2019 October 17/ 01:36: 51am

जी.एन. प्रधान
    गएको श्रावण २० गते पत्रकार शालिकराम पुडासैनीले चितवनको एक होटलमा आत्महत्या (!?) ग¥यो भन्ने समाचार एकाएक बाहिर आयो । समाचार संकलनका लागि चितवन पुगेका पत्रकार पुडासैनीले एकाएक आत्महत्या ग¥यो भन्ने खबर सुन्दा सुन्दै पनि अपत्यार जस्तो लाग्यो । भलै आत्महत्यालाई पुष्टि प्रमाणित हुनेगरी ल्भधक द्दद्ध का कार्यक्रम संचालक रवि लामिछाने समेतको नाम जोडी स्वयम् पुडासैनीकै स्वरशब्दमा भिडियो समेत सार्वजनिक गरियो । केहि आर्थिक सवाललाई जोडी रुग्न अनि पीडादायी स्वरमा लिखित बाचन गरेको आभाष मिल्ने गरी आफू आत्महत्या गर्न बाध्य भएको भन्ने खालको भिडियो देख्न पाइयो । जुन भिडियोको दृष्यले यो लेखकको मनमा के प्रश्न उब्जियो भने रवि रवि लामिछाने जो ल्भधक द्दद्ध का संचालक प्रखर वाचक जसले देशमा भइरहेको भ्रष्टाचार, तस्करी र शंकास्पद हत्या, हिंसा जस्ता गम्भीर अपराधहरु एवं रहस्यमय घटनाहरुको खोजविन गरी आम नेपालीका सामु खरो ढंगले पस्कने गर्दछ । यस किसिमको समाचार दिन र खरो र निडर भई यथार्थतालाई बाहिर ल्याउनमा लोकप्रिय बनिसकेका व्यक्तिमा कसरी यस किसिमको आत्महत्या गर्नमा बाध्य बनाउने काम ग¥यो भनी मनमा धेरै खुल्दुलीहरु मच्चायो । मान्छे जतिसुकै राम्रो भएपनि र जतिसुकै राम्रो समाचारहरु दिएपनि भित्री रुपमा कालो र कपटी रहेछ भनी सोच्न बाध्य बनायो ।
    तर रवि लामिछाने समेतको गिरफ्तारी सँगै निस्किएका समर्थन र विरोधका स्वर र तर्कहरुले दोहोरो प्रश्न जन्मायो र दुवै पक्षबाट सोच्न बाध्य बनायो । पहिलो प्रश्न आउँछ कानूनी राज्य हो, निसाफ गर्ने अदालतहरु छन्, गिरफ्तार गर्दैमा के को विरोध, के को आपत्ति ? के रवि लामिछाने भन्दैमा गिरफ्तार गर्नै हुँदैन ? मृतक स्वयम् शालिकराम पुडासैनीले आफ्नो आत्महत्याको अगाडि सेल्फी खिचिएको भनिएको भिडियोमा किटानी साथ रवि लामिछाने समेतलाई आरोप तथा दोषी बनाएको छ । यसैले पनि रवि लामिछाने समेतलाई अनुसन्धानको लागि पनि हिरासतमा राख्नुपर्छ । हिरासतमा राख्दैमा कोहिपनि मानिस दोषी वा अपराधि ठहर्दैन । यसैले पनि गिरफ्तार गर्नु जरुरी छ । यदि रवि लामिछानेलाई प्रतिशोधात्मक भावनाले फसाउनकै लागि यो घटना घटाइएको हो भने “झुठो टिक्दैन सत्य डग्दैन भनेझै” एकदिन अवश्य पनि अपराधि पत्ता लाग्ने छ र निर्दाेष व्यक्तिले अवश्य पनि मुक्ति पाउने छ । जे होस् अहिले घटना अनुसन्धानको गर्भभित्रै रहेको छ । र, रवि लामिछाने विरुद्धको मुद्दा यथावत र रवि लामिछाने समेत तीनै जना धरौटी तारिखमा छुटिनु भएको छ ।
    अब यहाँनिर शालिकराम मृत्युको विषय पनि आफैंमा शंकास्पद बन्न पुगेको कतिपय तथ्य र तर्कहरुले पनि पुष्टि गर्दछ । मृतक शालिकराम पुडासैनीले मृत्यु अगाडि सेल्फी भिडियो भनि प्रचारित दृष्यमा पनि धेरै शंकास्पद प्रकृतिहरु देख्न सकिन्छ भने व्यक्त गरिएका कतिपय शब्द भाषाहरु र मुखाकृतिको हाउभाउले पनि कसैको दबावमा परेर मात्र उक्त भिडियोमा प्रत्यक्ष प्रस्तुत गर्न बाध्य बनाइएको संकेत मिल्छ । यतिमात्र नभै आत्महत्या गरिएको ठाउँ र मृतकबारेको मुचुल्का प्रकृति अनि कम्मर मुनिका अगाडि पछाडिका अंगहरुमा विभिन्न किसिमको डामहरु थिए भनि उल्लेख हुनु, अनि स्वयं पुडासैनीसँग सम्बन्धित सामग्रीहरु हराउनुले पनि यो मृत्युलाई आत्महत्या नभै हत्या गरिएको शंका गरिनु स्वभाविकै देखिन्छ ।
