद्धारा सहि प्रशिक्षण दिनु आवश्यक छ । जसले गर्दा जनतामा राज्यको बारेमा सहि सूचना प्राप्त होस् । बस राज्यको यो आम राजनैतिक चुनौतीमा प्र.म. साँच्चै राज्यको सहि अभिभावक  हो । बुभ्mन जरुरी छ । प्र.म.ज्यूले जहिल्यै पनि राज्य देशलाई महत्वपूर्ण हिसाबले जिम्मेवारी लिएको हुनुपर्दछ । यहि कुरामा आम प्रतिपक्षका पार्टिहरुले पनि मनन गर्न सिकौँ । अनि मुलुक बनाउन मुलुक बन्ने परिपार्टीमा यहि स्पष्ट बहुमतको सरकारको बेला हो, सहयोग गरौँ, मिलौँ बस मुलुकको विकासको गतिमा होस्टेमा हैंसे गरौँ ।