2019 January 19/ 08:36: 25pm

    लोकतन्त्रमा अराजकता मौलाउँदै गएको छ । कानुन कार्यान्वयन गराउने निकायहरुले कानुन कार्यान्वयन शुरु गर्दा अधिकारका नाममा अरुको अधिकार हनन गर्ने हर्कत सत्ताबाट लछारिएको पार्टी नेपाली कांग्रेस र त्यसको भातृ संगठनले गरेको छ । सरकारकै नुन खाने र सरकार विरुद्ध गतिविधि गर्ने नेविसंघका कार्यकर्ताहरुले प्रधानमन्त्री सम्झेर पराललमा आगो लगाउन थालेका छन् । सत्ताको छटपटाहट यति विघ्न देखियो कि ५ वर्ष कुर्न नेपाली काँग्रेस र त्यसका कार्यकर्ताहरुलाई ५ सय वर्ष जस्तै हुन थालेको छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमा समेत उपस्थिती कमजोर भएपछि सानो सानो त्यान्द्रोलाई निहुँ बनाउँदै परालमा आगो झोस्दै हिहेका छन् । उता नेविसंघका कार्यकर्ता प्रधानमन्त्री पदको भुतबाट तर्सिएर कुकुरसँग टाउको गाँस्दै अपराध कर्ममा संलग्न हुन थालेका छन् । 
    कक्षा १२ अध्ययन गर्ने युवालाई नेविसंघले सिकाएको असली शिक्षा त्यहि हो । जसले सामाजिक सञ्जालको दुरुपयोग गर्दै देशकै सम्मानिय पदमा भएका ब्यक्तिहरुको तस्विर विगारेर जनावारसँग जोड्छ । त्यहि ब्यक्ति पक्राउ परी कारवाही हुँदा नेविसंघलाई विना कारण पक्राउ गरिएको हावादारी विज्ञप्ती प्रकाशन हुन्छ । जिल्लाका झण्डै ७५ हजार विद्यार्थीहरुको भविश्य र शिक्षा प्राप्तीमा लात हान्दै विद्यार्थीकै हक हितको नारा घन्काउने नेविसंघले धम्कीपूर्ण भाषामा गरेको सन्देश र फोनका आधारमा पनि बुझ्न सकिन्छ उसको साहारा सकिन थालेको छ । बल सकिएर थाकेको जस्तो विद्यार्थी संगठनले देखाएको असली लोकतन्त्रको परिभाषामा जिल्लाका ७ सय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविश्य जोडिन्छ कि जोडिदैन ? कानुनले दिएको अधिकार प्रयोग गर्ने प्रहरीले पक्राउ गरेको विरोधमा गरेको आन्दोलनले विद्यार्थीको हक हित भयो ? नेपालका कानुनहरुले अत्यावश्यक क्षेत्र जर्बजस्ति बन्द गराउन मिल्छ ? संहिता कानुन, विद्युत्तीय कारोवार सम्वन्धी ऐन कहिले आर्कषण हुन्छ ? कानुन कार्यान्वयन गर्दा पार्टीका नेताहरुलाई अधिनायकबाद हावी हुन्छ ? 
    अपराधीलाई अनुसन्धान गर्नु हुँदैन भन्ने नेपाली कांग्रेसको माग जायछ छ ? निर्दाेष हुन सक्छ तर अनुसन्धानका लागि हिरातमा राख्नै पाउनु हुँदैन भन्ने कुतर्क लोकतन्त्रको परिभाषा भित्र पर्छ कि पर्दैन ? पिसावको न्यानो जस्तै प्रधानमन्त्रीलाई मुछेर उनको नाम लिँदै परालको त्यान्द्रोमा अल्झिएको तुषलाई नेविसंघको कुन चाँहि लोकतन्त्रको परिभाषाले पुष्टि गराउँछ ? कांग्रेसले खोजेको लोकतन्त्र अपराधमय समाज र संस्कार हो ? सिङ्गो पार्टी त्यसमै सलग्न भई जिल्लाका विद्यालयहरुमा धम्की दिदै बन्द गराउनु उसको असली लोकतन्त्र हो । लोकतन्त्रका नाममा भएको अराजकता नियन्त्रण गर्न प्रहरीले कानुन कार्यान्वयन गर्नुको विकल्प छैन । बन्द गराउने विरुद्ध प्रशासन किन मौन ? सर्वत्र नागरिकले उठाएको सवालका बारेमा प्रशासन चनाखो हुनु जरुरी छ । लोकतन्त्रका नाममा अराजकता गर्ने छुट कसैले पाउनु हुँदैन ।