    त्यस्तैगरी मृतक पुडासैनीको सेल्फी भिडियो को स्थान र आत्महत्या गरिएको भनिएको कङ्गारु होटलको दृष्य र पहिरन एकै ठाउँको हो कि स्थान परिवर्तनको हो ? यसमा पनि विरोधाभास नै रहेको छ । फेरि सेल्फी भिडियो गर्दासम्म चेक टिसर्ट देखिन्छ भने आत्महत्या गर्दाको पहिरन सुट सेटमा रहेको अनि डोरीको गाँठो पनि पछाडि रहेको भन्ने उल्लेख भएबाट पनि पुडासैनीको मृत्यु आत्महत्या नभै हत्या नै गरिएको भन्ने संकेत मिल्छ । यद्यपि कुनै कुनै पत्र पत्रिकामा उल्लेख गरिएको घटना सम्बन्धित लेखहरु र प्रसारित समाचारहरुमा पुडासैनीको मृत्युमा रवि लामिछाने समेतकै हात रहेको छ भन्ने पनि पाइएको छ । अ आत्महत्या गर्न बाध्य पार्ने वा बल पुग्ने केहि आधारहरु पनि लेख समाचारमा सुन्न, पढ्न पाइयो ।     जे होस् पत्रकार पुडासैनीको मृत्यु रहस्यमय रहेकोमा कुनै दुविधा छैन । राज्यको चौथो अंगको रुपमा लिइने संचार संजालका सक्रिय संचारकर्मी शालिकरामको दुःखद् मृत्यु भएको छ । तर यस मृत्युलाई लिएर पक्ष र विपक्षको रुपमा आन्दोलनमा उत्रिरहेको छ । सहि तथ्य केलाई अपराधि पत्ता लगाउनमा भन्दा पनि राजनीतिक प्रतिशोधको भावनाले ओतप्रोत भएर पनि आन्दोलन मच्चाइरहेको छ । एउटा पक्ष रवि लामिछानेलाई फसाउनकै लागि कुनै समूहले षडयन्त्रपूर्वक, नियोजित रुपमा शालिकरामको हत्या गरिएको भन्ने आरोप छ भने अर्काे पषले रवि लामिछानेको आन्तरिक गैर आर्थिक कृयाकलाप पर्दाफास गराउने भयले रवि लामिछानेकै योजनामा पुडासैनीको हत्या भएको भन्ने आरोपको बहस मोफसलमा चलेको पाइन्छ । यहाँसम्म कि रवि लामिछानेले अपाm्नो टेलिभिजन मार्फत पूर्व माओवादी अध्यक्ष तथा वर्तमान नेकपाका अध्यक्ष प्रचण्डले गरेका कृयाकलापहरुको घोस पर्दाफास वा लज्जास्पद प्रस्तुतिको कारण रवि लामिछानेको पत्रकारिता समाप्त गर्नकै लागि प्रचण्ड समेतकै हात रहेको पुष्ट्याईँ गर्ने प्रयास गरिएको पनि देखिन्छ ।
    जे भएपनि कुनैपनि व्यक्तिको हत्या हुनु राम्रो होइन । नराम्रो मात्रै हैन । घोर निन्दनीय नै हो । कसैको कालो कर्तुतहरुको पोल उजागर गर्ने भयले कसैको ज्यानै समाप्त गर्नु कुनैपनि हालतमा क्षमायोग्य हुन सक्दैन । चाहे जनताको हितमा गरुन् या व्यक्तिगत हितमा गरुन् । अहिले भएको पुडासैनीको हत्याको मूल चुरो÷जरो यहि हो जस्तो लाग्छ । तर राजनीति गर्ने कुनैपनि व्यक्ति वा नेताहरुले र सूचना र संचारको क्षेत्रमा का मगर्ने पत्रकारहरुले पनि आफ्नो भविष्यको अवस्था वा हैसियत कुन ठाउँमा पुग्न सक्छ भनेर पनि हेक्का राख्नैपर्ने हुन्छ । सोच्नुपर्ने हुन्छ कि शक्ति र पहुँच सबैको सदैव एकनास रहि रहँदैन । सिंह पनि स्यालदेखि डराउनुपर्ने अवस्था आउँछ र स्यालले पनि खेद्न सक्छ । कुरा यहि हो अहिले प्रचण्डको खरो विरोध गर्नुलाई यसरी नै लिनुपर्ने हुन्छ । त्यहि मान्छे कहिले घनिष्ठ र अत्यन्त मित्र पनि हुन्छ, कहिले उहि मान्छे घोर शत्रु पनि बन्न पुग्छ । एकताका हाइहाइ गरेर समर्थक बन्नेहरु अर्काेपटक सुनियोजित षडयन्त्रकारी पनि हुनसक्छ । विश्व इतिहास र नेपालकै इतिहासमा धेरै यस्ता घटनाहरु देखिएका÷सुनिएका छौं ।
    हुनसक्छ कोहि मानिस निर्दाेष हुनसक्छ, उसको पक्षमा बोल्नु पर्छ, नबोल्नु, चुप लागेर बस्नु, मौन रहनु भनेको अन्यायको समर्थन गर्नु हो, समर्थक बन्नु हो । यसो भन्दैमा कसैको समर्थनको नाउँमा कसैलाई अप्रिय गाली गलौज गर्नु, अशोभनीय नाराबाजी गर्नु, सडकमा उफ्रिएर हिँड्नु कत्तिको जायज हुन्छ । यसरी सहि न्याय पाउन सक्छ कि सक्दैन ? विचार गरेर हेर्नै पर्ने हुन्छ । अहिले केहि वर्ष अघिदेखि देशमा, यो मुलुकमा यस्तो विकृतिको हावी हुँदैछ, खराब प्रवृत्तिहरुको विकास हुँदैछ कि कहिँ कसैबाट अपराधिक कार्य गरे÷गराएपनि सोझै सरकार प्रति आक्रोश पोख्ने गरिन्छ । घटनाको मुख्य दोषी पत्ता लगाई कारवाही गराउन भन्दा पनि यसलाई राजनीतिक मुद्दा बनाएर सत्ता, सरकार र सत्तारुढ दलको इज्जत कसरी गिराउन गिराउन सकिन्छ भन्ने कुराले प्रेरित रहेको पाइन्छ । जसले सरकार झन कमजोर हुँदै जान्छ भने अपराधिक व्यक्तिहरुको मनोबल झन् बलियो हुँदै जान्छ । 
    ल्भधक द्दद्ध का संचालक÷प्रस्तोता रवि लामिछाने धरौटीमा रिहा भइसकेका छन् । तर शालिकराम पुडासैनी कहिल्यै प िनबचेर फर्केर आउने अवस्थामा छैन । त्यसैले अहिले भएको आन्दोलन पुडासैनीको हत्यारा पत्ता लगाई कारवाही गर्न÷गर्न लगाउन वा केवल रवि लामिछानेलाई निर्दाेष सावित गर्न साथ दिएर लभधक द्दद्ध मा फर्र्काई वर्तमान सरकारको कमीकमजोरी मात्र खोतल्न लगाई जनताप्रति वितृष्णा जगाई विपक्षी दलहरुलाई साथ देओस् भन्न यो पनि बुझ्न आवश्यक छ । हामी नेपालीहरुमा घृणित सोच विचार के पनि रहेको छ भने अरुलाई गाली गलौज र आलोचना गर्दा एकदम रमाउने, खुशी हुने आफूलाई गाली गर्दा आलोचना गर्दा एकदाम रिसाउने, बदलाको भावको योजना बनाउन थाल्ने । कतै रवि लामिछाने प्रतिको सद्भाव र समर्थन हैन ? विचार गर्न आवश्यक छ । अहिले रवि लामिछाने प्रतिको घोर समर्थनले यस्तै त संकेत गर्दैन ? तसर्थ हेक्का राख्नुहोस् यदि निष्पक्ष र कुनै पनि दलप्रति आस्था र झुकाव नरहेको पत्रकार रवि लामिछाने हो भने नेपाली काँग्रेसको गलत प्रवृत्तिहरुको पर्दाफास गर्न पछि पर्ने छैन । त्यतिखेर रवि लामिछाने जिन्दावाद हुन्छ कि मुर्दावाद ?
    अन्तमा यो लेखको आशय के हो भने प्रतिशोधको भावनाले कुनैपनि पत्रकारको हत्या हुनुहुँदैन र कसैलाई फासाउने अपराधिक षडयन्त्र पनि गर्नु हुँदैन । पत्रकारहरु निष्पक्ष हुनुपर्छ, कुनैपनि दल विशेष प्रति आग्रह पूर्वाग्रह राख्नुहुँदैन । पत्रकारहरु प्रति राज्यले पनि दोषीको भावनाले हेर्नुहुँदैन । एउटा राज्य वा दल सहि रुपमा संचालन गर्नको लागि गलत कृयाकलापबाट मुक्त रहनैपर्छ । पत्रकारहरुबाट आलोचना गर्नु, दोषहरु खोतलखातल गरी देखाउनु भनेको सरकार र दलहरुलाई सहि रुपमा अघि बढ्न सहयोग गर्नु हो । अन्ध समर्थक बनेर गलत कृयाकलापहरु लुकाई प्रशंसा गर्नुले सरकारलाई जति घात बनाउँछ बरु आलोचना गर्ने र गल्ती कमजोरी देखाउनेले सरकार÷पार्टी सच्चिन मद्दत पु¥याउँछ । यसरी गल्ती औंल्याउनु र आलोचना गर्नुले सरकार÷पार्टी बलियो बनाउँछ । त्यसैले सरकार राम्रो संचालनको लागि पत्रकारहरुको स्वच्छ आलोचना सदैव आवश्यक पर्छ र सरकारले पनि पत्रकारहरुको आलोचनालाई सकारात्मक ढंगले ग्रहण गर्नैपर्छ ।